अमेरिका चीन प्रति झनै आक्रमक, २ खर्ब डलर बराबरको चिनियाँ वस्तुमा कर लगाउने डोनाल्ड ट्रम्पको घोषणा
बीबीसी । अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ।अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ। तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको नयाँ कर नीतिको चीनले प्रतिकार गरे त्यसलाई अझ बढाएर २० प्रतिशत पुर्याइदिने चेतावनी दिएका छन्। पछिल्लो कर अहिले सम्म अमेरिकाले चिनियाँ सामानमा लगाएको कर मध्ये सबै भन्दा धेरै हो। नयाँ कर आउने सातादेखि लागु हुने बताइएको छ। राष्ट्रपति ट्रम्पले नयाँ करले अमेरिकाको कोषमा धेरै पैसा ल्याउनेू बताएका छन्। उनले त्यसका अतिरिक्त थप २ खर्ब ६० अर्ब डलर बराबरका चिनियाँ आयातमा कर लगाउने चेतावनी दिएका छन्। उनले बेइजिङलाई उनले ठान्ने गरेका असमान व्यापारिक अभ्यासहरूलाई बदल्न धेरै मौकाहरू दिइएको बताएका छन्। ट्रम्पले देशको अर्थतन्त्र जोगाउने काम आफ्नो काँधमा आएको बताएका छन्। पछिल्लो घोषणा सँगै करिब २ खर्ब ५० अर्ब डलर बराबरका चिनियाँ समानमा अमेरिकी कर लाग्ने भएको छ। यसअघि अमेरिकी करको बदलामा चीनले ५० अर्ब डलर बराबरको अमेरिकी सामानमा कर लगाइदिएको थियो। त्यतीबेला चीनले अमेरिकाको राजनैतिक प्रभाव क्षेत्र मानिने किसानका उत्पादनलाई निशाना बनाएको थियो। व्यापार युद्ध रोक्न दुई पक्षबीच मे महिनामा वार्ता भए पनि त्यो फलदायी भएन।
इन्धनकाे भाउ बढ्यो, पेट्रोल प्रतिलिटर ११४ र डिजेल १०१ रुपैयाँ
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । असोज १ गते राती १२ बजेदेखी लागू हुने गरि निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा थप गरी समायोजन गरेको छ। हवाई ईन्धन र एलपी ग्याँसको मूल्य यथावत राखिएको निगमका प्रवत्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार पेट्रोल प्रतिलिटर २, डिजेल र मट्टितेल ३ रुपैयाँ बढेको छ । भाउ बढेपछि पेट्रोल प्रतिलिटर ११४, डिजेल र मट्टितेल १०१ रुपैयाँ पुगेको गोइतले जानकारी दिए । मूल्य बढाए पनि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२¸ डिजेलमा२ रुपैयाँ ७२ र ग्याँसमा प्रतिसिलिण्डर ३०९ रुपैयाँ ७९ पैसा घाटा हुने उनले बताए । समग्रमामूल्य बढेपनि निगमलाई १५ दिनमा करीब ३१ करोड ६७ लाख रुपैयाँ घाटा हुने गोइतको भनाई छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएको छ । इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले यसकाे विश्लेषण गरी समायोजन गरिएको गोइतको भनाई छ । मूल्य समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सीमामा पेट्रोलमा प्रतिलिटर २९ रुपैयाँ ४४ र डिजेल २८ रुपैयाँ ४४ पैसाले नेपाल तर्फ नै सस्तो कायम हुन पुगेको छ । यसले गर्दा खुला सीमाका कारण नेपालबाट भारतमा चोरी पैठारी हुने संभावना छ ।
टिभीएसले खोल्यो थप १० नयाँ शोरुम, कहाँ कहाँ ?
