२५ मेगावाटको सिङ्गटी आयोजनाको ब्रेक थ्रु, बैशाखमा बिजुली बल्ने
जिरी । दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक २ हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘बे्रक थु्र’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताए । पहिलो ब्रेक थ्रुसँगै ३ किलोमिटर खण्ड वारपार भएको छ । आयोजनाको हेडबक्स खण्डको माथिल्लो खण्डको सुरुङ खुलेको हो । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडका सञ्चालक बटु लामिछानेले सुरुङको पहिलो खण्डको सफलताले लगानीकर्ता, निर्माण व्यवसायी, शेयर होल्डर, मजदुर सबैलाई हर्षित बनाएको प्रतिक्रिया दिए । सिभिल निर्माण शुरु गरेको छोटो समयमै राम्रो प्रगति गर्ने नेपालकै पहिलो जलविद्युत् आयोजना भएको उनको दावी छ। सिङ्गटी हाइड्रोले दुई वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पु¥याएको छ । आयोजनाको समग्र प्रगति ८० प्रतिशत भएको छ । आयोजनाको बाँध क्षेत्रको काम अन्तिम चरणमा पु¥याएको छ । शिरिसघारीस्थित कात्तिके गाउँमा निर्माण भइरहेको विद्युत्गृहको ६० प्रतिशत काम सम्पन्न भएको छ । चैतभित्र विद्युत्गृहको निर्माण पूरा हुने कम्पनीले जनाएको छ । सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ । केही ढिला हुँदा पनि जेठ असारदेखि उत्पादन शुरु हुने बताइएको छ । विद्युत्गृहमा १२.५ मेगावाट क्षमताका दुई युनिट राखेर विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिङ्गटी सवस्टेशनमा लगेर जोडिनेछ । ४ अर्ब ६३ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १६ मेगावाटमा निर्माण शुरु गरिएको आयोजना ९ मेगावाट क्षमता बढाएर २५ मेगावाट पु¥याइएको होे । रासस
बागदरबार पुरातात्विक होइन, भत्काएरै छाड्छौंः मेयर शाक्य
काठमाडौँ । ‘बागदबार नभत्काउनू’ भनी सर्वोच्चले दिएको अन्तरिम आदेशको काठमाडौँ महानगरपालिकाले खण्डन गरेको छ । काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले अदालतको आदेशको खण्डन गरेका हुन् । न्यायाधीश दिपकराज जोशीको एकल इजलासले ‘बागदबार नभत्काउनू’ भनी केही दिन अघि अन्तरिम आदेश दिएको थियो । आदेशमा बागदबार पुरातात्विक महत्वको ऐतिहासिक दरबार भएकाले रिट निवेदन किनारा नलाग्दासम्म विद्यमान स्वरुप परिवर्तन गरी कुनै पनि निर्माणसम्बन्धी काम नगर्नू, नगराउनू भन्ने उल्लेख छ । दरबारलाई यथास्थितिमै संरक्षण गर्नू, गराउनू भनी विपक्षीका नाममा अन्तरिम आदेश दिएपछि मेयर शाक्यले त्यसको खण्डन गरेका हुन् । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुका लागि आयोजना गरेको ‘सार्वजनिक सेवा प्रवाहमा क्षमता विकास र अभिबृद्धि संवन्धि दुई दिने अभिमुखिकरण तालिम’ कार्यक्रममा बोल्दै मेयर शाक्यले अदालतले जथाभावी आदेश दिएको आरोप पनि लगाए । महानगरपालिकाका अघिकांश वडाका वडाध्यक्षहरु सहभागी कार्यक्रममा बोल्दै मेयर शाक्यले भने–‘सर्वोच्चले एकतर्फी अन्तरिम आदेश दिएको छ । सर्वोच्च जस्तो सम्मानित र गरिमामय निकायले गरेको यो आदेश गलत छ । हरि दबारलाई बागदरबार भन्नु नै गलत छ । यो बागदरबार होइन, हरिदरबार हो,’ हरिदरबार सय वर्ष पुगेको छैन । सय वर्ष नपुगेकाले यो पुरातात्तित्क होइन । त्यही भएर यसलाई नभत्काउनु पर्ने कुनै कारण छैन ।’ महानगरलेपुरातत्व संरक्षण ऐनमा समेत सय वर्ष पुरानो भवन एवं सम्पदा जगेर्ना गर्नुपर्ने नियम रहेको भन्दै हरिदरबार सय वर्ष नपुगेकाले भत्काउँदा हुने बताउँदै आएको छ । पुरातत्व विभागले समेत जेठ १५ गते महानगरलाई ‘दरबारको मौलिक स्वरुप परिवर्तन नगरी परम्परागत शैलीमा पुनर्निर्माण गर्नू’ भनेकाले अब भत्काउन कुनै अप्ठेरो नपर्ने महानगरको दाबी छ । | मेयर शाक्यले महानगरपालिकाका जनप्रतिनिधिलाई समेत ढुक्क भएर काम गर्न निर्देशन दिए । शाक्यले केही एनजीओ, आइएनजीओ महानगरपालिकाको नेतृत्वलाई नै असफल बनाउन लागि परेको स्मरण गराउँदै जनतालाई दिने सेवालाई अझ चुस्त र दुरुस्त बनाउन सबै वडाध्यक्षको भूमिका रहेको बताए ।
दशैंका लागि नयाँ नोट आजदेखि साट्न पाइने, बैंकका यी शाखामा साटिन्छ
काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज आज आइतबारदेखि दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ । केन्द्रीय बैंकले गत वर्षको जस्तै १ जनालाई २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न लागेको हो । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही गर्ने राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही गर्ने छन् । ३ वटा बैंकको पायक पर्ने शाखाबाट नयाँ नोट पाइने उनले बताए । निजी क्षेत्रका बैंकहरुलाई निश्चित रकम मात्र सटही सुविधा दिने छ । नेपाल बैंकको काठमाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ । राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा लिन पाइन्छ। कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
जनताबाट चन्दा उठाएर दुई विशाल परियोजना बनाउँदै पाकिस्तान, नेपालले पनि सिक्ने कि पाठ
काठमाडौ । चन्दा उठाएर साना र समान्य काम भएको त आम मानिसलाई थाहा छ । तर ठूला ठूला परियोजना चन्दा उठाएर निर्माण गरिएको इतिहास संसारमा नै एकदमै कम रहेको छ । तर पछिल्लो पटक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वदेशी लगानीमा नै ५ हजार ३०० मेगावाट क्षमताका आयोजना निर्माणका लागि चन्दा उठाउन थालेका छन् । पछिल्ला केही बर्षदेखि पाकिस्तानले चरम ऊर्जा संकट भोग्दै आएको छ । दैनिक १२ घन्टा काटिने बिजुलीको कारण जनजीवन प्रभावित हदै आएको छ । निर्माणमा रहेका केही आयोजनामा चरम वेथिती र भ्रष्टाचार व्याप्त छ । राजनीतिक र क्षेत्रीय स्वार्थका कारण परियोजनाहरुमा समस्या परेका छन् । बर्षेनी बढीरहेको लगानी औद्योगिक क्षेत्रमा भएको विकासका कारण पनि ऊर्जाको माग बढ्दै गएको छ । तर समस्या घट्नुको साटो बढ्न थालेपछि नवनिर्वाचित सरकारले नयाँ उपाय निकालेको छ । त्यो हो राष्ट्रिय रुपमा चन्दा अभियान चलाउने र वृहद परियोजनालाई सार्थक बनाउने । पाकिस्तानमा कूल ऊर्जाको औसत माग १७ हजार मेगावाट रहेको छ । कूल जडित क्षमता २५ हजार मेगावाट भएपनि ऊर्जाको चरम संकट रहेको छ । इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले केही राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छन् । विलाशी सवारी साधानको बिक्री वितरण, कर प्रशासनमा सुधार तथा नागरिककै जीवनशैलीका प्रधानमन्त्री रहने र जनतालाई केही आर्कषक र व्यवहारिक रुपमा सुधारात्मक अभियानबाट प्रधानमन्त्री खान पछिल्लो दिनमा चर्चित भएका छन्। पाकिस्तानलाई आर्थिक रुपमा सबल बनाउन र आन्तरिक लगानीबाट नै केही ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने मान्यताको विकास गर्न सरकारले नै प्रयास गरेको छ । विदेशी दातृ निकाय पनि केही ठूला परियोजनामा लगानी गर्न इच्छुक छन् । तर दातृ निकायको ऋणका कारण पाकिस्तानको अर्थतन्त्र धरापमा परेको भन्दै नवनिर्वाचित सरकारले केही नयाँ घोषणा गरेको छ । त्यो हो ‘राष्ट्रिय चन्दा अभियान, देशका लागि पाकिस्तानको विकासका लागि’ । जनताका लागि सरकार छ, सरकार जनताका लागि हो, भन्ने विश्वास दिलाउने लक्ष्यका साथ राष्ट्रिय अभियान सूरु गरिएको पाकिस्तानका प्रधानन्याधीश साकिब निसारले जानकारी दिए। पाकिस्तानमा चन्दा संकलन अभियान सुरु गरिएको हो । ठूला परियोजनामा नागरिकको सहभागिता होओस् भन्ने मान्यताको विकासका लागि पनि त्यस्तो अभ्यास गरिएको हो । जनताको विकास निर्माणको चाहना र राष्ट्रिय आवश्यकता परिपूर्तिका लागि नागरिकलाई नै विकास निर्माणको काममा प्रत्यक्ष सहभागिता गराउन लागिएको हो निसारलाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । चन्दा उठाएर नै आयोजना निर्माण गर्न लागेको पाकिस्तान भने पहिलो देश होइन, यसअघि इथोपियाले पनि चन्दा जस्तै गरी आर्थिक सहयोग संकलन गरेर केही मझौला परियोजना अगाडि बढाएको थियो । टेलिफोन कलमा सुरु गरिएको अभियानले सो देशमा समेत सार्थकता पाएको छ । तर पाकिस्तानले भने देशभित्रै १२ अर्ब ४० करोड डलर रकम जुटाउने अभियान सुरु गरेको छ । त्यो भनेको नेपाली मुद्रामा परिवर्तन गर्दा १२ खर्ब ४० अर्ब भन्दा बढी हुन जान्छ । पाकिस्तानमा दुई बाँध बनाउन त्यहाँका प्रधानमन्त्री इमरान खानले चन्दा संकलन अभियान थालेको र त्यसका लागि धमाधम पैसा संकलन सुरु हुन थालेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । उत्तरी पाकिस्तानमा ४ हजार ५०० मेगावाट क्षमताको दायमर बासा बाँध र अर्को ८०० मेगावाट क्षमताको मोहम्मद बाँध निर्माण गरिनेछ । करिब ३० हजार करोड रुपैयाँ लागतमा मोहम्मदको काम २०१२ देखि जारी छ । तर आर्थिक अनियमितता र भ्रष्टाचारका कारण आयोजननाको सोचेजति प्रगति हुन सकेको छैन । सवा लाख करोड रुपैयाँ लागत रहने ठानिएको दायमर बासाको काम लगानीको अभावमा हालसम्म सुरु हुन सकेको छैन । पाकिस्तानका आर्थिक मामलाका जानकार खुर्म हुसैनका अनुसार सरकारले नै परियोजना जिम्मा लिएकाले चन्दा अभियान सफलताको दिशामा अगाडि बढेको छ । धेरै नागरिक उत्साहित भएका छन् । बाँध बनाउन धेरै पैसा आवश्यकता पर्ने भएपछि तीब्र गतिमा अभियान थालिएको हो । उहाँले चन्दा उठाएर परियोजना अगाडि बढाउने विषय महत्वपूर्ण भएपनि पैसा जम्मा पार्न सरकारले अन्य विकल्प पनि खोज्नुपर्ने बताए । पैसा जम्मा गर्नका लागि अन्य नयाँ विकल्पमा पनि ध्यान दिनु आवश्यक छ’, खुर्मले भने ‘ नागरिकलाई नै विश्वासमा लिएर लगानीका लागि आग्रह गर्नु असाध्यै ठूलो काम हो । तर यसले मात्रै सबै रकम नजुट्न सक्छ । अन्तरराष्ट्रिय दाता संगठनसँग पनि सम्पर्कमा रहन र उनीहरुलाई लगानीका लागि आग्रह गर्न सकिन्छ ।’ स्टेट बैंक अफ पाकिस्तानमा ‘सुप्रिम कोर्ट अफ पाकिस्तान डायमर बासा र मोहन्द ड्याम फण्ड’ खाता खोलिएको छ । ६ अक्टोबर, २०१८सम्म सो खातामा ४ अर्ब ५८ करोड ७१ लाख बढी रकम संकलन भइसकेको छ । पाकिस्तानका अधिकाशं सञ्चार माध्यमले प्रधानमन्त्री इमरानको पछिल्लो प्रयासलाई सकारात्मक भन्दै समाचार सम्प्रेषण गरेका छन् । विशाल बाँध बनाउन सरकारसँग पैसा अभाव भएपछि खानले चन्दा अभियान थालेका हुन्, यो महत्वपूर्ण अभियान हो, यसलाई सहयोग गरौ भन्दै पाकिस्तानी नागरिकले खुसी व्यक्त गरेका छन् । ती ठूला परियोजनाका लागि पाकिस्तानका प्रधानन्याधीश साकिब निसारले प्रधानमन्त्री खानलाई सहयोग गर्नुपर्ने बताउँदै अभियानको नेतृत्वमा रहेर काम गर्ने बताएका छन् । सो अभियानलाई प्रधानमन्त्री– प्रधानन्यायाधीश कोष नाम दिइएको छ । उनले दुई बाँध बनाउने यो प्रयासमा सबैले सहयोग गर्नुपर्ने र अभियान विरुद्ध गए कारवाहीको भागिदार बन्नुपर्ने चेतावनी समेत दिएका छन् । ती ठूला बाँध बनाउनका लागि सरकारलाई पाकिस्तानको सेनाले पनि ठूलो सहयोग गरेको छ । पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले १०० करोड पाकिस्तानी मुद्राको चेक हस्तान्तरण गरिसकेका छन् । पाकिस्तानी सरकारसँग सो बाँध बनाउनका लागि १ अर्ब ४३ करोड पाकिस्तानी मुद्रा मात्रै रहेकाले पनि चन्दा उठाउन थालिएको हो । चन्दा उठाएर नै ठूला आयोजना निर्माण गर्ने सरकारको कदमलाई सहयोग गर्न सरकारले आफ्ना सबै संयन्त्रहरु परिचालन गरेको छ । राष्ट्रिय अभियानलाई पूरा गर्न सबैको सकारात्मक साथ र सहयोग गर्नुपर्ने पाकिस्तानी सेनाको भनाइ समेत बाहिर आएको छ । खान सरकारप्रति सेना पूर्ण रुपमा बफादार देखिन्छ भन्ने टिप्पणी आइरहेको बेला सेनाले नै चन्दा अभियानलाई महत्वपूर्ण सहयोग गरिरहेको छ । पाक प्रधानन्यायाधीश निसारले दैनिक रकम जम्मा हुने क्रम बढीरहेको र त्यसले आफूहरुलाई उत्साहित बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई जानकारी दिए । रकम दिन दिनै बढीरहेको छ । धेरै नागरिक उत्साहित भएका छन् । सरकारले लिएको चन्दाको समेत रेकर्ड राखिएको छ । कुन स्थानबाट कसले कति चन्दा दियो भनेर पारदर्शी रुपमा सार्वजनिक गरिएको छ । यसले सरकारप्रति नागरिकको विश्वास समेत बढ्दै गएको छ । प्रधानमन्त्री इमरान खानले देश तथा विदेशका पाकिस्तानी नागरिकसँग चन्दाका लागि लामो अपिल गर्नुभएको छ । उहाँको अपिलमा ‘हामीले हाम्रा लागि गरौ, आफ्नो क्षमतामा गरौ र आफूलाई विश्वास गरौ’ भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । चन्दा संकलनका लागि पाकिस्तानको प्रमुख शहर, चोक तथा गल्ली गल्तीमा ठूला ठूला व्यानर राखिएका छन् । सञ्चार माध्यममा समेत श्रव्य दृश्य सामग्री प्रशारण गरिएको छ । नागरिकलाई किन चन्दा