राराको कलात्मक सुन्दरता हेर्नुहोस् तस्बिरमा
मुगु । ‘कर्णाली रारा पर्यटन वर्ष २०७५ प्रधानमन्त्री केपी ओली शर्माले उद्घाटन गरेसँगै रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमा बृद्धि हुँदै गएको छ । अहिले रारामा दैनिक १ सय जिप १० वटा बस, ३ सय मोटरसाइकल र हवाइमार्गबाट समेत रारा अवलोकन गर्ने पर्यटकको संख्या बढिरहेको छ । नेपालकै सबैभन्दा ठूलो ताल यस्तो देखियो तस्बिरमा बिहानीपख देखिने रारा तालको दृश्यः निलो आकाश कन्चन तालको पानी र हरीयो घना वन । समयसगैं रङ फेर्दै स्वर्गकी अप्सरा रारा । रारा तालको विशेषता के छ भने यसको रङ छिनछिनमा परिर्वतन हुने गर्छ । रारा राष्ट्रिय निकुन्ज नजिकै घोडा चढेर रमाउँदै बाल घोडा चालकः रारा ताल नजिकै व्यावसायीक प्रयोजनका लागी त्यहाका स्थानीयले घोडा राखेका हुन्छन् । मुगुको लेकमा भेडा चराउँदै भेडी गोठालो । रारा ताल माथि देखिने सुन्दर छायाँनाथ हिमालः छायाँनाथ हिमाल कर्णाली बासीको धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको छ । यहाँ वर्षमा धेरै संख्यामा भक्तजनहरू आफ्नो मनोकामना लिएर पुजापाठ गर्न जाने र त्यहां पुजा गरे छायाँनाथले आफ्नो मनोकामना पुरा गरिदिने जनविश्वास रहेको छ । सफा मौसममा लोभ लाग्दो राराको दृश्य । मुगुको सदरमुकामः गमगढी बजारमा परेको घामको पहिलो झुल्को ।
विद्या सुन्दर शाक्यको दुखेसोः मेलम्चीले धुलो पार्यो, १६ सय कर्मचारीले सफाई गरेनन्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाका कारण धुले बढेको तर आफुलाई गाली गरिएको भन्दै आपक्ति जनाएका छन् । ‘हामीले काठमाडौंलाई धुलोमुक्त बनाउँछौं भनेका थियौं । मेलम्चीले आफ्नो काम तत्काल सम्पन्न नगर्दा त्यसको प्रत्यक्ष असर काठमाडौं महानगरलाई परिरहेको छ ।’, शाक्यले भने । काठमाडौंलाई स्वच्छ, धुवाँ र धुलोमुक्त सहर बनाउनको लागि महानगरले जेट र ब्रुमरजस्ता आवश्यक उपकरण खरिद भैसकेको जनाउँदै उनले भने,‘अहिले ५ वटा ब्रुमर आउने प्रक्रियामा छन् । अहिले मासिक २५ करोड रुपैयाँ सफाईका कर्मचारीको लागि खर्च भैरहेको छ । तर, पनि काठमाडौं सफा भैरहेको छैन् ।’ उनका अनुसार महानगपालिकासँग हाल एक हजार ६ जना फोहोरसम्बन्धी कर्मचारीहरु छन् तर उनीहरुले राम्रोसँग काम नगरेकाले पनि सरसफाईमा सुधार नभएको आरोप पनि लगाए । उनले फोहर संकलन हटाएर ब्रुमरको संख्या बढाउने तयारी भैरहेको पनि जानकारी दिए । काठमाडौंका विभिन्न सडकहरुमा फोहोर थुप्रिँदा यसबारेमा काठमाडौंको मेयर र महानगरपालिकालाई भन्नु स्वभाविक भएको उल्लेख गर्दै उनले भने,‘जो सँग आश छ, जसलाई विश्वास गरिन्छ, उसैले भन्ने हो । तर, काठमाडौं महानगरपालिकाले आफ्नो मात्रै हाईन, प्रदेश र संघीय सरकारको पनि काम गरिरहेको छ । उहाँहरुले गर्नुपर्ने दायित्व पूरा गरिरहेका छौं । अहिले सिसडोलमा काठमाडौं महानगरपालिकाको मात्रै होईन, काठमाडौं जिल्लाको १८ वटा नगरपालिकाहरुको फोहोर जान्छ । काभ्रेको फोहोर त्यहाँ जान्छ। धादिङको फोहोर त्यहाँ जान्छ । के सबैको जिम्मेवारी काठमाडौं महानगरपालिकाको मेयरको हो र ? होईन नि। तर, नहुँदा नहुँदैपनि काठमाडौं महानगरपालिका पूरानो र धार्मिक सोच भएको सहर, राजनीतिक सहर भएको नाताले प्रदेश र संघीय सरकारले गर्नुपर्ने काम हामीले गर्दै आईरहेका छौं ।’ सम्बन्धित मन्त्रालयका सचिवहरुसँग लामो छलफलपछि बञ्चरे डाँडो कसले बनाउने ? सेन्ट्रल ल्याण्डफिल्ड कसले बनाउने ? भन्नेबारे टुँगो लागिसकेको पनि उनले जनाए । उनले भने,‘त्यसको लागि हामीले तीन वटा निर्णय गरेका छौं । पहिलो निर्णय भनेको बञ्चरे डाँडो नै अन्तिम गन्तव्य हो । सिसडोलमा अहिले हामी फोहोर फाल्न सक्दैनौं । बढिमा तीन महिनापछि अब त्यो फोहोर बञ्चरे डाँडोमा लैजानुपर्छ । त्यसको लागि चाहिने बाटो, पूर्वाधारहरु नेपाल सरकारले बनाउनुपर्छ भनेर हामीले भनेका थियौं । अहिले धमाधम डिपिआरको काम भैरहेको छ ।’ त्यस्तै उनले तीन पिप्लेदेखि बञ्चरे डाँडासम्मको सडक कसले बनाउने भन्नेबारे पनि आफूहरुले छलफल गरिसकेको बताए । उनले भने,‘कमसेकम अब यो बाटो दुई लेनको बनाउनुपर्छ । यसबारेमा पनि हामीले निर्णय लिईसकेका छौं । यो बनाउने जिम्मा पनि संघीय सरकारले लिईसकेको छ । अर्को भनेको बालाजुदेखि तिनपिप्लेसम्मको पासाङ ल्हामु राजमार्ग बनाउने कुरा हो । अब कार्यान्वयन सुरु हुन्छ ।’ काठमाडौंमा मोनोरेल चलाएरै छाड्ने प्रतिवद्धता त्यस्तै उनले मोनो रेल चलाउनेबारे सम्भाव्यता अध्ययन पूरा भैसकेको र अहिले प्राविधिक अध्ययनको काम जारी रहेको बताए । उनले भने,‘नेपालमा मोनो रेल विज्ञ कोही छैनन् । हामीले बुट मोडलमा बनाउने तयारी गरेका छौं ।’ मेयर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको यो डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको स्पष्ट पारेका छन् । उनले भने,‘म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुराहरु सिकेका छौं । हिजोभन्दा आज धेरै कामहरु भएका छन् । यथार्थ धरातलमा रहेर समिक्षा गर्नुपर्छ ।’ पूर्ननिर्माण सम्बन्धी कामहरुमा सम्पदा पूर्ननिर्माणको २/४ वटा कामहरु बाँकी रहेको सुनाए ।
मालिकाले छाप्यो ३० हजार स्मार्ट लाइसेन्स्, प्राविधिक समस्याले छपाइमा ढिलाई
काठमाडौं । स्मार्ट लाइसेन्स छपाईको जिम्मा पाएको मालिका इन्कर्पोरेट लिमिटेडले ३० हजार लाइसेन्स् छापेको छ । गत असोजदेखि छपाई सुरु गरेको लिमीटेडले एक महिना बित्न लाग्दा ३० हजार मात्रै लाइसेन्स छापेकाे हो । मन्त्रिपरिषदले नै लाइसेन्स छपाइ गर्ने जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेपछि कार्पोरेटले लाइसेन्स छपाई सुरु गरेको हो । यातायात व्यवस्था विभागले कार्पोरेटसँग ४५ दिनभित्र ५ लाख स्मार्ट लाइसेन्स् छाप्ने गरी सहमति गरेको छ । तर प्राविधिक समस्या देखिएपछि लाइसेन्समा समस्या देखिएको हो । भारतबाट प्राविधिकहरु ल्याएर काम भैरहेको कार्पोरेटका निर्देशक सुरेन्द्र ढकालले बताए । हामीले हालसम्म ३० हजार कार्ड छपाइ गरेका छौं, डाटा उपलब्ध नहँुदा हामीसँग रहेको मेसिनले पुर्ण क्षमतामा काम गर्न सकेका छैनौं ढकालले विकासन्युजसँग भने प्राविधिक समस्या हटेपछि केहि छिटो गतिमा छपाई हुनेछ । ढकालले छापिएको लाइसेन्सस् केहि दिनमै विभागलाई दिने तयारी भैरहेको बताए । विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मा दिएको हो । पाँच लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता गोर्कण उपाध्यायले जानकारी दिए। कार्ड छापेवापत कम्पनीले एउटा बराबर रु १५ पाउँनेछ । कार्ड, विद्युत लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउनेछ । कम्पनीले कार्ड विभागको मीनभवनस्थित कार्यालयमै छापिरहेको छ । विभागका अनुसार सबैभन्दा धेरै मोटरसाइकल परिक्षा पास गर्ने कार्ड प्रिन्ट गर्न बाँकी रहेको छ ।
सिटिजन्स बैंकद्धारा ज्येष्ठ नागरिकलाई भोजनकाे प्रबन्ध
काठमाडौं । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवन स्थित निःसहाय सेवा सदन, ज्येष्ठ नागरिक आवास गृहका ४० वृद्धवृद्धालाई भोजनको प्रबन्ध गरेको छ । बैंकले स्थापनाकाल देखिनै उक्त आवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध गर्दै आएको छ । यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम संचालन गरेको हो । बैंकले देखाएको यस अग्रसरताले ज्येष्ठ नागरिकको हेरचाहमा टेवा पुग्ने धारणा बैंकले लिएको छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।
एनआईसी एशियाले फेरि ल्यायो ‘चमत्कारीक बचत खाता’, मौज्दातमा सुन तथा चाँदी उपहार
काठमाडौं । एनआईसी एशिया बैंकले शुभ दिपावलीको पावन अवसरमा नेपाली नारीहरुको लागि फेरी “चमत्कारीक बचत खाता” योजना संचालनमा ल्याएको छ । बैंकले सुन तथा चाँदीको उपहारहरु सहित चमत्कारीक विशेषताहरु भएको उक्त बचत खाता संचालनमा ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले ७ प्रतिशत वार्षिक ब्याज पाउने छन् । त्यस्तै, न्युनतम मौज्दात एक हजार रुपैयाँ, दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी लगायत वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार रहेको यस योजनाको विशेष विशेषता हो । साथै, अनलाइनबाटै शुन्य मौज्दातमा खाता खोल्न सकिने छ । उपहारहरु: १.१० ग्राम चाँदीको सिक्काः यस बचत खाता खोलेपछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात एक लाख रुपैयाँ भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् । २. २५ ग्राम चाँदीको सिक्का: यस बचत खाता खोले पछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात दुई लाख रुपैयाँ भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् । ३. २.५ ग्राम सुनको सिक्का: यस बचत खाता खोलेपछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात १५ लाख रुपैयाँ भएमा २.५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् । ४. ५ ग्राम सुनको सिक्का: यस बचत खाता खोलेपछि ग्राहकहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात ३० लाख रुपैयाँ भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।
सेयर बजार दोहोरो अंकले उक्लियो, सबै सूचक हरिया
काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार शुरु भएदेखि सामान्य उकालो लाग्दै आएको बजार अन्त्यमा नेप्से परिसूचक १२.३७ अंकले उकालो लागेर १२१९.६५ अंकमा पुगेको छ । सोमबार नेप्से परिसूचकमा सुधार देखिएपनि सेयर कारोबारमा भने गिरावट आएको छ । आइतबार ५६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको भएको बजारमा सोमबार भने जम्मा २४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १५५ कम्पनीको ८ लाख २२ हजार कित्ता सेयर बिक्री भएको छ । सो दिन प्रभु बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । यस बैंकको एकैदिन ४ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको २ करोड, एनआईसी एशिया बैंकको एक करोड ५५ लाख र जनता बैंक नेपालको एक करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार कारोबारमा आएका १० वटै समूहको परिसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ८७ अंकले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा समूह ६९, होटल ३७, माइक्रोफाइनान्स १७, विकास बैंक १३ र बैंकिङ् समूह ११ अंकले उकालो लागेका छन् । त्यस्तै, बाँकी समूहहरु सामान्य अंकले बढेका छन् । सो दिन सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् । उता सिर्जना फाइनान्स(वित्तीय संस्था)का लगानीकर्ताले सबैभन्दा बढी १.८७ प्रतिशत गुमाएका छन् ।
