विरायतन नेपालको प्रोढशिक्षा केन्द्र सुभारम्भ
काठमाडौं । नेपालमा भूकम्पग्रस्त स्थानहरुका बालबालिका र महिलाहरुलाई सिलाई केन्द्र तथा भोकेस्नल ट्रेनिङ्ग प्रदान गर्दै आएको विरायतन नेपालले प्रोढशिक्षा केन्द्र सुभारम्भ गरेको छ । नेपालको साक्षरता प्रतिसत बढाउने उदेश्यले विरायतनले प्रोढशिक्षा केन्द्र सुरु गरेको हो । केन्द्रको सुभारम्भ विरायतन नेपालकी विदुषी साध्वी श्रीलापी माहाराज ,साध्वी मनस्वी अध्यक्ष बच्छ राज तातेड, संरक्षक कबिन्द्र नाथ मोदिले संयुक्तरुपमा रिबन काटेर गरेका हुन् । समाजमा सद्कार्य र सेवाको सद्विचार फैलाउदै बिभिन्न विपन्नवर्गलाई सरसफाईका ज्ञान उनिहरुका लागि सफा कपडा र असल समाज निर्माणका सिख बाड्दै विरायतन नेपालले अभियान चलाइरहेको छ । बल्खु, बालाजु, टेकु, थापाथली लगायतका बिपन्न बस्तिहरुमा बालबालिका, युवा तथा महिलाहरुका लागि निशुल्क भोकेस्नल ट्रेनिङ्ग केन्द्रहरुको प्रारम्भ गरेको छ । विगत ५० वर्ष देखि क्रियाशिल रहँदै नेपाल लगायत विभिन्न राष्ट्रहरुमा निःस्वार्थ सहयोग गरि उल्लेखनीय प्रगति गरि असहाय तथा विपन्न वर्गको सारथि बनेको विदुषी साध्वी श्रलिापीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर व्यारेलको ८१ डलर पुग्यो, मूल्य चार वर्षकै उच्च
लन्डन । बे्रन्ट कच्चा तेलको मूल्य बढेर सोमबार चार वर्षयताकै उच्च मूल्यमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिव्यारेल ८१ अमेरिकी डलरको हाराहारीमा पुगेको छ । यो सन् २०१४ को नोभेम्बर यताकै उच्च हो । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कच्चा तेलको मूल्यमा कमी ल्याउन दबाब दिएपनि ओपेक र अन्य तेल उत्पादक राष्ट्रहरुले अमेरिकी राष्ट्रपतिको आग्रहलाई बेवास्ता गरेका कारण तेलको मूल्यमा पछिल्ला दिनहरुमा वृद्धि भइरहेको छ । नोभेम्बरका लागि ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८०.९४ डलर पुगेको छ । रासस/एएफपी
रत्ननगरका अधिकांश औषधि पसलहरुमा रात परेपछि सेवा पाउन मुस्किल
काठमाडौं। स्वास्थ्यसंस्था भनेको संबेदनशिल क्षेत्र हो । उक्त संबेदनशिल क्षेत्र २४ सै घण्टा खुल्नुपर्ने हो । तर, पुर्वी चितवनमा रहेको अधिकांश औषधि पसलले १७ घण्टे भन्दा समय खुल्दैनन् । यहाँको मुख्य राजमार्गमा अवस्थित तीन नगरपालिकाभित्र छरिएर बसेका औषधि पसल, फर्मा, फार्मेसी, र पोलिक्लिनिकहरु रातीको ९ बज्नु अगाडि नै बन्द हुने गरेका छन् । औषधी पसलहरुले २४ सै घण्टा बिरामीलाई सेवा दिने भनेर लेखिएका बोर्डहरु हुन्छ तर, अधिकांश औषधि पसल राती नौ बजे अगाडि नै बन्द हुने गरेको छ । ‘चौबिसै घन्टा आकस्मिक सेवा’ उपलब्ध भनी बोर्ड झुन्डिएको त हुन्छ तर, अधिकांश औषधि पसल बिहान ६ बजे मात्रै