विकासन्युज

सार्वजनिक जग्गा संरक्षण गर्दै भीमबहादुर सार्की

काठमाडौं । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्की वडाको विभिन्न स्थानमा रहेको सार्वजनिक जग्गा खोज्ने अभियानमा जुटेका छन् । लक्षिनपुर र सोही स्थानको तल्लो भकारे भन्ने स्थानमा खालीरहेको एक÷एक बिघा जग्गा नाप गरी किला ठोकेर उनले सामान्य तारबारसमेत गरेका छन् । उक्त जग्गा सार्वजनिक भएको र अरु कसैले तुरुन्तै कब्जा नगरुन भनेर आफूले यसो गरेको जानकारी दिदैं उनले भने “तारबार गरिएको जग्गामा तत्कालका लागि बिरुवा रोपेर भए पनि त्यसलाई संरक्षण गरिनुपर्छ ।” वडा अध्यक्ष सार्कीकाअनुसार वडा नं ४ को बारखेत, तल्लो भकारे, सवारीकोट, फलेकडाँडा, ढुङगेडाँडा भन्ने स्थानमा प्रशस्त सार्वजनिक जग्गा छ तर ती जग्गा कहीँ कतै मात्रै खाली छन् । बाँकी ठाउँ व्यक्तिको कब्जामा परिसकेको छ । “वडाको सबै ठाउँमा सार्वजनिक जग्गा खोज्ने हो भने करीब दुईदेखि तीन सय बिघासम्म पुग्ला ।” उनी भन्छन्, “तर खाली स्थान भने थोरै ठाउँमा मात्र छन् । जहाँ जहाँ खाली छन् ती स्थानमा तारबारको काम थालिएको छ ।” वडाध्यक्ष सार्कीले अहिले आफूले वडाका स्थानीय व्यक्तिले कब्जा नगरेका जग्गा मात्रै खोजेर तारबार गर्न थालेको बताए । उनी मात्र होइन घोराही– १२ का वडाध्यक्ष लालबहादुर बुढाले पनि आफ्नो कार्यालय वरिपरि रहेका करीब ३६ बिगाहा जग्गा तारबार गरी सुरक्षित राखेका छन् । वडाकै चाग्ले डाँडामा चार कठ्ठा जमिन संरक्षण गरी फुटबल मैदान बनाउने सोचमा उनी छन्, भने कृष्णपुरमा पनि करीब एक बिघा पाँच कठ्ठा जग्गालाई तारबार गरी संरक्षण गर्न थालेका छन् । “हाम्रो वडामा सयांै बिघा सार्वजनिक जग्गा रहेको प्रारम्भिक खोजबाट पत्ता लागेको छ ।” उनी भनछन्, “अधिकाशं स्थानका जग्गा खाली छैनन, व्यक्तिले भोगचलन गर्दै आइरहेका छन् । बाटो, कुलो, वनको जग्गा र नापी जग्गा वरिपरिको खाली ऐलानी जग्गा पनि कब्जा गर्ने तयारी भइरहको छ ।” वडामा दुईसय ५०देखि ३०० बिघासम्म सार्वजनिक जग्गा हुनसक्ने अनुमान आफूले गरेको वडाध्यक्ष बुढा बताउनुहुन्छ । वडाको गुरऔं, थाल्के, जलकुण्डी, सिसनीलगायत स्थानमा अझै पनि धेरै सार्वजनिक जग्गा छन् । तत्काल व्यक्ति बसेको जग्गालाई हटाउन नसके पनि खालीरहेको जग्गा भने आफूहरुले संरक्षण गर्ने उनी बताउछन् । विगत २०३५ सालदेखि व्यक्तिले सार्वजनिक जग्गा भोगचलन गर्दै आइरहेका अवस्थामा आफूहरुले तुरुन्तै उठेर जाउ भन्ने गाह्रो भएको उहाँको भनाइ छ । घोराही नं ४ र १२ ग्रामीण क्षेत्रमा भएको हँुदा सार्वजनिक जग्गा सजिलै भेटिए पनि वडा नं १०, १४ र १५ नं वडालाई भने सार्वजनिक जग्गा खोज्न निकै मुस्किल भएको छ । वडामा प्रशस्त सार्वजनिक जग्गा छन् भन्ने थाहा हँुदाहुँदै पनि खाली जग्गा भेट्न भने कठिन भएको वडाध्यक्ष बुढा बताउछन् । वडा नं १० का वडाध्यक्ष काशीराम डाँगीकाअनुसार वडामा खोज्ने हो भने सयौं बिघा जग्गा होलान, तर अहिले वडाको चार बगिया भन्ने स्थानमा जम्मा चार कठठा जग्गा पोखरी रहेको अवस्थामा भेटिएको छ । बाँकी सबै स्थानका जग्गा कब्जा भइसकेका छन् । ‘‘सार्वजनिक जग्गाको विषयमा सरकारको प्रष्ट नीति र निर्देशन आएमा आफूहरुले सार्वजनिक जग्गा कब्जा गरेकालाई व्यवस्थापन गरी जग्गा फिर्ता गर्न सक्छौ।’’ उनी भन्छन् ।, “ राजनीतिक दल सुरक्षा निकाय, सरोकारवाला सबै लाग्ने हो भने यहाँ प्रशस्त मात्रामा सार्वजनिक जग्गा निस्कन सक्छन ।” पछिल्लो समय शहरी करण बढ्दै जानु र जग्गाको भाउ आकासिँदै जानुले पनि सार्वजनिक जग्गा कब्जा गर्नेहरुको सङ्ख्या बढेको र यसको प्रत्यक्ष असर राज्यलाई नै छ । सानोतिनो सार्वजनिक भवन निर्माण, सामान्य खेल मैदान निर्माणका लागि पनि जग्गाको अभाव पर्न थालेको छ । सरकारी कार्यालय स्थापनाका लागि पनि व्यक्तिको जग्गा करोडौं मूल्यमा सरकारलाई किन्नु परिरहेको छ । बजारको बीच भागमा पर्ने वडा नं १५ मा पनि ठाउँ ठाउँमा जग्गा भेटिएका छन् । सबैजसो स्थानमा व्यक्तिका घर उभिइसकेको छ । घर नबनेका छिटफुट र थोरै मात्र जग्गा प्राप्त भएको वडा नं १५ का वडा अध्यक्ष रमेश पाण्डेको भनाइ छ । ‘‘हामीले बजारका करीब ६÷७ स्थानमा जग्गा भेटायांै तर खाली भने दुई स्थानमा माात्र छ ।’’ उनी भन्छन्, “भेटिएका एक ठाउँको जग्गामा ज्येष्ठ नागरिक दिवा केन्द्र स्थापना गर्दैछौ, अर्को ठाउँको जग्गा पनि संरक्षणको काम भएरहेको छ । अहिले वडाको सबै स्थानमा कब्जा गरिएका र नगरिएका जग्गाको लगत लिने काम थालिएको छ ।” घोराही उपमहानगरपालिकाले आफनो क्षेत्रभित्र विभिन्न स्थानमा छरिएर रहेको सार्वजनिक जग्गा खोज्न शुरु गरेपछि अहिले घोराहीका १९ वटै वडाका विभिन्न स्थानमा सार्वजनिक जग्गा भेटिने क्रम जारी छ । भेटिएका जग्गालाई जोगाउने र व्यक्तिले कब्जा गरेको जग्गा पत्ता लगाउने काम पनि थालिएको उपमहानगर प्रमुख नरुलाला चौधरी बताउछिन् । उहाँकानुसार अहिले पहिलो चरणअन्र्तगत उपमहानगरले जग्गा खोज्ने जिम्मेवारी वडालाई दिएको हो । वडाले नै आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा जोगाएर राख्नुपर्ने भन्ने निर्देशनबमोजिम काम भइरहेकोे उहाँ बताउनुहुन्छ । उपमहानगरले गतवर्ष नै सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय गरे पनि काम भने भर्खरैबाट शुरु गरेको हो । ‘सार्वजनिक जग्गामा व्यक्ति बसिरहेका छन् । केही भने खाली छ । त्यही खाली जग्गा थप अक्रिमणमा नपरोस् भनेर संरक्षण गर्न खोजिरहेका छौ ।’ उपमहानगर प्रमुख चौधरीे भन्छन्, “सार्वजनिक जग्गामा बसेकालाई हटाउने सम्बन्धमा भने सरकारको प्रष्ट नीति र निर्देशन नआउदासम्म हटाउने कार्य गरिँदैन । ” सार्वजनिक जग्गामा केही बास्तविक सुकुम्वासी, निमुखा पनि बसिरहेको हुँदा उनीहरुलाई तुरुतै हटाउनसक्ने अवस्था नरहेको उनको भनाइ छ । रासस