दिने, सरकारलाई किन सहयोग गर्ने भन्ने आशयका सामग्री प्रकाशन र प्रसारण गरिएको छ । पाकिस्तानमा एक प्रकारको राष्ट्रवादी भावना जागृत भएको छ । पाकिस्तानका आर्थिक मामलाका विश्लेषक हुसैनका अनुसार सरकारले जिम्मा लिएकाले चन्दा दिन पनि सजिलो भएको भन्दै नागरिकमा एक प्रकारको उत्साहको सञ्चार भएको र सरकार हाम्रै लागि काम गर्दैछ भन्ने स्थापित भएको बताए । बाँध बनाउन धेरै पैसा आवश्यकता पर्ने भएपछि तीब्र गतिमा अभियान थालिएको हो । यसले सबैले देशलाई लगानी गरौ, देशले पछि दिनेछ भन्ने भावना जागृत भएको छ । पाकिस्तानले चन्दा उठाएर केही ठूला परियोजना सञ्चालन गर्न सक्छ भने नेपालमा पनि त्यस्तो अभियान अगाडि बढाउन सरकारले प्रयास गर्न सक्छ । किनकी पाकिस्तानको खान नेतृत्वको सरकार नवनिर्वाचित हो । उसले अगाडि सारेका केही कार्यक्रमले यतिखेर संसारको ध्यान खिचिरहेको छ । के नेपालले पनि खान सरकारजस्तै केही सकारात्म्क अभियान सञ्चालन गर्न सक्छ ? प्रश्न अह्म र महत्वपूर्ण रहेको छ । ( विभिन्न समाचार एजेन्सीको सहयोगमा )
विद्युत प्राधिकरणमा नयाँ व्यवस्था, सरुवा भएपछि मोवाइल नम्बर बुझाउनु पर्ने
काठमाडौ । कर्मचारीलाई अनिवार्य हाजिर गर्ने व्यवस्था गरेको नेपाल विद्युत् प्राधिकरणले संस्थाको मोवाइल जथाभावी प्रयोग गर्न बन्देज लगाएको छ । आन्तरिक व्यवस्थापन प्रणाली सुधार गर्न सूचना तथा सञ्चार प्रणालीलाई थप व्यवस्थित बनाउन एकै प्रकृतिको नम्बर सञ्चालनमा ल्याउन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । पहिलो चरणमा प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय, प्रसारण निर्देशनालय र उत्पादन निर्देशनालयलाई निश्चित मोबाइल नम्बर सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । यही असोज १७ गते प्राधिकरण कार्यकारी निर्देशकस्तरीय निर्णयका आधारमा निश्चित मोबाइल नम्बर सञ्चालनमा ल्याई सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन भनिएको छ । प्राधिकरणको निर्देशनमा भनिएको छ, “निश्चित मोबाइल नम्बर रहने गरी र सोको प्रयोग कार्यालय प्रमुखले गर्ने, यदि कार्यालय प्रमुख सरुवा भई गएमा वा जिम्मेवारीबाट हटेमा अर्को कार्यालय प्रमुखले जिम्मेवारी सम्हालेको अवस्थामा समेत सोही नम्बर कायम रहनेछ ।” कार्यालय प्रमुख फेरिँदा सेवाग्राहीले सहजरुपमा सम्पर्क गर्न नपाएको र सेवा प्रवाहमा समेत कठिनाइ भएपछि प्राधिकरणले उक्त निर्देशन दिएको हो । प्राधिकरणमा वितरण तथा ग्राहक सेवगा निर्देशनालय उपभोक्तासँग प्रत्यक्ष जोडिएको निकाय भएकाले पनि सेवाग्राहीको गुनासो सुन्ने, समस्या समाधान गर्न २४सै घण्टा क्रियाशिल रहनुपर्दछ । त्यस्तै सम्पूर्ण प्रसारण प्रणालीको जानकारी प्रसारण निर्देशनालय तथा आयोजनाको समग्र अवस्थाका बारेमा सरोकार राख्ने निकायका रुपमा उत्पादन निर्देशनालयलाई लिइन्छ । प्राधिकरणका निर्देशक लोकेन्द्रबहादुर थापाका अनुसार वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका सबै क्षेत्रीय कार्यालय तथा वितरण केन्द्र, प्रसारण निर्देशनालयअन्तर्गतका ग्रीड विभाग तथा ग्रीड महाशाखा