धान उत्पादनमा कीर्तिमान, पाँच अर्ब २० करोड किलोमा एक खर्ब चार अर्ब मूल्यको उत्पादन
काठमाडौं १०, पुस । हालसम्मका सबै रेकर्ड तोड्दै यस वर्ष करिब ५२ लाख मेट्रिक टन (पाँच अर्ब २० करोड किलो)धान उत्पादन भएको छ। कृषि मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०६८६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। चालू आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी परिमाणमा धान उत्पादन भए पनि मन्त्रालयले यसबारे आधिकारिक रूपमा सोमबारमात्रै सार्वजनिक गर्ने तयारी गरेको छ। बजारमूल्यअनुसार एक खर्ब चार अर्ब मूल्यबराबरको धान उत्पादन भएको छ। बजारमा धानको औसत मूल्य २० रुपैयाँ प्रतिकिलो छ। चालू आर्थिक वर्षमा हालसम्मकै उत्पादनको इतिहासमा सबैभन्दा बढी उत्पादन भएको होु, मन्त्रालय उच्च स्रोतले शनिबार अन्नपूर्णसँग भन्यो, पछिल्लो समयमा उत्पादकत्व वृद्धि हुँदा सोचेभन्दा राम्रो प्रतिफल आएको छ। यस वर्ष ५२ लाख मेट्रिकटनको हाराहारीमा धान उत्पादन भएको छ। यही अवस्थामा उत्पादन भइरहने हो भने छिट्टै चामलमा नेपाल आत्मनिर्भर हुनेछ। मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीका अनुसार यसअघि गत आर्थिक वर्ष २०७०७१ मा ५० लाख ४७ हजार मेट्रिक टन धान फलेको थियो। स्रोतका अनुसार गत आर्थिक वर्ष २०७२७३ को तुलनामा चालू आर्थिक वर्ष २०७३७४ मा झन्डै नौ लाख मेट्रिक टन बढी धान फलेको छ। गत आर्थिक वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यसैगरी आर्थिक वर्ष २०७१७२ मा ४७ लाख ८८ हजार मेट्रिक टन धान फलेको थियो। सहप्रवक्ता शंकर सापकोटाका अनुसार धान उत्पादनमा आएको उल्लेख्य प्रगतिका कारण चालू आर्थिक वर्षमा ठूलो परिमाणमा चामल आयात नहुने दाबी गरे। नेपाल राष्ट्रबैंकका अनुसार नेपालमा दैनिक चार करोड र वार्षिक रूपमा २६ अर्बभन्दा बढी मूल्यबराबरको चामल आयात हुन्छ। ुखाने बानीमा आएको परिवर्तनका कारण मसिना र बास्नादार चामल बढी परिमाणमा आयात हुन्छु, सापकोटाले भने। मन्त्रालयका अनुसार समयमै उपलब्ध भएको उन्नत जातका बिउ, रासायनिक मल र सिँचाइका कारण यसपटक उत्पादन तथ्यांकले ब्रेकु गरेको हो। मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा उच्च हिमाली क्षेत्रमा ९९ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ९८ प्रतिशत र तराई क्षेत्रमा ९७ प्रतिशतको हाराहारीमा रोपाइँ भएको थियो। करिब १४ लाख २५ हजार तीन सय ४६ हेक्टर धान उत्पादन हुने क्षेत्रफलमध्ये यस वर्ष झन्डै १४ लाख हेक्टरमा रोपाइँ भएको थियो। अघिल्लो वर्ष मुलुकभर गरी चार प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेन। यस्तै तराईका करिब १२ जिल्ला र कर्णालीमा गरी ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेन। रोपाइँ भएको क्षेत्रफलमा सिँचाइको अभावसँगै बन्दहडताल र नाकाबन्दीका कारण समयमा आन्तरिक क्षेत्रमा भएको मल र भारतसहित तेस्रो मुलुकबाट आउनुपर्ने मल नआउँदा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतका दरले करिब चार लाख ९० हजार मेट्रिक टन कम धान उत्पादन भएको थियो। अन्नपूर्ण पोस्टबाट ।
