विकासन्युज

परिवार नियोजनको लागि श्रीमान/श्रीमतीबिच मिलेमतो हुनु जरुरी

काठमाडौं। महिला तथा पुरुषको ईच्छा अनुसार कहिले, कति फरकमा, कति वटा बच्चा जन्माउने वा नजन्माउने भनी गरिने योजना नै परिवार नियोजन हो। यसका लागि महिला तथा पुरुषले परिवार नियोजनको बिभिन्न स्थायी तथा अस्थायी साधनहरु प्रयोग गर्न सक्छन्। परिवार नियोजनको लागि बिर्सिन नहुने कुराहरु – श्रीमान र श्रीमती बिच मिलेमतो हुनु पर्दछ। – आफ्नो परिवारको कती बच्चा जन्माउने भन्नेमा निर्णय गरिनु पर्दछ। – बच्चा कहिले जन्माउने भनेर सल्लाह गर्नु पर्दछ। – पहिलो र दोस्रो बच्चा बिच केही बर्ष जन्मा अन्तर राख्न्नेमा उचित निर्णय लिनुपर्दछ – परिवार नियोजनको स्थायी अस्थायी साधनहरु अपनाउने बारेमा सही निर्णय लिनुपर्दछ। परिवार नियोजन गरेपछी हुने फाईदाहरु – नचाहेको गर्व नबस्ने भएकोले समस्या आउँदैन। – श्रीमान/श्रीमती दुवै मिलेर आफ्नो जिन्दगीलाई सुखी बनाउन सक्दछन्न। – आमा स्वस्थ भएपछी जन्मने बच्चा पनि स्वस्थ हुन्छ। – बच्चा जन्मिएपछी आमाले आफ्नो स्वास्थ्यको स्याहार गर्ने मौका पाउने हुनाले शरीर स्वस्थ बनाउन पाउँछन्। – बाबुआमाले आफ्नो बच्चालाई चहिने जस्तै: खानेकुरा, लत्ताकपडा, शिक्षा-दिक्षा, राम्रो भबिस्य आदिको बारेमा ध्यान पुर्याउन पाउँछन्। – बच्चाले आफुलाई चाहिने समय निकल्न सक्दछन्। परिवार नियोजणका विधीहरु र त्यसबाट पुग्ने फाईदाहरु भिन्नाभिन्नै परिवारको भिन्नाभिन्नै आवश्यकता हुन्छ। हरेक परिवार नियोजनका बिभिन्न स्थायी अस्थायी साधनहरुमध्ये बाट आफ्नो लागि उपयुक्त एवं शाही एक साधन रोज्न सक्छन्। १. बन्ध्याकरण – स्ठायी तरिका २. तीन महिने सुई – ३ महिनासम्म प्रभावकारी ३. आई.यु.सि.डी – १२ बर्षसम्म प्रभावकारी – गर्भको चाहणा भएमा तुरुन्त झिक्न सकिने ४. ईम्प्लान्ट – ५ बर्ष प्रभावकारी ५. खाने गर्भणिरोढ चक्की(पिल्स) – दिनहुँ खाए प्रभावकारी हुने ६. कन्डम – प्रयोग गर्न सजिलो – सही तरिकाले प्रयोग गरे प्रभावकारी – एचआईभी र यौनसम्पर्कबाट हुने संक्रमण विरुद्द सुरक्षित राख्छ   श्रोत – ओके परिवार स्वास्थ्य सेवा

पूर्व-पश्चिम रेलमार्ग, निजगढ एयरपोर्ट र ६ वटा सुरुङमार्गमा लगानी जुट्योः अर्थमन्त्री

