नेपाल भ्रमण उच्च प्राथमिकतामा: चिनियाँ राष्ट्रपति, भारतकै योजनाअनुरूप नै प्रहरी प्रतिष्ठान
काठमाडौं २७, भदौ । आगामी असोज महिना हुने भनिएको नेपाल भ्रमण स्थगन भए पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । चीनको स्वशाषित क्षेत्र तिब्बतस्थित चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख वु इङ जेईले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग ल्हासामा शनिबार भएको भेटमा राष्ट्रपति सीको नेपाललगायत छिमेकी उच्च प्राथमिकतामा रहेको सन्देश सुनाएका हुन् । उनले चिनियाँ राष्ट्रपतिले छिमेकीसँगको सम्बन्धलाई महत्व दिँदै अघि सारेको पेरिफेरल पोलिसीु अन्तर्गत नेपालसँगको सम्बन्ध महत्वमा रहेको बताए । भेटका क्रममा मन्त्री महराले नेपाल र चीनबीच उच्चस्तरीय भ्रमण चाँडै हुने अपेक्षा नेपालको रहेको बताएका थिए । ुकूटनीतिक माध्यमबाट चीनबाट उच्चस्तरीय भ्रमण गर्न चीन र हामीबीच गृहकार्य भइरहेको छ । हामी आशावादी छौं, भ्रमण हुनेछु, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएकोतर्फ इंगित गर्दै महराले भेटमा भने । तर उनले स्पष्ट रूपमा भ्रमण किन स्थगित भएको भन्नेबारे चिनियाँ नेतासँग सोधेनन् भन्ने समाचार सोमबारको अन्नपूर्ण पोष्टमा छापिएको छ । चिनियाँ राष्ट्रपति भारतको गोवामा असोज अन्तिम साता हुने भनिएको ब्रिक्सु सदस्य देशहरूको शिखर सम्मेलनमा सहभागी हुन जाँदा वा फर्किने क्रममा नेपाल भ्रमण गर्ने गरी गृहकार्य भइरहे पनि चिनियाँ पक्षले नेपालले वान रोड वान बेल्टु परियोजनामा प्रतिबद्धता जनाउन नसकेको तथा गृहकार्य राम्रो गर्न नसकेको भन्दै भ्रमण स्थगित गरेको छ । यद्यपि चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएकोबारे सरकारी अधिकारीहरू खुलेर बोल्न चाहँदैनन् । मोदी र मेरो केमेस्ट्री मिल्छः प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘केमेस्ट्री’ मिल्ने बताएका छन् । भारत भ्रमणको पूर्वसन्ध्यामा हिन्दुस्तान टाइम्सको हिन्दी संस्करणलाई दिएको अन्तर्वार्तामा दाहालले मोदी र आफ्नो बीचमा वैचारिक तथा अन्य पक्षमा फरकपन भए पनि सोचाइ र केही विषयमा समानता रहेको बताएका छन् । दाहालले आफूजस्तै मोदी पनि खतरा मोल्न चाहने र परम्परागतभन्दा फरक ढंगले काम गर्ने नेता एवं प्रधानमन्त्री भएको समेत बताए । ‘बहुमतको साथ निर्वाचित भएका मोदी एक बलिया प्रधानमन्त्री हुन् । नेपाली जनता मोदीलाई निकै विश्वास गर्छन् । हामीले यो विश्वासलाई अझ सुदृढीकरण गर्न ध्यान दिनुपर्छ,’ दाहालले भनेका छन् । सोमबारको कान्तिपुरमा समाचार छापिएको छ। भारतकै योजनाअनुरूप नै प्रहरी प्रतिष्ठान प्रहरी प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदाता नियुक्ति गर्न नेपालले स्वीकृति जनाएको छ । व्यवस्थापकीय जिम्मेवारी नपाए अनुदाननै