विकासन्युज

इन्धन अभाव अझै केहीदिन

काठमाडौं ४ भदौं । गत बुधबार दिउँसोसम्म लाइन नलगी र निर्वाध रुपमा पेट्रेल पाइरहेका उपभोक्ताले विहिबार विहानै भने दुइचारवटा पेट्रोलपम्प नै धाउनुपर्यो । विहिबार हिन्दू धर्मावलम्बीको लागि जनैपूर्णिमा परेकोले सार्वजकि विदा पनि थियो । नेपाल आयल निगम अघिपछि त कुनै बहाना विना नै तेल दिँदैन त्यसमा पनि विहिबारदेखि शनिबारसम्मको तीन दिने विदाका कारण इन्धन पाउन मुस्किल नै भएको छ । बुधकार आयल निगमले पठाएको र पेट्रोल पम्पमा विक्रि गर्न बाँकी रहेको तेबिहीबारदेखि नै देखि उपभोक्ताको दोडधूप हुन थालेपछि विहान र एकाध पम्पले दिउँसै सके । विहिबार नै भएको तेल सकिएको र निगमले नपठाएको कारण उपत्यकाका प्रायः पेट्रोलपम्प शुक्रबार बन्दै रहे । कामविशेषले तेल खोजीमा भौँतारिएका उपभोक्ता पम्पैपिच्छे ‘पेट्रोल छैन’ लेखिएका सूचनाले हैरान भए । तिनकुनेस्थित न्यु रिकेश पेट्रोल पम्पका एक जना कर्मचारीले भने ‘निगमले पठाएको छैन भएको हिजै सकियो बेलुका आयो भने दिउला’ । यो पेट्रोल पम्पमा पुगको सवारी साधनकर्ता रित्तै फर्किए । पम्पले बेलुका पनि पम्पमा तेल नआएपछि अब भोली आउँछ भनेर आएका उभोक्तालाई फर्काइदिएको छ । भारतबाट पर्याप्त पेट्रोल आइरहँदा पनि उपभोक्ता रित्तै हात हुनुको प्रमुख कारण हो नेपाल आयल निगमकै व्यवसथापनले हो । पेट्रोलियम वितरणमा नेपाल आयल निगमको कमजोर व्यवस्थापनका कारण भएकै तेल पम्पमा पुग्न सकेको थिएन । निगमका कर्मचारी भने तेल अभावन नरहेको र लगातार तीन दिन विदा परेकोले कम खपत हुने भन्दै नपठाएको दाबी गरेर बसिरहेको छ । निगमको यही लापरबाहीका कारण लगातार सरकारी बिदा पर्नासाथ उपभोक्ताले तेल अभावमा सास्ती बेहोर्नुपर्छ । बिदाका दिन निगमबाट तेल नपाउँदा वितरकले उपभोक्तालाई बाँड्न सक्दैनन् । त्यसो त यस अघि पनि सार्वजनिक विदानको दिन र लगातारको दुइतीन दिनको विदा हुँदा इन्धन नपाइने समस्या ज्यूँकाज्यूँ रहेको छ । पेट्रोल पम्पले पनि भएको तेल विहानै बाड्ने भएको कारण पनि दिउँसो विदाका दिन तेल नपाइएको हो । नेपाल आयल निगमले भने तेल आइरकेको र कुनै समस्या नभएको प्रतिक्रिया दिएको छ । त्रिपुरेश्वरस्थित पम्पमा शुक्रबार दिउँसो तेल भर्न आएका प्रमोद लामा पम्प बन्द देखेपछि फर्कन बाध्य भए । शनिबार बनेपा जानैपर्ने वाध्यतामा तेलको खोजीमा हिडेका लामा एकपछि अर्को पेट्रोल पम्प चहार्दै हिड्दा बाइकमा भएको आधा लिटर तेल पनि सकिसक्यो तर पेट्रोल पाइएन भनेर गुनासो गर्दैथिए । निगमले दैनिक उपभोग्य वस्तुअन्तर्गत पर्ने पेट्रोल बिदाका दिन पनि उपभोक्तालाई अत्यावश्यक पर्ने यथार्थ बेवास्ता गर्दा पेट्रोलियम पदार्थ भण्डारण र वितरण चुस्त छैन । सामान्य अवस्थामा उपत्यकामा दैनिक करिब ३ लाख लिटर पेट्रोल खपत हुन्छ । माग अझ चुलिँदो छ । बिदाका दिन निगमले पेट्रोल नदिएकाले बिहीबार जसोतसो पुर्याए पनि गाईजात्राका दिन शुक्रबार पम्प गर्नुपरेको वितरकको गुनासो छ । शनिबार पनि पम्प बन्दै हुने भएकोले उपभोक्ता अब पेट्रोल सहज पाउन आइतबार नै कुर्नुपर्ने भएको छ । निगमले बिदामा तेल दिने दिए अभाव नहुने पम्प सञ्चालक बताउँछन् । निगमले नै नदिएकाले अभाव भएको पनि पम्प संचालकको बुझाई छ । निगमले यो अवस्था निम्तिन नदिन भण्डारण क्षमता बढाउने भनेको पनि भाषमा नै सिमित भएको छ । करोडौं बोनस बाँड्न चलखेल गर्ने निगमसँग बिदाका दिन पनि कर्मचारी खटाएर डिजेल, पेट्रोल वितरण गर्न सक्ने स्रोतसाधन नभएको होइन । तर, जिम्मेवारीबोध नगर्ने प्रवृत्तिका कारण आफूहरू सधैं मारमा पर्ने गरेको उपभोक्ताको गुनासो छ । निगमका अनुसार तेल आइरको र भण्डारणा पनि समसया नभएकोले विदाको दिन वितरण कम भएको मात्रै हो । आइतबारबाट विदा खुलेपछि पेट्रोल डिजल सहजै पाइने दाबी गरेको छ ।