कानुनविपरीत मन्त्रीहरूको सम्पत्ति दाइजोमा, गृहमन्त्रीले नै देखाए दाइजोको सम्पती
काठमाडौ १०, पुस । सरकारका एक दर्जन मन्त्रीहरूले कानुनविपरीत दाइजो लिएको सम्पत्तिसहितको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन् । श्रीमती पक्षबाट दाइजो लिएको सम्पत्ति देखाउनेमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि स्वयं छन् । अन्य मन्त्रीहरूले पनि ठूलो मात्रामा रहेको सुन, चाँदी, हीराका गहनालाई दाइजोबाट प्राप्त भनी उल्लेख गरेका छन् । सामाजिक व्यवहार सुधार ऐन २०३३ ले दाइजो, तिलक लेनदेन गरेमा बिगो जफत गरी १२ देखि २५ हजार रुपैयाँसम्म जरिवाना वा ३० दिनसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । उक्त ऐनको दफा ३, ४ र ५ मा दाइजो र तिलक नियन्त्रणसम्बन्धी व्यवस्था छ । दफा ५ को उपदफा २ ले ‘विवाह हुँदा जीउमा लगाएको एकसरो गहनाबाहेक आफ्नो कुल परम्पराअनुसार राजीखुसीले दिनेले पनि बढीमा १० हजार रुपैयाँसम्मको मात्र दाइजो दिन सकिने’ नियन्त्रणमुखी व्यवस्था गरेको छ । यो व्यवस्थालाई मन्त्रिपरिषदका सदस्यहरू स्वयंले उल्लंघन गरेका हुन् । मन्त्रिपरिषदका ४१ जना सदस्यमध्ये ९ जना मन्त्री र ३ जना राज्यमन्त्रीले आफैंले भरेर बुझाएको सम्पत्ति विवरणमा दाइजो लिएको स्वीकारेका छन् । ससुराली पक्षबाट लिएको सम्पत्तिलाई मन्त्रीहरूले दाइजो, पेवा, उपहार, श्रीमतीको माइतीबाट प्राप्त जस्ता भाषा प्रयोग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषदका १४ जना राज्यमन्त्रीमध्ये ३ जनाले माइतीपक्षबाट आएको सम्पत्ति भनी उल्लेख गरेका छन् । २०३३ सालमा बनेको उक्त कानुन अपर्याप्त र अव्यावहारिक रहेको भनी संशोधनको गृहकार्यसमेत भइरहेको छ । कान्तिपुर दैनिकबाट ।
गायक प्रितम लामाको रोसी खोला भिडियो सार्वजनिक
काठमाडौं, ९ पुस । गायक प्रितम लामाको नयाँ तामाङ सेलो गीत रोसी खोदा भिडियो सेयरिङ साइट युट्युब मार्फत सार्वजनिक भएको छ । बिजय तामाङको शब्द रहेको गीतमा संगीत बुद्ध स्याङ्बाले दिएका छन् । गीतको संगीत संयोजन समेत स्याङ्बाले नै गरेका छन् । सागर लामाद्धारा निर्देशित भिडियोको छायाङ्कन रेशम दर्लामीले गरेका हुन् भने भिडियो एडिटिङ प्रदीप दाहाले गरेका छन् । भिडियोमा सुबासका अतिरिक्त रोहनीलाई देख्न सकिन्छ । रोशी खोला र वरपरका रमणीय दृश्यहरु माझ खिचिएको भिडियो र मौलिक प्रकृतिको संगीतले दर्शकहरुले नेपाली मौलिक स्वाद पाउने छन् । रोसी खोला लामो समय संगीत साधनामा बिताएका गायक लामाको पछिल्लो तामाङ सेलो गीत हामे ।
