सनराइज बैंकको थप चार शाखा संचालनमा
काठमाडौं। सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गरेको छ । सेवा विस्तार गर्ने क्रममा २१ गते सिराहाको मिर्चैया र रामेछापको प्रीतिमा शाखा संचालन गरेको छ । आइतबार आयोजित छुटाछुटै औपचारिक कार्यक्रम बीच मिर्चैया शाखाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव र जिल्ला उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अशोक कुमार शाहज्यूले संयुक्त रुपमा तथा प्रीति शाखाको उमाकुण्ड गाँउपालिकाका अध्यक्ष शेर बहादुर सुनवारले उद्घाटन गरे । साथै शुक्रबार १९ गते काभ्रेको महाभारत गाँउपालिका र खोटाङको बराहपोखरी गाँउपालिकामा पनि बैंकले आफ्नो शाखा बिस्तार गरेको छ । महाभारत शाखाको उद्घाटन महाभारत गाँउपालिकाका अध्यक्ष कान्छा लाल जिन्दा तथा बराहपोखरी शाखाको उद्घाटन बराहपोखरी गाँउपालिकाका अध्यक्ष शालिग्राम बन्जारा र उपाध्यक्ष गोमा मगरले संयुक्त रुपमा गरेका थिए।
फाइनान्स कम्पनीको खराब कर्जाः थोरै आईसीएफसी र धेरै सीटी एक्सप्रेसको(सूचिसहित)
काठमाडौं । फाइनान्स कम्पनीहरुको खराब कर्जा शत प्रतिशतसम्म देखिएको छ । नेपाल राष्ट्र बैंकले संकटग्रस्त सुचिबाट मुक्त गरेका र नयाँ लगानीकर्ताको प्रवेशपछि पुनः सञ्चालनमा आएका फाइनान्स कम्पनीको खराब कर्जा धेरै देखिएको छ । सबैभन्दा बढी खराब कर्जा हुनेमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड छ । उसको खराब कर्जा १०० प्रतिशत अर्थात ४ करोड ४ लाख रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले गत असारसम्मको वित्त कम्पनीको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै सञ्चालनमा रहेको २० फाइनान्स कम्पनीको खराबकर्जा औसत २.९१ प्रतिशत मात्र रहेको जानकारी दिएको छ । यी मध्ये ४ वटा कम्पनीको खराबकर्जा बढी देखिएको छ । ४ वटा फाइनान्सले खराब कर्जा बढाएका छन् । सिटी एक्सप्रेसपछि खराब कर्जा बढी हुनेमा ललितपुुर फाइनान्स लिमिटेड रहेको छ । ललितपुरको खराबकर्जा ६२.४३ प्रतिशत छ । ललितपुर फाइनान्सको ४६ करोड ७५ लाख रुपैयाँ कर्जा उठन बाँकी छ । यसैगरी वेष्ट फाइनान्सको ४९.२९ प्रतिशत खराब कर्जा छ । २ वर्षअघि पुनःसञ्चालनमा आएको वेष्टले खराबकर्जा घटाउदै लगेको छ । सिनर्जी फाइनान्स लिमिटेडको १८.३३ प्रतिशत खराब कर्जा छ । सबैभन्दा कम खराब कर्जा हुनेमा आईसीएफसी फाइनान्स लिमिटेड रहेको छ । आईसीएफसीको खराबकर्जा ०.०२ प्रतिशत मात्र छ । यस्तै श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स लिमिटेडको ०.१७ प्रतिशत मात्र रहेको राष्ट्र बैंकले जनाएको छ । सञ्चालनमा रहेका २० वटा फाइनान्स कम्पनीको चुत्तापुँजी ११ अर्ब १७ करोड रुपैयाँ छ । प्राथमिक पुँजी १३ अर्ब ४२ करोड, निक्षेप ६१ अर्ब ९८ करोड, कर्जा लगानी ५२ अर्ब ६३ करोड रुपैयाँ छ । उत्पादनमुलक क्षेत्रमा फाइनान्स कम्पनीको लगानी १०.६८ प्रतिशत रहेको छ । यस्तै विपन्न क्षेत्रमा २.९१ प्रतिशत कर्जा लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाली खुट्टामा स्वदेशी जुत्ताः जुत्ता घरमा दशैं तिहार अफर, ५० प्रतिशतसम्म छुट
