सम्पत्तिमा अब तीनपुस्तेसम्मको मात्रै हक, सातापुस्ते हकको व्यवस्था परिवर्तन
काठमाडौं २२, मंसिर । मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याउन लागिएको देवानी कानुनमा पैतृक सम्पत्तिमा सात पुस्तासम्मले हकदाबी गर्न पाउने व्यवस्था परिवर्तन गर्दै तीन पुस्तामा झार्ने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयकअनुसार हजुरबुबाको सम्पत्तिमा नाति पुस्तासम्मले मात्र हकदाबी गर्न पाउने छ। त्यसपछिका पुस्ताले हकदाबी गर्न पाउने छैनन्। साबिक कानुनमा सात पुस्तासम्मले पैतृक सम्पत्तिमा हकदाबी गर्न पाउने व्वस्था छ। नागरिक दैनिकबाट ।
मेलम्चीमा भेटिएको पहेँलो धातु सुन होइन, सुनजस्तै टल्कने धातु माइका भएको पुष्टि
काठमाडौं २२, मंसिर । मेलम्चीको सुरुङ खन्दा निस्केको चम्किलो पहेँलो धातु माइका भएको पत्ता लागेको छ । खानी तथा भूगर्व विभागको प्रयोगशालामा गरिएको परीक्षणमा सुरुङ खन्दा भेटिएको नमूनाको वरिपरि चम्किने पदार्थमाइकाका केही टुक्रा मात्र टाँसिएको र भित्रि भाग चट्टान भएको भेटिएको छ। विभागका सिनियर जिओलोजिष्ट धर्मराज खड्काले भने, हामीले मेलम्चीबाट ल्याएको नमुनाको सुन र तामा हो कि भनेर रासायनिक र भौतिक परीक्षण गर्यौँ तर त्यसमा चम्किने पदार्थ माइकाबाहेक अरु केही पनि भेटिएन । नमूनामा सुन र तामाको कुनै गुण छैन । सुरुङ खन्दै गर्दा भेटिएको पदार्थ सुन हो भन्ने आशंकामा विभागको प्रयोगशालामा आइतबार नमूना ल्याइएको थियो । विभागका वैज्ञानिकले आइतबार र सोमबार दुई दिन लगाएर रासायनिक र भौतिक परीक्षण गरेको थियो । नमूना वरिपरि सुन जस्तै चम्किने माइकाका टुक्रा भएकाले सुन हुन सक्ने आशंका गरिएको थियो । बरु त्यो क्षेत्रमा माइका हुन सक्ने अनुमान गरिएको छ । बिजुलीका तारबाहिर इन्सुलेटर निर्माण गर्न माइकाको प्रयोग गरिन्छ । गोखरखापत्र दैनिकबाट ।
स्कुल बस र डेलिभरी भ्यान चलाउँनमा कडाई, कार्यालय समयमा चावारी चाप घटाउने नयाँ अभियान
काठमाडौं २२, मंसिर । विद्यालयका सवारीसाधन बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्र चलाउन पाउने यातायात व्यवस्था विभागले निर्णय गरेको छ। विभागले उपत्यकामा बढदै गएको ट्राफिकजामको समस्या मध्यनजर गर्दै उक्त समयभित्र विद्यार्थीलाई गन्तव्यमा पुर्याइसक्नुपर्ने निर्णय गरेको हो। ‘बिहान ९ बजेभित्र विद्यार्थीलाई विद्यालय हाताभित्र प्रवेश गराइसक्नु पर्नेछ,’ निर्णयमा भनिएको छ, ‘दिउँसो ४स्३० बजेभित्र विद्यार्थीलाई आ–आफ्नो घर पुर्याई सवारीसाधन विद्यालय हाताभित्र प्रवेश गराइसक्नुपर्छ।’ कार्यालय समयमा सडकजाम नियन्त्रणका लागि यस्तो निर्णय गरिएको विभागले जनाएको छ। विभागको संयोजकत्वमा ट्राफिक प्रहरी निर्देशनालयका अधिकारीसमेतको उपस्थितिमा मंसिर २ मा उक्त निर्णय गरेको हो। विभागले निर्णय तत्काल कार्यान्वयन गर्न ट्राफिक निर्देशनालय, उपत्यका आयुक्तको कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्थाका सबै अञ्चल कार्यालयलाई निर्देशन दिएको छ। फाइल तस्बिर त्यसका साथै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई ‘पिक आवर’ मा ट्राफिक प्रहरीले नियन्त्रण गर्न सक्ने भएपछि उक्त निर्णय गरेको बोधार्थ पठाएको छ। ‘प्रत्येक दिन सवारीसाधनको संख्या बढदै गएको छ, सडकको चौडाइ उस्तै छ,’ विभागका प्रवक्ता टोकराज पाण्डेले भने, ‘विद्यार्थी ओसारिसकेपछि विद्यालयका सवारीसाधन सडकमा चलाउन पाइँदैन।’ विभागका अनुसार उपत्यकामा विद्यालयका करिब २ हजार गाडी गुडछन्। त्यसका साथै डेलिभरी भ्यान र पिकअप ९पानी र पेट्रोलियम पदार्थ बोक्नेबाहेक लाई जाम हुने समय बिहान ९ देखि ११ बजे र दिउँसो ४ देखि ६ बजेसम्म रिङरोडभित्र सञ्चालन गर्न नपाइने निर्णय गरेको पाण्डेले जानकारी दिए। विभागले माइक्रो बसभित्र उभिएर यात्रा गराए कडा कारबाही गर्ने निर्णयसमेत गरेको छ। ‘फोल्डिङ सिटमा यात्रा गर्न दिन्छौं, उभिएर यात्रा गर्न पाइँदैन,’ उनले भने, ‘साँखु र जोरपाटी सुरु र अन्तिम स्थान हुने गरी कुनै पनि सवारीसाधन इजाजत नदिने पनि निर्णय गरेका छौं, दिएको भए पनि अब नवीकरण गर्दैनौं।’ उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले विभागको निर्णयलाई कार्यान्वनका लागि आन्तरिक सर्कुलर भइसकेको बताए। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० का महासविच डीके ढुंगानाले हालको सडक संरचनाको अवस्था हेर्दा यो निर्णय उपयुक्त नभएको र पालना गर्न सम्भव नहुने बताए। ‘साधारणतस् १० बजेदेखि विद्यालयको पठनपाठन सुरु हुन्छ, अनि ९ बजेभित्र विद्यालय हाताभित्र प्रवेश गरिसक्नुपर्ने कसरी सम्भव हुन्छ रु’ उनले भने, ‘अनि दिउँसो ४स्३० बजेभित्र गाडी विद्यालयभित्र प्रवेश गराइसक्न २ बजे विद्यालय बिदा हुनपर्छ, अध्ययन अध्यापन कतिबेला गर्ने ? ‘कार्यालय समयमा त ट्राफिक प्रहरीलाई सवारीसाधनको व्यवस्थापन गर्न हम्मे पर्छ,’ डीआइजी अर्यालले भने, ‘यो निर्णयले केही राहत दिन्छ।’ प्रत्येक दिन सवारीसाधनको संख्या थपिए पनि ट्राफिक जनशक्ति उस्तै रहेको उनले बताए। ‘पिक आवर’ मा विद्यालयका गाडी मात्र नगुडे जाम केही घटने उनले बताए। कान्तिपुरबाट ।
अन्तरराष्ट्रिय विमानस्थल विस्तार ठेक्का तोडियो, विमानस्थल विस्तार अन्योलमा
काठमाडौं २२, मंसिर । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बिस्तारको जिम्मा पाएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्होसेसँगको ठेक्का सम्झौता तोडिएको छ । नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो । ठेक्का रद्दको निर्णय भए पनि हालसम्म सार्वजनिक भने गरिएको छैन । “शुक्रबारको संचालक समिति बैठकमा रद्द सम्बन्धी निर्णय भइसकेको छ, अब कम्पनीलाई केही दिनभित्रै पत्र बुझाइनेछ,” संचालक समितिका एक सदस्यले भने । कम्पनीसँगको ठेम्का सम्झौता अवधि गतकात्तिक २४ मा नै सकिएको थियो । कम्पनीले पशुपतिको जग्गाकै माटो नभए काम नगर्ने अडान लिएपछि ठेक्का तोडिएको ती सदस्यले जानकारी दिए । सन् २०१३ को मार्च १७ देखि काम सुरु गरेको स्पेनी कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग गरेको सम्झौताअनुसार सन् २०१६ को मार्चभित्र काम