काठमाडौं । टिभीएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले देशभर आफ्नो थप १० अत्याधुनिक शोरुमहरु उद्घाटन गरेको छ । केहि समय अघि मात्र बजारमा ल्याइएको टिभीएस अपाचे आर आर ३१०, टिभीएस अपाचे आर टि आर १६० फोर भी र टिभीएस एनटोर्क १२५ स्कुटर पनि उपलब्ध रहने छ । यहि असोज १ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आयका नयाँ अत्याधुनिक शोरुमहरु काठमाडौँको कान्तिपथ, कुपन्डोल, टुसाल, र काठमाडौँ बाहिर इनरुवा, राजविराज, सिराहा, धादिड्ड, गरुडा, कावासोती र डडेलधुरामा रहेका छन् । ग्राहकहरुले यी शोरुमहरु मार्फत टिभीएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटरहरु खरिद गर्न सक्नेछन् ।
माेबाइल फुटे, हराए वा चाेरी भएमा मेराे सुरक्षाले दिन्छ डाटासहितकाे नयाँ सेट
काठमाडौं । मेरो सुरक्षाप्रालि र प्रिमियर इन्स्योरेन्सकाबीचमा मोबाइल बीमा सम्बन्धि सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका बिच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मेरो सुरक्षाका प्रमुखकार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बीमा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्समा हुनेछ । यस अघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र शुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो । ‘मेरो सुरक्षासँगको सहकार्यले मोबाइल प्रयोगकर्ताले सहज रुपमा आफ्नो मोबाइलको बीमा गराउन सक्ने विश्वास हामीले लिएका छौं ।’ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले भने । ‘कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षती पुगेर मोबाइल नचल्ने भएमा वा हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ ।’ मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारले भने । मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी मोबाइलको बीमा गराउन सक्छन् । सेवा सुरु गरेको छोटो समयमा नै सेवाग्राहीमाझ लोकप्रिय बनेको मोबाइल प्रोटेक्सन प्लान २५ हजार बढीले खरिद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइलएप ४० हजारभन्दा बढी डाउनलोड भैसकेको छ । सोही कार्यक्रममा महानायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । ब्राण्ड एम्बेसडर नियुक्त भएका हमालले मेरो सुरक्षा नेपालको सन्दर्भमा फरक किसिमको सेवा भएको भन्दै यसबाट आममोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलको सुरक्षा गर्न सक्ने बताए । मोबाइल फुट्ने, हराउने वा चोरी हुने, जस्ता समस्या समाधानका लागि मेरो सुरक्षाको प्रोटेक्सन प्लानले दिने बीमा योजना उत्तम विकल्प हुने हमालको भनाई थियो । राजधानीका ४ सय बढी मोबाइल आउटलेटबाट मोबाइल किन्दा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजनामा सहभागि हुन सकिने मेरो सुरक्षाले जनाएको छ । दशैं पछि राजधानी बाहिरबाट पनि मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजना शुरु हुनेछ । मोबाइल प्रोटेक्सन प्लानलिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ । यसका साथै सेवाग्राहीले मोबाइल किनेर मेरो सुरक्षा एप डाउनलोड गरी सिधै मोबाइलको बीमा गराउन सक्छन् । यसरी मोबाइलको बीमा गर्दा लाग्ने शुल्क खल्ती, आई पेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिंगबाट भुक्तान गर्न सकिन्छ । मेरो सुरक्षाले दशैं, तिहारको अवसरमा मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुलाई एक लाख रूपैंयाको निशुल्क दुर्घटना बीमा उपलब्ध गराउने जनाएको छ ।