काठमाडौं । नेपाली जुत्ता घरले दशैं तिहारका अवसरमा २० देखि ५० प्रतिशसम्म छुट अफर ल्याएको छ । अब जुत्ता घरमा लेडिज र जेन्स दुबैका लागि आवश्यक सबै प्रकारका जुत्ता चप्पल पनि उपलब्ध छन् । नेपाली जुत्ता चप्पल बेचिरहेको नेपाली जुत्ता घरले परिवारका सबै सदस्यहरुले एकै ठाउँबाट जुत्ता किन्न सकुन भन्ने उदेश्यले लेडिज आइटम पनि थपेको जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । नेपाली जुत्त घरका आउटलेटहरुमा शुल्याण्ड ब्राण्डका स्याण्डलहरु १०० भन्दा बढि आइटम थपिएका हुन् । सबै नेपालीका खुट्टामा नेपाली जुत्ताको उदेश्यसहित नेपाली जुत्ता घरले त्यस्तो सुबिधा उपलाब्ध गराएको हो । नेपाली जुत्ता घरमा ६ महिनाको वारेण्टीसहितका जुत्ता चप्पल खरिद गर्न पाइन्छ । ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ताहरु पाइन्छन् । ‘सबै नेपालीका खुट्टामा नेपाली जुत्ता होस भन्ने हाम्रो कामना हो, दशैंमा नयाँ जुत्ता किन्नेहरुले नेपाली जुत्ता लगाएर स्वदेशी उत्पादनलाई माया गरुन भनेर ५० प्रतिशतसम्म छुट दिएका छौं’, जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्यायले भने । नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ६ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगालाल अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, बागबजारमा अद्धैत मार्ग्स्थितमा (विश्वभाषा क्याम्पस पछाडी), कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् । पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् । ‘नेपाली जुत्ता पारखीहरुका लागि सबै कम्पनीका जुत्ताहरु एकै ठाउँमा किन्ने अवसरका लागि हामीले जुत्ता घर खोलेका थियौं, दशैंमा सुबिधा पनि दिनुपर्छ भनेर छुट अफर पनि ल्याएका छौं’, उपाध्यायले भने । बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् ।
आइआइएम एस कलेजद्धारा दशै कार्निभल आयोजना
काठमाडाैं । आइआइएम एस कलेजद्वारा प्रत्येक वर्ष आयोजना गर्दै आएको दशै कार्निभल यस वर्ष राष्ट्रिय स्तरमा दशै कार्निभल तथा नेपाल फुड फेस्टिभलको रुपमा ‘यूनाईटिङ नेपाल थ्रु अ प्लेट’ को नाराका साथ सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा नेपालका ७ वटै प्रदेशका पारम्पारिक भोजनहरुलाई समावेश गराइनुका साथै विभिन्न स्टलहरुबाट विविध मनोरोञ्जक खेलहरु खेलाइएको थियो । फुड स्टलहरुमा राखिएका परिकारहरुमा तराइको भक्का, नेवारी खाजा, दुप्का, सुदुर पश्चिमको छाच तथा पाल्पाली खानामा दर्शकहरुको आकार्षण थियो । कार्यक्रमको थप आकर्षण विभिन्न सञ्कृति झल्काउने प्रस्तुतिहरु दुर्गा नाच, कुमारी, घिमे नाच, लाखे नाच, मारुनि नृत्य, कौडा नाच, हुडकेली नाच तथा विद्यार्थीहरुका विविध सांगीतिक प्रस्तुतिहरु रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुद्वारा नेपालका विभिन्न जनजातीहरुका सस्कृति र भेषभुषा चिनारी गराउने उद्देश्यले कल्चरल र्याप वाल्क गरेका थिए । कार्यक्रमको अन्ततिर विशेष प्रस्तुतिका रुपमा केन्जल एण्ड व्याण्ड तथामंकी टेम्पल व्याण्डको वेजोड प्रस्तुतिहरुले ठूलो संख्यामा विहानै देखि उपस्थिति भिडलाई थप उर्जा दिदै सांगितिक माहोललाई नय ाँउचाईमा पु¥याएको थियो । कार्यक्रममा काठमाडौं क्षेत्र नं. ७ का सभासद रामविर मानन्धरको विषेश उपस्थिति रहेको थियो । कार्यक्रममाउपस्थितदर्शककाअनुसार उक्तकार्यक्रम परम्परा र आधुनिकताको एक सफल सम्मीश्र्रण रहेको वताएका थिए ।