पञ्चकन्या ग्र्पद्धारा विरुवा गोडमेल, काँटछाँट, मलजल तथा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं, ५ साउन । पञ्चकन्या ग्रपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार ललितपुरको जावलाखेल, कोपुण्डोल तथा काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटी मण्डपको मूल सडकका पेटीमा रोपिएका बिरुवाहरु गोडमेल, काँटछाँट, मलजल तथा सो स्थान वरपर सरसफाई गरेको छ । बढ्दो वातावरण विनाशलाई थोरै मात्रामा भएपनि कम गर्न घना क्षेत्रमा गरिएका यस्ता वृक्षारोपणले थप सघाउ पुग्ने विश्वास पञ्चकन्या ग्रुपले लिएको छ । विगतमा ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाको सहकार्यमा उक्त स्थानहरुमा विरुवा रोपी ग्रुपको तर्फबाट ट्र–गार्ड राखी संरक्षण तथा हेरचाह हुँदै आएको छ । उक्त कार्यक्रम मा ग्रुपका सबै तहका कर्मचारीहरु गरी ८० जनाको सहभागिता रहेको ग्रुपले जनाएको छ ।

चीनले तीन हजार छ सय वेबसाइट बन्द गर्यो, अस्लिलता फैलाएको अारोप

बेइजिङ ५ भदौ । चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६ सय १२ वेबसाइटलाई बन्द गराएको छ । यीमध्ये ८ सय ११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ । बितेका छ महिनामा यौन उत्तेजना गराउने करिब पाँच लाख २९ हजार र अहितकर सूचना फैलाउन आठ लाख ६९ हजार फोटो भिडियोलगायतका दृश्यलाई हटाइएको पनि चीनको अश्लिल तथा गैरकानुनी प्रकाशनको विरुद्धमा काम गर्ने राष्ट्रिय कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै बताएको छ । उक्त कार्यालयले चलाएको अभियानअन्तर्गत प्रत्यक्ष प्रसारण एवम् गलत आचरण अभ्यासमा संलग्न व्यक्तिहरुले वेब सेवा प्रदान गरेबापत पैसा लिने गरी र कतिपय सन्दर्भमा खुलारुपमा नै यस्ता गतिविधि सञ्चालन गरेको पाइएको चिनियाँ प्रशासनले जनाएको छ । ‘विच्याट’ लगायतका सामाजिक सञ्जालमार्फत पनि अश्लिल सन्दर्भहरु राखी पठाउने गरेका करिब ३० वटा विषयलाई अधिकारीले खुला वर्णन गर्दै यस्ता गतिविधि सञ्चालन गर्ने प्रायः नाबाल रहेको जनाइएको छ । एजेन्सी