र उत्पादन निर्देशनालय अन्तर्गतका सबै उत्पादन केन्द्रका प्रमुखले दीर्घकालीन उद्देश्यलाई केन्द्रमा राखी एउटै मोबाइल नम्बर सञ्चालन ल्याउनुपर्नेछ । प्राधिकरणले यसअघि कार्यरत टे«ड युनियनका पदाधिकारीलाई कार्यालय समयमा आउँदा वा जाँदा अनिवार्यरुपमा हाजिर गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेको थियो । कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक, निर्देशक सबैले अनिवार्यरुपमा दैनिक दुई पटक हाजिर गर्नुपर्ने व्यवस्था लागू गरिएको थियो । विद्युत्भार कटौतीको अन्त्यपछि प्राधिकरण आन्तरिक व्यवस्थापन सुधार, चुहावट नियन्त्रणको काममा केन्द्रित भएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई पूर्णरुपमा व्यावसायिक र मर्यादित एवं अनुशासित संस्थाका रुपमा विकास गर्न लागिपरेको जानकारी दिए। रासस
रौतहटको कार्यक्रममा प्रचण्ड-माधव नेपाल एउटै मञ्चमा, देश बनाउने उद्घोष
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रौतहट-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालले देश बनाउने उद्घोष गरेका छन् । मञ्चले विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रममा एउटै मञ्चमा उभिएर नेकपा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले देश बनाउने संकल्प गरेका हुन् । उनीहरुले नेकपा बाहेक अन्य दलको नेतृत्वमा देश विकास सम्भव नभएको बताउँदै जनताको चाहना अनुसार विकास र समृद्धिको सपना पुरा गर्न पनि आन्तरिक एकता अनिवार्य रहेको धारणा राखेका थिए । दुबै नेताले देश विकासका लागि सरकारलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा पनि जोड दिएका थिए । कार्यक्रममा नेकपाका महासचिव बिष्णु पौडेलले भने सरकारले राम्रो काम गरिरहेको दावी पेश गरे । उनले सरकारको गतिलाई भने बढाउनुपर्ने आवश्यकता औल्याएका थिए । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री प्रभु शाहले रौतहटलाई विकास र प्रगतिका हिसाबले एक नम्बरको जिल्ला बनाउने अठोट गरेका थिए । नेकपा केन्द्रिय सदस्य तथा सांसद सरला यादवले पनि जिल्लाको विकास निर्माणमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरिन् । शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा संसदको विकास समितिकी सभापति कल्याणी खड्का, केन्द्रिय सदस्य डा. बंशीधर मिश्र, समिर भट्टराई, लालबाबु यादव लगायतको सहभागीता रहेको छ ।
चिन्नुहोस बजारलाई प्रभाव पार्ने १० ठुला कम्पनी, सेयर मूल्य घट्दा पनि उत्कृष्ठ बने
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले धितोपत्र कारोबारका आधारमा १० उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पहिलो नम्बरमा परेको छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य १ खर्ब १४ अर्ब ३० करोड रुपैयाँ छ । यस्तै दोस्रोमा नविल बैंक रहेको छ । सो बैंकको ७५ अर्ब ८८ करोड रुपैयाँ बराबरको बजार पूँजीकरण मूल्य छ । तेस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक परेको नेप्सेले जनाएको छ । सो बैंकको ६८ अर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण मूल्य छ ।