खुल्ने गरेको छ । कुनै भैपरी आए भोलि कुर्नुपर्ने स्थिती बाहेक अरु छैनन् र हुँदैन पनि । यता , पुर्वी चितवन कै रत्ननगरमा सुविधा सम्पन्न बकुल्हर अस्पताल नभएको पनि होइनन् । विशेषज्ञ डाक्टरसहित इमर्जेन्सी सेवा र ल्याब पनि छ । तर, रातीको समयमा कोही बिरामी भयो भने उनका लागी सदरमुकाम वा भोलि बाहेक अन्य बिकल्प छैनन्। झन्डै १५ शैया क्षमताको अस्पतालमा दैनिक ३०० बिरामीले उपचार गराउँदै आएको अस्पताल नै बेहाल छ । यस बिषयमा रत्ननगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ रत्ननगर अस्पतालमा चौबिसै घन्टा सेवा दिन नसकिएको बाध्यता स्वयं स्वीकार्छन् । उनी भन्छन्, ‘१५ शैयाको अस्पतालले आफ्नो स्वयं क्षमता अनुसारको सेवा दिइरहेको छ । राती इमर्जेन्सी र जनरल मेडिसिन सेवा दिँदै आएका छौँ । दरबन्दी अभावले समस्या छ । दुई महिनाभित्र नै हामी चौबिसै घन्टा सेवा दिन्छौँ ।’ फार्मेसी सेवा बेलुकी ६ बजेसम्म मात्र सञ्चालन हुने भएकाले बिरामी लाई समस्या पर्ने गरेको उनी बताउँछन् । भन्छन्, ‘ल्याब बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सुचारू गर्दै आएका छौँ । केही समयमा राति पनि फार्मेसी सेवा सुरू गर्छौं ।’ सो अस्पतालमा एक विदेशी विशेषज्ञसहित १० जना डाक्टर छन् । एक गाइनेकोेलोजिस्ट, दुई जना डर्माटोलोजिस्ट, एक डेन्टिस्ट र ६ जना जनरल फिजिसियनले दिउँसो सेवा दिइरहेका छन् । भन्छन्, ‘रातिको समयमा अहेब र सीएमएले इमर्जेन्सी सेवा दिँदै आएका छन् । ठूलो केस आए ‘अनकल’ डाक्टरको व्यवस्था गरेका छौँ ।’ रातको समयमा बिरामीले भोग्नुपरेको समस्याबारे रत्ननगर नगरपालिकाका मेयर नारायण वन भन्छन्, ‘हामी घरघरमै उपचार गर्न लागेका छौँ । अस्पतालका लागि स्वास्थ्य शाखामा बजेट छुट्याएका छौँ । औषधि नपुगे हामी व्यवस्था गर्छौं ।’ २४ सै घन्टा सेवा दिन नसकिएको सम्बन्धमा उनले भने, ‘अस्पतालमा डाक्टर राख्ने क्षमता छैन । दरबन्दी पूरा भएपछि यो समस्या समाधान हुन्छ ।
फ्लोभेलको कष्टुमर सम्मेलन २०१८ काठमाडौमा सम्पन्न
काठमाडौं। अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त भारतिय ईलेक्ट्रो मेकानिकल कम्पनि फ्लोभेल इनर्जी प्रा.लि.ले यहि सेप्टेम्बर २० का दिन काठमाडौ एक भब्य समारोहका बिच आफ्ना ग्राहकहरुका लागि कष्टुमर सम्मेलन २०१८ सम्पन्न गरायो। उक्त कार्यक्रममा नेपालको जल बिद्युत उत्पादन तथा बिकास क्षेत्रका उद्यमी, लगानीकर्ता, परामर्शदाता, ब्यांकरका साथै अन्य गन्यमान्य ब्यक्तित्वहरुका उत्साह जनक सहभागिता रहेको थियो । बिश्वका बिभिन्न मुलुकहरुका हाईड्रोपावर परियोजनाहरुमा आवश्यक पर्ने इलेक्ट्रोमेकानिकलका साथै परियोजनाका अन्य विविध पक्षमा उत्पादन तथा जडान सम्बन्धि कार्यहरुमा