सन् १०१६ मा विश्व राजनीतिमा हलचल ल्याउने ठूला घट्ना
काठमाडौँ, ९ पुस । सन् २०१६ मा बेलायत, अमेरिका, दक्षिण कोरिया, टर्की र कोलम्बियालगायतका देशहरुमा राजनीतिक उतार चढावलगायत ठूलो हलचल मच्चियो । बेलायतमा गत जुन २३ मा युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा जनमत सङ्ग्रह भएको थियो । सो जनमत सङ्ग्रहको परिणामले बेलायतलाई युरोपेली सङ्घ छोड्ने जनादेश दियो र औपचारिकरुपमा बेलायतले बाहिरिने घोषणा पनि गर्यो (यस प्रक्रिया छोटकरीमा ब्रेक्जिट शव्दले परिचित छ) । युरोपेली सङ्घसँग धेरै वर्षसम्म नङ् र मासु जतिकै टाँसिएर बसेको बेलायतका बहूमत जनताले युरोपियन युनियन त्याग गर्ने पक्षमा जनमत प्रकट गर्दा बेलायतको राजनीतिलाई नै आकस्मिक परिवर्तन गर्यो । तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो भित्री इच्छाको विपक्षमा आएको जनमतको यस्तो परिणाम सँगसँगै आफनो पदबाट राजिनामा दिने घोषणा गरे । शुरुमा उनले आफ्नो पदबाट तीन महिनाभित्र राजिनामा दिने घोषणा गरेता पनि महिना दिन मात्र पनि पदमा बसिरहन सहज ठानेन र सत्ताबाट बाहिरिए । बेलायतले युरोपियन युनियन छोड्नु पर्छ भन्ने पक्षमा रहेका कन्जरभेटिभ पार्टीकी नेतृटेरेसा मे बेलायतको प्रधानमान्त्रीमा नवनियुक्त भइन् । र बेलायतले दोस्रो महिला प्रधानमन्त्री पायो । मतपरिणामअनुसार झिनो अन्तर अर्थात् ५२ प्रतिशत जनताले बेलायत युरोपियन युनियनमा बसिरहनु हुदैन भन्ने पक्षमा मतदान गरे भने ४८ प्रतिशतले बसिरहनु पर्छ भन्ने पक्षमा मतदान गरेका थिए । युरोपियन युनियन र तत् सम्बन्धि विषयजन्य धारणालाई निरुपण गर्ने सोच र राजनीतिक सिद्धान्तमा अहिले सिंगो बेलायतमा जनतामा मतभेदको रेखामा विभाजन भएका भएको स्थिति देखापरेको छ । अहिले पनि बेलायत इयुसँग बाहिरिने औपचारिक प्रक्रियाहरु पुरा हुन सकेका छैनन् र यस प्रक्रिया पूरा हुन अझै दुइदेखि तीन वर्ष लाग्ने अनुमान गरिएको छ । यस्तै, पश्चिम युरोप नजिकैको अर्को राष्ट्र टर्कीतिर हेरौं । गत जुलाई १५ मा भएको एक असफल सैनिक ‘कू’ पछि टर्कीमा अर्को हलचल मच्चियो । एकजना सैनिक जर्नेलको नेतृत्वमा भएको असफल ‘कू’ को प्रंयासपछि राष्ट्रपति रेसेप तैयप एर्डोगानले ‘कू’ मा संलग्न हुने वा प्रत्यक्ष, परोक्ष रुपमा सघाउने आफू विरुद्धका सैनिक अधिकारी, सार्वजनिक सेवाका कर्मचारी वा अन्य जो कोही पनि संदिग्ध मानिसले जेल भर्ने अभियान नै शुरु गर्नु भयो । राष्ट्रपति एर्डोगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उहाँ विदामा बसेका बखत कूको प्रयास भएको थियो । ‘कू’ को