काठमाडौं । पूर्व पश्चिम रेलमार्ग, निजगढ विमानस्थल र ६ वटा सुरुङमार्गका बनाउन लगानी जुटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयमा आयोजीत नियमित पत्रकार भेटघाटका क्रममा ती मेगा प्रोजेक्टहरुका लागि लगानीको श्रोत जुटाईसकेको घोषणा गरेका हुन् । ‘पूर्व पश्चिम राजमार्गको कुन कुन ठाउँमा कसले लगानी गर्ने भए, पूर्वपश्चिम रेलमार्गको कुन कुन ठाउँमा कसले लगानी गर्ने भए, ठूला विद्युत आयोजनामा कसले कहाँ लगानी गर्ने भए, हवाई एयरपोर्टको काम कहाँ पुग्यो ? ६ वटा सुरुङमार्गका कुरा पनि छन्, एक महिना कुर्नुस अर्काे पत्रकार सम्मेलनका लागि थाँती राख्छु, परिपक्क नभएसम्म भन्दिन, यी सबैमा दातृ निकायहरुसँगको सहमति माथिल्लो चरणमा पुगिसकेको छ ।’, अर्थमन्त्री डा. खतिवडाले भने । ९४५ किलोमिटर लामो पुर्व पश्चिम रेलमार्गमा चीन, भारत, दक्षिण कोरिया र जापान सरकारका सहयोग नियोगहरु मार्फत ०.१ प्रतिशत सहुलियत ऋण लिनेबारे अर्थमन्त्रालयले सहमति गर्न लागेको श्रोतले बतायो । त्यस्तो ऋण ४० बर्षभित्रै तिरिसक्नुपर्ने व्यवस्था गर्न लागिएको रेल विभाग सम्वद्ध श्रोतले भन्यो । त्यस्तै, २५ सय हेक्टर क्षेत्रफलमा निर्माण हुने निजगढ विमानस्थलको पहिलो चरणका लागि १२१ अर्ब बजेट लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । ८ हजार ४५ हेक्टर जमिन ओगट्ने विमानस्थलको निर्माणका लागि भने ७ खर्ब लाग्ने भनिएको छ । सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माण आरम्भ गर्ने भनेको थियो । त्यसका लागि टेण्डर समेत आव्हान गरिसकिएको छ । त्यस बाहेक टोखा–छहरे–गुर्जुभञ्ज्याङ, सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड, कोटेश्वर–जडिबुटी, खुर्काेट–चियाबारी, विपिनगर–खुटिया–दिपायल र थानकोट–चित्लाङमा सुरुङमार्ग निर्माण निर्माण गर्ने भनेको थियो । उनले नयाँ सरकार गठन भएपछि ५१ अर्ब थप वैदेशिक सहयोग प्रतिवद्धता आएको जानकारी पनि दिए । त्यस बाहेक शान्ति कोषमा रहेको युरोपियन युनियनको एक अर्ब र जर्मन सरकारको १६ करोड खर्च गर्ने अख्तियार पाएको जानकारी दिए । त्यस्तै एसियाली पुर्वाधार विकास बैंकले तामाकोशी ५ आयोजनामा लगानी गर्ने सहमति व्यक्त गरेको पनि बताए । हाल आफु लगानीको श्रोत जुटाउन लागि परेको स्पष्ट पारेका थिए ।

अवैधरुपमा नदी दोहन गर्नेबाट ३८ लाख असुल

काठमाडौं। सिन्धुपाल्चोकका विभिन्न नदीमा अवैधरुपमा गिट्टी, बालुवा निकाल्नेबाट जरिवानास्वरुप दुई महिनामा रु ३८ लाख ५२ हजार ५० असुल गरिएको छ । असारदेखि भदौ महिनासम्म नदीबाट गिट्टी बालुवा निकाल्न नपाइने नियम छ । तर पनि लुकिछिपी अवैध काम गर्नेलाई प्रहरीको सहायतामा पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म ३६ टिपर, १८ मिनिट्रक, १३ स्काभेटर, दुई डोजर, १२ ट्याक्टर, एक जेसिभी नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको छ । त्यसैगरी एक ट्याक्टर, दुई स्काभेटर र दुई मिनि टिपर कारवाहीको क्रममा रहेको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरी नै तस्करसँग मिलेको आरोप लाग्न थालेपछि केही प्रहरीमाथि विभागीय अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो । उहाँले आरोप पुष्टि भए कडा कारवाही गरिने साथै तस्करलाई सजिलै उन्मुक्ति नदिने पनि बताए। जिल्ला समन्वय समितिको खातामा जरिवानस्वरुप उठाएको रकम जम्मा भए पनि खाता भने बन्द छ । प्रदेश सरकारले खाता सञ्चालनको लागि नयाँ कार्य विधि नबनाएकाले सो रकम सञ्चालन गर्न नसकिएको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए। बर्खाका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने नियम भए पनि जिल्लाका सानाठूला सबैजसो नदीमा तस्करले गिट्टी, बालुवा निकाल्ने गरेका छन् । उनीहरुले नदीको धार नै परिवर्तन हुने गरी जथाभावी नदीजन्य पदार्थ निकाल्ने गरेका छन् । यसले नदी आसपासका बस्ती, विद्यालय, पुलसमेत जोखिममा परेका छन्। रासस

