सीमा विवादले तेह्रथुमको भ्यूटावर निर्माण अलपत्र
काठमाडौं। तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र भएको छ । टावर निर्माण भइरहेको जमीन तेह्रथुम या सङ्खुवासभाको हो भन्ने विवादले चरम रूप लिएकाले निर्माणको काम रोकिएको हो । सीमा विवादका कारण भ्यूटावर निर्माणको काम एक वर्षदेखि ठप्प भएपछि कामको जिम्मा लिएको सरोज निर्माण सेवाले निर्माणका सामग्रीसमेत त्यत्तिकै छाडेको छ । दुई वर्षमा काम सक्ने गरी रु दुई करोड १३ लाखमा ठेक्का लिएको उक्त कम्पनीले शुरुमा करीब छ महीना ढिला गरेर काम थालेको थियो । काम थालेपछि स्थानीयवासी बीच सिमा विवाद देखिएपछि अहिले टावर निर्माणका लागि सम्झौता भएको म्यादसमेत सकिएको छ । दुई जिल्लाका बासिन्दाको आपसी मतभेदका कारण यो पर्यटकीय क्षेत्रको विकास रोकिएको स्थानीयवासी छिरिङ लामाले बताए। टावर निर्माणस्थल तेह्रथुमको लालीगुराँस नगरपालिका–१, साविक बसन्तपुर–४ मा पर्ने भन्दै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीले भ्यूटावर निर्माण थालेका थिए । पर्यटन मन्त्रालयको सहयोगमा बन्न लागेकोे सो टावरको प्रतिनिधिसभा सदस्य भवानीप्रसाद खापुङ र तत्कालीन प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो तर भ्यूटावर निर्माण शुरु भएपछि उक्त जमीन सङ्खुवासभामा पर्ने र सो योजना सङ्खुवासभाले पाउनुपर्ने माग गर्दै स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताले काममा अवरोध पु¥याएका थिए । भ्यूटावर निर्माण र जमीनभन्दा पनि जनप्रतिनिधिको आँखा त्यसबाट आउने राजस्वमा परेको हो । लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले भ्यूटावर निर्माणले दुई वटै जिल्लाको विकासमा सहयोग पुग्ने भएकाले जमिन जसको भए पनि निर्माण नरोक्न आग्रह गरे। निर्माण कम्पनीका सुपरभाइजर पुष्प गुरागाईँले भने मौसमका कारण वर्षामा काम गर्न नसकिएको र अब विवाद मत्थर भई काम गर्ने वातावरण बने पुनः काम सञ्चालन हुने बताए। चार तलाको सो भ्यूटावरको पहिलो तलामा सूचना केन्द्र, दोश्रो तलामा खुद्रा पसल, तेस्रो तलामा क्याफे र चौथो तलामा भ्यूप्वाइन्ट बनाउने योजना छ ।
अशिक्षा र बेरोजगारीले गर्दा नेपालमा मानसिक रोगीहरूको सङ्ख्या बढ्दै
काठमाडौं। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गरेका छन्। संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, (ओईसीडी)को संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी लण्डनमा बुधबार सम्पन्न मानसिक स्वास्थ्यसम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनमा उनले त्यस्तो चिन्ता व्यक्त गरेका हुन्। उपप्रधानमन्त्री यादवले मानसिक स्वास्थ्य समस्या, अल्पविकसित र विकासोन्मुख देशहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताए। निम्न तथा मध्यम आय भएका राष्ट्रका हरेक पाँच जनामध्ये एक जनामा मानसिक रोगको समस्या रहेको वास्तविकता सुनाउँदै उहाँले दक्षिण एशियाको कूल जनसङ्ख्याको २० प्रतिशत जनता मानसिक रोगबाट ग्रसित रहेको बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सम्मेलनमा उपप्रधानमन्त्री यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा अङ्गिकार गरेको जानकारी दिँदै नेपाल सरकार न्यूनतम खर्चमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको स्पष्ट गरे । उनले मानसिक रोगको उपचारको सरलीकरणमा पनि नेपाल सरकारले विशेष ध्यान दिएको जानकारी दिए। रासस
गिट्टी बोकेर जनकपुरमा रेल आयो