रोक्ने भारतीय चेतावनीपछि नेपालले करिब ९ अर्ब रूपैयाँ लागतको प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदातालाई नियुक्त गर्ने सहमति जनाएको छ । यसँगै गुरूयोजना निर्माण कार्यसम्पादनसम्बन्धी निरीक्षणरसुपरिवेक्षण तथा खर्च चरिचालन लगायत भूमिकामा भारतको प्रत्यक्ष संलग्नता रहनेछ । नयाँ दिल्लीमा शुक्रबार सकिएको नेपाल भारत गृहसचिवस्तरीय बैठकमा यस सम्बन्धी औपचारिक सहमति भएको समाचार सोमबारको कारोबार दैनिकमा छापिएको छ ।
राजनीतिक दलको खातामा पाँचकरोड रुपैयाँसम्म, कुन पार्टी कति धनी ? सूचीसहित
काठमाडौं २७ भदौ । राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा लेबीलाई लिने गरिएको छ। दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन्। घरभाडादेखि पार्टीका गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य मानिन्छ। यद्यपी राजनीतिक दलहरू आफ्नो आयव्यव खुलेर सार्वजनिक गर्न हिचकिचाउँछन्। कसरी चलिरहेका छन् त पार्टीहरू भन्ने समाचार सोमबारको नेपाल समाचारपत्रमा छापिएको छ। संसदमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको खातामा ५ करोड रपैयाँ बचतका रूपमा देखिएको छ। भर्खरै पार्टी र भातृ संगठन नेविसंघको महाधिवेशन सम्पन्न भएकाले पनि पार्टीको खातामा धेरै रकम जम्मा भएको हो। कांग्रेसले क्रियाशिल सदस्यता, नयाँ सदस्यता तथा पुराना सदस्यहरूबाट सदस्यता शुल्कस्वरूप लेबी संकलन गर्ने गरेको छ। नयाँका लागि २ सय र पुरानाका लागि १ सय संकलन गर्ने कांग्रेसको प्रावधान छ। प्रमुख ६ पार्टीको खातामा कति रुपैयाँ ? नेपाली कांग्रेस ५ करोड नेकपा एमालेको ४ करोड संघीय समाजवादी फोरम नेपाल २५ लाख नेकपा माओवादी केन्द्र ५ लाख राप्रपा नेपाल ४ लाख ८३ हजार नेकपा माले ४ लाख
अमेरिका सपना ग्वाटेमालामा अलपत्र, ३५ लाखसम्म बुझाउने ४० नेपाली भेनेजुएलामै
काठमाडौ २७, भदौ । अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालले कोठामा थुनेर राखेको छ, हामीलाई बचाउनुपर्योु, ग्वाटेमालाबाट टेलिफोनमा पीडा पोख्दै थिए कृष्ण न्यौपाने । आले थरका दलाललाई प्रतिव्यक्ति २५ देखि ३५ लाख रुपैयाँ बुझाई अमेरिकी सपना बुनेर हिँडेका ४० जना आफूजस्तै नेपाली युवक अहिले भेनेजुयलामा अलपत्र परेको न्यौपानेले जानकारी दिए । भेनेजुयलाबाट ग्वाटेमाला हुँदै अमेरिका पुर्याउने आश्वासनसहित दलालले पैसा लिए पनि मेक्सिकोको चपाला विमानस्थलमा प्रहरीले पक्राउ गरेको उनले बताए । १५ जनाभन्दा बढी नेपाली दुईदेखि तीन महिनासम्म शरणार्थी शिविरमा बसेर हालसालै छुट्यौं, केही अझै अलपत्र छन्, केही शनिबार मात्रै छुटे, केहीलाई दलालले नै कोठामा थुनेर राखेको छु, न्यौपानेले भने । उनका अनुसार अहिलेसम्म ३५ लाख रुपैयाँ लिइसकेका आले थरका दलालले अझै १५ लाख रुपैयाँ दिएमात्रै अमेरिका पठाइदिने भन्दै उनीहरूलाई धम्क्याउँदै आएका छन् । आलेसँगै हस्ती गुरुङ लगायतका दलालले पर्यटक भिसामा उनीहरू ४० जनालाई भेनेजुयलाका लागि उडाएका थिए । अलपत्र पर्नेमा कृष्णसँगै नुवाकोट, पर्वत, म्याग्दी, चितवनलगायत जिल्लाका युवक भएको समाचार सोमबारको अन्नपूर्ण पोष्टमा छापिएको छ ।