पेट्रोल लिटरकाे ३५ देखि ४० भारुमा दिने योगगुरु रामदेवको प्रस्ताव, सरकारसंग मागे अनुमति

एजेन्सी । पेट्रोलियम पदार्थको भाउ बढिरहेका बेला योग गुरु रामदेवले हाल चलनचल्तिमा रहेको भन्दा आधा मूल्य पेट्रोलियम पदार्थ बिक्री गर्न सक्ने बताएका छन् । भारतमा पेट्रोलियम पदार्थको भाउ आकासिएका बेला रामदेवले प्रतिलिटर ३५ देखि ४० भारुमा पेट्रोलियम पदार्थ बिक्री गर्न सकिने जानकारी दिएका छन् । यदी सरकारले अनुमति दिएमा सस्तोमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उनले दावी समेत गरेका छन् । भारतमा पेट्रोलको भाउ आकासिएर प्रतिलिटर ८७ भारुसम्म पुगेको छ । एक जमनामा भारतीय जनता पार्टीको समर्थक रहेका रामदेवले पेट्रोलियममा लगाउदै आएको करमा छुट दिनुपर्ने बताएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । उनले पेट्रोलियम आयात वस्तु तथा सेवा कर (जीएसटी) अन्र्तगत गर्नुपर्ने सुझाएका छन् । एनडी टिभीको युथ कन्क्लेभलाई सम्बोधन गर्दै पतन्जलीका संस्थापक रामदेवले भने “यदी सरकारले अनुमति र करमा सहुलियत दिन्छ भने म भारतमा पेट्रोल र डिजेल प्रतिलिटर ३५ देखि ४० भारुमा दिन सक्छुु ।” यदी केन्द्र र प्रदेश सरकारले पुरै कर हटाए पनि रामदेवको दावी अवास्तविक देखिएको फाइनान्सियल एक्सप्रेसको टिप्पणी छ । रामदेवको यो प्रस्तावले नेपाली उपभोत्ताले पनि सस्तोमा पेट्रोलियम पदार्थ पाउने देखिन्छ । नेपाल आयल निगम लिमिटेले इण्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसी) बाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।

कात्तिक भित्रै पूर्ण अनलाइन कारोबार, लगानीकर्ता आफैले सेयर अर्डर गर्न सक्ने

काठमाडौं । पूर्ण अनलाइन सेयर कारोबार आउदो २ महिनापछि मात्र सञ्चालनमा आउने भएको छ । यसअघि दशैअघि नै सञ्चालनमा ल्याउने तयारी भएकोमा प्राविधिक काम अझै बाँकी रहेपछि २ महिनापछि धकेलिएको हो । आउदो कात्तिकभित्र पूर्ण अनलाइन सेयर कारोबार सञ्चालनमा आउने नेपाल स्टक एक्सचेन्ज लिनिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले बताए । मंगलबारदेखि अनलाइन प्रणाली ल्याउनका लागि ननलाइभ ट्रेडिङ सुरु हुने जानकारी दिदै उनले भने “यसलाई थप सुधार गरी २ महिनाभित्र पूर्ण रुपमा सेयरको अनलाइन कारोबार हुने छ । यसपछि घरमा बसेर सेयर खरिदबिक्री गर्न सकिने छ ।” अनलाइन कारोबार आउदैन भन्ने हल्ला सकिएको बताउदै उनले कसैले रोक्न नसक्ने जानकारी दिए । नेपाली कम्पनी  वाईको नेपाल प्राइभेट लिमिटेडले सोमबार एक कार्यक्रमका दशैअघि कार्यान्वयनमा नआउने बताएको छ । कम्पनीले दोश्रो चरणको नमुना परीक्षणको काम ४ देखि ६ हप्तामा सकेपछि मात्रै पुर्ण कार्यान्वयन हुने बताएको छ । उक्त प्रणाली लागु भएपछि लगानीकर्ता आफैले लगईन गरेर सेयर अर्डर गर्न सक्नेछन् । तर लगानीकर्ताले कम्प्युटरबाट मात्रै अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ ।

