विकासन्युज

कालीगण्डकी गर्ज चिनियाँ लगानीमा निर्माण हुने, थप चारवटा आयोजनाका लागि सम्झौता

म्याग्दी । म्याग्दीस्थित १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवावाटर कन्जरभेसन एण्ड हाइड्रो पावर प्रालिका प्रतिनिधिबीच लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । लगानी जुटेपछि एक दशकदेखि निर्माणको प्रक्रियामा रहेको सो आयोजनाले गति लिने अपेक्षा गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए। म्याग्दी र मुस्ताङ भएर बग्ने कालीगण्डकीको पानीबाट विद्युत् उत्पादन गर्ने उद्देश्यले २०६३ सालमा उक्त आयोजनाको सर्वेक्षण गरिएको थियो । लामो समयदेखि प्रतिक्षामा रहेको सो आयोजनामा चिनियाँ लगानी भित्र्नु म्याग्दीको ऊर्जा क्षेत्रमा गौरवको विषय भएको अध्यक्ष कर्माचार्यको भनाइ छ । लगानीकर्ता र प्रवद्र्धकलाई सुरक्षाको प्रत्याभूती, सामाजिक वातावरण र प्रक्रियागत झञ्जटबाटमुक्त बनाउनुपर्ने अध्यक्ष कर्माचार्यले बताए । विसं २०६८ पुस १९ गते उत्पादन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा निवेदन दिएको उक्त आयोजनाले प्रक्रिया पूरा नगरेपछि अनुमतिपत्रनै रद्द भएको थियो । पुरानो अनुमतिपत्र रद्द भएपछि नेपाल कालीगण्डकी गर्ज नाममा पुरानै कम्पनीले आयोजनाको पुनः सर्वेक्षण गरेर निर्माण प्रक्रिया अघि बढाएको हो । सन् २०१४ सम्ममा आयोजना निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य थियो । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको सो आयोजना म्याग्दीमा हालसम्मकै ठूलो हो । पाँच किलोमिटर सुरुङ रहने आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हो । २५ अर्ब रुपैयाँ लागतको उक्त आयोजनाले नारच्याङमा तीन करोड रुपैयाँ मुआब्जा दिएर तीन सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा कालीगण्डकी गर्जसँगै ६०० मेगावाट क्षमताको मनाङ मस्याङ्दीलगायत ८७९ मेगावाट क्षमताका चारवटा जलविद्युत् आयोजनाका लागि चिनीयाँ लगानीकर्तासंँग सम्झौता भएको छ । रासस

एफपीओबाट उठाएको ४९५ करोड रुपैंयाँ यसरी लगानी गर्दैछ नेपाल बैंक, कुन क्षेत्रमा कति ?

काठमाडौं । नेपाल बैंकले थप निष्कासन (एफपीओ) बिक्रीबाट संकलन हुने रकम कर्जा र शाखा विस्तारमा लगानी गर्ने भएको छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्दैछ । एफपीओबाट प्राप्त भएको रकम सबै लगानीमा जाने बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मीले बताए । बैंकले एफपीओमा भएको लगानीबाट थप आम्दानी गर्ने उनले जानकारी दिए । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । सो मध्ये ८५ प्रतिशत अर्थात ४ अर्ब २० करोड ८९ रुपैयाँ कर्जा तथा सापटीमा लगानी गर्ने भएको छ । यस्तै १० प्रतिशत अर्थात ४९ करोड ५१ लाख लगानी, ३ प्रतिशत शाखा विस्तार अर्थात १४ करोड ८५ लाख रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । अन्य कामका लागि ९ करोड ९० लाख अन्य क्षेत्रमा खर्च गर्ने बैंकले जनाएको छ । बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैंकले आउदो शुक्रबार अर्थात असार १५ गतेदेखि एफपीओ निष्कासन गर्दैछ ।    

एनआईसी एशिया बैंककोे मोरङ्गमा नयाँ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मोरङ्गको लखन्तरीमा एघारौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ग्रामथान गाउँपालिकाको उपाध्यक्ष फुलकुमारी चौधरीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा मनचन चौधरीलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना बनाएको छ ।

सेञ्चुरी कमर्सियल बैंकद्धारा कम्प्युटर हस्तान्तरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ थान कम्प्युटर तथा अन्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । बैंकले बूढानीलकण्ठ नगरपालिका वडा नं ११, जगडोल स्थित श्री जनजागृति माध्यामिक विद्यालयलाई उक्त सामाग्री वितरण गरेको हो । उक्त कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका सञ्चालक समिति अध्यक्ष त्रिलोचन पौड्याललाई हस्तान्तरण गरेका हुन् । बैंकले यस भन्दा अघि पनि विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा सिराहामा, संख्या ९० पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबार देखि सिराहाको बेल्हामा शाखारहित बैकिङ्ग सेवा शुरु गरेको छ । बैंकको यो ९० औँ शाखारहित बैकिङ्ग सेवा हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कल्याणपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष मोहम्मद जलील शाहले गरेका हुन् । बेल्हाका स्थानिय विजय कुमार शाहलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यो क्षेत्रको बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले सो स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । हाल बैंकले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ९० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