दश हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनालाई सर्वेक्षण अनुमति
काठमाडौं । सरकारले हालसम्म २४ हजार ६५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरुका लागि सर्वेक्षण अनुमति दिएको छ । सर्वेक्षण अनुमति पाएका ती आयोजनाको क्षमता आगामी दश वर्षमा उत्पादन गर्ने भनेर निर्धारण गरिएको लक्ष्यभन्दा करीब दश हजार मेगावाट बढी हो । सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । सर्वेक्षणको अनुमतिपत्र दिएका एक मय मेगावाट क्षमताभन्दा माथिका आयोजनाको सङ्ख्या ३६ रहेका छन् । ती आयोजनाको क्षमता १३ हजार ३१ मेगावाट छ । यस्तै २५ मेगावाटदेखि एक सय मेगावाटसम्मका ५२ परियोजनालाई सर्वेक्षणको अनुमति दिइएको छ । ती आयोजनाको क्षमता दुई हजार ७५४ मेगावाट रहेका छन् । पछिल्लो समय नीजि क्षेत्रसमेत सोही वर्गका जलविद्युत् आयोजना निर्माणमा केन्द्रीत छन् । विद्युत् विकास विभागले जारी गरेको सर्वेक्षण अनुमतिपत्र पाउने आयोजना मध्ये एक मेगावाटदेखि २५ मेगावाटसम्मका २०५ आयोजना छन् । ती आयोजनाको क्षमता दुई हजार ७१ मेगावाट छ । त्यस्तै एक मेगावाट क्षमता भन्दा कमका १९ आयोजनालाई समेत विभागले सर्वेक्षणको अनुमतिपत्र दिएको छ । ती आयोजनाको क्षमता १४ मेगावाट छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गत वैशाख २५ गते जारी गर्नुभएको मुलुकको ऊर्जाको अवस्था र भावी कार्यदिशा विषयक श्वेतपत्रमा आगामी दश वर्षमा आन्तरिक खपतका लागि दश हजार मेगावाट र बाह्य बिक्रीका लागि पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राख्नु भएको छ । आगामी तीन वर्षमा तीन हजार मेगावाट र पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत् आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ । सरकारले निर्धारण गरेको अल्पकालीन र मध्यमकालीन लक्ष्य भने सजिलै पूरा हुने भएका छन् । नीजि क्षेत्रको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था९इपान०का अनुसार हाल तीन हजार ६०० मेगावाट क्षमताका आयोजना निर्माणक्रममा छन् । ती आयोजना आगामी तीन वर्षभित्र पूरा हुने क्रममा छन् । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईका अनुसार सरकारले निर्धारण गरेको लक्ष्य हासिल गर्न नीजि क्षेत्र नै सक्षम रहेको छ । यस्तै विद्युत् खरिद सम्झौता९पिपिए०को प्रतिक्षामा मात्रै ६ हजार मेगावाट क्षमताका आयोजना छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार आगामी आर्थिक वर्षमा मात्रै प्राधिकरणका सहायक कम्पनी मार्फत ७२६ मेगावाट क्षमताका आयोजना पूरा हुनेछन् । त्यसमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी र चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजनाको क्षमता २७० मेगावाट छ । प्राधिकरणले नै निर्माण गरिरहेका १४ मेगावाट क्षमताको