संचयकर्तालाई आवासको व्यवस्था गर्दै संचय कोष, चितवनमा घर बनाउन खटिए प्राविधिक
काठमाडौं । कर्मचारी संचय कोषले संचयकर्तालाई आवासको पनि व्यवस्था गर्न लागेको छ । कोषले संचयकर्तालाई घर निर्माणका काम सुरु गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कर्मचारी आवास योजना सञ्चालन गर्ने योजना ल्याएपछि कोषले आफनो लगानीमा संचयकर्तालाई आवास बनाउने योजना ल्याएको हो । कुल ६ लाख संचयकर्ता रहेका छन् । संचयकर्तालाई आवास निर्माण गर्न प्राविधिक टोली खटिइसकेको कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए । कोषले चितवनमा आफनै स्वामित्वमा रहेको ४ विगाह १० कठ्ठा जग्गामा नमुना आवास बनाउने तयारी भएको उनले बताए । कोषले आवास ईपीसी मोडलमा बनाउने छं । सो क्षेत्रमा १५० वटासम्म आवास बन्न सकिने देखिएको छ । आवास निर्माणको काम यो वर्षदेखि सुरु हुने छ । चितवनमा आवास बनाउन हाम्रो एउटा प्राविधिक टिमले काम गरिरहेको छ उनले भने विस्तारै आवास बनाउदै जानेछौं । संचयकर्तालाई घडेरी खोज्ने, घर बनाउने र सारा कुरा आफैले जुटाउनु पर्ने जस्ता जटिलताको अन्त्य हुने उनको भनाई छ । कोषले आवास किन्न घर सापटी पनि दिने छ । कोषले बनाउने आवास अन्य कम्पनीको भन्दा सस्तो हुने छ । मूल्यमा कर्मचारीका लागि आवास योजना ल्याउन लागेको हो । लागतमा बढीमा १० प्रतिशत थपेर संचयकर्तालाई आवास बिक्री गर्ने उनले जानकारी दिए । यसबाट संचयकर्तालाई घडेरी खोज्ने, घर बनाउने र सारा कुरा आफैले जुटाउनु पर्ने जस्ता जटिलताको अन्त्य गर्ने छ । कोषले घर सापटीका लागि केही रकम दिने छ । आवास निर्माणका लागि कोष् आफैले लगानी गर्ने भएको छ । कर्मचारीलाई सेवा निवृत्त भएपछि डेरामा बस्नुपर्दैन भन्ने कुराको सुनिश्चित गर्न कर्मचारी आवास योजनाको व्यवस्था हुनुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई छ । कर्मचारी आवास व्यवस्था न्यून वैतनिक व्यवस्था भएकालाई प्राथमिकता दिइनुपर्छ, जोखिमपूर्ण आवासमा बसेकालाई यस्तो सुविधा दिनु पर्ने उनको तर्क छ । न्युनतम लागतमा निश्चित मापदण्डका आधारमा आवास निर्माण गरिने उनले जानकारी दिए । कोषले चालु आर्थिक वर्षका लागि घरकर्जाको ब्याजदर बढाएर ९.७५ प्रतिशत पुर्याएको छ । कोषले आफुसंग भएको पुँजी काठमाडौं उपत्यकामा ठुला भवन निर्माणमा लगानी गरिरहेको छ ।
ओलीले भने-‘निर्मला हाम्री पनि छोरी हुन्’
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी चेली निर्माला पन्त आफ्नो पनि छोरी भएको बताएका छन् । सोमबार ज्ञापन पत्र बुझाउन आएका निर्मलाका बुवा आमासँगको भेटमा ओलीले निर्माला आफ्नो पनि छोरी भएको बताएका हुन् । ‘निर्माला हाम्री पनि छोरी हुन्, उनले न्याय पाउँछिन् र अरु छोरीहरुले यस्तो भोग्नु पर्नेछैन ।’-ओलीले भने । प्रधानमन्त्री ओलीले पन्तका हत्यारालाई कारवाही गर्न उच्चस्तरिय समिति गठन गरेको र कुनै हालतमा कारवाही गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
सिटिजन्स बैंकको ८० औं शाखा काठमाडौँको थानकोटमा