बिगत ४५ बर्ष भन्दा बढिको अनुभव फ्लोभेल इनर्जीसंग रहेको छ । कार्यक्रमका सहभागिहरुले निकालेका निष्कर्श अनुसार प्रदुषण रहित उर्जा बिकास तथा उत्पादनमा फ्लोभेल इनर्जीको उल्लेखनिय योगदान रहेको छ । उक्त कम्पनिले नेपाल, जापान, ईण्डोनेशिया, भारत, भियतनाम, फिलिपिन्स, लाओस, युगाण्डा, टर्कि र आर्मेनिया लगायतका देशहरुमा बिभिन्न हाईड्रोपावर परियोजनाहरुमा सफलताका साथ सम्पन्न गरेको छ । कम्पनिका कार्यकारी निर्देशक गौतम करले आफ्नो स्वागत भाषणका क्रममा हाईड्रो पावर क्षेत्रमा फ्लोभेल इनर्जीको योगदानको चर्चा गर्दै नेपालको हाईड्रोपावर क्षेत्रको लागि आवश्यक सेवाहरुका लागि कम्पनि प्रतिबद्ध रहेको कुरा बताउनुका साथै हाल नेपालमा कम्पनिले काम गरिरहेको परियोजनाहरुको बारेमा उल्लेख गरे। कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र उर्जा उत्पादक संघ (आईपान)का उपाध्यक्ष श्री कुमार प्रसाद पाण्डेले फ्लोभेल कष्टुमर सम्मेलन २०१८ ले नेपालमा बिद्युत उत्पादन तथा बिकासमा संलग्न सबैलाई आवश्यक पर्ने जानकारी प्रदान गर्न कार्यक्रम सफल रहेको कुरा बताए। उर्जा बिकासका लागि आवश्यक पर्ने ईलेक्ट्रोमेकानिकल उपकरणहरु नेपालको बजार सुहाउँदो हुनुपर्ने कुरा पनि उनले बताए। त्यसै गरी आईपानका पुर्व अध्यक्ष के.बि. बिष्टले हाईड्रो पावर परियोजनाका लागि आवश्यक पर्ने सबै खाले इलेक्ट्रोमेकानिकल मेशिन तथा उपकरणहरु उत्पादन तथा जडान गर्न फ्लोभेल सक्षम रहेको कुरामा प्रकाश पार्दै कम्पनि प्रति आफ्नो बिश्वास प्रकट गरे। कार्यक्रममा हाईड्रो पावर क्षेत्र आवश्यक मेशिन उपकरण बिकास, उत्पादनका साथै जडानका लागि आवश्वक स्रोत साधन र ती बिषयहरुमा कम्पनिको क्षमता तथा दक्षताका सम्बन्धमा कम्पनिका सेल्स एण्ड मार्केटिंग भाईस पे्रसिडेन्ट श्री भाष्कर गुप्ताले प्रकाश पारे। यसका अतिरिक्त फ्लोभेल ईनर्जीका सेल्स एण्ड मार्केटिंग लोभेल जेनरल म्यानेजर श्री समिर गुप्ताले संसार भरी कम्पनिले सफलता पुर्वक सम्पन्न गरेको परियोजनाहरुको बारेमा चर्चा गर्दै कम्पनिका उत्पादन र तिनीहरुको बिशेषताहरुका बारेका प्रकाश पारे। कार्यक्रमको अन्त्यमा नेपालका लागि फ्लोभेल ईनर्जीको आधिकारीक प्रतिनिधि मरुन ट्रेडिंगका कार्यकारी निर्देशक मुक्ति शर्माले उपस्थित सबैमा धन्यबाद ज्ञापन गर्नुका साथै नेपालको उर्जा बिकास तथा उत्पादनका लागि कम्पनिको तर्फबाट प्रतिबद्धता दोहो¥याउँदै यहाँका परियोजनाहरुलाई सुहाउँदो आवश्यक उपकरण बिकास तथा उत्पादन गर्न कम्पनि तयार रहेको कुरा बताए।
अग्रिम टिकट बुकिङको औपचारिकता मंगलबारदेखि