टिभिएस अपाचेको विश्वभर ३० लाख मोटरसाइकल बिक्री, खुसियाली मनाउन ३ दिने लामो यात्रा शुरु
काठमाडौं। टिभिएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल ब्रान्ड अपाचेले हालै आफ्नो मोटरसाइकलको विश्वभर ३० लाख बिक्री र सक्रियताको चरम यात्रापार गरेको छ। यसैको खुसियाली मनाउन टिभिएस मोटर कम्पनीले आफ्नो विश्वब्यापी बजारहरु मध्ये एक महत्वपुर्ण बजार रहेका नेपालमा र्याली आयोजना गरेको छ। आजबाट सुरु भएको यो र्यालीमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहील अग्रवालले, टेकुको टिभि एस शो रुममा उद्घाटन गरे संगै ३ दिने लामो यो यात्रा शुरु भएको छ। ६ अन्तर्राष्ट्रिय चालक सहित टिभिएस अपाचे बाइकमा सवार हुँदै काठमाडौँ, पोखरा र चितवन भएर कम्तिमा पनि ५०० किमि गुडी अन्तिममा काठमाडौँमा अक्टोबर २ मा फर्की र्याली सम्पन हुनेछ।
ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेला हुँदै, ६० प्रतिशतसम्मको छुट
काठमाडौं। काठमाडौंको मुख्य व्यापारीक केन्द्र पाको न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले बडादशैंको अवसर पारेर दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ । मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा हुने दशैं मोबाइल मेला यहि २०७५ असोज २३ गतेदेखि २०७५ असोज ३१ गतेसम्म संचालन हुनेछ । यस दशैं मोबाइल मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्नसक्नेछन् । ताम्राकार कम्प्लेक्सभित्र यस अवधिमा कुनैपनि मोबाइल खरिदमा ग्राहकहरुले एउटा इनर्जी ड्रिंक प्राप्त गर्नेछन् । दशैं मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड समेत निशुल्क प्राप्त गर्नेछन् । निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रकृयाहरु ग्राहकहरुले पुरा गर्नुपर्ने हुन्छ । यसका साथै हरेक कम्पनीहरुले आफ्नो प्रबद्र्धनमा राखेको स्क्रीमहरु पनि ग्राहकहरुले साथमा नै प्राप्त गर्न सक्नेछन् । यस दशैं मोबाइल मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा समेत गर्ने घोषणा गरेको छ । दशैं मोबाइल मेलाको अवधिभर ताम्राकार कम्प्लेक्सबाट बिक्री हुने प्रत्येक मोबाइलबाट रु. २० संकलन गरेर चर्चित मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताललाई उपलब्ध गराउने छ । यस्तो रकम रवि लामिछानेलाई मेला सकिएपछि सार्वजनिकरुपमा हस्तान्तरण गरिनेछ । दशैं मोबाइल मेला ग्राहकहरुले फरक अनुभव र आफूले रोजेको मोबाइल सूपथ मूल्यमा किन्ने अवसर भएको मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताए । ‘ताम्राकार कम्प्लेक्स मोबाइल खरिद बिक्रीका लागि मुख्य केन्द्र नै हो, हामीले ग्राहकहरुलाई दशैंको अवसर पारेर बिभिन्न अफरहरुका साथमा सुपथ मुल्यमा फोनहरु बिक्री गर्नेछौं,’ उनले भने।
पुनर्निर्माण प्राधिकरणलार्इ सिन्धुपाल्चाेक माेह, चार मध्ये तीन वटा एकीकृत बस्ती योजना सिन्धुपाल्चोकमा
