२५ मेगावाटको सिङ्गटी आयोजनाको ब्रेक थ्रु, बैशाखमा बिजुली बल्ने

<p>जिरी । दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक २ हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘बे्रक थु्र’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताए । पहिलो ब्रेक थ्रुसँगै ३ किलोमिटर खण्ड वारपार भएको छ [&hellip;]</p>

जिरी । दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक २ हजार ९०० मिटर छ ।

पहिलो सुरुङ ‘बे्रक थु्र’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताए । पहिलो ब्रेक थ्रुसँगै ३ किलोमिटर खण्ड वारपार भएको छ । आयोजनाको हेडबक्स खण्डको माथिल्लो खण्डको सुरुङ खुलेको हो ।
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडका सञ्चालक बटु लामिछानेले सुरुङको पहिलो खण्डको सफलताले लगानीकर्ता, निर्माण व्यवसायी, शेयर होल्डर, मजदुर सबैलाई हर्षित बनाएको प्रतिक्रिया दिए । सिभिल निर्माण शुरु गरेको छोटो समयमै राम्रो प्रगति गर्ने नेपालकै पहिलो जलविद्युत् आयोजना भएको उनको दावी छ।

सिङ्गटी हाइड्रोले दुई वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पु¥याएको छ । आयोजनाको समग्र प्रगति ८० प्रतिशत भएको छ । आयोजनाको बाँध क्षेत्रको काम अन्तिम चरणमा पु¥याएको छ ।
शिरिसघारीस्थित कात्तिके गाउँमा निर्माण भइरहेको विद्युत्गृहको ६० प्रतिशत काम सम्पन्न भएको छ । चैतभित्र विद्युत्गृहको निर्माण पूरा हुने कम्पनीले जनाएको छ ।

सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ । केही ढिला हुँदा पनि जेठ असारदेखि उत्पादन शुरु हुने बताइएको छ ।

विद्युत्गृहमा १२.५ मेगावाट क्षमताका दुई युनिट राखेर विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिङ्गटी सवस्टेशनमा लगेर जोडिनेछ । ४ अर्ब ६३ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १६ मेगावाटमा निर्माण शुरु गरिएको आयोजना ९ मेगावाट क्षमता बढाएर २५ मेगावाट पु¥याइएको होे । रासस

Share News