विकासन्युज

सिद्धार्थ बैंकका ग्राहकले सुमेरु सिटी अस्पतालमा १२ प्रतिशत छुट पाउने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले सुमेरु सिटी अस्पतालमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने भएका छन् । बुधबार दुई संस्थाबीच सो मात्राको छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारजनहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिँदा उक्त छुट पाउने छन् । उतm सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र सुमेरु सिटी अस्पतालका तर्फबाट कम्पनी सचिव विनोद आचार्यले हस्ताक्षर गरेका छन् । यस अन्तर्गत बैंकका ग्राहकहरुले डेविट र क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र सिद्धार्थका बैंकका कर्मचारी तथा यूएनओ क्रेडिट कार्डवाहकहरुले विशेष १२ प्रतिशतसम्मको छुट पाउने छन् ।

भन्सार छलि गरी ल्याइएको डेढ करोड बराबरको सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल भन्सार गुल्मले साउनदेखि हालसम्ममा भन्सार छली गरी ल्याइएको रु एक करोड ४६ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख पदमबहादुर खड्काले सो सामान गुल्मले कार्यालयलाई बुझाएको बताए। भारतबाट तस्करी गरी ल्याइएको लत्ताकपडा, हार्डवेयरका सामान, खाद्यान्न, सवारीसाधन मोटरपार्टस्लगायतका सामान बरामद गरिएको हो । सो अवधिमा लागुऔषध डाइजोल्याब ८५७ थान, नोल्फीस ८६१ थान, फेनारगन ८६० थानसहित लागुऔषध प्रयोगकर्तालाईसमेत पक्राउ गरिएको थियो ।

अब दक्षिण कोरियाबाट पनि मेगा बैंकको रेमिट सेवा, पैसा पठाउन खाता खोल्नु पर्ने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दक्षिण कोरियाबाट पनि ‘मेगा रेमिट’को सेवा शुरु गरेको छ । कम्पनीले दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी सोही देशमा ‘मेगा रेमिट’ सेवा शुभारम्भ गरेको हो । सम्झौता अनुसार, अब दक्षिण कोरियामा रहेका जी-मनी ट्रान्सका जुनसुकै शाखाबाट मेगा बैंकमा ‘मेगा मातृभूमि बचत खाता’ खोल्न र तुरुन्तै रकम स्वदेश पठाउन सकिन्छ । शून्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले विभिन्न सुविधा पनि दिएको छ । यो खाता अनलाइन मार्फत कुनै पनि ठाँउबाट खोल्न सकिने छ । यस खातामा ७ प्रतिशत वार्षिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, एबीबीएस, बैंक स्टेटमेन्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको छ । साथै, भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको पनि व्यवस्था गरिएको बैंकले जनाएकाे छ ।

गरिबी निवारण कोष र चौधरी फाउण्डेसनबीच समझदारी, हस्तकलाका उत्पादनलाई बजार प्रबद्र्धन गर्ने

काठमाडौं । विपन्न वर्गका हस्तकला उत्पादक कालीगढहरुको उत्पादनको दिगो विकास र बजारसम्मको पहुँच स्थापना गर्न गरिवी निवारण कोष र चौधरी फाउण्डेसनले सहकार्य गर्ने भएका छन् । कोषद्धारा विभिन्न जिल्लामा गठन भएका उत्पादन समूहका सदस्यहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु उत्पादनलाई अझ सुदृढ एवं व्यवस्थित बजार प्रबद्र्धन गर्ने उद्देश्यले कोष र फाउण्डेशनबीच बुधवार एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझादारीमा कोषकातर्फवाट कार्यकारी निर्देशक नहकुल केसी र फाउण्डेसनको तर्फवाट प्रवन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरेका हुन् । कोषमार्फत गठन भएका उत्पादन समूहका सदस्यहरु मार्फत उत्पादित हस्तकलाका सामग्रीहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमाबजार प्रबद्र्धन, साझा सुबिधा केन्द्रको संस्थागत विकास गर्नुका साथै हस्तकलाकर्मी तथा कलिगढहरुको सीप तथा क्षमता अभिवृद्धि गरी राष्ट्रको दिगो तथा समावेशी आर्थिक विकासको चाहना र आवश्यकतालाई संयुक्त रुपमा योगदान गर्नु समझदारीको उद्देश्य रहेको छ । कोषले कोषमार्फत गठन भएका साझा सुबिधा केन्द्र, उत्पादन समुहतथा कलिगढहरुको विवरण फाउण्डेसनलाई उपलब्ध गराउने छ कोषसँग रहेका नमुना उत्पादनहरुको प्रदर्शन तथाबजार प्रवद्र्धनकालागि फाउण्डेसनलाई उपलब्ध गराउने छ । यसैगरी फाउण्डेसनले कोषद्वारा गठन भएकाउत्पादन समूहका सदस्यहरु मार्फत उत्पादित हस्तकलाका सामाग्रीहरुको बजार प्रबद्र्धन गर्न सहयोग गर्नेछ । फाउण्डेसनले उक्त बस्तुहरुको “उन्नति बजार” माबिक्री स्टलमार्फत बिक्रीएवं प्रवद्र्धनमा सहयोग गर्नेछ । कोषले सहयोग गरेकाउत्पादन समूहका सदस्यहरुले तयार गरेको वस्तु बिक्री गर्दा “नेपालको” र अंग्रेजीमा“नेपाल को” ब्रान्ड नामको प्रयोग गरिनेछ । यसैगरी, फाउण्डेसनले हस्तकलाका सामान खरिद गर्दा साझा सुबिधा केन्द्र वाउत्पादन समूहसँग अनिवार्य रुपमा सम्झौता गर्नेछ । साथै खरिद मूल्य समसामयिक तथा पारदर्शी हुने उक्त पत्रमा उल्लेख गरिएको छ । “कोषद्धारा गठन भएका उत्पादन समूहका सदस्यहरु मार्फत उत्पादित हस्तकलाका सामग्रीहरुलाई अझ सुदृढ एवं व्यवस्थित बजार प्रबद्र्धन गर्नुपर्ने आवश्यकता भएको र चौधरी फाउण्डेसनले यस्तै प्रकारका क्रियाकलापमार्फत विभिन्न समुदायमा गरिबी न्यूनीकरणका लागि काम गर्दै आईरहेको हुँदा आपसी सहकार्यको लागि यो समझदारी गरिएको छ,” उक्त समझदारी पत्रमा भनिएको छ ।