महोत्तरीमा विधार्थी गुन्द्री बोकेर विद्यालय जान वाध्य

काठमाडौं। महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् । कक्षा आठसम्म अध्ययन/अध्यापन हुँदै आएको उक्त विद्यालयका बालबालिका विद्यालय परिसरभित्र आँपका रुखमुनि स्लेट (पाटी) र कापी लिएर पढ्दै गरेका देखिन्छन् । बढी रेखदेख गर्नुपर्ने शिशुदेखि तीन कक्षासम्मका बालबालिकालाई खुलाचौरमा रुख मुनि राखेर पढाउने गरिएको छ । उनीहरुले आफ्ना लागि भुइँमा ओछ्याउन बोरा, गुन्द्री र पिरा घरबाटै ल्याउने गरेका छन् । विसं २०३९ मा प्राथमिक विद्यालयका रूपमा स्थापित सो विद्यालयमा २०६९ सालदेखि कक्षा आठसम्मको पठनपाठन हुँदै आएको छ । विद्यालयमा हाल ४९३ विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक वंशीधरप्रसाद साहले जानकारी दिए। “कक्षा कोठा अभावमा तीन कक्षासम्मका झण्डै २०० विद्यार्थीलाई खुलाचौरमा राखेर पढाउँदै आएका छौँ,” उनले भने। हाल उपलब्ध भवनमा कार्यालय सञ्चालन र कक्षा चारदेखि आठसम्मका विद्यार्थी मात्रै राख्न सकिने अवस्था छ । विद्यालयलाई जिल्ला शिक्षा समन्वय इकाइले दुईकोठे पक्की भवन निर्माणका लागि रु १६ लाख उपलब्ध गराएको छ । नगरपालिकाको शिक्षा शाखा, विद्यालय प्रशासन र स्थानीय जनप्रतिनिधिले तदारुकता नदेखाउँदा भवन निर्माण हुन सकेको छैन । शिशुकक्षाका बालबालिकाले शैक्षिक सामग्रीसमेत पाउन सकेका छैनन् । प्रधानाध्यापक साह शैक्षिक सामग्री खरिदका लागि रु १८ हजार प्राप्त भएको बताउँछन्। “भवन नभएका कारण सामग्री खरिद गर्न सकेका छैनौँ,” उनले भने। “सामग्री राख्न सुरक्षित कोठा चाहिन्छ ।” करीब ५०० विद्यार्थीलाई आठ शिक्षकले पढाउँदै आएका छन् । विद्यालयसँग १७ कट्ठा जग्गा छ । जग्गाधनी पूर्जा भने विद्यालयलाई हालसम्म प्राप्त नभएको प्रधानाध्यापक साहले बताए।

न्युरोडमा ८ तले ई-पार्किङ बनाउन ६ कम्पनी प्रतिस्पर्धामा, अर्को हप्ता छनोट हुने

काठमाडौं । काठमाडौं महानगरको धर्मपथमा इलेक्ट्रोनिक पार्किङ बनाउन ६ कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ । करिब १ अर्ब रूपैयाँ लागत अनुमान गरिएको पार्किङ निर्माण गर्न ६ वटा ठेकदार कम्पनीले आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीहरुको मूल्याङकन प्रक्रिया शुरु भैसकेको महानगरका प्रशासकिय अधिकृत नवराज ढकालले बताए । उनका अनुसार मुल्याङकन सकिएपछि एक कम्पनीको छनोट गरिनेछ । यसरी छनोट भएको कम्पनीमाथि दाबी विरोध गर्न एक हप्ताको समय छुट्याइनेछ । सो अवधिमा कुनैपनि दाबी विरोध नपरेमा सोहि कम्पनीले पार्किङ निर्माण गर्नेछ । कम्पनीसँग महानगरले २५ वर्षको सम्झौता गर्नेछ । यसमा कम्पनीले वार्षिक निश्चित रकम महानगरलाई बुझाउनु पर्नेछ । २५ वर्षपछि कम्पनीले महानगरलाई पार्किङ हस्तान्तरण गर्नेछ । महानगरले स्मार्ट पार्किङ निमार्णका लागि गत भदौं २० गते बोलपत्रको आव्हान गरेको थियो । पार्किङ निर्माणको लागि धर्मपथमा महानगरले २ रोपनी जग्गा तयार गरिसकेको छ । यस पार्किङमा भर्टिकल पार्किङ, अन्डरग्राउन्ड पार्किङ गर्न सकिनेछ । ई पार्किङमा केहि समयमै सजिलै सवारी पार्किङ गर्न सकिनेछ । पुराना पार्किङ भन्दा ई पार्किङ आर्थिक रुपले सस्तो पर्न जाने महानगरले विस्वास गरेको छ । बागबजार, खिँचापोखरी, कलंकी, महाराजगन्ज, सामाखुसी, कोटेश्वर, बल्खु, कौशलटार, जडीबुटी, बानेश्वर, तीनकुने, न्युरोडलगायत क्षेत्रमा पार्किङ नहुँदा सडकमै सवारीसाधन पार्किङ गर्ने गरिएको छ । महानगर पुर्वाधार विकास प्रमुख महेश काफ्लेका अनुसार दरबारमार्गमा पनि साइकल, मोटरसाइकल, कार, जीप लगायतको सवारी पार्किङ गर्न सकिने गरि स्मार्ट पार्किङ निर्माण गरिनेछ । स्मार्ट पार्किङमा अग्रीम बुकिङ समेत गर्न सकिनेछ । पार्किङबाट कति रकम तोक्ने पछि नै निर्णय हुने पुर्वाधार प्रमुख काफ्लेले बताए । प्रत्येक तलामा २० वटासम्म कार पार्किङ गर्न सकिनेछ । १ देखि माथिल्लो तलामा इलेक्ट्रिक मार्फत कार राख्न र निकाल्न सकिनेछ । आयोजना एक वर्ष ढिलो गरि शुरु हुने भएको हो । काठमाडौंमा पार्किङको समस्या कम गर्नको लागि धर्मपथ, दरबारमार्ग लगायतको स्थानमा बनाउन २०७४/०७५ कै नीति तथा कार्यक्रममा समेटेको थियो । यस्तो बन्नेछ पार्किङ भिडियो