भारतमा पनि बैंक मर्जर सुरु, बैंक अफ बरौडा, बिजय र डीना बैंक गाभिने
एजेन्सी । नरेन्द्र मोदी सरकारले सार्वजनिक क्षेत्रका ३ बैंकलाई गाभ्ने भएको छ । बैंक अफ बरौडा, डिना बैंक र विजय बैंकलाई गाभ्न लागेको हो । बैंकिङ क्षेत्रलाई अझ मजवुत बनाउन गाभ्न लागेको हो । भारतको बैंकिङ क्षेत्रमा अत्याधिक खराब कर्जा बढेपछि सरकारले सुधारका लागि गाभ्ने योजना ल्याएको डीएफएस सचिव राजीवकुमारले बताएका छन् । ३ वटा बैंक एकआपसमा गाभिएपछि भारतको तेस्रो ठुलो बैंक हुने फाइनान्सियल एक्सप्रेसले जनाएको छ । दुई राम्रा र एक कमजोर बैंक गाभिन लागेको भारतका वित्तमन्त्री अरुण जेट्लीले बताएका छन् ।
वायुसेवा निगमका कर्मचारी सबैभन्दा धेरै तलब खाने छन: मदन खरेल
काठमाडौं । नेपाल वायु सेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मदन खरेलले सोमबारदेखि कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै खरेलले निगमका कर्मचारीहरुलाई सबैभन्दा धेरै तलब खाने वातावरण बनाउने बताएका छन् । खरेलले निगममा काम गर्ने सबै जनाको हैसियत समान रहको र संस्था विकासका लागि एकजुट भएर अघि बढ्नु पर्ने बताए । उनले भने एनएसीको कर्मचारी सबैभन्दा धेरै तलब सुविधा खाने कर्मचारी हुनेछ त्यसका लागि मैले काम गर्नेछु । उनले अब एनएसीले जहाज थप्दै जानु पर्ने र आफ्नो कार्यकालमा कर्मचारीहरुले सहयोग गर्ने विश्वास व्यक्त गरे । खरेललाई स्वागत गर्दै प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारले आफु खरेलको सल्लाहकार बन्न तयार रहेको बताए । नेपाल विश्वमै सबैभन्दा हवाई भाडा महंगो भएको देश भएको बताउँदै यसमा एनएसीले भाडा घटाउन हिम्मत गर्नुपर्ने बताए । खरेल एनएसीको नयाँ सदस्य भएर आउनुमा कुनै विवाद नरहेको र मन्त्रालयले गरेको निर्णय सबै कर्मचारीले सम्मान गर्नुपर्ने बताए । स्वागत कार्यक्रममा बोल्दै आधिकारीक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले नयाँ जहाज थप्ने विषयले वर्षेनि विवाद थपेको बताउँदै एकै वर्ष धेरै जहाज थप्ने निर्णय गर्नु पर्नेमा जोड दिए । उनले नव नियुक्त अध्यक्षले कर्मचारीलाई खुशी पारेर काम गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरे ।
नेपाल साझेदार बैठक सोमबारदेखि शुरु
काठमाडौं । नेपाल सरकारका सहसचिव शुरेश अधिकारीले मानवीय क्षेत्रमा रेडक्रसले गरेका कामले नेपालीहरुको सँकटासन्नता कम गर्न मद्दत गरिरहेको बताएका छन् । असोज १ गतेदेखि शुरुभएको नेपाल साझेदार बैठकलाई सम्बोधन गर्दै उनले भने- समुन्नत नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न रेडक्रसका गतिविधिहरु अत्यन्त सहयोगी छन् । नेपाल रेडक्रस सोसाइटी, रेडक्रसको अन्तर्राष्ट्रिय महासँघ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको सँयुक्त आयोजनामा सोमबारदेखि काठमाडौमा शुरु भएको २ दिने बैठकमा १८ वटा विभिन्न देशका रेडक्रस रेडक्रिसेन्ट सोसाइटीका प्रतिनिधिहरु, नेपाल सरकारका प्रतिनिधि, सँयुक्त राष्ट्रसँघ नियोग तथा विज्ञहरु र रेडक्रस अभियानका अँगहरुका प्रतिनिधि गरी ७१ जनाको सहभागिता रहेको नेपाल