सनराइज बैंकद्धारा नेपाल बाल संगठनलाई सहयोग
काठमाडौं । सनराइज बैंक लिमिटेडको एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनका १८० जना बालबालिकाहरुलाई सहयोग सामाग्रीहरु वितरण गरेको छ । बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विभिन्न सामाग्रीहरु वितरण गर्दै आईरहेको छ । यस वर्ष पनि बैंकले आफ्नो एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा खाद्य सामाग्री, जाडो महिनाको लागि लुगा, भाँडाकुडाँ, तथा तन्ना वितरण गरेको छ । उक्त सामाग्रीहरु बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई. बच्छराज तातेड्, ओमकृष्ण जोशी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य एवं बैंकका कर्मचारीहरुले वितरण गरेका छन् ।
प्रोस्टाइल म्यान हन्ट इन्टरनेसनल को घोषणा
काठमाडौँ। डाबर नेपालको प्रोस्टाइल र ग्रुप अफ इभेन्ट एन्टरटेनरर्स (जिइइ) बीच प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ आयोजना गर्ने समझदारी भएको छ । प्रोस्टाइल र जिइइले आगामी प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ को घोषणाका साथै यो प्रतियोगिताका लागि आवेदन खुला गरेका छन् । इन्टरनेसनल क्लबले सोमबार सानेपामा आयोजित एक कार्यक्रममा प्रतियोगिताको आवेदन खुला गरिएको घोषणा गरिएको छ । कार्यक्रममा भाग लिन ईच्छुक पुरुषहरूले म्यानहन्ट नेपालको फेसबुक पेजबाट थप जानकारी लिन सक्ने छन् । फेसबुकमा नै उपलब्ध गराइएको आवेदन फारम का्ित्तक २४ सम्म सानेपा स्थित जिइइको कार्यलयमा वाजिइइको इमेलमा बुझाइसक्नु पर्नेछ । यो प्रतियोगितमा आवेदन दिन १८ देखि ३४ वर्षका नेपाली युवाहरू हुनुपर्ने छ जसको उचाइ ५ फिट ८ इन्चभन्दा बढी र कम्तीमा एसएलसी पास गरेको हुनुपर्छ । यो प्रतियोगिताको ग्रान्डफिनाले मङ्सीर २१ गते होटेल अन्नपूर्णमा हुने आयोजकले जनाएको छ । विजेताले भियतनाममा आयोजित हुने म्यानहन्ट इन्टरनेसनल २०१९मा नेपालको प्रतिनिधित्व गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताहरूले क्रमशःमिस्टर ग्लोबल २०१९ तथा मिस्टर युनिभर्सल एम्बेसेडर २०१९ मा भाग लिनेछन् । प्रोस्टाइल डाबर नेपालको एक उत्कृष्ट उत्पादन हो जुन नेपाली पुरुषहरूकै लागि भनी उत्पादन गरिएको हो । कपालको नरमपन तथा चमकलाई कायम राखी चायाँ हटाउनमा प्रोस्टाइल प्रभावकारी छ । यसको सुगन्धले ताजापनको अनुभव गराउँछ र प्रयोगकर्ताको आत्मविश्वास बढाउँछ ।
जनता अवकाश कोषले १ प्रतिशतका दरले नाफा वितरण गर्ने
काठमाडौं । जनता बैंकले सञ्चालनमा ल्याएको जनता अवकाश कोषले वचत मौज्दातको १ प्रतिशतका दरले नाफा वितरण गर्ने भएको छ । कोषको आइतबार बसेको सञ्चालक समितिले नाफा वितरणको निर्णय गरेको हो । समितिले गत आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषको रुपमा स्वीकृती प्राप्त गरी बि.सं. २०६० सालमा सिद्धार्थ अवकाश कोषको नाममा स्थापना भई सेवा प्रदान गर्दै आइरहेकोमा गत असार १ गतेबाट कोषको नाम परिर्वतन भई जनता अवकाश कोषको नाममा संचालनमा रहेको छ । कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीलाई सेवा प्रदान गर्दै आएको छ । कोषले संचालन गरेका अवकाश योजनामा बार्षिक ८.५ प्रतिशतका दरले ब्याज प्रदान गर्नुका साथै संचित रकमको ९० प्रतिशत सापटी लिन सक्ने व्यवस्था रहेको छ । कोषले सहभागीहरुलाई सुत्केरी स्यहार खर्च १० हजार र काजक्रिया खर्च १० हजार रुपैयाँ व्यवस्था गरेको छ ।
मेरो भाईको हत्या नै भएको हो, उसले आत्महत्या गरेको होईन- मृतक उप्रेतीकी दिदी