सक्नुपर्ने भए पनि तीन वर्षको अवधिमा जम्मा १६ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । भूकम्प र नाकाबन्दीको कारण देखाएपछि प्राधिकरणले गत कात्तिक २४ सम्मका लागि ठेक्का सम्झौता नवीकरण गरेको थियो । एसियाली विकास बैंक ९एडीबी० ले ठेक्का लिएका कम्पनीसँग अव नवीकरण नगर्ने बेहोरासहितको पत्र पठाएको थियो । एडीबीले काम नगर्ने कम्पनीसँग अब पनि ठेक्का नवीकरण भएमा ऋण सहयोग बाट फिर्ता हुने पत्र पठाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ठेक्का तोड्न सहज भएको थियो । एडीबीको आठ करोड अमेरिकी डलरको ऋण सहयोगमा विमानस्थलको क्षमता विस्तारको काम सुरु भएको थियो । एडीबीले विमानस्थलको बिस्तारका लागि ७ करोड डलर ऋण र एक करोड डलर अनुदान दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले भने ठेक्काका विषयमा निर्णय भएको वा नभएको प्रष्ट जवाफ दिन इन्कार गरे । कम्पनीलाई पत्र नदिएसम्म ठेक्का तोडियो भन्न नमिल्ने उनले बताए । “कम्पनीलाई पत्र नबुझाएसम्म ठेक्का सम्झौता तोडियो भन्ने हुँदैन” मन्त्री शाहीले भने । उनका अनुसार अब विमानस्थल सुधार आयोजनाको अवधि पहिलो चरणको काम सन् २०१८ सम्पन्न गर्ने योजनासम्म सम्पन्न गर्ने लक्ष्य राख्न खोजिएको छ । “अब सबै काम एउटै कम्पनीलाई दिनु समेत गलत भएकोले भवन र धावनमार्ग निर्माणको लागि ठेकदार कम्पनी फरक फरक गर्नेछौं,” मन्त्री शाहीले भने । कारोबार दैनिकबाट ।
माइतीघर–त्रिपुरेश्वर फ्लाइओभर बन्ने, एक किलोमिटरको फ्लाईओर बनाउँन जाइकासँग सम्झौता
काठमाडौं २२, मंसिर । राजधानीको व्यस्त माइतीघर मण्डलादेखि त्रिपुरेश्वर चोक जोड्न ‘फ्लाइओभर’ निर्माण हुने भएको छ । एक किलोमिटर ‘फ्लाइओभर’ निर्माणका लागि सडक विभाग र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बीच सहमति भएको छ। सडक विभाग वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले ‘फ्लाइओभर’को निर्माण सन् २०१७ बाटै सुरु हुने जानकारी दिए । जापान सरकारको अनुदानमा ‘फ्लाइओभर’ बन्न लागेको हो । ‘जापान सरकार माइतीघर मण्डलादेखि त्रिपुरेश्वर चोकसम्मको ‘फ्लाइओभर’ निर्माण गर्न सहमत भएको छ, यसका लागि जाइकासँग सहमति भएको छ,’ उपमहानिर्देशक श्रेष्ठले भने, ‘उनीहरूले ‘फ्लाइओभर’को प्रि–फिजिबिलिटी अध्ययन सकेर रिपोर्ट बुझाइसकेका छन् । सबै काम योजनाअनुसार अघि बढे ‘फ्लाइओभर’ निर्माण २०१७ बाटै सुरु हुनेछ ।’ अहिलेकै अनुपातमा सवारीसाधन बढ्ने, तर राजधानीको सडक आधुनिकीकरण नगर्ने हो भने सन् २०३० सम्ममा उपत्यकाका सडकमा सवारीसाधन गुड्ने ठाउँ अभाव हुनेछ । उपमहानिर्देशक श्रेष्ठका अनुसार थापाथली, माइतीघर मण्डला र त्रिपुरेश्वरका सडकले अबको १० वर्षपछि प्रतिघन्टा पाँच हजार यात्रुलाई सेवा दिनुपर्ने हुन्छ । अहिले सडक विस्तार नहुने हो भने १० वर्षपछि थापाथली, माइतीघर मण्डला र त्रिपुरेश्वरका सडक ‘मृत्यु’को अवस्थामा पुग्ने उनको दाबी छ । सोही कारण फ्लाइओभरको आवश्यकता देखिएको उनले बताए । ‘अबको १०–१२ वर्षमा पनि थापाथली, माइतीघर मण्डला र त्रिपुरेश्वरको सडक विस्तार नहुने हो भने राजधानीवासीले भयावह ट्राफिक समस्या भोग्नुपर्ने अवस्था आउँछ । सोही विषयलाई मध्यनजर गर्दै फ्लाइओभरको धारणा ल्याइएको हो,’ महाशाखाका उपमहानिर्देशक श्रेष्ठले भने । नयाँ पत्रिका दैनिकबाट ।
