विकासन्युज

चीनमा इन्टरनेट प्रयोगकर्ता संख्या ५७.७ प्रतिशत, ८० करोड २० लाखमा पंहुच

बेईजिङ । छिमेकी चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ५७.७ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ । चिनियाँ अनलाइन प्रयोगकर्ताहरूको सङ्ख्या ८० करोड २० लाख पुगेको सोमबार सार्वजनिक गरिएको चिनियाँ अनलाईन विकास विवरणमा उल्लेख छ । गत जुन महिनाको अन्त्यसम्मको यो तथ्याङ्कमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या छ महिना अगाडीको भन्दा ३.८ प्रतिशत बढेको देखिएको छ । चीनमा कुल ७८ करोड ८० लाख नागरिकले मोवाइलमा इन्टरनेट प्रयोग गर्दछन् । इन्टरनेट प्रयोग गर्नेमध्ये मोवाईलमै इन्टरनेट प्रयोग गर्नेहरूको सङ्ख्या ९८.३ प्रतिशत भएको चाइना इन्टरनेट नेटवर्क इन्फर्ममेसन सेन्टरले जनाएको छ । रासस

संवैधानिक परिषदले रित्त ८ आयोगमा अध्यक्ष सहित ४० जनालाई भर्ना खुलायो, एक साताभित्र अनलाइनमार्फत फारम भर्नुपर्ने

काठमाडौं । संवैधानिक परिषदले ८ आयोगका लागि अध्यक्ष र सदस्यसहित ४० जनाका लागि दरखास्त मागेको छ । परिषदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष १ सहित ४ जना सदस्य मागेको छ । यस्तै राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगमा १ अध्यक्षसहित ४ जना सदस्य नियुक्तिका लागि दरखास्त आब्हान गरेको हो । परिषद सचिवालयले संविधान बमोजिम आयोगमा नियुत्त हुन योग्यता पुगेका व्यक्तिले ७ दिनभित्र सचिवालयमा तोकिएको फारम भरी अनलाइनमार्फत उपलब्ध गराउन भनेको छ । संविधान कार्यन्वयनमा आएपनि लामो समयदेखि आयोग नेतृत्वविहिन छन् ।

त्रिशुली जलविद्युतमा ३ बैंकको ५ अर्ब ७६ करोड ऋण लगानी, ३ वर्षमा बिजुली बल्ने

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरिरहेको ३७ मेगाावाट क्षमताको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनामा ३ बैंक तथा वित्तीय संस्थाले ५ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । नविल बैंकको अगुवाइमा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड र नेपाल बैंकले गरी सो रकम बराबर सोमबार ऋण लगानी सम्झौता गरेका हुन् । जलविद्युत कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मोहन गौतम र अगुवा बैंकको तर्फबाट नविलका कर्पोरेट विभाग प्रमुख ज्ञानेश्वर आचार्यले ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आयोजना बनाउन निर्माण अवधिको ब्याजसमेत ८ अर्ब २२ करोड रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । निर्माण अवधिको ब्याज मात्रै ७८ करोड रुपैयाँ हुने छ । जसमध्ये नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले इक्विटीको रुपमा २ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेका छन् । आयोजना निर्माणको काम चीनको सिचुवान एनहे हाइड्रोलिक इन्जिनियरिङ कम्पनी लिमिटेडले गरिरहेको छ । विस्तृत डिजाइन, निर्माण (इपीसी) प्रारुपमा निर्माण हुन लागेको हो । आगामी ३ वर्ष अर्थात २०२१ को मार्चमा सम्पन्न हुने छ । आयोजनाबाट वार्षिक २९ करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ । यस्तै सुख्खायाममा पनि ८ करोड २५ लाख ९० हजार युनिट बिजुली उत्पादन हुने छ । आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयको वित्तिय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । नुवाकोट र रसुवामा निर्माण हुने आयोजनामा प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्रि एको क्यास्केड आयोजना हो ।