काठमाडौं । मोरङको विराटनगरस्थित् नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत सौरभ उप्रेतीको आत्महत्या नभएर हत्या गरिएको आफन्तले दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर प्रहरीले नै अपराधीहरुलाई उन्मुक्ति दिएको र प्रमाणहरु नष्ट गरेको भन्दै परिवारले सडक आन्दोलनको घोषणा समेत गरेको छ । मृतकका बुबा अजुर्न उप्रेतीले प्रेस विज्ञप्ती वाचन गर्दै छोराको हत्यामा संलग्न अपराधीलाई कानुन अनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाएका छन् । मृतक उप्रेतीकी आमा गोपिनी सापकोटाले बुढेसकालको एकमात्र छोराका हत्यारालाई सरकारले कारबाही नगरेको भन्दै आपत्ति प्रकट गरेकी छिन् । उनले भनिन्,‘मेरो छोरा अरुभन्दा विरलै क्षमता भएको मानिस थियो, बालापनदेखिनै उसको क्षमता देखेर यसलाई धेरै समय धर्तीमा बाँच्न दिदैनन् भन्ने लाग्दथ्यो, हुनपनि त्यस्तै गरे, राजा वीरेन्द्र र मदन भण्डारीको हत्याकाण्डलाई एकादेशको कहानी बनाउने देशमा हाम्रा सन्तानका हत्यारालाई यो राज्यले समात्न सक्छ कि सक्दैन् ? दुईतिहाईको सरकारसँग न्याय दिने क्षमता छैन्, पीडितहरुले आँशु झार्दै बस्नुपर्छ, हाम्रो आँशुले अपराधीलाई पोल्नेछ, एकदिन कानूनको भागिदार हुनेछ ।’ त्यस्तै पत्रकार सम्मेलनमा साउन १५ गते राती हत्या गरिएको आरोप लगाउँदै मृत्तक उप्रेतीका मामाका छोरा श्याम सापकोटाले उक्त घट्नाका प्रमाणहरु प्रहरीले नै नष्ट गरेको बताए । उनले शक्तिशाली अनुसन्धान आयोग गठन गर्न सरकारसँग माग गरे । उनले भने,‘मोरङ एसपी मनोज केसीसहितको टोलीले यस घट्नालाई गम्भिर भएर लिएको पाईँदैन, ४८ दिनसम्म पनि हामीले न्याय नपाउने र दोषी खुलेआम हिड्ने हो भने यस देशमा कसरी न्याय सम्प्रभुताको अनुभव गर्ने ?’ सरकार अपराधीलाई संरक्षण गर्दैछ भनेर उनको आरोप छ । उनले थपे,‘किटानी लिनसमेत मानेको छैन्, घट्नाको निश्पक्ष छानविन हुनुपर्छ भन्नेमा हामी छौं । प्रहरी प्रशासन कसरी पीडितलाई झन पीडा दिन सकिन्छ भनेर लागेको देखिन्छ, सरकार सफल बनाउन जनताको साथ आवश्यक हुन्छ । तर, प्रहरी पशासन सरकारलाई असफल बनाउन खोज्दैछ ।’ उदयनारयण सापकोटाले उक्त घट्ना भएको स्थानमा भेटिएका छुरा र काँडे लठ्ठी समेत प्रहरीले बरामद नगरेको भन्दै मृतक उप्रेतीको न्यायका लागि मोरङमा आन्दोलनको राँको बालिने चेतावनी दिए । उनले भने, ‘पछिल्लो समयमा मलुकभर बलात्कार हत्याका श्रीङ्खलाबद्ध घट्नाहरु बढिरहेका छन्, निर्मलाका हत्यारालाई कारबाही गर्न भन्दै सडकमा ओर्लेका अर्को एकजना मानिसले ज्यान गुमाउनुपर्यो, त्यस्तै हामीले पनि सौरभको मृत्युलाई न्यायमा परिणत गर्नको लागि गोली खानुपर्छ भने तयार छौं । गृहमन्त्री रामबहादुर थापाले आफ्ना सुरक्षा अंगहरुलाई आदेश दिए हुन्छ, हामी छाति थाप्न तयार छौं, कुनै व्यक्तिको रहस्यमय तरिकाले हत्या गरिन्छ, अनि अर्को व्यक्तिले मृतकको न्यायको लागि गोली खानुपर्छ, सँगै बसेर पढेका र शंका लागेका कुवर थापा र शत्रुधन यादवलाई सोधपुछ गर्दा हामीलाई किन सोध्ने ? भन्ने ठाउँमा भन्छौं भनेर जवाफ दिन्छन् ।’ मृतक उप्रेतीकी दिदी सोनु उप्रेतीले मुलुकमा न्यायको दियो निभ्न थालेको भन्दै सरकारलाई सचेत हुन आग्रह गरेकी छिन् । उनले भनिन्, ‘मेरो भाईको हत्या नै भएको हो, उसले आत्महत्या गरेको होईन, रहस्यमय हत्यालाई प्रहरीले प्रमाणहरु नष्ट गरेर काल्पनिक रुपमा आत्महत्या गरेको भनेर भन्छ, प्रहरीले जाहेरी लिँदैन, हामीले यस सरकारबाट न्याय पाउँदैनौं भने हामी कहाँ जाने ?’