रेडक्रसका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । कार्यक्रमको अध्यक्षता गर्दै नेपाल रेडक्रसका अध्यक्ष सँजीव थापाले हरेक दुइवर्षमा आयोजना गर्दै आइएको यो साझेदार बैठकले सँगसँगै सोच्ने, सँगसँगै योजना बनाउने र सँगसँगै काम गर्ने रेडक्रसको परिपाटीलाई थप सुदृढ गर्नेछ । रेडक्रसको अन्तर्राष्टिय महासँघ एशिया प्रशान्त क्षेत्रका उपनिर्देशक मार्टिन फलरले बैठकमा उपस्थित विज्ञहरुको ज्ञान, सीप र अनुभव आदान प्रदान हुँदा साझा नेतृत्व विकास गर्न र रेडक्रससँगको आपसी साझेदारीलाई पुनर्ववल प्रदान गर्न मद्यत पुगिरहेको धारणा व्यक्त गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले नेपाल सरकारको प्राथमिकता क्षेत्रमा रेडक्रसले काम गरिरहेको उदारण प्रस्तुत गरेका थिए । विशेष प्रस्तुतीको क्रममा सँयुक्त राष्ट्रसँघका आवासीय प्रतिनिधि भेलरी जुलियानले नेपालको वर्तमान सँघीय संरचनाका आधारमा काम गर्दा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै राज्यको स्थानीय र प्रादेशिक सँरचनासँग समन्वयमा काम गर्नुपर्ने आवश्यकता औँल्याए । यसैक्रममा आइसीआरसीका प्रतिनिधि आन्द्रे पाकेले नेपाल रेडक्रसको कानुनी अवस्थाको सुदृढिकरण हुनुपर्नेमा जोड दिएका थिए । विश्व र नेपालको मानवीय सेवा सन्दर्भ, अवस्था, चुनौती तथा अवसरहरुका बारेमा विज्ञहरुको प्यानल छलफल समेत आजै आयोजना गरिएको थियो । छलफलमा क्यानेडियन रेडक्रसका म्याक डोनाल्ड, आइसीएमएकका डा. राम थपलिया, मिडिया एक्शनका लक्ष्मण दत्त पन्त लगायत रेडक्रस अभियानका प्रतिनिधिहरुले अवस्थाको विश्लेषण गरेका थिए । साझेदारीको ढाँचा, प्रकृया सहित नेपालमा सञ्चालन गरिने रेडक्रस गतिविधिलाई सहयोग गरिने क्षेत्रको पनि पहिचान गरी भोली कार्यक्रम सम्पन्न हुनेछ । कार्यक्रमको तेश्रो दिन नेपाल रेडक्रसमार्फत् विभिन्न जिल्लाहरुमा सञ्चालित गतिविधिहरुको अवलोकनार्थ विदेशी पाहुनाहरु फिल्ड भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ ।
सुजुकी जेन्युइन पार्ट्सको नयाँ आउटलेट बाफलमा
काठमाडौं । सुजुकी जेन्युइन पार्ट्सको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको डिलर एभ मोटर्सले आफ्नो सीआरओ अर्थात सर्टिफाइड रिटेल आउटलेट खोलेको छ । काठमाडौंको बाफलमा माँ सन्तोषी अटो पार्ट्सको नाममा सो आउटलेट खुलेको हो । आज एक कार्यक्रमकाबीच सीजी होल्डिङ्सका नायब महाप्रबन्धक श्यामबहादुर श्रेष्ठले सो आउटलेटको उद्घाटन गरे । सो अवसरमा श्रेष्ठले सुजुकीका कुनै पनि सवारी साधनमा जेन्युइन पार्ट्स प्रयोग गरेमा सवारी साधनको आयु लामो हुने, यात्रा सुरक्षित रहने र पर्फमेन्स उत्कृष्ट हुने भएकाले सके सम्म सवारी साधनमा जेन्युइन पार्ट्स नै प्रयोग गर्नु पर्ने बताए । एभ मोटर्सका सञ्चालक दिलिप सिग्देलले हाल कम गुणस्तरका नन-जेन्युइन पार्ट्सको प्रयोग बढ्दो क्रममा रहेकाले उपभोक्ताहरुले जेन्युइन पार्ट्सको महत्व बुझ्नु पर्ने बताए । सीआरओ शुभारम्भको अवसरमा एक महिना सम्म पार्ट्समा १० प्रतिशत छुट उपलब्ध गराइने माँ सन्तोषी अटो पार्ट्सका सञ्चालक राज सुवेदीले जानकारी दिए । माँ सन्तोषी अटो पार्ट्स एभ मोटर्स अन्तर्गतको दोस्रो रिटेल आउटलेट हो । यो भन्दा पहिले सुकेधारामा एभ मोटर्सले आफ्नै आउटलेट सञ्चालन गरिरहेको छ । एभ मोटर्स सुजुकी जेन्युइन पार्ट्सको उपत्यकाका लागि आधिकारिक डिलर हो ।