अब नेपाल बैंकले प्राइम लाइफको इन्स्योरेन्स सेवा दिने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रतापशाहले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भए पश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु नेपाल बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ, जिवन बीमाकोष ६ अर्ब ५३ करोड रकुल प्रिमियम १२ अर्ब १९ करोड रुपैयाँ रहेको ।

९०० मेगावाटको अरुण तेस्रो आयोजना बनाउन १० मेगावाट बिजुली चाहिने

काठमाडौं । ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना बनाउ १० मेगावाट बिजुली चाहिने भएको छ । बिजुली आपूर्तिका लागि प्रवद्र्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले ४६ किलोमिटर लामो ३३ केभी क्षमताको डवल सर्किट प्रसारणलाइन निर्माण गर्न लागेको छ । संखुवासभाको धर्मदेवी नगरपालिकादेखि मकालु गाउँपालिकासम्म प्रसारणलाइन बनाउन लागेको हो । प्रसारणलाइनको काम सुरु गर्न कम्पनीले वातावरणीय प्रभाव मूल्याँकनको काम सुरु गरेको छ । वातावरणको काम सएिपछि कम्पनीले प्रसारणलाइन बनाउने छ । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ । आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेविएनले स्वपुँजी वापत २५ अर्ब रुपैयाँ लगानी गर्नेछ , आयोजना आउँदो सन् २०२२ को सेप्टेम्वरमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

माछापुच्छ्रे बैंकको एक महिने महोत्सवमा क्रेडिट कार्ड लगायत विभिन्न सेवामा विशेष छुट

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बैंकिङ कारोबार शुरु गरेकोे १८ वर्ष पुरा गरी १९आैँ बर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा असाेज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरुमा ‘माछापुच्छ्रे महोत्सव’ सञ्चालन गरिरहेको छ । १८औं वार्षिकोत्सवको उपलक्ष्यमा माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ अनुभुती गराउने बताएको छ । साथै, यस महोत्सवलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड/इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुच्छ्रे मोबाइलमनी जारी शुल्कमा ५० प्रतिशत छुट, माछापुच्छ्रे क्रेडिट कार्डमा ५० प्रतिशत छुट र रिटेल कर्जा सेवा शुल्कमा ०.१८ प्रतिशत छुट लगायत विभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गर्ने बैंकले बताएको छ । बैंकले उक्त महोत्सव आश्विन महिना भरी जारी रहने बताएको छ । बैंकले सर्वसाधारणहरुलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन आव्हान गरेको छ । बैंकले हाल ८६ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउण्टर, २८ वटा शाखा रहित सेवा लगायत ९९ वटा एटीएमबाट सेवा दिइरहेको छ ।