कुमारी बैंकले टिच फर नेपाललाई दियो १२ लाखको चेक
काठमाडौं । कुमारी बैंक लिमिटेडले टिच फर नेपाललाई १२ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि उक्त संस्थासँग सहकार्य गरी सो मात्राको सहयोग गरेको हो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले टिच फर नेपालका अध्यक्ष रेशु अर्याल ढुंगानालाई १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर बढाउने उद्देश्य राखेर काम गर्दै आएको टिच फर नेपालसँग सहकार्य गर्दै कुमारी बैंकले सिन्धुपाल्चोक, दाङ, पर्सा, लम्जुङ, ललितपुर, धनुषा जिल्लामा हुँदै आएको यस अभियानलाई निरन्तरता दिन सहयोग गर्नेछ । यस अभियानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्व विद्यालयहरूबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरूले २ वर्ष स्वयंसेवी शिक्षकको रूपमा अंग्रेजी, गणित र विज्ञान विषयहरूमा देशका विभिन्न ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयहरूमा प्रशिक्षण दिने गरेका छन् ।
जनसेवी लघुवित्तले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
मेगा बैंकको शाखारहित सेवा उदयपुरमा, जग्गा धितोमा १० लाखसम्मको कर्जा दिने
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । उक्त बैंकिङ सेवाको उद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्दवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले संयुक्त रुपमा गरेका हुन् । त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौँ रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले मेगा बैंकको शाखारहित बैंकिङ सेवामार्फत घरदैलोमा बचत गर्न देउरीबासीलाई सजिलो भएको बताएका छन् । साथै, आगामी दिनमा शाखारहितमा मात्र सीमित नभई बैंकको शाखा नै विस्तार गर्न उनले आग्रह गरेका छन् । शाखा प्रबन्धक आजमले ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न मेगा बैंकले गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैयाँसम्मको सरल कर्जा प्रदान गर्दै आएको बताएका छन् ।
उपसचिव र सह-सचिवको विज्ञापन खुल्दै, असाेजकाे दोस्रो साता संख्या लोक सेवामा पठाउने तयारी
काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदको विज्ञापन खोल्ने तयारी गरेको छ । लोकसेवा आयोगको नखुल्ने हल्लाबीच मन्त्रालयले विज्ञापनको संख्या पठाउने तयारी गरेको हो । मन्त्रालयले हाल देशभर रित्त उपसचिव र सहसचिवको तथ्याङक संकलन गरिरहेको छ । सबैतिरबाट तथ्यांङक आइसकेपछि असोज दोस्रो सातासम्म लोकसेवालाई बुझाउने तयारी भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । ूबाहिर हल्ला आएजस्तो मन्त्रालयले विज्ञापन रोक्ने कुनै निर्णय भएको छैन, हाल मन्त्रालयको जनशक्ति विकास केन्द्रले तथ्याङक संकलनको काम गरिरहेको छ, प्रवक्ता अधिकारीले विकासन्युजसँग भने ।ू लोक सेवाको एउटा विज्ञापन एक तहमा खुलेपछि सबैमा खुल्ने आयोगका सहायक सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । लोक सेवाले आफ्नो कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोहि अनुसार पदपुर्ति गर्न आयोग तयार छ, सुवेदीले भने हल्लाले विज्ञापन रोकिने होइन । गत वर्ष आयोगले खुल्ला र आन्तरिक प्रतिस्पर्धाबाट ७८ जना सहसचिवको विज्ञापन खुलाएको थियो । यसैगरी उपसचिवतर्फ २१५ जनाको विज्ञापन गरको थियो । ऐन नबन्दा केन्द्रबाटै विज्ञापन खोलिने चालू आर्थिक वर्षमा प्रदेश सेवा आयोगबाट खोलिने बताइए पनि ऐन नबन्दा केन्द्रबाटै खोल्नेछ । सहप्रवक्ता सुवेदीका अनुसार प्रदेश सेवा आयोग भौतिक तथा कानूनी तवरले तयार नभएसम्म केन्द्रबाटै विज्ञापन खोलिनेछ । नेपालको संविधानको भाग २३ धारा २४२ देखि २४४ सम्म प्रदेश लोक सेवा अयोगको बारेमा उल्लेख गरिएको छ । यसमध्ये धारा २४४ मा प्रत्येक प्रदेशमा एक प्रदेश सेवा आयोग रहने उल्लेख गरिएको छ । सोही धाराको उपधारा २ मा प्रयोजनका लागि संघिय संसदले कानून बनाई मापदण्ड लागू गर्न सक्नेछ भनिएको छ । निजामती सेवाको पदमा कर्मचारी नियुक्तिका लागि परिक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हो । संविधानको धारा २४३ मा निजामती सेवाको पद बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अन्य संघिय सरकारी सेवा र संगठित संस्थाको पदको लिखित परिक्षा लोकसेवा आयोगले सञ्चालन गर्नेछ भनी उल्लेख गरिएको छ ।