काठमाडौं। भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल आज जनकपुर आइपुगेको छ । आज अपराह्न ब्लास्ट बोकेको ५३ ¥याकसहित रेल जनकपुर आइपुगेको हो । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताउनुभयो । प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको ¥याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन् । भारत सरकारको सहयोगमा निर्माणाधीन कर्था–जनकपुर–जयनगर रेल्वेअन्तर्गत जयनगरबाट जनकपुरसम्म मालवाहक रेल आएको हो । यसअघि लिक परीक्षणका लागि टोम्पिङ चलाइएको थियो । निर्माणाधीन अवस्थामा रहेको लिकबाट पहिलो पटक ५३ ¥याक सहितको रेल्वे जनकपुर आएको हो । कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशन निर्माणको अन्तिम चरणमा छ । स्टेशन भवन, आवास निर्माण अन्तिम अवस्थामा छ । यात्रुवाहक रेल गुडाउन जयनगर (भारत) बर्दिवास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई बुधबार दिउँसो मालवाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी शुरु गरिएको प्राविधिक बताउँछन् । भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेशनलले ब्रोडगेज रेल सञ्चालनका लागि लिक बनाएको हो । यसअघि जयनगर–जनकपुर–बिजुलपुरा (५२ किलोमिटर) मा सञ्चालित न्यारोगेज रेलमा २० देखि २५ किलो मिटर प्रतिघण्टाको गति थियो । ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किलो मिटरको दूरी आधा घण्टामा पूरा हुनेछ । रासस
कमलादीमा २ अर्ब लगानीमा दक्षिण एसियाकै सबैभन्दा ठुलो शीसाको स्काई टावर निर्माण हुदै
काठमाडौं । निजी लगानीमा दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निर्माण हुने भएको छ । उक्त टावर वण्डर्स नेपालले निर्माण गर्न लागेको हो । टावर २५ तल्ले शीसाको हुने छ । शिसाको टावर बनाउन कम्पनीले सरकारसंग २३ वर्षका लागि जग्गा भाडामा लिइसकेको छ । शिसाको टावर सञ्चालनमा आएको ५ वर्षमा कर्जा भुत्तानी सक्ने छ । त्यसपछि लगानीकर्तालाई न्युनतम ३० देखि ७० प्रतिशत लाभांश दिने जानकारी दिएको छ । काठमाडौँको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३.२ रोपनी जग्गामा टावर बन्ने छ । टावर बनाउन २ अर्ब रुपैयाँ लाग्ने वण्डर नेपालले जनाएको छ । आउदो ३ वर्षमा निर्माण सम्पन्न हुने योजनासहितको उक्त परियोजनाकोे सार्वजनिक गरिएको थियो । वण्डर्स नेपालका अध्यक्ष इञ्जिनियर आकर्षण पोखरेलले टावर बनेपछि सगरमाथा र बुद्धको देश भनेजस्तै दक्षिण एशियाकै पहिलो स्काई टावरको परिचय नेपालले पाउने दाबी गरे । कम्पनीले नेपालका विभिन्न १० स्थानमा स्काईवाकको निर्माण र सम्भावनाबारे अध्ययन गरी काठमाडौँको कमलादीलाई रोजेको हो । उक्त टावर १०० मिटरको हुनेछ भने त्यहाँ सुविधासम्पन्न पार्किङसहितका व्यावसायिक कम्प्लेक्स निर्माण गरिनेछ । रासस
सुपरमाई आयोजनाबाट विद्युत उत्पादन सुरु, ७.८ मेगावाट बिजुली थपियो
फिक्कल । निजी लगानीमा निर्माण भएको ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजनाले विद्युत उत्पादन थालेको छ । सुपरमाई हाइड्रो प्राइभेट लिमिटेडले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो । उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई जलविद्युतको जिल्ला भन्न थालिएको छ । इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन् । उक्त आयोजनाको परीक्षण उत्पादनसँगै अब ७.८ मेघावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीका अनुसार विसं २०७३ चैत महीनादेखि निर्माण शुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महीनाअगावै विद्युत् उत्पादन गर्न शुरु गरेको छ । अब १५ दिनदेखि नियमित उत्पादन थाल्ने भएको छ । उक्त आयोजना निर्माणका लागि सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्च्युरी कमर्सियल बैंक र ज्योति विकास बैंकले १ अर्ब ५० लाख रुपैयाँ संयुक्त लगानी गरेका छन् । काम छिटै सम्पन्न भएकाले करीब ७ लाख रुपैयाँ बचत हुनसक्ने कम्पनीका अध्यक्ष मोहन कार्कीले जानकारी दिए। रासस