मोबाइल हरायो, फु्टयो कि पानी पस्यो ? अब इन्स्योरेन्स गरेर ढुक्क हुनुस्

काठमाडौं । मोबाइल फोन हराएर, पानी फसेर वा फुटेर हैरान हुनु भएको छ ? अब चिन्ता नगर्नुस, मोबाइलको इन्स्योरेन्स हुन्छ र हराए, फुटेमा क्षतिपूर्ति पाइन्छ । ईजी एस्योरेन्स प्रालि र अजोड इन्स्योरेन्स लिमिटेडबीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिने उद्धेश्यका साथ सहकार्य भएको छ । ईजी एस्योरेन्स प्रालिका अध्यक्ष संजित पौडेल र अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री बीच मोबाइल फोनमा एस्योरेन्स सेवा प्रदान गर्ने विषयक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापछि ईजी एस्योरेन्सले मोबाइल प्रयोगकर्ताहरुको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा दिएका प्रयोगकर्ताहरुलाई क्षतिपूर्ति प्रदान गरिने छ । त्यस्तै आगलागीबाट मोबाइल नष्ट भएमा पनि त्यसको क्षतिपूर्ति दाबी गर्न सकिनेछ । ईजी एस्योरेन्स प्रालिले यो सेवा लिएका मोबाइल प्रयोगकर्ताहरु कुनैपनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा सो बापत एक लाख रुपैयाँको दुर्घटना बीमा अन्र्तगत रकम प्रदान गर्नेछ । ईजी एस्योरेन्स प्रालिले प्रदान गरिरहेको मोबाइल फोन एस्योरेन्स सेवा अन्र्तगत मोबाइल ग्राहकहरुले न्यूनतम १५ सय रुपैयाँभन्दा माथिका मोबाइलहरुमा यो सेवा लिन सकिनेछ । न्यूनतम ४९ तिरेर १ वर्षसम्म मोबाइल फोन एस्योरेन्स सेवा उपयोग गर्न सकिनेछ । एस्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको बजार मूल्यअनुसार फरक फरक हुनेछ । यस बाहेक ईजी एस्योरेन्स प्रालिले कुनै पनि मोबाइल खरिदकर्तालाई कम्पनीले दिने भन्दा थप मोबाइल तथा सफ्टवेयरमा १ वर्षको अतिरिक्त वारेन्टी प्रदान गर्नेछ । यो सेवा उपयोग गर्न चाहने मोबाइल ग्राहकहरुले मोबाइल खरिद गरेको सात दिन भित्र मोबाइल किनेको पसलबाट वा अन्य कुनै मोबाइल पसलबाट सेवा लिन सक्नेछन भने सात दिनपछि ईजी एस्योरेन्स प्रालिको आधिकारिक सर्भिस सेन्टरबाट मात्र यो सेवा लिन सकिनेछ । ईजी एस्योरेन्स प्रालिले मोबाइल फोन एस्योरेन्स सेवा देशभरीका आफ्ना आधिकारिक एजेन्टहरुमार्फत प्रदान गरिरहेको छ र ग्राहकहरुले कुनैपनि एजेन्टमार्फत मोबाइल फोन एस्योरेन्स सेवा लिन सक्नेछन् ।

लाभांशकाे पर्खाईमा रहेका सेयर लगानीकर्ताको कस्तो छ मनोबल ?