चौथोमा स्ट्यान्डर्ड चार्टड बैंक रहेको छ । त्यसको ५५ अर्ब २७ करोड, पाँचौँमा रहेको एभरेष्ट बैंकको ५० अर्ब ६४ करोड ९५ लाख रुपैयाँ बजार पूँजीकरण छ । यस्तै हिमालयन बैंकको ४३ अर्ब ८१ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ४१ अर्ब, नेपाल एसबीआई बैंकको ३९ अर्ब ५९ करोड, एनआइसी एसिया बैंकको ३४ अर्ब १३ करोड र एनएमबी बैंकको ३० अर्ब ६० करोड रुपैयाँ बजार पूँजीकरण छ । स्टकले यही असोज १२ गतेदेखि असोज १८ गतेसम्मको सेयर मूल्यका आधारमा उत्कृष्ट १० कम्पनी छनोट गरेको हो । सेयर बजारमा गिरावट आए पनि केही कम्पनीको सेयर मूल्य भने तुलनात्मकरुपमा घटेको छैन । यस्तै पछिल्लो एक साताको सेयर कारोबारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको ४ लाख ६१ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । यस्तै प्रभु बैंक, माछापुछे« बैंक, ग्लोबल आइएमइ बैंक, एनएमबी बैंक, मेगा बैंक, कुमारी बैंक, जनता बैंक, सिभिल बैंक र एनआइसी एशिया बैंकको सेयर कारोबारमा समेत उत्कृष्ट दश कम्पनीमा पर्न सफल भएका छन् । स्टकका अनुसार प्रभु बैंकको ९७८ कित्ता एनएमबी बैंकको ९२७, मेगा बैंकको ८९५ कित्ता, कुमारी बैंकको ७८४, एनआइसी एशिया बैंकको ७७१ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंक ७५१ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सेको ६५५ कित्ता, जनता बैंकको ६५१ कित्ता, सिभिल बैंकको ६०७ कित्ता र स्ट्यान्डर्ड चार्टड बैंकको ५८२ कित्ता सेयर कारोवार भएको छ । रासस
वायुसेवा निगमले लुक्लामा एकै दिन ३ उडान गर्यो
काठमाडौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा सेवा विस्तारलाई तीव्रता दिएको छ । व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउन लागेको हो । निगमले आज बिहानै लुक्लामा तीन उडान भरेको छ । निगमका प्रवक्ता अशोक सिग्देलले चीनबाट ल्याइएको वाई–१२ ई विमानबाट लुक्लामा व्यावसायिक उडान भरिएको जानकारी दिए ।आज लुक्लाका लागि चार उडान तालिका राखिए पनि मौसमको खराबीले तीन मात्र उडान गरिएको उनले बताए । यो उडानलाई निगमको इतिहासकै ठूलो उपलब्धि मानिएको छ । यसअघि निगमको ट्वीनअटर विमानले बेलाबखत मात्र लुक्लामा उडान गर्ने गर्दथ्यो । पर्यटकीय मुख्ययाम शुरु भएको र लुक्लामा विदेशी पर्यटकको चाप हुने भएकाले पनि निगमले यो गन्तव्यलाई प्राथमिकता दिएको जनाएको छ । लुक्लासँगै डोल्पा, सिमिकोट, ताल्चा, जुम्ला, जोमसोमलगायत क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको प्रवक्ता सिग्देलले जानकारी दिए । करीब २० वटा गन्तव्यमा आन्तरिक उडान भर्दै आएको निगमसँग हाल–दुई ग्राउण्डेड० सहित चार वाई–१२, एक एमए–६०, दुई टुइनअटरलगायत नौ वटा विमान छन् । अन्तर्राष्ट्रियतर्फ हाल भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई, हङ्कङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५, एक वाइड बडी ए ३३०–२०० र एयरबस ३२० सिरिजको दुई विमानबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । रासस