प्रयासको घन्टौं लामो आन्तरिक युद्धपश्चात् एर्डोगान समर्थित सेनाले यसलाई नियन्त्रणमा लियो र त्यस प्रयासलाई विफल सावित गरिदियो । यस पटक विश्वको राजनितिमा सव भन्दा ठूलो हलचल ल्यायो अमेरिकी राष्ट्रपतीय निर्वाचनले । निर्वाचनमा उम्मेदवारी दर्ता एवं प्रचार, प्रसारको शुरुवातदेखि नै चुनावी मैदानमा अन्य उम्मेदवारहरु उत्रेका देखिए ता पनि रिपब्लिकन पार्टी तर्फका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्यटिक पार्टीकी उम्मेदवार, पूर्वविदेशमन्त्री हिलारी क्लिन्टबीच मात्र प्रतिस्पर्धा भए जस्तो देखियो र यो अवस्था अन्त्यसम्म पनि कायमै रह्ये । प्रचारप्रसारको सुरुदेखि नै अमेरिकी जनता, पर्यवेक्षक र अमेरिकी राजनीतिसँग सरोकार वा चासो राख्ने बाह्य विश्व समूदायले हिलारी क्लिन्टनले जित्ने नै बलियो अनुमान गरेका थिए । अमेरिकी राष्ट्रपतीय चुनावको प्रमुख एजेन्डा आतङ्कवादविरुद्ध लड्ने प्रतिबद्धता रहेको थियो । ट्रम्पको कतिपय आक्रामक अभिव्यक्तिले अमेरिकाभित्र मात्र होइन बाहिरी विश्वमा पनि तरङ्ग ल्यायो । हिलारी क्लिन्टनको अभिव्यक्ति त्यति आक्रामक र ताता भने थिएनन् । क्लिन्टनले विशेषगरी आप्रवासीसम्बन्धी कानुनलाई खुकुलो बनाउने वर्तमान राष्ट्रपति बाराक ओबामाको नीतिकै निरन्तरताको कुरा बढी गरिन् । अमेरिकाको ४५औँ राष्ट्रपतिका लागि हुन गइरहेको सो निर्वाचनमा पार्टीधर्म निर्वाह गर्दै राष्ट्रपति बाराक ओबामाको क्लिन्टन एक मात्र योग्य उम्मेदवार रहेको भन्ने कथन बहूसंख्यक अमेरिकी नागरिक तथा विश्वका कतिपय देशका नागरिक समेतलाई घत लागेको थियो । विश्वको शक्तिराष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने संयुक्त राज्य अमेरिकाको इतिहासमा नै पहिलो पटक सशक्त महिला उम्मेदवार चुनावी मैदानमा उत्रनाले विश्वभर नयाँ चर्चाको विषय बनेको थियो । यथार्थमा पनि क्लिन्टनको निकटतम प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प मात्र देखिए र चुनावी प्रचारप्रसारका क्रममा क्लिन्टन र ट्रम्पकाबीच धेरै पटक बाकयुद्ध र बाझाबाझ चल्यो । कतिपय राज्यहरुमा त रिपब्लिकन पार्टीका नेताहरुले आफ्नो मातृ पार्टीका उम्मेदवार नेता डोनाल्ड ट्रम्पलाई समर्थन नगर्ने बरु डेमोक्र्याटिक पार्टीकी उम्मेदवार क्लिन्टनलाई समर्थन गर्ने लहडवाजी समेत चल्यो ।हुन त हरेक अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कुनै न कुनै नयाँ एजेन्डाले जरो गाड्ने वा तातो नयाँ विषयले चर्चा पाउने गरेको छ । तर यस पटकको निर्वाचनको चर्चा भने यसभन्दा अघिल्लाहरुको भन्दा फरक खालको थियो र विशेषगरी उम्मेदवारको लैङ्गिक विषयले यसपालि व्यापक चर्चा पाएको थियो । निर्वाचनताका भने राजनीतिक हिसाबले पनि ट्रम्प भन्दा हिलारी अगाडी