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा काराेबारका लागि सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने समय भएको छ । लामो समय ओरालो लागेको सेयर बजारमा यतिबेला केहि उत्साहका संकेतहरु देखिन थालेका छन् । प्रतिफलको आश, घट्दो ब्याजदर, बोनस र हकप्रद सेयरको नयाँ कर गणना हट्ने हल्ला लगायतका कारणले लगानीकर्तामा केही उत्साह थपिएको देखिन्छ । कम्पनीहरूले धमाधम लाभांशकाे घोषणा गर्न थालेका छन् । ब्रोकरहरुले पनि सेयर खरिदकर्ताहरुको चाप बढेको बताईरहेका छन् । यहि सन्दर्भमा हामीले केहि ब्रोकर कम्पनीहरुमा पुगेर लगानीकर्ताहरुको मनोबल बुझ्ने प्रयास गर्यौं । उनीहरुले सेयर बजारका लगानीकर्ताहरुको मनोबल बढेको भएपनि ढुक्क भने नभैसकेको बताए । सेयर किन्ने पोजिसनमा छु म अहिले सेयर किन्ने पोजिसनमा छु । विगत ३।४ दिनदेखि सेयर खरिद गर्ने सोँचमा छु । पर्ख र हेरको अवस्थमा छु । अहिले सेयर बजार न यता, न उताको अवस्थामा छ । बैंकहरुको सेयरमा कम जोखिम देखेर बैंककै सेयर किन्ने सोँच बनाएको हुँ । विगत ६।७ महिनादेखि सेयर खरिद गरेको थिईन् । अब केहि समय सेयर बजार बढ्छ । दशैं ताका भने बजार फेरी घट्न सक्छ । दशैं मनाउन पैसाको जोहो गर्नका लागि बेच्नेहरुको चाप बढ्छ । अनि बजार घट्छ । तर अहिले केहि समय भने बजार पक्कै पनि बढ्छ नै । किन्ने तयारीमा छु विनोद वाग्ले, लगानीकर्ता अहिले म किन्ने तयारीमा छु । लगानीकर्ताको मनोबल विस्तारै बढ्दै गएको छ । पछिल्लो डेढ बर्षमा सेयर बजार धेरै घट्यो । अहिले बढ्दा पनि धेरै बढिरहेको छैन् । केहि दिनदेखि ग्रीन सिग्नल देखिएको छ । म्युचुअल फण्ड र लगानीकर्ताहरुको लगानी केहि बढिरहेको छ । विगत बर्षहरुमा भन्दा यो बर्ष सेयर बजार केहि बढ्ने देखिन्छ । म पनि डेढ महिनादेखि सेयर खरिद गर्ने साेचमा छु । म करिब ५।६ महिनासम्म सेयर किन्ने र बेच्ने दुबै बन्द गरेर बसेको थिएँ । सेयर होल्ड गरेर बसेको थिएँ । लागत मूल्य भन्दा कममा गएर सेयर बेचिँन । अहिले भने लगानीकर्ताको मनोबल केहि बढेको छ ।  त्यसको कारण भनेको लाभांश घोषणा गर्ने समय हो । यो लगानीको प्रतिफल आउने समय हो । कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्छन् । स्थायी सरकार आएको छ, लगानी गर्ने विश्वसनिय आधार भएको क्षेत्र  सेयर बजार  नै हो । बोनस र हकप्रद सेयरमा लगाउने भनिएको कर हटाउन अर्थमन्त्रालय सकारात्मक देखिएको छ । त्यसकारण यतिबेला सेयर बजारमा उत्साह थपिएकै छ । अहिले सेयर बेच्ने मुर्खता गर्दिन कमल भारती, लगानीकर्ता म यतिबेला सेयर किन्ने वा बेच्ने अवस्थामा छैन् । सेयर होल्ड मात्रै गरिरहेको छु । यो लाभांश घोषणा गर्ने समय हो । किन्ने वा बेच्ने भनेको कात्तिकको पहिलो हप्तामा निर्णय गर्छु । त्यतिबेला बैंकहरुले घोषणा गर्ने नयाँ ब्यजदरपछि बजारमा के गर्ने भन्ने निष्कर्ष निकाल्छु । यतिबेला चाँही बजारमा खासै ठूलो परिवर्तन आईहाल्ने अवस्था देखिन्न । गत बर्ष पनि यहि बेला नविल बैंक, ज्योति र मुक्तिनाथ विकास बैंकले सेयर कर्जा निकालेका थिए । कात्तिकमा नयाँ ब्याजदर आयो । अहिलेका लागि बेचेर निस्कने निर्णय मुर्खतापुर्ण हुनसक्छ । यो होल्ड गरेर बस्ने समय हो । पर्ख र हेरको अवस्थामा छु कुमार फुँयाल, लगानीकर्ता म यतिबेला पर्ख र हेरको अवस्थामा छु । २ महिनादेखि सेयर किन्ने र बेच्ने दुबै काम गरिरहेको छैन् । बजार केहि बढ्यो भने बेच्ने सोँचमा छु । तत्काल सेयर किन्ने सोँच बनाएको छैन् । बजारमा धेरै पक्षले भूमिका खेलिरहेका हुन्छन्, त्यसमा धितोपत्र बोर्ड पनि स्पष्ट छैन् । बाणिज्य बैंकहरु २ अर्बबाट ८ अर्ब रूपैयाँमा पुगेका छन् । आम मानिसमा सेयरको पहुँच भने पुगेको छैन् । सेयरमा लगानी गर्दा भन्दा पनि बैंकमा राख्दा धेरै ब्याजदर पाउने अवस्था छ । त्यसकारण बजार माथी पुग्छ वा स्थिर हुन्छ भन्ने मलाई लागेको छैन् । दुई तिहाईको सरकार भनिएको छ तर पनि राजनीतिक स्थायीत्व चाँही देखिएको छैन् ।यद्यपी म बजारबाट भागिरहेको चाँही छैन् । पर्ख र हेरको अवस्थामा छु । अहिले कम्पनीहरुले लाभांश घोषणा गर्ने समय छ । साना लगानीकर्तालाई चाडबाड मनाउन सेयर बेच्नुपर्ने अवस्था छ । ठूला लगानीकर्ता यतिबेला नै खरिद गर्ने सोँचमा होलान् । बैंकले सेयर देला भन्ने अनुमान गरेर बजार बढेको हुन सक्छ तर बोनस दिन्छन की नगद लाभांश दिन्छन् एकिन छैन ।