कुखुरा बिक्रीबाट झापालीको आम्दानी ३४ करोड रुपैयाँ

भद्रपुर, ४ भदौ । झापामा ब्रोइलर कुखुराको मासु बिक्रीबाट वार्षिक करिब रु ३३ करोड ९६ लाख आम्दानी भइरहेको छ । राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्याङ्क विभागद्वारा आव २०७१/७२ मा गरिएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजामा सो कुरा उल्लेख छ । मङ्गलबार यहाँ सार्वजनिक गरिएको सर्वेक्षणबाट अन्डा बिक्रीबाट करिब रु पाँच करोड ८६ लाख र कुखुराबाट उत्पन्न हुने मल बिक्रीबाट रु ६२ लाख ३४ हजार आम्दानी हुने गरेको तथ्याङ्क विभागका निर्देशक बद्री कार्कीले जानकारी दिए । पहिलो पटक नेपालमा गरिएको सो सर्वेक्षणमा झापामा कुखुरापालन व्यवसाय सङ्ख्या ५६२ रहेको जनाइएको छ, जसमा ब्रोइलर व्यवसायको सङ्ख्या ५४० मा नौ लाख ३३ हजार ब्रोइलरको सङ्ख्या रहेको र लेयर्स व्यवसायको सङ्ख्या २२ मा लेयर्स कुखुरा ३० हजार सङ्ख्यामा छन् । सर्वेक्षणले झापामा कुखुराको मासु दुई हजार ७३ मेट्रिक टन र अन्डा ६९ लाख ६९ हजार उत्पादन भइरहेको देखाएको छ । पाँच सय कुखुराभन्दा बढीका व्यवसाय मात्र सर्वेक्षणमा राखिएको जनाइएको छ । सञ्चालकसहित कामदार सङ्ख्या एक हजार १४ र अस्थायी कामदार व्यक्ति दिन सङ्ख्या नौ हजार १०० रहेको सर्वेक्षण नतिजामा उल्लेख छ । ऋण लिएर व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या ४८ र ऋणको आवश्यकता महसुस गर्ने व्यवसायको सङ्ख्या ७६ छ । नाफामा सञ्चालित व्यवसायको सङ्ख्या ९३ देखिएको बताइएको छ । सर्वेक्षणमा व्यवसायीले सहुलियतपूर्ण ऋणको व्यवस्था, कुखुरा र अन्डा बिक्रीका लागि उचित बजारको व्यवस्था, स्थानीयस्तरमा प्राविधिक सेवाको सहज पहुँच तथा निःशुल्क सेवा, चल्ला एवम् दानाको गुणस्तरको सरकारद्वारा कडाइका साथ अनुगमन, सरकारले कुखुरा र अण्डाको मूल्य निर्धारण गर्नुपर्ने जस्ता माग सरकारसँग राखिएको सर्वेक्षणमा उल्लेख छ ।

चार वर्षपछि नेपाल वायु सेवा निगमको पुनः दुबई उड्यो राष्ट्रिय ध्वजाबाहक

जहाज अभावको कारण देखाउँदै चारवर्ष अगाडि बन्द भएको नेपाल वायुसेवा निगमको दुबई उडान बिहीबार रातिदेखि  पुनः प्रारम्भ भएको छ। निगमको नयाँ एयरबस ‘ए ३२०’ विमान मार्फत गरिएको पहिलो  उडानमा  सबै १५८ सिट भरिएका र दुबईबाट काठमाडौं आज विहान आएको जहाजमा १३७ यात्रु रहेको निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए। विमानको कमीका कारण दुवई उडान २८ अगष्ट २०१२ देखि बन्द भएको थियो। सन् २०१५ मा दुईवटा नयाँ एयरबस खरिद गरेपछि निगमले अन्तराष्ट्रिय गन्तव्यहरु थप गर्दै आएको छ। यसअघि हङकङ, क्वालालम्पुर, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्वई र दोहामा उडान गर्दै आएको निगमको दुबई उडान प्रारम्भ भएसँगै आठवटा गन्तव्य भएका छन्। अन्तर्राष्ट्रिय उडानको लागि निगमसँग चारवटा विमान रहेका छन् जसमा एउटा बोइङ बिक्रि गर्ने निष्कर्षमा पगेको निगमसँग तीनवटा विमानमात्र चालु रहेका छन् ।  यी विमानबाट अधिकतम नौ वटा गन्तव्यमामात्र उडान भर्न सकिने निगमले जनाएको छ। काठमाडौंबाट आइतवार, मंगलबार, बिहीबार र दुबईबाट सोमबार, बुधबार र शुक्रवार उडान हुने निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए।   काठमाडौंबाट राती ११ः३० बजे दुवईका लागि उड्ने निगमको जहाज  भोलिपल्ट बिहान १०ः३० बजे काठमाडौंमा अवतरण गर्ने सेड्युल रहेको शार्माले जानकारी दिए।  उडान अवधि काठमाडौंबाट दुबई  ४ घण्टा ४० मिनेट र दुबई  काठमाडौं ४ घण्टा १५ मिनेटको रहेको छ। काठमाडौं दुबई काठमाडौं सिधा उडानबाट वैदेशिक रोजगारीमा जाने नेपाली र तेस्रो मुलुकबाट आउने पर्यटकहरुलाई सहज सेवा उपलब्ध भै देशको पर्यटन उद्योगमा टेवा पुग्ने विश्वास निगमले लिएको छ। काठमाडौं दुबई काठमाडौं सिधा उडानबाट एकवर्षमा ४०,५२८ यात्रुलाई सेवा दिई करिव एक अर्व आम्दानी गर्ने लक्ष्य राखेको छ ।  काठमाडौं देखि दुबईसम्मको भाडादर  एकतर्फी न्यूनतम २२ हजार रुपैयाँ रहेको छ। त्यस्तै दुबईबाट काठमाडौं आउनको लागि भने एकतर्फी भाडा ५ सय ६५ दिराम र दुइतर्फीको लागि ११ सय ३० दिराम निर्धारण गरिएको छ।  यो भाडा सुरुआतमा प्रबर्द्धनात्मक भएको र पछि नियमित भाडादर कायम गरिने शर्माले जानकारी दिए। शर्माले दिएको जानकारी अनुसार त्यस्तै निगमले दुबईबाट आउँदा ३५ किलो र काठमाडौंबाट दबई जाँदा  २० किलो निशुल्क लगेज सुविधा उपलब्ध गरएको छ।