अवकाश उमेर हद ‘६० वर्ष, सरकारी सेवाको अवधिको बढाउने प्रक्रिया अगाडि बढ्यो
काठमाडौं २२, मंसिर । सरकारले निजामती कर्मचारीको अवकाश उमेर हद दुई वर्ष बढाउने तयारी गरेको छ। सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्याउन प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले कर्मचारीको उमेर हद बढाउन निजामति सेवा ऐनको संशोधन मस्यौदा तयार पारेको छ। मस्यौदामाथि परामर्स जारी रहेको मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले जानकारी दिए। उनका अनुसार स्वास्थ्य सेवा र संसदका कर्मचारीको उमेर हद ६० वर्ष रहेकाले सबैलाई समान गर्न निजामती कर्मचारीको उमेर हद पनि दुई वर्ष बढाउन लागिएको हो। नागरिक द्रैनिकबाट ।
७५ देशलाई उछिन्दै नेपालले खोल्दै छ पर्वतीय कलेज, बैशाखबाटै चार वर्षे स्नातक तह संचालन
काठमाडौं २२, मंसिर । विश्वका विभिन्न ७५ वटा मुलुकलाई उछिन्दै नेपालले आगामी बैशाखबाट पर्वतीय कलेल संचालन गर्ने भएको छ । कलेज संचालन गर्न त्रिभुवन विश्वविद्यायलबाट अन्तिम स्वीकृती लिने काम भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले आफ्नो कार्यक्रममा पारेको यो कलेज संचालन कार्यलाई तत्काल अगाडि बढाउन आवश्यक गृहकार्य गरिरहेको जानकारी दिएको छ । कलेल पर्यटन मन्त्रालय अन्तर्गतको राष्ट्रिय पर्वतीय पर्यटन प्रतिष्ठानले संचालन गर्ने भएको छ । ‘कलेज मन्त्रालय मातहतको हुने भएपनि संचालनको जिम्मा भने हामीले नै गर्ने छौं’, प्रतिष्ठानकी अध्यक्ष लाक्पाफूटी शेर्पाले भनिन् । उनका अनुसार त्रिभुवन विश्वविद्यालय (टीयु)ले स्वीकृति दिने अन्तिम तयारीमा रहेको छ । नेपालमा संचालन हुने यस्तो पर्वतीय कलेज विश्वका युरोपेली तथा अमेरीकी मुलुकका विभिन्न ७५ देशमध्ये नेपालमा नै पहिलोपटक हुने पनि शेर्पाको दाबी छ । विश्वका अन्य मुलुकले तालिम र विभिन्न तहमा दिने प्रशिक्षण मात्रैमा सिमित हुने यस्तो पर्वतीय शिक्षा नेपालले भने कलेज संचालन गरेरै दिने उनले जानकारी दिइन् । ८ हजार मिटर माथिको हिमाल मात्रै नेपालमा १३ वटा रहेका छन् भने सानाठूला गरी १३ सय वटा हिमाल छन् । नेपाल हिमालै हिमालको देश भएर पनि हामीले दिने पर्वतीय शिक्षामा भने पछाडि परेकोले पनि अब कलेज संचालन गर्न लागिएको हो । कलेज संचालन गर्न सरकारले बार्षिक ३ देखि ४ करोड खर्च गरेर पूर्वाधार बनाउँदैन जाने भएको छ । आगामी बैशाखबाट चार वर्षे स्तानक कक्षा संचालको तयारी गरेको प्रतिष्ठानका अनुसार दुइ वर्ष काठमाडौंमा र अर्को दुई वर्ष सोलुखुम्बुमा कक्षा संचालन हुने छ । पर्वतीय प्रशिक्षणको शिक्षा भएको हिमाल आरोहण गर्ने र हिमाली क्षेत्रको व्यवहारिक जानकारी नै यो शिक्षाको पहिलो प्राथमिकता हुने छ । रोजगारीको सुश्चित भएको व्यवहारिक शिक्षा यो शिक्षा लिएपनि कक्षा नसक्दे