लक्ष्मी ग्रुपले लियो एसएमएल इसुजुको आधिकारीक बिक्रेता, व्यवसायिक सवारी बिक्रीमा आक्रामक बन्दै
काठमाडौं । जापानको मोटर उत्पादक कम्पनी एसएमएल इसुजुले नेपालको लागि आधिकारीक बिक्रेतामा गोल्डफिश इन्टरनेशनल कम्पनीलाई नियुक्त गरेको छ । गोल्डफिश इन्टरनेशनल लक्ष्मी समूह अन्तर्गत अटाेमाेवाइल ट्रेडिङ कम्पनी हो । एसएमएल इसुजुले गोल्डफिश इन्टरनेशनल नेपालको आधिकारीक बिक्रेता नियुक्तीसँगै उत्कृष्ट उत्पादन र उत्कृष्ट सेवा दिने बाँचा गरेको छ । त्यस्तै लक्ष्मी समूहले उपभोक्ताहरुलाई खोजेको जस्तै विश्वसतरीय उत्पादन तथा गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ । नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल इसुजुले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरु लिएर आएको गोल्डफिश इन्टरनेशनलले जनाएकाे छ । लक्ष्मी समूह अन्तरगतको लक्ष्मी प्रिमियम मोटर र गोल्डफिश इन्टरनेशनलले व्यापारिक प्रायोजनका सवारी बिक्री वितरण गर्दै आएको छ । एसएमएल इसुजुले व्यवसायिक प्रायोजनको लागि गाडी उत्पादन गर्दै आएको ३३ वर्ष भन्दा बढी भएको छ । एसएमएल इसुजु उत्पादन र प्रविधिमा सीमित मात्र नभई, आफ्नो संगठनमा नौलो किसिमको संस्कृति र मुल्यमान्यता बनाउँदै आएको छ, जसले नेपाली बजारमा विश्वासको साथ अगाडि बढ्न सक्षम हुने विश्वास लक्ष्मी समूहले लिएको छ । पछिल्लो दशकमा लक्ष्मी समूहले उद्योग, व्यापार र सेवाको क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । यस समूह अन्तर्गत दर्जन भन्दा बढी कम्पनीहरु पर्दछन् । यस समूहले अटोमोबाईल क्षेत्रमा एक भिन्न परिचय बनाउनका लागी कम्पनीले धेरै पहिलेदेखि अटोमोटिभस् डिभिजन सुरु गर्दै आइरहेको छ । लक्ष्मी समूह अन्तरगतको लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालको अटोमोवाईल क्षेत्रको अग्रणी कम्पनी हो । यस कम्पनी हुण्डाई मोटरको नेपालका लागि आधिकारी बिक्रेता हो । यस कम्पनीले आईएसओ ९००१ः२०१५ समेत पाएको छ ।
सरकारको सहभागिता ‘सामुहिक लगानी कोष’ स्थापना हुर्दैछ-जीवा लामिछाने
जीवा लामिछाने, संरक्षक तथा पूर्वअध्यक्ष-गैरआवासीय नेपाली संघ जीवा लामिछाने गैरआवासीय नेपाली संघ संघको स्थापनाकालदेखि नै लगातार रुपमा सक्रिय रहँदै आउनुभएको छ । नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीहरुले सामूहिक लगानीबाटै टेवा पुराउन सक्ने विश्वास लामिछानेको रहेको छ । संघको संरक्षक तथा पूर्वअध्यक्ष समेत रहनु भएका लामिछानेसंग चिरन शर्माले नेपालमा हुन लागेको विज्ञ सम्मेलनको सम्वन्धमा गरिएको कुराकानी । गैरआवासीय नेपाली संघलाई विज्ञ सम्मेलन गर्न किन आवश्यक पर्यो ? राजनीतिक एजेन्डा सम्वोधन भइसकेकाले अब मुलुक आर्थिक विकासमा केन्द्रित हुनेछ । गैरआवासीय नेपाली समुदायको त्यसमा भूमिका रहनेछ भन्ने कुरामा मलाई सन्देह छैन । नेपालको भावी यात्रालाई सफल बनाउन हामीले संसारभरिबाट क्षमताअनुसारको साधनस्रोत जुटाएर, आफ्नो ज्ञान र सिप लगाएर ठूलो उत्साहका साथ हातेमालो गर्नुपर्छ । राष्ट्र निर्माणको यो अभियानमा योगदान गर्नका लागि विदेशमा रहेका प्रविधि, ज्ञान र क्षमतायुक्त मानव संसाधनको बढिभन्दा बढी प्रयोग गर्ने उद्देश्यले यो सम्मेलन गर्न लागिएको हो । नेपालले हामीबाट यही भूमिकामा अझ व्यापक र विस्तार होस् भनेर अपेक्षा गरेको छ । नेपाल सरकारले देशमा ट्रेन, ग्यास, पानी जहाज, १० औं हजार