सेञ्चुरी कमर्सियल बैंकले घटायो ब्याजदर, असार ८ गतेदेखि लागु हुने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पनि आफ्नो ब्याजदर घटाएको छ । नेपाल बैंकर्स संघले बिहीबार मुद्धति निक्षेपमा ११ प्रतिशत र साधारण बचतमा ७ प्रतिशत भन्दा बढि ब्याज नलिने सहमति गरेपछि बैंकले ब्याजदरमा परिवर्तन गरेको हो । बैंकले असार ८ गतेदेखि लागु हुने गरि सबै प्रकारका बचत खातामा ७ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा १ वर्ष सम्मको लागी १०.५ प्रतिशत बनाएको छ । साथै, संस्थागत मुद्दती खातामा १ वर्ष सम्मको लागी १०.५ प्रतिशत त्रैमासिक रुपमा ब्याज भुक्तानी हुनेगरी संशोधन गरेको बैंकले जनाएको छ ।

१ बर्षमै १४ हजार किशोरीले गरे गर्भपतन, काठमाडौंमा धेरै, रसुवा, बझाङ र रुकुममा शुन्य

काठमाडौं । एक बर्ष मै १४ हजार भन्दा बढि किशोरीले गर्भपतन गराएको सरकारी तथ्याँकले देखाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा आर्थिक वर्ष २०७३/७४ को १४ हजार ३६९ जना युवतीले गर्भपतन गराएका हुन् । गर्भपतन गराउने युवतीहरु सबै २० बर्षभन्दा मुनीका किशोरीहरु छन् । उनीहरु सबै स्कुल तथा कलेजमा अध्ययन गर्छन् । गर्भपतन गराउनेमध्ये ६ हजार १९६ जना युवतीहरुले औषधी प्रयोग गरेको विभागले जानकारी दिएको छ । यस्तै ८ हजार १७३ जना किशोरीले शल्यक्रिया गरी गर्भपतन गराएका थिए । यसरी गर्भपतन गराउनेमध्ये अधिकांश युवतीहरु अविवाहित छन् । गत आर्थिक वर्ष २०७२/७३ को १४ हजार ६९९ जना किशोरीले २० वर्ष नपुदै गर्भपतन गराएको विभागले जानकारी दिएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष केही कमी आएको छ । सबैभन्दा धेरै गर्भपतन प्रदेश नम्बर ३ को काठमाडौँ जिल्लामा भएको छ । विभागका अनुसार काठमाडौंमा मात्रै १ वर्षमा ३ हजार ११३ जना किशोरीले २० वर्ष नपुदै गर्भपतन गराएका छन् । जसमा १ हजार ७६५ जनाले औषधी प्रयोग गरेका थिए । १ हजार ३४८ जनाले अप्रेसन मार्फत गर्वपतन गराएका थिए । प्रदेश नम्बर ३ कै रसुवामा भने गर्भपतन नभएको विभागले जानकारी दिएको छ । प्रदेश नम्बर ५ को दाङ जिल्लाका २ हजार ४१ जना किशोरीले २० वर्ष नपुदै गर्भपतन गराएका थिए । ३ वटा जिल्लामा २० वर्ष मुनिका केटीहरुले गर्वपतन नै गराएका छैनन् । जसमा रुकुम, हुम्ला र सुवामा कसैले पनि गर्भपतन गराएको तथ्याँक छैन् । सकेसम्म गर्भ रहन नदिनको लागि यौन सम्पर्कको समयमा परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुको प्रयोग स्वाथ्यकर्मीहरुले सुझाव दिने गरेका छन् । गर्भपतन गरेको १० दिन भित्र तुरुन्तै अर्को गर्भ रहनसक्ने सम्भावना भएकोले गर्भपतन गरिसकेपछि तत्काल परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्ने चिकित्सकहरु बताउछन् । नेपालमा कानुनले नै केटीको र केटाको उमेर २० वर्ष भनेर तोकेको छ । सुरक्षीत गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ ‘गर्भवती महिला’को मञ्जुरीमा पतन गर्न सकिने व्यवस्था गरेको छ । त्यस्तै, महिलको स्वास्थ्यमा असर र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गर्न पाइने व्यबस्था छ । लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा बढिको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ ।    

जोर्जे साम्पाउली बौलाएपछि अर्जेटिनाको हार: सर्जियो अग्युइरो

काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युइरोले प्रशिक्षकका कारण खेल हारेको बताएका छन् । उनले टी वाईसी स्पोर्टसँग कुरा गर्दै प्रशिक्षक साम्पाउलीको योजनामा खेलाडीले खेल्न नसकेको बताएका हुन् । उनले भनेका छन् -‘मैले पटक पटक सम्झाएको छु कि यस्तो योजनाले काम गर्दैन र खेलाडीले खेल्न सकिरहेका छैनन् ,आइसल्यान्डसँगको टीम सेट राम्रो थियो तर यसलाई भत्काएर उनले ध्वस्त पारे । मानौं उनको योजनाले कुनै काम गरेन । जब खेल शुरु भयो खेल नत आक्रामक नत रक्षात्मक दुबै हुन सकेन यसैका कारण खेल हार्यौ ।’ उनलाई गोन्जालो हिग्योइनले प्रतिथापन गरेका थिए । खेलको विषयमा प्रतिक्रिया दिदैं साम्पाउलीले आफुले खेलको कसरी मुल्याङकन गर्ने भन्ने विर्सिएको बताए । उनले क्रोयोसिया विरुद्धको खेलमा एन्जेल डी मारिया, रोजो इभर बनेगा जस्ता स्टार खेलाडीलाई टीममा राखेका थिएनन् ।