भारतमा विद्युत बजारको प्रस्ताव, २०२२ पछि नेपालमा उत्पादन भएका विद्युत् खेर जाने
काठमाडौं २७, भदौ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपालका उत्पादित विद्युतको सहज बजारका लागि प्रस्ताव गर्ने भएको छन्। भदौ ३० देखि औपचारिक रुपमा भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालले नेपाली विजुलीको भारतीय बजारमा खुल्ला गर्नका लागि प्रस्ताव गर्ने भएको समाचार सोमबारको कारोबार दैनिकमा छापिएको छ। हाल भारतबाट नेपालमा दैनिक ३ सय मेगावाट बराबर विद्युत आयत भए पनि तत्काल निर्यातको सम्भावना छैन । नेपाल र भारतबीच सरकारी तहमा मात्र विद्युत आदानप्रदान भइरहेको छ। ऊर्जा मन्त्रालयका सहप्रवत्ता गोकर्णराज पन्थले नेपाली विजुलीको भारतमा सहज पहुँचका लागि प्रधानमन्त्रीले छलफल गर्ने गरी ऊर्जा मन्त्रालयले प्रस्ताव तयार पारेको जानकारी दिए । आगामी सन् २०२२ पछि नेपालमा उत्पादन भएका विद्युत् खेर जानेभन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिद (पीपीए) सम्झौतामा कडाई गरिरहेको छ ।
वायुसेवा निगमलाई जहाज किन्न अर्थ जमानी, २५ अर्ब दिन सरकार तयार
काठमाडौं २७, भदौ । राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवा निगमलाई दुईवटा ठूलो आकारको जहाज किन्न २५ अर्ब रुपैयाँको जमानी बस्न अर्थ मन्त्रालय तयार रहेको छ । जहाज खरिद गर्न लागेको लामो दूरीमा संचालन हुने ठूलो जहाज (वाइडवडि) खरिदमा जमानी बस्न अर्थ मन्त्रालयले स्वीकृति दिएको हो । वायुसेवा निगमले नेपालबाट सीधै युरोप तथा अमेरिकासम्मको उडान गर्न सक्ने क्षमताको वाइडवडि नामक जहाज किन्न अर्थ मन्त्रालय सहमत भएको हो । अर्थले आइतबार सहमति दिएपछि अब जहाज खरिद प्रक्रिया मन्त्रीपरिषद् पुग्ने भएको छ । सरकारले स्वीकृति दिएपछि निगमले सार्वजनिक खरिदको प्रस्ताव आव्हान गर्ने भएको छ । नेपाल वायुसेवा निगमले आइतबार पर्यटन र अर्थ मन्त्रालयका मन्त्री तथा सचिवलाई राखेर गरेको एक प्रस्तुतीकरण पश्चात अर्थले आवश्यक प्रक्रिया अगाडि बढाउन सहमति दिएको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । उनका अनुसार दुइवटा जहाज किन्न अर्थ मन्त्रालय जमानी बस्नुपर्छ । यसका निम्त अर्थ तयार भएको छ । अब अर्थको सहमतिपश्चात मन्त्रीपरिषद्बाट अनुमति पाउनुपर्छ । निगमले पहिलोपटक अन्तर्राष्ट्रिय उडानमा वाइडवडि जहाज खरिद गर्न लागेको छ । यो जहाज खरिद गर्न निगमले पैसाको जोहोका लागि अर्थको अनुमति मागेको थियो । अर्थले