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबारदेखि अग्रिम टिकट बुकिङलाई औपचारिकता दिने भएको छ । एकै वर्ष दुई पटक भाडा बढाउने सहमति भएपछि व्यवसायीहरुले अग्रिम बुकिङ खुल्ला गरको हो । महासंघले देशका सबै स्थानमा बुकिङ खुल्ला गर्न पत्राचार गरिसकेको महासंघका सचिव सरोज सिटौलाले बताए । उनका सबै पक्षसँग मिलेर यातायात क्षेत्रलाई विकास गर्नु पर्ने बताए । उनका अनुसार सवारी अभाव नभएमा उपत्यकामा रहेका सवारी समेत प्रयोग गरिनेछ ।
विकासोन्मुख राष्ट्रहरुको बीमा सम्मेलन मंगलबारदेखि, खर्च जुटाउँदा बीमा कम्पनीहरूमा असन्तुष्टि
काठमाडौं । विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु हुँदैछ । दुई दिन चल्ने सम्मेलनमा विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा क्षेत्रका नियामक निकायहरुको सहभागिता रहनेछ । प्राकृतिक विपत्तिमा बीमा क्षेत्रका लागि अवसरको खोजी गर्न २१ औं सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा विकासोन्मुख २० देशबाट १५० भन्दा बढि सहभागीहरु काठमाडौं आईपुगेका छन् । विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र रि इन्स्योरेन्स कम्पनीको छाता संस्था एसोसियसन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज(एआईआरडीसी)को २१ औं सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा प्राकृति विपत्तिको जोखिम न्युनीकरणमा रि इन्स्योरेन्स कम्पनीको भूमिका, बीमा कम्पनीहरुको डिजिटलाइजेशन, माईक्रो इन्स्योरेन्स लगायतका बिषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई बीमा क्षेत्रको नियमनका क्रममा उपयोग गर्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए । ५०० नेपाली र १५० विदेशी गरि ६५० जना बीमा क्षेत्र सम्वद्ध व्यक्तिहरुले सम्मेलनमा प्रत्यक्ष सहभागिता जनाउनेछन् । एआईआरडीसीमा नेपाल सहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनी र नियामक निकाय सदस्य रहेका छन् । एआईआरडीसीले प्रत्येक २ बर्षमा सम्मेलन गर्दै आएको छ । यसपालिको सम्मेलन नेपालले आयोजना गर्न लागेको हो । सम्मेलनपछि हाल उपाध्यक्षको जिम्मेवारीमा रहेका विजय बहादुर शाहले अध्यक्षको जिम्मेवारी प्राप्त गर्नेछन् । खर्चमा असन्तुष्टि सम्मेलन अायाेजना गर्न लाग्ने अनुमानित २ कराेड रूपैयाँ बीमा कम्पनीहरूबाट संकलन गरिएकाे छ । सम्मेलनका लागि प्रत्येक बीमा कम्पनीहरुले ४ लाख रकम उपलब्ध गराएका छन् । बीमा समितिले ३० लाख रुपैंयाँ उपलब्ध गराएको छ भने नेपाल पुनर्बीमा कम्पनले पनि ३० लाख नै उपलब्ध गराएको छ । सम्मेलनका लागि ३८ बीमा कम्पनीहरुबाटै १ करोड ५२ लाख संकलन हुन्छ । त्यस्तै बीमा समिति र पुनर्बीमा कम्पनीहरुको रकम समेत जोड्दा २ करोड १२ लाख रुपैंयाँ संकलन हुन्छ । एउटा बीमा कम्पनीले चार लाख रुपैंयाँ तिरे वापत कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र पाँच जना कर्मचारीले सम्मेलनमा सहभागिता जनाउन सक्नेछन् । अन्य कर्मचारी सहभागी हुन चाहेमा भने प्रति व्यक्ति १५ सय रुपैंयाँ तिर्नुपर्नेछ । विदेशबाट सम्मेलनमा सहभागी हुन आउनेहरुले प्रति व्यक्ति ५ सय अमेरिकी डलर तिर्नुपर्छ । सम्मेलन आयोजनाका लागि बीमा कम्पनीहरुबाट शुल्क असुलिएकोमा केही बीमा कम्पनीले असन्तुष्टि प्रकट भएको छ । बार्षिक करोडौं रुपैंयाँ आम्दानी गर्ने बीमा समितिले सम्मेलनका लागि भनेर बीमा कम्पनीहरुसँग समेत रकम उठाएकाे भन्दै असन्तुष्ठि जनाएका छन् । गत आर्थिक बर्षमा बीमा कम्पनीहरुले ७३ अर्ब प्रिमियम संकलन गरेका थिए । सो प्रिमियमको एक प्रतिशतका दरले ७३ करोड रुपैंयाँ बीमा समितिको कोषमा गएको छ । ‘समितिको कोषमा अर्बौं रकम छ, तैपनि सम्मेलनका लागि कम्पनीहरुसँग चार/चार लाखका दरले रकम असुलियो, त्यसो नगरेको भए राम्रो हुन्थ्यो’, एक इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले विकासन्युजसँग भने । यस्ता कार्यक्रम अायाेजना गर्न पुर्नबीमा कम्पनीका ब्राेकरहरू खर्च गर्न तयार भए पनि नेपाली अाफैले यस्ताे कार्यक्रम गर्ने निर्णयमा पुगिएकाे र यसले नेपाली बीमा कम्पनीहरूकाे छवि अन्तर्राष्ट्रिय जगतमा राम्राे देखिने अायाेजकले जनाएकाे छ ।
नेपाल इन्स्योरेन्स कम्पनीको ७१ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले विगत २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई दिर्घसेवा पदक तथा प्रसशां पत्र वितरण गरेको छ। कम्पनीमा कार्यरत कर्मचारीहरु मध्ये उत्कृष्ट काम गर्ने ३ जना कर्मचारीहरुलाई ५० हजार १ रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरेको छ। कम्पनीले प्रधान कार्यालय लगायत देशका ३३ वटा शाखा कार्यालयहरु र २४ वटा बीमा सेवा काउन्टरहरुबाट बीमा सेवा प्रदान गर्दे आएको छ । कम्पनीले आधुनिक बीमाका सुविधाहरु सुरक्षित र सरल रुपमा ग्राहक सम्म पु¥याउको लागि नविनत्तम प्रविधिको प्रयोग गरी व्यापक सञ्जाल बिस्तार गर्दे आएको छ ।
आइएमई र भरोसा अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
काठमाडौं। आइएमई लिमिटेड र भरोसा अस्पतालबीच उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन्। यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागुहुनेछ। यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्घन अधिकृत अभिनाष श्रेष्ठ र भरोसा अस्पतालको तर्फबाट प्रशासन अधिकृत सुर्य आचार्यले हस्ताक्षर गरेका छन्। यो सम्झौता असोज ५ गतेदेखि दुई वर्षलाई लागुहुने छ। आइएमईसँग आवद्ध सेवा ग्राहीहरूलाई विभिन्न सेवामा सहुलियत पूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए।