सुपरमाई आयोजनाबाट विद्युत उत्पादन सुरु, ७.८ मेगावाट बिजुली थपियो

<p>फिक्कल । निजी लगानीमा निर्माण भएको ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजनाले विद्युत उत्पादन थालेको छ । सुपरमाई हाइड्रो प्राइभेट लिमिटेडले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो । उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई [&hellip;]</p>

फिक्कल । निजी लगानीमा निर्माण भएको ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजनाले विद्युत उत्पादन थालेको छ । सुपरमाई हाइड्रो प्राइभेट लिमिटेडले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो ।

उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई जलविद्युतको जिल्ला भन्न थालिएको छ । इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन् । उक्त आयोजनाको परीक्षण उत्पादनसँगै अब ७.८ मेघावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ ।

आयोजनाका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीका अनुसार विसं २०७३ चैत महीनादेखि निर्माण शुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महीनाअगावै विद्युत् उत्पादन गर्न शुरु गरेको छ । अब १५ दिनदेखि नियमित उत्पादन थाल्ने भएको छ ।

उक्त आयोजना निर्माणका लागि सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्च्युरी कमर्सियल बैंक र ज्योति विकास बैंकले १ अर्ब ५० लाख रुपैयाँ संयुक्त लगानी गरेका छन् । काम छिटै सम्पन्न भएकाले करीब ७ लाख रुपैयाँ बचत हुनसक्ने कम्पनीका अध्यक्ष मोहन कार्कीले जानकारी दिए। रासस

Share News