मेघावाट विजुलीलगायतका महत्वकांक्षी योजना अघि सारेको छ यी योजनामा एनआरएनले कसरी टेवा पुर्याउन सक्छन् ? पूर्वाधार निर्माण, विशेषगरी जलविद्युत उत्पादनमा गैरआवासीय नेपालीले लगानी गरेका छन् । त्यस क्षेत्रमा लगानी अझै बढ्न सक्छ । त्यसैगरी पर्यटन, कृषि आदि क्षेत्रमा पनि केही साथीहरुले लगानी गर्नुभएको छ । वर्तमान कार्यसमितिका साथीहरुले पूर्वाधार निर्माण र ठूला योजनामा लगानी गर्ने उद्देश्यले सरकारको समेत सहभागिता रहने गरी ‘सामुहिक लगानी कोष’ स्थापना गर्ने दिशातर्फ गृहकार्य सुरु गरिसकेको मैले खबर पाएको छु । सामुहिक सहभागिताका आधारमा सरकारले अघि सारेका योजनाहरुमा गैरआवासीय नेपालीहरुले अवश्य लगानी गर्ने छन् । आर्थिक लागानी छाडेर एनआरएन बैद्धिक लगानीतिर लाग्न थालेको हो भन्न मिल्छ ? गैरआवासीय नेपालीको लगानीको कुरा गर्दा आर्थिक र बौद्धिक लगानी उत्तिकै महत्वपूर्ण छन् । आर्थिक लगानीको कुरा गर्दा देशको अर्थतन्त्रलाई कायापलट गर्ने गरी लगानी गर्न सक्ने हैसियत हाम्रो अझै बनिसकेको छैन । पहिलो पुस्ता भएर पनि नेपाली डायस्पोराले छोटो समयमा गरेको प्रगतिलाई कम आँक्न मिल्दैन । केही समययता व्यापार, व्यवसायमा उल्लेख्य प्रगति गर्ने नेपालीको संख्यामा व्यापक वृद्धि हुँदैछ । केही अग्रज नेपालीको सफलताको कथाले अरू नेपालीलाई पनि आफ्नो क्षमताले केही सुरुआत गर्नुपर्ने रहेछ भन्ने भावना जगाइदिएको छ । जोखिम लिनुको सट्टा जागिर खाएर ढुक्कको जीवन गुजार्ने मानसिकतालाई अलिकति जोखिम होस् तर उद्यमी नै बन्नुपर्छ भन्ने भावनाले विस्थापित गर्दैछ । तर गैरआवासीय नेपालीहरुले बौद्धिक क्षेत्रमा अहिले नै ठूलो योगदान गर्नसक्ने सम्भावना मैले देखेको छु । कतिपय बहुउद्देश्यीय कम्पनीका उच्च तहमा अहिले नेपालीलाई भेट्न सकिन्छ । त्यसैगरी विश्वका प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान प्रतिष्ठानमा नेपाली समुदायको गर्विलो उपस्थिति देखिइसकेको छ । नेपालमा हुदै गरेको राजनीतिक स्थायित्वपछि गैरआवासीय नेपालीहरुको भूमिका फेरिएको हो ? हाम्रो अभियानको मूलमन्त्र नै ‘नेपालीका लागि नेपाली’ भएकोले हाम्रो भूमिका संधै नेपालको समग्र उन्नतिमा योगदान पुर्याउने नै हो । हामीले त्यो मूल भावनालाई कहिल्यै कमजोर हुन दिनु हुन्न । उद्देश्य त्यही हो । त्यसलाई निर्वाह गर्ने बाटो फरक–फरक हुन सक्ला । देशमा अहिले राजनीतिक स्थिरता कायम रहेकोले हामीलाई यो जिम्मेवारी निर्वाह गर्ने राम्रो वातावरण बनेको मैले महसुस गरेको छु । वर्तमान कार्य समितिबारे तपाईंका टिप्पणी ? यस विषयमा अहिले टिप्पणी नगरौं । पुरानो कार्यसमितिले सुरु गरेका प्रोजेक्टलाई वर्तमान कार्य समितिले समय मै सम्पन्न गर्नेछौं भनेर कबूल गरेको छ । त्यो समय–सीमासम्म उहाँहरुलाई काम गर्न दिउँ ।
एभरेष्ट बैंक र दक्षिण कोरियाकाे फिन सर्टबीच रेमिट्यान्स सम्झौंता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र दक्षिण कोरियाली मनिट्रान्स्फर अपरेटर फिनसर्ट आईनकर्पोरेट बीचमा रेमिट्यान्स सम्झौंता भएको छ । उक्त सम्झौंता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात दक्षिण कोरियाबाट एभरेष्ट बैंकमा रेमिट्यान्स पठाउन सजिलो हुने छ । क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन प्रडक्ट हो र यसले फिनसर्टबाट सेवा प्रदान गर्ने छ । जसलाई सजिलै वेभसाइट तथा मोवाइल एप्लीकेशनमा पाउन सकिन्छ । एन्ड्रोइड तथा आईओएस दुबै डिभाइसमा उक्त एपलिकेसन रहेको छ । कुनैपनि रेमिट्यान्स पठाउने मानिसले क्वाइसर्टमा रजिस्टर हुनुपर्ने छ, त्यसपछि क्वाइसर्टले एभरेष्ट बैंकको मार्फत नेपालमा रेमिट्यान्स पठाउने छ ।