सरकारले खानेपानी समस्या सम्बोधन गर्दै, मन्त्रालयले गठन गर्यो कार्यदल

काठमाडौं । खानेपानी मन्त्रालयले देशभरिबाट प्राप्त गरेको खानेपानी सम्बन्धी समस्या तथा गुनासोको सम्बोधन गर्न एक विशेष कार्यदल गठन गरेको छ । मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको नेतृत्वमा बुधबार बसेको बैठकले खानेपानी सम्बन्धी देशै भरिबाट प्राप्त भएका गुनासा तथा मागहरुको सम्बोधन गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा मन्त्रालयको तर्फबाट सिनियर डिभिजनल ईन्जिनियर रामकुमार श्रेष्ठ, अर्थशास्त्री कमलकान्त पौडेल, ईन्जिनियर सुष्मा काफ्ले र सचिवालयको तर्फबाट प्रेस संयोजक शुकदेव चापागाई, सुन्दर चौधरी र ईन्द्रसिंह बुडाल रहेका छन् । कार्यदलले मन्त्रालयमा आएका समस्या तथा गुनासाहरुलाई वर्गीकरण गरी समस्याको समाधान गर्न मन्त्रालयसँग सम्बन्धित निकायहरुलाई ताकेता गर्ने छ । मन्त्रालयले गत भदौ २९ गते सार्वजनिक सूचना जारी गरी घरायसी प्रयोजनका लागि आवश्यक पर्ने खानेपानी संकलन गर्न आधा घण्टा (३० मिनेट) भन्दा बढी समय लाग्ने समुदाय तथा घरपरिवारको विवरण एवं गुनासाहरु माग गरेको थियो । सोही सूचनाको आधारमा हजारौं समस्या तथा मागहरु मन्त्रालयले संकलन गरी राखेको छ । खानेपानी मन्त्री बिना मगरको विशेष सक्रियतामा मन्त्रालयले खानेपानी सम्बन्धी गुनासो एवं समस्याहरु माग गरेको थियो । प्राप्त मागहरुको यथोचित सम्बोधन गर्न स्थलगत निरीक्षणका साथै सम्भाव्यता अध्ययनका आधारमा विशेष कार्ययोजना सहित कार्य अघि बढाउने गरी मन्त्रालय लागिपरेको छ ।

उद्योग वाणिज्य महासंघ मेलमिलाप फोरमको सभापतिमा रामशरण थपलिया मनोनयन

काठमाडौं । उद्योग वाणिज्य महासंघको मेलमिलाप फोरम सभापतिमा रामशरण थपलिया मनोनयन भएका छन् । उनी महासंघकाे कार्यसमिति सदस्य पनि हुन् । यसअघि २ पटक ठमेल पर्यटन विकास परिषदको सभापति बनिसकेका थपलियालाई नेपाल चेम्बर अफ कमर्शमा पनि पटक पटक कार्यसमिति सदस्य भएकाे थिए । निजी क्षेत्रमा रहेको समस्या वार्ता र मेलमिलापबाट समाधान गर्न थपलियालाई महासंघले जिम्मेवारी दिएको हो । उनी कानुन व्यवसायी समेत हुन् । समितिमा १५ जनासम्म सदस्य बनाउने तयारी रहेको फोरमको सभापति थपलियाले बताए । “मेरो विगतको अनुभवले मलाई दिएको जिम्मेवारी कुशता पुर्वक निभाउने विस्वास लिएको छु थपलियाले विकासन्युजसँग भने अब प्रदेश अनुसारको समिति विस्तार गरी काम अघि बढाउने छु ।”  

माछापुच्छ्रे बैंकका ब्रान्ड एम्ब्यासडर गिरी र राईले जिते यू१४ बोइज सिन्गल्सको उपाधि