बङ्गलादेशबाट आयातित उसिना चामल उपभोक्ताले रुचाएनन्

काठमाडौं, ३ भदौ । बङ्गलादेशबाट राहतका लागि आएको ‘उसिना मोटा चामल’ उपभोक्ताले खान नरुचाउँदा बिक्री नभएको पाइएको छ । नेपाल खाद्य संस्थानले उपभोक्तालाई बिक्री गर्न खोज्दा उक्त चामल खान नरुचाएका कारण बिक्री नभएको पाइएको हो । गुणस्तरीय, सफा भए पनि चामल मोटो र उसिनेको कारणले उपभोक्ताले नरुचाउँदा बिक्री नभएको संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले जानकारी गराए । उनले यहाँका मानिसमा मसिनो चामल खाने बानी परेकाले पनि मोटो चामल किन्न नरुचाएको हुनसक्ने बताए । सूचना अधिकारी कार्कीले संस्थानले सिन्धुपाल्चोकको जुरे पहिरोमा चीन सरकारले पठाएको एक हजार २८८ क्विन्टल चामल बिक्री भए तापनि सँगै बिक्री गर्न थालेको बङ्गलादेशको उक्त उसिना चामल भने बिक्री नभएको बताए । संस्थानले चिनियाँ चामलको मूल्य प्रतिकिलो ४० र उसिना चामलको मूल्य रु ४१ तोकेको छ । “चीनबाट पठाएको चामल मसिनो टाइचिन खालको थियो र त्यो चाँडै विक्री भयो” सूचना अधिकारी कार्कीले भने – “तर बङ्गलादेशको चामल मोटा भएकाले उपभोक्ताले रुचाएनन् ।” उनले जेठदेखि बिक्री वितरण गर्न थालेको उसिना मोटा चामल अहिलेसम्म ५०० क्विन्टल मात्र बिक्री भएको जानकारी पनि गराए । भूकम्पपीडितको राहतका लागि बङ्गलादेशले पठाएको १० मेट्रिक टनमध्ये २१ हजार ८०५ क्विन्टल मात्र भूकम्पपीडितलाई वितरण गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रबाट माग नभएपछि एक वर्षसम्म ७८ हजार १९५ हजार क्विन्टल काठमाडौँ, गोर्खा, सुर्खेत, नेपालगन्ज र धनगढीस्थित संस्थानकै गोदाममै थन्किएको थियो । सरकारले गत वैशाखमा मन्त्रिपरिषद्को निर्णय गर्दै गोदाममा थन्किएको चामलमध्ये ३४ हजार क्विन्टल ‘कामका लागि खाद्यान्न योजना’ ल्याएर संस्थानमार्फत कर्णालीका चार जिल्लामा ३० हजार र कालीकोटमा चार हजार क्विन्टल बेच्न निर्देशन दिएको थियो । सो परिमाणको चामल हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा बिक्रीका लागि पठाइसकेकोे बताउँदै सूचना अधिकारी कार्कीले भने– जिल्लामा पठाएको सो चामल दसैँसम्ममा बिक्री गर्ने लक्ष्य लिएको छ । “दसैँमा विभिन्न ठाउँमा बिक्री कक्ष राखेका हुन्छौँ”, उनले भने – “त्यहीबेला उक्त चामल बिक्री गर्ने योजना रहेको छ ।” रासस