नै देखिन्थे । तर, गत नोभेम्बर ८ मा सम्पन्न भएको निर्वाचनमा समग्र विश्व र बहूसंख्यक अमेरिकीले लगाएको अड्कल फरक पर्न गयो । चुनावी प्रचार प्रसार अभियानको क्रममा कम सभ्य शैलिमा, आक्रामक शव्दवाणबाट आफ्ना विपक्षी र अन्य समुदायलाई अनेक लान्छना लगाउने अमेरिकी खर्बपतिको रूपमा परिचित, रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति पदमा निर्वाचित भए । अमेरिकाको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्न विजयको नजिकै पुग्न लाग्नुभएकी क्लिन्टनले अन्तिम क्षणमा पराजयको पीडा भोग्नु पर्यो । सम्पूर्ण विश्वलाई महिला अधिकारको पाठ सिकाउने अमेरिकाको ४५औं राष्ट्रपति पदमा पनि बर्षौदेखिको राजनितिक इतिहास बोकेकी एउटी महिला विजयी हुन सकिनन् । फेरि पनि अरु साधारण देशले दिएजति पनि अमेरिकी मतदाताले महिलालाई महत्व दिन नसकेको जस्तो देखियो । अब संयुक्त राज्य अमेरिकाभन्दा अलिकति टाढा रहेको दक्षिण अमेरिकाको उत्तर–पश्चिमी कोलम्बिया तर्फ लागौं । यस वर्ष कोलम्बियामा आधा शताब्दीभन्दा अगाडीदेखि जारी द्वन्द्वको अन्त्य भएको छ । कोेलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया ९फार्क०सँग भएको शान्ति सम्झौता संसद्ले पारित गरेपछि कोलम्बियामा शान्ति प्रक्रिया संस्थागत भएको छ । गत सेप्टेम्बर २६ मा कोलम्बिया सरकार र फार्कबीच भएको शान्ति सम्झौता जनमत सङ्ग्रहबाट एक पटक अस्वीकृत भएपछि शान्ति प्रक्रिया अन्यौलमा परेको थियो । जनमतसङ्ग्रह हुनुभन्दा केही हप्ता पहिलेदेखि नै “स्वीकार्य छ” भन्ने पक्षमा कमसेकम दुई तिहाई मत पक्कै आउँछ भन्ने व्यापक अड्कलवाजी गरिएकोमा झिनो (शून्य दसमलब चार प्रतिशत०को अन्तरले “शान्ति सम्झौता स्वीकार्य छैन” भन्ने पक्ष विजयी भएको थियो । यसपछि व्यापक परिमार्जन सहित पुनः फार्क र कोलम्बिया सरकारबीच दोस्रो पटक शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सरकार र विद्रोही समूहबीच भएको सो दोश्रो सम्झौता संसद्ले पारित गरेपछि सम्झौताले पहिलो चरणको परीक्षा उत्तीर्ण गरी अव यसको परीक्षणकाल सुरु भएको र यसले राष्ट्रको ५२ वर्ष पछिको लामो गृहयुद्धको अन्त्य गरेको छ । वर्तमान कोलम्बियाली राष्ट्रपति सान्तोसको अथक प्रयासको कारण उक्त शान्ति सम्झौताले मूर्त रुप लिएकोमा राष्ट्रमा चीर शान्ति स्थापनार्थ उनले दिएको प्रशंसनीय योगदानको कदर गर्दै सन् २०१६ को नोवेल शान्ति पुरस्कारद्वारा उनलाई विभूषित गरियो । यता एसियातर्फ दक्षिण कोरियाको इतिहासमा पहिलो महिला राष्ट्रपति पार्क गेउन हाइविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसद्को बहूमतले पारित गरेको छ । महाअभियोग प्रस्तावबाट अपदस्थ राष्ट्रपति पार्क सन् १९५२ फेब्रुअरी २ मा जन्मनुभएको उनले ११औँ राष्ट्रपतिको रुपमा सन् २०१२ मा आफ्नो कार्यभार सम्हालेका छन् । संसद्मा प्रस्ताव दर्ता हुनासाथ दक्षिण कोरियाली राष्ट्रपति निलम्बनमा पर्नुभएकी र करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः आफ्नै दलका सदस्य सांसदले समेत आफू विरुद्ध मतदान गरेपछि पदावधि बाँकि रहँदा रहँदै पनि उहाँलाई आंशिक बेइज्जतीपूर्वक पदच्यूत गरिएको छ । सामान्यतया शान्त र राजनीतिक उतार चढावभन्दा टाढा रहने भनेर मानिएको दक्षिण कोरियामा राष्ट्रपति पार्क गेउन हाइविरुद्ध सडकमा बिशाल जनप्रदर्शन र विरोध सभा सन्चालन हुनाले गत दुई महिनाभन्दा बढी समयावधिदेखि सोल र अन्य नगरहरु समेत अशान्त थिए । रासस
सवारी चालक अनुमति पत्रको फाराम आइतबारदेखि अनलाइनबाटै भर्न सकिने
काठमाडौँ, ९ पुस । सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्न सकिने भएको छ । अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपी (www.dotm.gov.np) मा गएर फाराम भर्न सकिन्छ । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले राससलाई जानकारी दिए । “कार्यालयमा सम्पर्क राख्नका लागि हाललाई एकान्तकुनामै जानुपर्छ, भक्तपुरको सल्लाघारी एवम् काठमाडौँका चाबहिल र कलङ्कीमा पनि सेवा सुरु भएपछि त्यहाँबाट पनि अनलाइनबाटै सवारी चालक अनुमति पत्रसम्बन्धी काम हुन्छ”–उनले भने । यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्नुु नपर्ने विभागले जनाएको छ । रासस
कोकाकोला र सान्ता क्लजको वर्षौं देखिको सहयात्रा, कथा कर्पाेरेट क्रिसमशकाे
काठमाडौं, ९ पुस । कोकाकोला धेरै वर्ष देखि यसको पुर्नताजगीको प्रतिबद्धता सहित उल्लासमय क्रिशमसको विज्ञापन, अभियानहरुका साथमा एउटा महत्वपूर्ण भाग बन्दै आएको छ । मेरी र जोली सान्ता क्लज बिना क्रिश्मस को कुनै महत्व हुदैन भन्ने हामीलाई थाहा भएकै हो । यथार्थमा, अधिकांश मानिसहरु अचम्भित हुन्छन की सन् १९३२ पहिले हाल चलिआएको ठूलो र आनन्ददायक, रातोसुट लगाएको र सेतो दाह्रि पालेको सान्ता अग्लो, ख्याउटे, दुब्लो, र अलौकिक जस्तो देखिन्थ्यो । त्यसपछि, कोकाकोला कम्पनीले नै हालको आनन्दित मुद्रामा देखिने सान्ता क्लजको आकार बनाएको हो । फिनिस अमेरिकन कलाकार ह्याडोल सन्तबोल्मसँगै कोकाकोलाको पनि दशकौं, र पुस्तौं लामो सम्बन्ध छ, यो आनन्दको बिम्बसँग । कोकाकोला कम्पनीले सान्ता क्लजलाई लोकप्रिय संस्कृतिको अभिन्न अंगको रुपमा आनन्द दायक, उज्यालो रातो सुटमा सेतो दाह्रि भएको मानिसलाई लोकप्रिय बनाउन योगदान गर्यो । (आजभोली ऊसँग गाडा र तान्नको लागि बारहसिँग पनि रहेको हुन्छ, साथ साथै श्रीमती क्लज पनि हुन्छिन् ।) सन् १९२० देखि कोकाकोलाले आफ्ना विज्ञापनहरुमा प्रशिद्ध व्यक्तित्वको रुपमा एउटा ससक्त संस्करणलाई