स्प्राइट योजनाकाे विजेता संख्या दिनमै १८००० जना भन्दा बढी

काठमाडौं । स्प्राइट रिफ्रेश बनायो रिर्चाज गरायो योजनामा प्रत्येक दिन १० हजार भन्दा बढी उपोभोक्तहरुको सहभागी हुँदै आईरहेका छन् । यस योजना अन्तर्गत गत हप्तामा एक दिनमै विजेताहरुको संख्या १८००० जना भन्दा बढी पुगेको छ । साथै गएको हप्तासम्म यो योजनामा १ लाख ८० हजार भन्दा बढी भाग्यमानी बिजेताहरुले २३ लाख बराबरको रिचार्ज जितिसकेका छन् । रिफ्रेश एण्ड रिर्चाज क्याम्पेनमा अन्र्तगत ग्राहकहरुले १० रुपैयाँ देखि ५ हजार रुपैयाँ सम्मको टक टाइम जित्न सक्नेछन् । यो हप्ताको ५ हजार जित्ने भाग्यशाली बिजेताहरु तनहुका अभिषेक पन्त, बनेपाका रोशन मान्नधर तथा चाबहिलकी श्रृजना तामाङ, रहेका छन् । बिजेता मध्येका अभिषेक पन्तले आफ्नो अनुभब सुनाउँदै भन्नुभयो, ῝यो मेरो पहिलो जित हो । यस्तै खाले योजनामा भाग लिएर आजसम्म कहिल केहि जितेको थिईन, यो योजनामा जितेको ५ हजार सानो जित होइन । मैले महिना मा रिचार्जमा ४०० रुपैयाँ जति खर्च गर्ने गरेको छु, र यो जितेको ५०००ले त मेरो १ बर्षको रिचार्ज खर्च धान्नेछ । मेरो जितको यात्रा शुरु भएको छ, मलाइ बिश्वास जागेको छ कि म पनि लक्कि छु । धन्यबाद स्प्राइटलाई मलाई यो लक्कि मौका दिएकोमा ।῝ यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि बोटलमा भएको लेबलको पछाडी रहेको युनिक कोड टाइप गरि ३६७६८ मा एसएमएस गरेर सहभागी हुन सक्नेछन् । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ । यो योजना ५०० एमएल, १लिटर, १.५लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ ।

भेनेजुएलामा अर्थतन्त्र जोगाउन शुन्य कटौती अभियान

काराकास । रासस/एएफपी । सङ्घर्षरत भेनेजुएलाबासीहरु राष्ट्रपति निकोलास मदुरोले देशभित्रको उच्च मुद्रास्फिती नियन्त्रण गर्न सार्वजनिक गरेको क्रान्तिकारी नयाँ योजनाबाट किंकर्तव्यबिमुढ भएका छन् । तेलको धनी तर नगदको कमी रहेको भेनेजुएला अहिले उच्च मुद्रास्फितीबाट बेचैन अवस्थामा छ । यही परिस्थितिमा राष्ट्रपति मदुरोले नयाँ बैंक नोट जारी गरेका छन । यी नोटमा पछिल्ला पाँचवटा शून्य हटाइएको छ । मुलुकभित्रको व्यापार व्यवसाय तथा उपभोक्ताहरु नोटमा गरिएको यो नयाँ व्यवस्थाबाट सन्देहमा परेका छन् । “उपभोक्ता र निजी क्षेत्रमा केही दिन ठूलै भ्रम सिर्जना हुने देखियो,” इकोएनालिटीकाका परामर्शदाता एस्ड्रुबाल ओलिभेरोसले बताए । “यहाँ अहिले अराजक परिदृश्य छ ।” गत शुक्रबार मदुरोले गरेको राष्ट्रव्यापी सम्बोधनमा उद्घाटित अरु उपायहरुमा न्यूनतम पारिश्रमिकमा ठूलै वृद्धि गरिने उल्लेख छ । यो वृद्धि यसै वर्षको पाँचौं हो । अहिलेकै अवस्थामा, महिनाको न्यूनतम ज्यालाले एक किलो मासु किन्न पनि पुग्दैछ । यसको मुख्य कारण नै बोलिभार (भेनेजुएलाको मुद्रा) मा गरिएको व्यापक अवमूल्यन र उच्चदरको मुद्रास्फिती हो । पूर्व बस ड्राइभर एवं युनियन नेता राष्ट्रपति मदुरोले मुलुकमा “वित्तीय अनुशासन” कायम राख्न आवश्यक रहेको तथा पछिल्ला वर्षमा अति बढी गरिएको मुद्रा छपाईको कार्यलाई तत्काल रोक्नुपर्ने बताए । तर अर्थशास्त्रीहरुको भनाईमा यी क्रान्तिकारी कदमले परिस्थितिलाई अझ खराब बनाउनेछ । राजधानी काराकासमा स्थानीयबासीहरु नयाँ उपायका बारेमा संदेहमा परेका छन् । “सबै तौरतरिका पुरानै छ, मूल्य वृद्धि निरन्तर हुनेछ,” सडकमा खाद्यपदार्थ बिक्री गर्ने ३९ वर्षीय ब्रुनो चोयले बताए । अर्का ६७ वर्षीय एन्जेल एरिआसले नयाँ नोटलाई “झुठको खेती” को संज्ञा दिए । मुलुकका तीनवटा मुख्य विपक्षी समूहहरु प्राइमेरो जस्टिसिया, भोलुन्टाड पपुलर र कउसा आरले सुधारको योजनालाई अस्वीकार गरेका छन् र यसका विरुद्ध मङ्गलबार प्रदर्शनमा उत्रन आह्वान गरेका छन् । भेनेजुएलाको नयाँ मुद्रा चलनचल्तीमा रहेको संदेहात्मक र बदनामी कमाएको मुद्रा (क्रिप्टोकरेन्सी) पेट्रोभन्दा सशक्त हुने सरकारको दाबी छ । एक पेट्रोको मूल्य बजारमा करिब ६० डलर छ, र यो भेनेजुएलाको एक ब्यारेल तेलको मूल्य बराबर हो । नयाँ मुद्रामा गणना गर्दा यो ३,६०० बोलिभार हुन्छ, र यसले पनि बोलिभारको अवमूल्यन व्यापक हुने देखिन्छ । तर, न्यूनतम ज्याला भने आधा पेट्रो (१८०० बोलिभार) तोकिएको छ । यो करिब २८ डलर हो । मदुरोका पूर्ववर्ती ह्युगो चाभेजले पनि सन् २००८ मा बोलिभार नोटबाट तीनवटा शून्य झिकेका थिए तर त्यसले पनि उच्च मुद्रास्फितीलाई रोक्न सकेको थिएन ।

