ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा सिराहामा, संख्या ९० पुग्यो

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबार देखि सिराहाको बेल्हामा शाखारहित बैकिङ्ग सेवा शुरु गरेको छ । बैंकको यो ९० औँ शाखारहित बैकिङ्ग सेवा हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कल्याणपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष मोहम्मद जलील शाहले गरेका हुन् । बेल्हाका स्थानिय विजय कुमार शाहलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबार देखि सिराहाको बेल्हामा शाखारहित बैकिङ्ग सेवा शुरु गरेको छ । बैंकको यो ९० औँ शाखारहित बैकिङ्ग सेवा हो ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कल्याणपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष मोहम्मद जलील शाहले गरेका हुन् । बेल्हाका स्थानिय विजय कुमार शाहलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यो क्षेत्रको बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले सो स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

हाल बैंकले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ९० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News