काठमाडौं। “योर पार्टनरफर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घर दैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८० औं शाखा काठमाडौँको थानकोटमा संचालनमा ल्याएको छ । सोमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देवकोटाले बैंकिङ्ग कारोवारको सुरुवात गरेका छन्। उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना,लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो,चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता थानकोट शाखाका प्रवन्धक श्री ध्रुव सुवेदीले व्यक्त गरे। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७३ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्ग लाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई न्यूरो हस्पिटलकाे उपचारमा १५ प्रतिशत छुट
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र विराटनगरकाे न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुई पक्षीय सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटलका, विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट ,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।
खाद्य संस्थानले दशैंलाई मकवानपुर र दाङबाट खसी, मुस्ताङबाट च्याङग्रा ल्याउने
काठमाडौं । नेपाल खाद्य संस्थानले यसपालीको दशैंलाई खसी र च्याँङग्रा राजधानीमा ल्याउने तयारी गरेको छ । संस्थानले मकवानपुर र दाङबाट खसी ल्याउने भएको छ । यस्तै मुस्ताङबाट च्याँङग्रा ल्याउने जानाकरी दिएको छ । संस्थानले दशैैंको लागि २ हजार खसि र च्याङग्रा काठमाडौं ल्याउने भएको हो । खसी र च्याङग्रा ढुवानी कार्य अन्तिम चरणमा पुगेको खाद्य संस्थानका सूचना अधिकारी शंकर सापकोटाले बताए । उनका अनुसार संस्थानले १ हजार च्याङग्रा मुस्ताङबाट ल्याउनेछ । त्यसैगरी मकवानपुरबाट ५०० र दाङको तुलसीपुरबाट ५०० खसी ल्याउनेछ । संस्थानले खसी र च्याङग्रा खरिद गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति निर्माण गरेको थियो । प्रजिअकै नेतृत्वमा खसीको मूल्य निर्धारण गरी खरिद गरिएको हो । संस्थानको खसी असोज २३ गतेसम्म काठमाडौं आइपुग्नेछ । काठमाडौंमा ६० हजार भन्दा बढी खसी आवश्यक हुने भएपनि मूल्य वृद्धि नियन्त्रण गर्नका लागि खसी र च्याङग्रा ल्याउन लागेको अधिकारी सापकोटाले जानकारी दिए। संस्थानले बिक्री सुरु गरेपछि ग्राहकले सुपथ मूल्यमा खसी पाउनेछन् । खसी कति मूल्यमा बिक्री गर्ने भन्ने विषयमा संस्थानले सबै पक्षसंग छलफल गरी निर्धारण गर्नेछ । यसैगरी संस्थानले खसी र च्याङग्रा ढुवानीको लागि इच्छुक कम्पनीहरुलाई गोप्य दरभाउपत्र आब्हान गरेको छ । सुपथ मूल्य पसल असोज १२ गतेदेखि संस्थानले सुपथ मूल्यको पसल असोज १२ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । संस्थानको आफ्नो कार्यालयबाट बाहेक कुन स्थानबाट पसल सुरु गर्ने भन्ने विषयमा छलफल भइरहेको सापकोटाले बताए । सुपथ मूल्य पसलमा चामल, फापर लगायतका खाद्य सामाग्री राख्ने संस्थानको तयारी छ । खसी भने २३ गतेपछि मात्र बिक्री सुरु गर्नेछ ।
निगममा खरेल आएपछि कंसाकारले भने- ‘काम गर्न नदिए हाजिर गर्छु, जगत गुरुको प्रवचन सुनेर बस्छु’
