काठमाडौं। अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त भारतिय ईलेक्ट्रो मेकानिकल कम्पनि फ्लोभेल इनर्जी प्रा.लि.ले यहि सेप्टेम्बर २० का दिन काठमाडौ एक भब्य समारोहका बिच आफ्ना ग्राहकहरुका लागि कष्टुमर सम्मेलन २०१८ सम्पन्न गरायो। उक्त कार्यक्रममा नेपालको जल बिद्युत उत्पादन तथा बिकास क्षेत्रका उद्यमी, लगानीकर्ता, परामर्शदाता, ब्यांकरका साथै अन्य गन्यमान्य ब्यक्तित्वहरुका उत्साह जनक सहभागिता रहेको थियो ।
बिश्वका बिभिन्न मुलुकहरुका हाईड्रोपावर परियोजनाहरुमा आवश्यक पर्ने इलेक्ट्रोमेकानिकलका साथै परियोजनाका अन्य विविध पक्षमा उत्पादन तथा जडान सम्बन्धि कार्यहरुमा बिगत ४५ बर्ष भन्दा बढिको अनुभव फ्लोभेल इनर्जीसंग रहेको छ । कार्यक्रमका सहभागिहरुले निकालेका निष्कर्श अनुसार प्रदुषण रहित उर्जा बिकास तथा उत्पादनमा फ्लोभेल इनर्जीको उल्लेखनिय योगदान रहेको छ । उक्त कम्पनिले नेपाल, जापान, ईण्डोनेशिया, भारत, भियतनाम, फिलिपिन्स, लाओस, युगाण्डा, टर्कि र आर्मेनिया लगायतका देशहरुमा बिभिन्न हाईड्रोपावर परियोजनाहरुमा सफलताका साथ सम्पन्न गरेको छ ।
कम्पनिका कार्यकारी निर्देशक गौतम करले आफ्नो स्वागत भाषणका क्रममा हाईड्रो पावर क्षेत्रमा फ्लोभेल इनर्जीको योगदानको चर्चा गर्दै नेपालको हाईड्रोपावर क्षेत्रको लागि आवश्यक सेवाहरुका लागि कम्पनि प्रतिबद्ध रहेको कुरा बताउनुका साथै हाल नेपालमा कम्पनिले काम गरिरहेको परियोजनाहरुको बारेमा उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र उर्जा उत्पादक संघ (आईपान)का उपाध्यक्ष श्री कुमार प्रसाद पाण्डेले फ्लोभेल कष्टुमर सम्मेलन २०१८ ले नेपालमा बिद्युत उत्पादन तथा बिकासमा संलग्न सबैलाई आवश्यक पर्ने जानकारी प्रदान गर्न कार्यक्रम सफल रहेको कुरा बताए। उर्जा बिकासका लागि आवश्यक पर्ने ईलेक्ट्रोमेकानिकल उपकरणहरु नेपालको बजार सुहाउँदो हुनुपर्ने कुरा पनि उनले बताए। त्यसै गरी आईपानका पुर्व अध्यक्ष के.बि. बिष्टले हाईड्रो पावर परियोजनाका लागि आवश्यक पर्ने सबै खाले इलेक्ट्रोमेकानिकल मेशिन तथा उपकरणहरु उत्पादन तथा जडान गर्न फ्लोभेल सक्षम रहेको कुरामा प्रकाश पार्दै कम्पनि प्रति आफ्नो बिश्वास प्रकट गरे।
कार्यक्रममा हाईड्रो पावर क्षेत्र आवश्यक मेशिन उपकरण बिकास, उत्पादनका साथै जडानका लागि आवश्वक स्रोत साधन र ती बिषयहरुमा कम्पनिको क्षमता तथा दक्षताका सम्बन्धमा कम्पनिका सेल्स एण्ड मार्केटिंग भाईस पे्रसिडेन्ट श्री भाष्कर गुप्ताले प्रकाश पारे। यसका अतिरिक्त फ्लोभेल ईनर्जीका सेल्स एण्ड मार्केटिंग लोभेल जेनरल म्यानेजर श्री समिर गुप्ताले संसार भरी कम्पनिले सफलता पुर्वक सम्पन्न गरेको परियोजनाहरुको बारेमा चर्चा गर्दै कम्पनिका उत्पादन र तिनीहरुको बिशेषताहरुका बारेका प्रकाश पारे।
कार्यक्रमको अन्त्यमा नेपालका लागि फ्लोभेल ईनर्जीको आधिकारीक प्रतिनिधि मरुन ट्रेडिंगका कार्यकारी निर्देशक मुक्ति शर्माले उपस्थित सबैमा धन्यबाद ज्ञापन गर्नुका साथै नेपालको उर्जा बिकास तथा उत्पादनका लागि कम्पनिको तर्फबाट प्रतिबद्धता दोहो¥याउँदै यहाँका परियोजनाहरुलाई सुहाउँदो आवश्यक उपकरण बिकास तथा उत्पादन गर्न कम्पनि तयार रहेको कुरा बताए।