सरुवापत्र उपलब्ध नहुँदा बैतडी जिल्लाका स्वास्थ्यकर्मी समस्यामा

काठमाडौं। सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा जिल्लाका स्वास्थ्यकर्मी समस्यामा परेका छन् । गत भदौ १७ गते कर्मचारी जिल्लाबाट सरुवा भएपनि हालसम्म उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले सरुवापत्र उपलब्ध गराएको छैन । कार्यालयले सरुवापत्र दिन नमान्दा २२ स्वास्थ्यकर्मीलाई समस्या भएको छ । स्वास्थ्य सेवा विभागले सरुवा गरेपनि स्वास्थ्य कार्यालयले सरुवापत्र दिन नमानेको कर्मचारीको आरोप छ । “सरुवा भएपनि अन्योलमा छौँ,” दोगडाकेदार गाउँपालिका–३ श्रीकोट स्वास्थ्यचौकीका अहेव प्रेम चन्दले भने। गाउँपालिकाले समेत सहमति दिएको अवस्थामा जिल्लाले रोकेको उनको गुनासो छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जगदीशचन्द्र विष्ट विभागबाट सरुवा गरिएकोबारे आधिकारिक पत्र प्राप्त नभएको बताउनुहुन्छ । उनले भने, “प्रदेश नं ७ सरकारले सरुवापत्र नदिनु भन्ने निर्देशन दिएको छ ।” प्रदेश नं ७ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका प्रमुख, स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बैतडीमा मात्र नभइ प्रदेशभरिका सबै जिल्लाका सरुवा भएका स्वास्थ्यकर्मीलाई सरुवापत्र नदिन निर्देशन दिएको बताए। तीन हजार १७७ स्वास्थ्यकर्मीको दरबन्दी भएको प्रदेश नं ७ मा झण्डै २०० पद रिक्त रहेको छ । उनले भने, “यही प्रदेशबाट १५० स्वास्थ्यकर्मीको सरुवा गर्दा स्वास्थ्य संस्था बन्द हुन्छन् ।” डा अवस्थीका अनुसार सङ्घीय सरकारले प्रदेश नं ७ बाट सरुवा मात्रै गरेको र अन्यत्रबाट यहाँ स्वास्थ्यकर्मी नपठाएको बताए। सङ्घीय सरकारले अन्य प्रदेशबाट प्रदेश नं ७ मा स्वास्थ्यकर्मी नपठाउँदासम्म सरुवापत्र नदिइने उनले बताए। रासस

अन्नपूर्ण क्षेत्रमा पर्यटककाे संख्या बढेपछि होटलको क्षमता विस्तार हुँदै

पोखरा । अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन व्यवसायीहरुले होटलको क्षमता तथा सङ्ख्या विस्तार गर्न थालेका छन् । शिविर जाने पर्यटकलाई सेवा दिइरहेका यहाँका २६ होटलले पर्यटकको चाप थेग्न नसकेपछि क्षमता तथा सङ्ख्या विस्तार गर्न लागिएको हो । अन्नपूर्ण क्षेत्रमा वर्षेनी बढीरहेको पर्यटकको सङ्ख्यालाई दृष्टिगत गरी अन्नपूर्ण गाउँपालिकाले त्यसको तयारी थालेको हो । लगभग ४० वर्षअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक त्यहाँका भेडीगोठ र चित्रा/भकारीले बारेका झुपडीमा बस्ने गरेका थिए । विसं २०४३ मा स्थापित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को विशेष पहलमा २०४९ सालपछि उक्त क्षेत्रमा होटल सञ्चालनमा आएका हुन् । एक्यापले निर्धारण गरेको मापदण्डअनुसार पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छे आधार शिविर र अन्नपूर्ण आधार शिविरसम्म २६ होटल सञ्चालन गरिएको थियो । मापदण्डअनुसार प्रत्येक होटलमा ६ कोठाका दरले हालसम्म १५६ कोठामा पर्यटकलाई बस्ने व्यवस्था मिलाइएको छ । वर्षेनी बढिरहेको पर्यटकको चापका कारण होटलको सङ्ख्या थप गर्ने विषय केही वर्षअघिदेखि उठे पनि त्यो कार्यान्वयनमा आउन सकेको थिएन । होटलबाट यसअघि एक्यापले नै राजश्व उठाउँदै आएकामा चालू आर्थिक वर्षदेखि अन्नपूर्ण गाउँपालिकाले राजश्व उठाउन थालेको छ । कार्यविधिका आधारमा यहाँको पर्यावरणीय संरक्षण समेतलाई ख्याल गर्दै होटेलको क्षमता एवं सङ्ख्या विस्तारका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताए। नजरमान गुरुङको संयोजकत्वमा गठित कार्यदलले अध्ययन थालिसकेको जानकारी दिँदै उनले कार्यदलको प्रतिवेदनअनुसार होटेलको क्षमता एवं सङ्ख्या वृद्धि गरिने बताए। कार्यदलका सदस्य ललित गुरुङका अनुसार गत वर्षमात्रै अन्नपूर्ण आधार शिविरसम्म ३२ हजार विदेशी पर्यटक पुगेका थिए । “अन्नपूर्ण क्षेत्रमा होटल सञ्चालन शुरु गर्दा तत्कालीन समयमा ५ हजारको सङ्ख्यामा विदेशी पदयात्री आएको तथ्याङ्क छ”, गुरुङले भने, “हाल त्यसको ६ गुणाभन्दा बढी विदेशी पर्यटक यस क्षेत्रमा आएका छन्, पछिल्लो समयमा यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।” पथप्रदर्शक एवं सहयोगी र आन्तरिक पर्यटक समेतलाई हेर्दा अघिल्लो वर्ष झण्डै ८० हजार पर्यटकले अन्नपूर्ण आधार क्षेत्रको भ्रमण गरेका थिए । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । ८ हजार ९१ मिटर उचाइ रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण गरिएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनिएको हो । घान्द्रुकबाट पदयात्रा गर्दै आधार शिविरसम्म पुग्न बाह्य पर्यटकले सामान्यतः चार दिनको समय छुट्याउने गरेका छन् भने आन्तरिक पर्यटक तीन दिनमै पुग्छन् । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार विगतमा पदयात्रामा आउने बाह्य पर्यटकले स्थानीयवासीले पकाएको दालभात, ढिँडोजस्ता लेकाली खाना खानुपर्ने बाध्यता रहेकामा पछिल्ला वर्षमा यहाँका होटलले विदेशी परिकार पनि तयार गर्न थालेका छन् । विसं २०४३ मा एक्याप स्थापना भएयता स्थानीयवासीलाई विभिन्न समयमा तालीम दिइएको छ भने होटलले विदेशी परिकार बनाउन सक्ने तालीम प्राप्त कर्मचारी राख्न थालेका छन् । होटलको क्षमता एवं सङ्ख्या विस्तारका साथै प्रकृतिको अनुपम बरदानयुक्त पदमार्ग क्षेत्रका देउरालीको पूर्वतर्फको पहाडमा रहेको बुद्धाकृति, दोभान र हिमालको बीचमा अवस्थित अति प्राचीन पूजनीयम् बराह र सो मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्ता स्थललाई थप व्यवस्थित गर्दै त्यसको प्रचारप्रसार गर्नु अपरिहार्य भएको स्थानीयवासी बताउँछन् । रासस

सिद्धार्थ क्यापिटलको साधारणसभा असोज २५ मा, ३० प्रतिशत लाभांश दिने

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको ७ औं वार्षिका साधारणसभा असोज २५ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । गत आर्थिक आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६ करोड रुपैयाँ नगद लाभांश बाँड्ने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने छ ।