बार्सिलाेनाको २९४ मिलियन युरोको खेलाडी बेन्चमै, बन्यो यस्तो रेकर्ड

काठमाडौं । स्पेनिस पावर हाउस बार्सिलोनाले आइतबार एलभेससँग भएको खेलमा एक रेर्कड बनाएको छ । क्लब इतिहासमै बार्सिलोनाका मुख्य प्रशिक्षक इर्नेस्टो भाल्डभारेले २९४ मिलियन युरो बराबरको खेलाडीलाई बेन्चमा राखेर ११ खेलाडी मैदान उतारेका हुन् । बार्सिलोनाको इतिहासमा यो पहिलो पटक भएको हो । भाल्डभारेले १५५ मिलियनका फिलिपे कौटिन्हो, ४१ मिलियनका मक्लम, ३५ मिलियनका क्लिमेन्ट, ३१ मिलियनका आर्थर, १९ मिलियनका अटुरो भिडाल र १३ मिलियनका जासेफ सेलिसन लगायतका खेलाडीलाई बेन्चमै राखेर ११ जना खेलाडी छनोट गरेका हुन् । विगतका वर्षसम्ममा बार्सिलोनाले १३१ मिलियन युरो बराबरको खेलाडी बेन्चमा राख्ने गरेको थियो । हालसम्म युराेपका कुनै पनि क्लबले यति धेरै रकमका खेलाडीलाई बेन्चमा नराखेको स्पेनिस अनलाईन मार्काले जनाएको छ । नेइमार जुनियरले बार्सिलोना छोडेपछि आक्रामक रुपमा खेलाडी किनिरहेको छ । मिडफिल्डलाई अझै बलियो बनाउन बार्साले म्यान्चेस्टर युनाइटेडका पाउल पोग्बालाई किन्ने तयारी समेत गरिरहेको छ ।  आइतबारको खेलमा एलभेसलाई ३-० ले हराएपनि भाल्डभारेले टोलीले उत्कृष्ट खेल खेल्न नसकेको टिप्पणी गरका छन् । उनले बार्सिलोनाको ४-४-२ खेल शैलिलाई परिवर्तन गर्दै ४-३-३ को शैलिमा खेल खेलाइरहेका छन् ।

स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट दिने

काठमाडौं । स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई उपचार सेवामा १० देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ । सोमबार दुई कम्पनीबीच अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र स्टार अस्पतालका प्रमुख सञ्चालन अधिकृत सन्देश जिसिले हस्ताक्षर गरेका छन् । सम्झौतामा स्टार अस्पतालले नेपाल बङ्गलादेश बैंकको डेविट/क्रेडिट कार्ड प्रयोगकर्तालाई सो मात्राको छुट दिने जनाइएको छ ।उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।

गण्डकी विकास बैंकका ग्राहकले नेपाल मेडिसिटी हस्पिटलमा छुट पाउने

काठमाडौं । गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलको उपचार खर्चमा छुट पाउने भएका छन् । सोमबार गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट जनरल म्यानेजर विजय रिमालले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एटीएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनिहरुको परिवारको उपचार खर्चमा छुट पाउने भएका छन् । बैंकका एटीएम होल्डर ग्राहकहरुले भ्यालिड एटीएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट पाउने छन् ।