
काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा संचालन भएको भैरवकुण्ड हाईड्रोपावर लिमिटेडद्धारा सञ्चालित ३ मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजना संचालनमा आएको छ । जुरेको पहिरो, शक्तीसाली भुकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशिमा आएको बाढि आदि कारणबाट परियोजनामा क्षति पुगेकोमा आवश्यक सम्पुर्ण पुन निर्माण सम्पन्न भएपछि सोमबारबाट पुर्ण क्षमतामा सञ्चालन आएको हो ।
विपदको कारण विभिन्न समयमा प्रशारण रोकिएको सो हाइड्रो पावरले उत्पादित विद्युत ३४ किमी ३३ केभिए ट्रान्समिसन लाईन मार्फत लामोसाँगु सबस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ ।
हाइड्रोपावरले कम्पनी पब्लिकको जारी पुँजी ६५ करोड मध्ये हालसम्म संथापक सेयरधनीहरुले लिएको सेयर ४८ दशमलब ९७ प्रतिशत रकम बराबरको सेयर निश्कासन गर्ने तयारी गरेको छ । कम्पनीले जतिसक्दाे चाँडो साधारण सेयर जारी गर्न लागिएको जनाएको छ ।
कम्पनीले ३१ करोड ८३ लाख २८ हजार रुपैया बराबर सर्वसाधारणलाई सेयर निश्कासन गर्ने र सो मध्य जिल्लाका स्थानियबासीलाई ६ करोड ५० लाखको सेयर निश्कासन गर्ने संस्थाले जनाएको छ । लिमिटेडका प्रमुख कार्यकारी निर्र्देशक दिनेश पौड्यालले जिल्लाका स्थानियलाई छुट्याईसकेपछि ५० लाख ६६ हजारको कर्मचारी र ५ प्रतिशत १ करोड २६ लाख ६६ हजार ४ सय सामाजीक सुरक्षा कोषको लागी र २३ करोड ५५ लाख ९५ हजार १ सय रुपैयाको सर्वसाधारणलाई वितरण गरिने जानकारी दिएका छन् ।
सेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्ति गरिएको छ । उनका अनुसार कम्पनीको वार्षिक विद्युत विक्री वापतको आम्दानी ९ करोड ७० लाख रहको छ । साधारण सेयर जारी पश्चात बैंकको कर्जा घटाउनुका साथै नयाँ परियोजना निर्माण गर्ने लक्ष्य लिइएको छ । कम्पनीले हाल ३० जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिई रहेको छ ।
कम्पनीका अध्यक्ष सुरेन्द्र भण्डारीले कम्पनीले २०६५ साल मंसिर २ गते नेपाल विद्युत प्राधिकरणसँग पहिलो पटक प्रथम पटक १८५० किलोवाट र २०६६ चैत २७ गते दोस्रो पटक ११५० किलोवाटको लागि पिपिए गरी मिति २०६६ भदौ १९ गते जेनेरेसन लाईसेन्स प्राप्त गरेको र मिति २०७१ जेठ २२ गते सिओडी गरे विद्युत उत्पादन शुरु गरिएको जानकारी दिए । उनले सर्वसाधारण सेयर निष्कासन सँगै नयाँ परियोजनाहरुमा समेत कम्पनीले लगानि गरि राष्ट्रिय अर्थतन्त्रमा योगदानको साथै लागनिकर्ताहरुलाई उचित मुनाफा दिनेगरी कम्पनी अगाडि बढ्ने बताए ।