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले हालसालै नियुक्त गरेका ब्रान्ड एम्ब्यासडर आर्यन गिरीले थाइल्याण्डमा आयोजित इम्प्याक्ट सुपर जुनियर सिरिज अन्तर्गतको यू१४ बोइज सिन्गल्सको उपाधि जित्न सफल भएका छन् । नेपाल लगायत भारत, जापान, अमेरिका, सिङ्गापुर र थाइल्याण्डबाट भाग लिएका ३२ जनाको समूहबाट गिरीले प्रथम स्थान हासिल गरि उक्त उपाधि जितेका हुन् । यस जितसँगै बालीमा अक्टोबर महिनामै आयोजित हुन लागेको एसियामै उत्कृष्ट मानिने यू १४ टेनिस प्रतियोगिताको लागि थप उर्जा मिलेको गिरीले बैंकलाई बताएका छन् । ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गरेका आर्यन गिरीले नेपाल अन्डर १४ को नम्बर १ र एशिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन् । त्यसैगरी बैंकका अर्का प्रतिभावान ब्रान्ड एम्ब्यासडर मिरा राईले पनि अगस्ट महिनामा इटालीमा आयोजित ट्रोफियो किमा-स्काई रनिङ्ग वल्र्ड सिरिजमा तेस्रो स्थान हासिल गर्न सफल भएकी थिइन् । बैंकले यस वर्ष खेलकुद क्षेत्रका उदीयमान नामहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको थियो ।

३ मेगावाटको भैरवकुण्ड जलविद्युत आयोजना संचालनमा, ४८ प्रतिशत सेयर जारी गर्दै

काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा संचालन भएको भैरवकुण्ड हाईड्रोपावर लिमिटेडद्धारा सञ्चालित ३ मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजना संचालनमा आएको छ । जुरेको पहिरो, शक्तीसाली भुकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशिमा आएको बाढि आदि कारणबाट परियोजनामा क्षति पुगेकोमा आवश्यक सम्पुर्ण पुन निर्माण सम्पन्न भएपछि सोमबारबाट पुर्ण क्षमतामा सञ्चालन आएको हो । विपदको कारण विभिन्न समयमा प्रशारण रोकिएको सो हाइड्रो पावरले उत्पादित विद्युत ३४ किमी ३३ केभिए ट्रान्समिसन लाईन मार्फत लामोसाँगु सबस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ । हाइड्रोपावरले कम्पनी पब्लिकको जारी पुँजी ६५ करोड मध्ये हालसम्म संथापक सेयरधनीहरुले लिएको सेयर ४८ दशमलब ९७ प्रतिशत रकम बराबरको सेयर निश्कासन गर्ने तयारी गरेको छ । कम्पनीले जतिसक्दाे चाँडो साधारण सेयर जारी गर्न लागिएको जनाएको छ । कम्पनीले ३१ करोड ८३ लाख २८ हजार रुपैया बराबर सर्वसाधारणलाई सेयर निश्कासन गर्ने र सो मध्य जिल्लाका स्थानियबासीलाई ६ करोड ५० लाखको सेयर निश्कासन गर्ने संस्थाले जनाएको छ । लिमिटेडका प्रमुख कार्यकारी निर्र्देशक दिनेश पौड्यालले जिल्लाका स्थानियलाई छुट्याईसकेपछि ५० लाख ६६ हजारको कर्मचारी र ५ प्रतिशत १ करोड २६ लाख ६६ हजार ४ सय सामाजीक सुरक्षा कोषको लागी र २३ करोड ५५ लाख ९५ हजार १ सय रुपैयाको सर्वसाधारणलाई वितरण गरिने जानकारी दिएका छन् । सेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्ति गरिएको छ । उनका अनुसार कम्पनीको वार्षिक विद्युत विक्री वापतको आम्दानी ९ करोड ७० लाख रहको छ । साधारण सेयर जारी पश्चात बैंकको कर्जा घटाउनुका साथै नयाँ परियोजना निर्माण गर्ने लक्ष्य लिइएको छ । कम्पनीले हाल ३० जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिई रहेको छ । कम्पनीका अध्यक्ष सुरेन्द्र भण्डारीले कम्पनीले २०६५ साल मंसिर २ गते नेपाल विद्युत प्राधिकरणसँग पहिलो पटक प्रथम पटक १८५० किलोवाट र २०६६ चैत २७ गते दोस्रो पटक ११५० किलोवाटको लागि पिपिए गरी मिति २०६६ भदौ १९ गते जेनेरेसन लाईसेन्स प्राप्त गरेको र मिति २०७१ जेठ २२ गते सिओडी गरे विद्युत उत्पादन शुरु गरिएको जानकारी दिए । उनले सर्वसाधारण सेयर निष्कासन सँगै नयाँ परियोजनाहरुमा समेत कम्पनीले लगानि गरि राष्ट्रिय अर्थतन्त्रमा योगदानको साथै लागनिकर्ताहरुलाई उचित मुनाफा दिनेगरी कम्पनी अगाडि बढ्ने बताए ।