कुलेखानी, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए केही महिना भित्रै सम्पन्न हुने छन् । प्राधिकरणकै सहायक कम्पनीको रुपमा स्थापित ४० मेगावाट क्षमताको राहुघाट, ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी, १४० मेगावाट क्षमताको तनहुँ सेती निर्माणमा जाने तयारीमा छन् । यस्तै प्राधिकरणका सहायक कम्पनीमार्फत नै निर्माण हुने एक हजार ८०० मेगावाट क्षमता बराबरका आयोजना बोलपत्रको प्रक्रियामा पुगेका छन् । त्यसमा १०० मेगावाट क्षमताको तामाकोशी पाँचौ, ८३० मेगावाट क्षमताको माथिल्लो अरुण, ८०० मेगावाट क्षमताको दुधकोशी, ६० मेगावाटको मोदी छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले निर्धारण गरेको लक्ष्य पूरा गर्ने लक्ष्यसाथ व्यवहारिक रुपमा नै काम भइरहेको बताउनुभयो । प्राधिकरण र मातहतका सहायक कम्पनी मार्फत नै रु तीन खर्ब बराबरको लगानी हुने अवस्था आएको उनको भनाइ छ । सर्वेक्षणमा रहेका आयोजनालाई शिघ्र निर्माणमा लैजाने र निर्माणमा रहेका आयोजनालाई पनि सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सरकारले हालसम्म ६ हजार ७८६ मेगावाट क्षमता बराबरका १८७ आयोजनालाई उत्पादन अनुमतिपत्र दिएको छ । चालु आर्थिक वर्षको हालसम्म मात्रै ६ वटा आयोजनालाई त्यस्तो अनुमतिपत्र दिइएको छ । ती आयोजनाको क्षमता ९०० मेगावाट छ । विद्युत् विकास विभागले पछिल्लो समयामा नवीकरणीय ऊर्जालाई समेत प्रमुख प्राथमिकतामा राख्दै अनुमति दिने क्रम बढाएको छ । कूल ४९ सौर्य प्रणाली जडान सम्बन्धी आयोजनालाई हालसम्म सर्वेक्षणको अनुमति दिइएको छ । ती आयोजनाको क्षमता २४९ मेगावाट छ । त्यस्तै तीन वटा वायु ऊर्जा प्रणाली जडानका लागि विभागले सर्वेक्षण अनुमतिपत्र दिएको छ । ती आयोजनाको क्षमता पाँच मेगावाट छ । बायोमासबाट ऊर्जा उत्पादन गर्ने गरी तीन आयोजनाका प्रक्रियामा अगाडि बढेका छन् । ती आयोजनाको क्षमता २८ मेगावाट छन् । यस्तै रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालिले तीन मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने अनुमति दिएको छ । रासस
कन्काई विकास बैंकको वार्षिक साधारणसभा मंसिर १० गते, के के छन् विशेष प्रस्ताव ?
काठमाडौं । कन्काई विकास बैंकको १२औँ वार्षिक साधारणसभा आगामी मंसिर १० गते बस्ने भएको छ । सो प्रयोजनको लागि बैंकको आगामी कात्तिक २८ गते बुक क्लोज हुने निर्णय गरेको छ । उक्त निर्णय गत कात्तिक १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकका अनुसार कम्पनीको साधारणसभा मंसिर १० गते दिउँसो १० बजे झापाको दमकमा रहेको गोरखा डिर्पाटमेन्ट स्टोरको सभाहलमा बस्ने भएको छ । सभाले कम्पनीको विभिन्न विशेष प्रस्तावहरु पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम नगद लाभांश र बोनस सेयरको करसहित ३ करोड २५ लाख रुपैयाँ बराबरको लाभांश पारित गर्दै छ । त्यस्तै, विकास बैंकको जारी पुँजी वृद्धि गरी ५१ करोड ५० लाख रुपैयाँ र चुक्ता पुँजी वृद्धि गरी ५१ करोड ५० लाख रुपैयाँ पुर्याउने कम्पनीको विशेष प्रस्ताव रहेको छ । सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पुँजी ५० करोडमा एक करोड ५० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने स्वीकृति प्रदान गर्ने छ । साथै, सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु निर्वाचन गर्ने भएको छ ।