सहमति दिएपनि निगमले जहाज खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । निगमको जहाज खरिद गर्न कर्मचारी संचय कोष तथा नागरिक लगानी गर्ने इच्छा देखाएको पनि कंसाकारले बताए । निगमले खरिद गर्ने जहाजको व्यापारिक योजना योजना मागेकोले प्रस्तुतीकरणबाटै स्पष्ट पारेको र आइतबारै अर्थमन्त्री कृष्णबहादुर महराले सहमित दिएको जानकारी पनि कंसाकारले दिए । २०७४ असोजमै जहाज आउने निगमले एक दशकदेखि अगाडि सारेको वाइडबडी जहाज खरिद योजना आगामी १८ महिनाभित्रै पूरा गर्ने गरी योजना अगाडि सारेको छ । निगमले आगामी २०७४ असोजसम्मा पहिलो र चैत्रसम्ममा दोस्रो जहाज ल्याउने गरी योजना तयार पारेको पनि निगमको भनाइ छ । निगमले एयरबस कम्पनीको दुई सय ५० सिटभन्दा ठूला वाइडबडि जहाज खरिदका लागि २५ अर्ब रुपैयाँ आवश्यक रहेको व्यापारिक योजनासहितको प्रतिवदेन सरकारलाई बुझाएको छ । सरकारले स्वीकृति दिएको १८ महिना भित्रमै दुईवटा वाइबडी ल्याउने दाबी कंसाकारको छ । निगमले दुई वाइडबडी खरिद गरेमा १७ प्रतिशत बजार हिस्सा पुर्याउने व्यावसायिक योजना तयार पारेको छ । हाल निगमको बजार हिस्सा वार्षिक आठ प्रतिशत मात्रै छ । वायुसेवा निगमले सन् २००८ पछि पर्यटन मन्त्रालय हुँदै सरकारलाई बुझाउन थालेको थियो । निगमले कंसाकारकै समयमा २०६५ सालमा नै वाइडबडी जहाजको खरिद प्रक्रिया अगाडि बढाएको थियो । फेरि कंसाकारले नै जिम्मेवारी सम्हालेका बेला पुनः यो प्रस्ताव अगाडि सरेको छ । निगम स्थापना भएको ५८ वर्ष भैसकेको भएपनि हाल अन्तर्राष्ट्रिय उडानमा जम्मा तीनवटा जहाजमात्रै बनाउन सकेको छ । हरेक वर्ष वाइडबडि जहाजको खरिदको अगाडि सार्ने गरेको भएपनि पूरा भने हुन सकेको छैन ।
५६ अपार्टमेन्टमध्ये १२ वटा मात्रै बस्न योग्य, भूकम्पले अपार्टमेन्टमा व्यपाक क्षति
काठमाडौं २७, भदौ । राजधानीमा संचालनमा आएका आएका ५६ अपार्टमेन्ट मध्ये १२ वटाले मात्रै बस्नका लागि योग्य रहेको अनुमति पाएका छन्। सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय काठमाडौंले ती अपार्टमेन्टलाई अनुमति दिएको सामाचार सोमबारको नयाँ पत्रिका दैनकिमा मा छापिएको छ। भूकम्पपछिको अपार्टमेन्टको फाइलफोटो १२ वैशाख २०७२ मा गएको भूकम्पपछि अहिलेसम्म गरिएको विस्तृत क्षति मुल्यांकन अन्तर्गत सबै परीक्षणमा पारित भएका अपार्टमेन्टलाई बस्नका लागि योग्यको स्वीकृति दिएको डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजनल इन्जिनियर सागरकृष्ण जोशीले जानकारी दिए। ‘बस्नका लागि स्वीकृति पाएका सबै अपार्टमेन्टलाई आवश्यकता अनुसार मर्मत, पुनर्स्थापना र रेट्रोफिटिङ गरी देखिएको कमजोरी सुधार्दै भूकम्पप्रतिरोधी मापदण्ड पुरा गराएका छौ,’ उनले भने। सरकारले अहिलेसम्म ५६ वटा अपार्टमेन्टलाई निर्माणको स्वीकृति दिएको छ। त्यसमध्ये ५ वटा निर्माणाधिन