निषेधित क्षेत्रमा सत्र हजार विदेशी पर्यटक, सरकारले पायो एक अर्ब ७३ करोड राजस्व

काठमाडौं, ३ भदौ । सरकारले देशका विभिन्न क्षेत्रलाई सिमाना तोकी निषेधित क्षेत्र कायम गरेकामा ती क्षेत्रमा अध्यागमन विभागबाट अनुमति लिएर गत आर्थिक वर्ष २०७२/७३ मा १७ हजार ३७० विदेशी पर्यटकले पदयात्रा गरेका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी वन्यजन्तु तथा प्राकृतिक स्रोत साधनको संरक्षणका लागि र तिब्बतसँग सीमा जोडिएका कतिपय संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र तोक्ने गरेको छ । त्यस्ता क्षेत्रमा जथाभावी पर्यटक प्रवेश निषेध र निगरानीका गर्न अनुमतिपत्रको व्यवस्था गरिएको हो । दर्ता भएका ४५० भन्दा बढी एजेन्सीमार्फत अध्यागमन विभाग, काठमाडौँ र पोखरा कार्यालयले ती क्षेत्रमा पदयात्रा अनुमतिपत्र जारी गर्ने गरेको विभागका महानिर्देशक केदार न्यौपानले जानकारी दिए । निषेधित क्षेत्रबाट पदयात्रा गर्ने विदेशी पर्यटकबाट राजस्वबापत आव २०७२/७३ मा रु २८ करोड, ९१ लाख ९० हजार प्राप्त भएको छ । निषेधित क्षेत्र तोकिएको हुम्लाको सिमिकोटमा सबैभन्दा बढी आठ हजार ९५ जना, मुस्ताङमा तीन हजार ४११, मनास्लुमा दुई हजार १६७, तल्लो डोल्पामा ८८०, मनाङ्को नार फुमा ७९८, कञ्चनजङ्घामा ७२२, सुम उपत्यकामा ६१४, माथिल्लो डोल्पामा ४१९, सङ्खुवासभामा ६४, मुगुमा ४९, दोलखामा १४ र अन्य क्षेत्रमा १३७ जना रहेका छन् । सिमिकोटहुँदै भारतीय नागरिक तिब्बतको मानसरोबर पुग्ने भएकोले सिमिकोट जानेहरुको सङ्ख्या बढी रहेको विभागका महानिर्देशक न्यौपानको भनाइ छ । निषेधित क्षेत्रमा पदयात्रामा जानेमा सबैभन्दा बढी भारतका सात हजार ५०५, फ्रान्सका एक हजार ७१८, जर्मनीका एक हजार ५४४, अमेरिकाका एक हजार ४५२, अस्ट्रेलियाका ९८४, बेलायतका ९०६, स्विजरल्यान्डका ८९१, नेदरल्यान्डका ५९३, क्यानडाका ३५९, चेक रिपब्लिकका ३४८, इटलीका ३३६, स्पेनका ३२९ र जापानका ३०५ जना रहेका छन् । यस्तै बेल्जियमका २७४, रुसका २४४, दक्षिण कोरियाका १३७, न्युजिल्यान्डका १२९, युक्रेनका १०८, पोल्यान्डका ९५ र चीनका ८९ जना रहेका छन् । पर्यटकबाट एक अर्ब ७३ करोड राजस्व अध्यागमन विभागले आव २०७२/७३ मा पर्यटकबाट रु एक अर्ब ७३ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । विभागले प्रवेशाज्ञा दस्तुरबाट करिब रु एक अर्ब ४३ करोड, पदयात्रा दस्तुरबाट करिब रु ३० करोड १९ लाख र प्रशासनिक दस्तुरबाट रु ९४ लाख ४५ हजार सङ्कलन गरेको छ । आव २०७१/७२ मा करिब रु एक अर्ब ९७ करोड ११ लाख राजस्व सङ्कलन भएकामा गत आवमा करिब रु २३ करोड २६ लाख कम राजस्व उठेको छ । गत आवमा अघिल्लो आवभन्दा प्रवेशाज्ञा दस्तुरबाट उठ्ने रकम कम भएपनि प्रशासनिक दस्तुर र पदयात्रा दस्तुरको रकम वृद्धि भएको विभागका महानिर्देशक न्यौपानले जानकारी दिए । विभागले गत आवमा एक लाख ६३ हजार ५१८ पर्यटकलाई विभिन्न किसिमका प्रवेशाज्ञा जारी गरेको थियो । जसमध्ये पर्यटक प्रवेशाज्ञा एक लाख ५१ हजार ४३२, नाता सम्बन्ध प्रवेशाज्ञा तीन हजार ४७६, व्यापार प्रवेशाज्ञा तीन हजार १७८, विद्यार्थी प्रवेशाज्ञा एक हजार ९११ र कामदार प्रवेशाज्ञा एक हजार ३९८ रहेको छ । विभागले सबैभन्दा बढी राजस्व सङ्कलन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु ९२ करोड ३३ लाख, अध्यागमन कार्यालय कालिकास्थानबाट रु ६७ करोड २७ लाख, भैरहवा, बेलहिया कार्यालयबाट करिब रु आठ करोड ७३ लाख, पोखरा कार्यालयबाट रु तीन करोड ८३ लाख, काँकडभिट्टा कार्यालयबाट रु ८४ लाख ४४ हजार, गड्डाचौकी कार्यालयबाट रु ५७ लाख २३ हजार, वीरगन्ज कार्यालयबाट करिब रु १८ लाख, र नेपालगन्ज कार्यालयबाट रु आठ लाख ३८ हजार राजस्व उठाएको छ । अघिल्लो आवमा करिब रु एक करोड ३३ लाख राजस्व सङ्कलन भएको कोदारी कार्यालयबाट गत आवमा भूकम्पका कारण बन्द हुँदा राजस्व उठ्न सकेन । त्यस्तै अघिल्लो आव रकम नउठेको रसुवा, टिमुरेको कार्यालयबाट गत आवमा रु ११ हजार राजस्व सङ्कलन भएको बताइएको छ । रासस