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाे पुनर्निर्माण याेजना सिन्धुपाल्चाेक केन्द्रित भएकाे छ । प्राधिकरणाले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरु स्वीकृत गर्दा तीन वटा सिन्धुपाल्चाेकमा राखेकाे छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले ओखलढुङ्गा जिल्लाको मलेखु गाउँपालिका वडा नं ३ फुयाल गाउँस्थित फुयाल गाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ झ्याडीटोलस्थित माझी बस्तीमा श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने झ्याडीटोल एकीकृत माझी बस्तीको प्रराम्भिक योजनालाई स्वीकृत गरेको हो । यस्तै बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १२ गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजना र काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं ७ पुखुलाछिस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । फुयालगाउँ एकीकृत नमूना बस्तीमा १२ घरधुरी, झ्याडीटोल एकीकृत बस्तीमा ५६ घरधुरी, गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजनामा १३५ घरधुरी र सिर्जनशिल एकीकृत बस्ती विकासमा १६ वटा घरधुरी हुनेछन् । पुनिनिर्मित घर ३ लाख नाघे यसैबीच, पुनर्निर्माण सम्पन्न निजी आवासको संख्या तीन लाख भन्दा बढी भएको छ । प्राधिकरणका सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार ३ लाख ५ हजार ८ सय ८३ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । २ लाख ५१ हजार ५ सय २७ घर निर्माणको क्रममा छन् । निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गर्ने लाभग्राहीको संख्या ७ लाख २६ हजार ९ सय १७ छ ।
बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा
काठमाडौं। हिउँदे आलु रोप्ने समयमा बजारमा बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा परेका छन् । तुलसीपुर बजारमा पसलैपिच्छे फरक फरक मूल्यका कारण किसान मारमा पर्नुका साथै कुन पसलबाट आलुको बीउ किन्ने भन्ने अन्योलमा छन् । तुलसीपुर बजारमा आलुको बीउ किन्न आएकी तुलसीपुर उपमहानगरपालिका–७ का ४० वर्षीया ममता रेग्मीले आफू पाँचवटा पसलमा गएको र प्रत्येक पसलमा आलुको बीउको मूल्यमा फरक पाएको बताए। उनले भने, “एउटै आलुको पसलैपिच्छे फरक छ,” उनले भने. “उपभोग्य वस्तुसहित फलफूल, तरकारीको प्रभावकारी अनुगमन गर्न नसक्दा आफूहरु चर्को मूल्य तिर्न बाध्य भएका छौँ ।” त्यसैगरी दङ्गीशरण गाउँपालिका–३ रावत गाउँका शोभा अधिकारी एउटै आलुको फरक÷फरक मूल्य पाएपछि बीउ किन्न अन्योल भएको बताए। अहिले तुलसीपुर बजारमा मात्र होइन नारायणपुर, घोराही, लमही, भालुबाङलगायतका बजारमा फरक÷फरक मूल्यमा आलुको बीउ बिक्री हुने गरेको छ । उपभोक्ताले मूल्यमा एकरुपता ल्याउन सरोकारवाला निकायसँग माग गरेका छन् । तुलसीपुर बजारमा आलुको बीउ लिन आएका तुलसीपुर– ४ खर्चबाका तिलक चौधरी सम्बन्धित निकाय मौन बसेपछि मारमा परेको बताउँछन्। उहाँले भन्नुभयो, “कालाबजारी गर्नेलाई कारवाही गरिनुपर्छ ।” सरोकारवाला निकायले प्रभावकारी रुपमा अनुगमन नगर्दा उपभोक्ता मर्कामा परेका छन् । जिल्लामा दुई हजार २०० हेक्टर जमीनमा आलुखेती हँुदैआएको सरकारी तथ्याङ्क छ। रासस