सेञ्चुरी कमर्सियल बैंकले घटायो ब्याजदर, असार ८ गतेदेखि लागु हुने

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पनि आफ्नो ब्याजदर घटाएको छ । नेपाल बैंकर्स संघले बिहीबार मुद्धति निक्षेपमा ११ प्रतिशत र साधारण बचतमा ७ प्रतिशत भन्दा बढि ब्याज नलिने सहमति गरेपछि बैंकले ब्याजदरमा परिवर्तन गरेको हो । बैंकले असार ८ गतेदेखि लागु हुने गरि सबै प्रकारका बचत खातामा ७ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा १ वर्ष सम्मको [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पनि आफ्नो ब्याजदर घटाएको छ । नेपाल बैंकर्स संघले बिहीबार मुद्धति निक्षेपमा ११ प्रतिशत र साधारण बचतमा ७ प्रतिशत भन्दा बढि ब्याज नलिने सहमति गरेपछि बैंकले ब्याजदरमा परिवर्तन गरेको हो ।

बैंकले असार ८ गतेदेखि लागु हुने गरि सबै प्रकारका बचत खातामा ७ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा १ वर्ष सम्मको लागी १०.५ प्रतिशत बनाएको छ । साथै, संस्थागत मुद्दती खातामा १ वर्ष सम्मको लागी १०.५ प्रतिशत त्रैमासिक रुपमा ब्याज भुक्तानी हुनेगरी संशोधन गरेको बैंकले जनाएको छ ।

Share News