छन्। बाँकी ५१ वटा प्रयोगमा आइसकेका छन्। ती मध्ये ३९ वटा पुनर्निर्माणको क्रममा छन्। कुन कुन हुन बस्न योग्य अपार्टमेन्ट धुम्बाराही अपार्टमेन्ट (ओरिन्टियल) – धुम्बाराही दी कम्फर्ट (टिसिएच) – लाजिम्पाट भाटभटेनी अपार्टमेन्ट – भाटभटेनी इन्द्रेणी अपार्टमेन्ट पहिलो – भाटभटेनी इन्द्रेणी अपार्टमेन्ट दोस्रो – भाटभटेनी सनराइज अपार्टमेन्ट – बालकुमारी सेन्ट्रल पार्क – बिशालनगर सेन्ट्रल पार्क – बिशालनगर इम्पेरियल कोर्ट – सानेपा केयल रेसिडेन्सी – सानो गौचरण सिटी भ्यू अपार्टमेन्ट – सानेपा सनसाइन – सुकेधारा
सामसुङ ग्योलेक्सी नोट सेभेनलाई उडान समयमा प्रयोग गर्न प्रतिबन्ध
जाकार्ता, २६ भदौ । इन्डोनेसियाको पीटी गरुडा इन्डोनेसिया नामक प्रसिद्ध विमान सेवा प्रदायक कम्पनीले आफ्ना उडानमा सामसुङ ग्यालेक्सी सेभेन स्मार्टफोन चार्ज गर्न वा अन्य कुनै सेवा लिन प्रतिबन्ध गरेको उक्त विमान सेवाका अधिकारीले बताएका छन् । उक्त कम्पनीले यो निर्णय अमेरिकी सङ्घीय प्राधीकरण प्रशासन ९एफएए० ले मोबाइल फोनको ब्याट्रीमा प्राविधिक समस्या देखाउँदै सोही मोडेलको स्मार्टफोन प्रयोग नगर्न हवाई यात्रुलाई आग्रह गरेपछि आएको विमान कम्पनीका कर्पोरेट कम्युनिकेसन उपप्रमुख बेनी एस। बुटारबुटारले बताए । गरुडा इन्डोनेसियाले सम्पूर्ण यात्रुलाई उडानका समय मोबाइल फोन चलाउन नदिएको एफएएका सल्लाह अनुसार सामसुङ ग्यालेक्सी नोट सेभेनमा प्रतिबन्ध लगाएको एक विज्ञप्ति जारी गरी जनाएको छ । गरुडा इन्डोनेसियाले यसै सल्लाहअनुसार विमानमा यात्रामा रहँदा सामसुङ ग्यालेक्सी नोट सेभेन चलाउन वा रिचार्जसमेत नगर्न आग्रह गरेको हो । उक्त मोबाइललाई आफ्नो झोलामा राखेर उडानका समय हिँडाउन भने विमानले रोक नलगाएको बताइएको छ । रासस/सिन्ह्वा
वल्र्डलिंकले इन्टरनेट प्रोटोकल (आइपी) टिभी सुरु गर्यो, उच्च गुणस्तरको एचडी पिक्चर हेर्न सकिने
काठमाडौं : वल्र्डलिंक कम्युनिकेसन्स प्रालिले मन लागेको बेला जुनसुकै प्रसारण हेर्न पाउने सुविधासहितको इन्टरनेट प्रोटोकल (आईपी) टिभी सेवा सुरु गरेको छ । आईपी टिभी हेर्न इन्टरनेट सर्भिस लिए पुग्छ । एउटा सेटअप बक्स लिएपछि ग्राहकले इन्टरनेटको माध्यमबाट टिभी हेर्न सक्छन् । आईपी टिभी हेर्न छुट्टै ब्याण्डविथ जरुरी हुँदैन । ग्राहकले जति स्पिडको इन्टरनेट लिए पनि उच्च गुणस्तरको हाई डिफिनिसन (एचडी) पिक्चर हेर्न पाउने छन् । ग्राहकले इन्टरनेट सर्भिसकोे शुल्कबाहेक केबल/डीटीएच टिभीलाई तिरे जतिकै अतिरिक्त शुल्कमा आईपी टिभी उपलब्ध गराउने वल्र्डलिंंक कम्युनिकेसन्सका कार्यकारी निर्देशक दिलीप अग्रवालले बताए । कम्पनीले राजधानीको भृकुटीमण्डपमा जारी क्यान कमटेकमा २ हजार रुपैयाँमा सेटअप बक्स उपलब्ध गराउँछ । ग्राहकले हरेक महिना ४ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।