रोजागरी पाइने सुनिश्चत भएको प्रतिष्ठानको भनाइ छ । चार वर्षे कक्षा सकिएपनि अन्तर्राष्ट्रिय समूदायले दक्ष र विज्ञका रूपमा प्रयोग गर्न सक्छ भने नेपालमै पनि पर्वतीय विज्ञको रूपमा रोजगारी पाइने भएको छ । सरकारी क्षेत्रको अग्रसरतामा संचालन हुने भएकोले रोजगरीमा सरकारले कुनै नै कुनै रूपमा संलग्न गराउने पनि उल्लेख छ । पहिले स्नातक कक्षा संचालन गर्ने र त्यसपछि २ वर्षे स्नातकोत्तर तहको पढाई पनि सुरू गर्ने शेर्पाको भनाइ छ । शेर्पाका अनुसार चार वर्षे स्नातक तहको लागि अहिले करीब ६ लाख रुपैयाँ तोकिएको छ । अन्तिम वर्षमा भने करीब ७ हजार मिटरको हिमाल आरोहण गर्ने सम्मको मौका यो विषय पढ्ने विद्यार्थीले पाउने भएका छन् । कलेज संचलन गर्न आवश्यक पूर्वाधार तयार भइरहको पनि उनको भनाइ छ । काठमाडौंको सातादोबाटेमा कलेज संचालन गरिने भएको छ भने सोलुखुम्बुमा भने ३ हजार रोपनीको क्षेत्रफल तय गरिएको छ । जहाँ दुईवटा भवन पनि बनिसकेको छ । यो पर्वतीय शिक्षा लिने हिमाल चढ्ने शेर्पा तथा अन्यको लागि मात्रै नभएर पर्वतीय पर्यटमा रुची राख्ने सबैको लािग भएको पनि उनको भनाइ छ । हाललाई स्नातक तहमा ३० जनाको सिट क्षमता तय नै भइसकेको छ । टीयूले स्वीकृति दिएमा आगामी बैशाखबाट कक्षा संचालन गर्न पूर्ण तयारी अवस्थामा रहेको पनि पर्वतीय प्रशिक्षण प्रतिष्ठानको दाबी छ ।
निगमले हवाइ इन्धनको मूल्य घटाएपछि हवाई भाडा ९० देखि ३१० रुपैयाँसम्मले घट्यो
काठमाडौं २१, मंसिर । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएपछि नेपालमा उडान गर्ने नियमित उडानका वायुसेवाले पनि हवाई भाडा घटाएका छन् । निगमको सञ्चालक समितिको सोमबारको वैठकले हवाई इन्धनको मूल्य प्रतिहजार लिटर आठ सय ३१ अमेरिकन डलरबाट घटेर सात सय ५० डलर कायम गरेको थियो । भारतीय आयल निगमले पठाएको स्वचालित नयाँ मूल्यका आधारमा आन्तरिक हवाई इन्धनको मूल्य समायोजन गरी प्रतिलिटर ९४ रुपैयाँबाट ८६ रुपैयाँ मूल्य निर्धारण गरेको थियो । भैरहवा विमानस्थलको स्केच निगमले हवाई इन्धनको भाउ घटाएपनि आन्तरिक उडानका वायुसेवाले पनि हवाई इन्धनको मूल्य घटेकै अनुपातमा हवाई भाडा घटाएका हुन । आयल निगमले साढे आठ प्रतिशले हवाई भाडा घटाएपनि आन्तरिक वायुसेवा संचालक संघले पनि सोही अनुपातमा न्युनतम ९० रुपैयाँदेखि अधिकतम ३१० रुपैयाँसम्म हवाई भाडा घटाएको जानकारी दिएको छ । संघले मंगलबारदेखि नै लागू हुनेगरी हवाई भाडा घटाएका हो । घटेको हवाई भाडामा काठमाडौंबाट विभिन्न विमानस्थलमा जाने नर्मल भाडादरलाई आधार मानेर तय गरिएको उल्लेख छ । घटेको भाडामा काठमाडौंबाट सीमारा जाँदा ९० रुपैयाँ रहेको छ भने घनगढी जानेका लागि ३१० रुपैयाँ घटेको छ । कुन ठाउँको कति घट्यो ? स्थान घटेको भाडा नयाँ भाडादर (रुपैयाँ)मा धनगढी ३१० १०१०० माउन्टेन फ्लाइट ३०० ८५२५ नेपालगन्ज २३५ ७५७५ भद्रपुर २२० ७०३० विराटनगर १८५ ५७५५ विराटनगर १६५ ५०३० तुम्लिङटारमा १६५ ४७१५ पोखरा १३५ ४०१० जनकपुरमा १२० ३४०० भरतपुरमा १०५ २९२० सिमरा ९० २५०५ तथ्यांक स्रोतः वायुसेवा संचालक संघ, नेपाल