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमकाे कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त गरेपछि धेरैकाे मनमा प्रश्न उठेकाे छ कि अब महाप्रबन्धक सुगतरत्न कंसाकारले के गर्लान् ? धेरैकाे अनुमान छ उनले राजीनामा दिन सक्छन् । तर महाप्रबन्धक कंसाकारले राजीनामा नगर्ने बताए । ‘अप्ठ्याराे पर्याे भनेर राजीनामा दिएर भाग्ने मान्छे म हाेइन । अप्ठ्याराे अवस्थामा राजीनामा गर्ने शैलीकाे म त घाेर विराेधी हुँ ।’ यसअघि स्वर्गिय शिवशरण न्यौपानेलाई सरकारले निगमको अध्यक्ष नियुक्त गरेपछि महाप्रबन्धक मदन खरेलले राजीनामा दिएका थिए । खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरिएपछि विकासन्युजसँग कुरा गर्दै महाप्रबन्धक कंसाकारले भने,‘म राजीनामा दिएर भाग्ने मान्छे होइन, कार्यकाल रहुञ्जेल जिम्मेवारी अनुसार काम गर्छु ।’ तपाई कार्यकारी अधिकारसहितको महाप्रबन्धक भएको ठाउँमा कार्यकारी अध्यक्ष पनि आउँदा कार्यक्षेत्रको विवाद हुन्न र ? भन्ने प्रश्नको जवाफमा उनले भने,‘सरकारले कार्यकारी अध्यक्ष नियुक्त गरेपछि उहाँलार्इ मैले मान्नै पर्छ । म मेराे अधिकार क्षेत्रमा रहेर काम गर्छु । काम गर्न नदिए हाजिर गर्छु, जगतगुरुको प्रवचन सुन्छु, बस्छु ।’ सरकारले ताेकेकाे अवधिभर निगममा रहेर काम गर्ने उनले बताए । उनकाे कार्यकाल करिब ८ महिना बाँकी छ । २८ वर्षदेखि जहाज विहीन भएकाे नेपाल वायु सेवा निगममा ठूला जहाज भित्र्याएर चर्चामा अाएका कंसाकारलार्इ पर्यटन क्षेत्रमा निकै सम्मान पूर्वक हेरिन्छ । तर जहाज खरिद प्रकिया विवादास्पद भएकाे भन्दै कतिपयले उनकाे अालाेचना गर्दै अाएका छन् । वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त, कार्यकारी प्रमुखको भूमिकामा खरेल र कंसाकारबीच भिडन्त हुँदै
बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय
काठमाडौं। नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ। प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो । मादक पदार्थ सेवन गरेर जथाभावी सवारी चलाउने, क्षमताभन्दा धेरै यात्रु राख्ने, सिटबेल्ट नलगाई चलाएमा कारवाही गर्ने, तोकिएको सिटमा तोकिएको मान्छे राखे नराखेको हेर्ने, दुर्घटना भए सम्बन्धित ठाउँमा पुगेर घटनाबारे विस्तृत विवरण लिएर दोषीलाई कारवाही गर्नेलगायतका काम ट्राफिक प्रहरीले गर्दै आएको छ। ट्राफिक प्रहरीको मुख्य काम भनेकै सवारी चालकलाई सडक अनुशासनमा हिँड्न सिकाउने हो । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री सडक र सवारी सञ्चालन हुने मुलुकको सबै क्षेत्रमा ट्राफिक प्रहरी पु¥याउने लक्ष्यअनुसार ट्राफिक प्रहरी कार्यालय विस्तार गरिएको बताउँछन्। “संविधानअनुसार निर्माण भएको सङ्घीयतालाई कार्यान्वयन गर्नका लागि नेपाल प्रहरीले सबै प्रदेशमा ट्राफिक कार्यालय स्थापना गरेको हो”, उनले भने। गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयबाट जारी गर्नुभएको ८२ बुँदे गृह प्रशासन सुधार योजनामा समावेश ८२ बुँदे प्राथमिकता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउनका लागि जारी गरेको १० बुँदे प्राथमिकताको आधारमा सबै प्रदेशमा ट्राफिक कार्यालय पु¥याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।रासस
एनआईबीएल एस क्यापिटलको साधारणसभा असोज २३ मा, १५ प्रतिशत नगद लाभांश पारित गर्ने
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडको छैंठौ वार्षिक साधारणसभा असोज २३ गते बस्ने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सञ्चालक समितिले प्रस्ताव गरेको चुत्तापुँजीको ४ करोड ५ लाख रुपैयाँ नगल लाभांश वितरण गर्ने छ ।