केएल टावरमा जारी बिग सेल कार्निभलमा अवलोकनर्ताको घुइचो, शनिबार सबिन राईको कन्सर्ट

काठमाडौं, ३ भदौ । चाबहिलस्थित केएल टावरमा गत शुक्रबारदेखि सुरु भएको बिग सेल कार्निभलमा अवोलकनर्ताहरुको आर्कषण बढेको छ । नजिकदै गएको चाड पर्वलाई लक्षित गर्दै मलले ५० प्रतिशतसम्मको छुटमा वस्तु तथा सेवा उपलब्ध गराएको छ । साथै मलले सञ्चालन गरेको कार्निभलमा यहि शनिबार प्रवेश शुल्क नलिइकन गायक सबिन राई लगायतले विशेष सांगितिक कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिएको छ । मलमा लत्ताकपडा, जुत्ता, चम्पल, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइनुका साथै विभिन्न आर्कषक उपहार समेत जित्न सकिने कानिर्भलका आयोजकले जानकारी दिएका छन् । कार्निभल अवधिभर केएल टावरमा निरन्तर रुपमा विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुने आयोजकले बताएका छन् । एक महिनाको अवधिसम्म चल्ने कार्निभलमा विभिन्न सांगितिक कार्यक्रम, फेशन सो, गेम सो, फ्रि नेल आर्ट तथा निःशुल्क फेस पेण्टिङ लगायतका कार्यक्रम निरन्तर संचालन हुने कार्यक्रम संयोजक हिरामणी तिमल्सीनाले जानकारी दिए । ‘भदौ ४ गते शनिबार सबिन राई लगायतका चर्चित गायकहरुको सांगितिक कार्यक्रम रहेको छ । हरेक हप्ता चर्चित कलाकारहरुको प्रस्तुतिलाई निरन्तरता दिंदै उपभोक्तालाई भारी छुटमा उपभोग्य सामान उपलब्ध गराउँछौं’ तिमल्सीनाले बताए । आयोजकका अनुसार उक्त टावरमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, मल्टिप्लेक्स, फूड कोर्ट र बलिङ एण्ड गेम जोन समेत संचालनमा रहेका छन् । साढे दश तले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् । श्रावण २८ गतेबाट संचालनमा आएको सपिङ कार्निभल आगामी भदौ २५ गतेसम्म चल्नेछ आयोजकले बताएका छन् ।