प्रचार सामाग्रीको रुपमा चित्रित गर्न थालेको हो । सन् १९३० मा कलाकार फ्रेड मिजेनले कोकाकोलाको बोतल पिउँदै गरेको सान्ताको चित्र डिपार्टमेन्टल स्टोरमा सामूहिकमा बनाएका थिए । यो विज्ञापनमा विश्वको सबैभन्दा ठूलो सोडा फाउन्टेन अंकित थियो र मिजेनको चित्रकलालाई त्यसपछि छापामा समाहित गरियो । सन् १९३१ मा, कोकाकोला कम्पनीले आफ्नो विज्ञापन सामाग्री लोकप्रिय छापा पत्रिकाहरुमा शुरु गर्ने निर्णय गर्यो र कोकाकोला एकाउन्ट समालिरहेका कार्यकारी आर्ची लीले डि आर्ची विज्ञापन एजेन्सीमा, पूर्णरुप देखाउने सान्ता, जो जीवन्त हुनुका साथै जादूमयी र उक्त समयको प्रतिबिम्बको रुपमा हुनुपर्ने बिदाको अभियानमा देखिनु पर्ने चाहना गरेका थिए । सान्ताको कलाकारि आवश्यकता र उत्प्रेरक चरित्रलाई सन्तुलनमा गर्नकालागि मिचिगनमा जन्मिएका चित्रकार हाडोन सन्डब्लोम आफैंले उक्त समयमा नै सान्ताको व्यवहारिक मानव आकृतिको श्रृजना गरेका हुन् । सान्ता कुनै कार्टुन वा काल्पनिक व्यक्तित्व नभई, समग्रमा मानवीय गुण भएको मानिस र सम्बन्धित विशेषताहरु सहित हो । सन १८२२ को क्लार्क मारीको एक कविता “अ भिजिट फ्रम सेन्ट निकोलास” का पात्र सेन्ट निकोलासबाट प्रभावित भई सन्डब्लोमले खुशी, आनन्दित र मावन जस्तै लाग्ने आकृतिको श्रृजना गरेका थिए । सान्ताको रातो कोट कोकाकोलाको रंग सँग सम्बन्धित छ भनिए पनि रातो कोट सान्ताले सान्डब्लोमले आकृति कोर्नु अगाडि नै लगाउन थालेको थियो । त्यसपछि फोटो खिचेर सान्ता तस्विर बनाउन थालियो । यस बेलासम्म मानिसहरु सान्ताको तस्विर यति शुक्ष्म ढंगेले निगरानि गर्न थालेका थिए कि सान्ताको रुप रंगको बारेमा कोकाकोलालाई चिट्ठी पठाउँथे । एक साल, सान्ताको बेल्ट पछाडिको भागमा थियो, (सायद सन्डब्लोमले त्यो समयमा ऐनामा हेरेर चित्र बनाएका थिए) । अर्को वर्ष, सान्ता विवाहको औंठि बिना नै देखापरे, यसको कारणमा श्रीमती क्लज सँगको दुखद कुनै घटना थियो । बालबालिकाहरु पनि, जो पछि विज्ञापनहरुमा देखापरे, दुई बालिकाहरु कलाकारको छिमेकीहरुमा आधारित थिए । तस्विरलाई सन्तुलित बनाउन सण्डब्लोमले ती मध्ये एकलाई बालक चित्रित गरे । सन् २००१, एलेक्जान्द्रे पेट्रोभले सिर्जना गरेको एनिमेटेड टेलिभिजन विज्ञापन, जसमा कोकाकोला सान्ता देखाईएको पनि सन् १९६२ को सण्डब्लोमको चित्रकलामा आधारित रहेको थियो । दशकौं पछि पनि सण्डब्लोमको तस्विरले आधुनिक समयमा पनि सान्ता क्लजको तस्विरलाई उत्प्रेरित गरिरहेको छ, जून विश्वभरका मानिसहरुले माया गर्दछन् । सण्डब्लोम र कोकाकोलाको सुन्दर श्रृजनाको कारण, गुलाबी गाला र न्यानो मुस्कानका साथमा हिउँ जस्तै सेतो दाह्रि भएको मानिसले खुशि फैलाउँछ, केटाकेटी र प्रौढहरुमा करिब शताब्दीदेखि खुशी संचार गरिदिएको छ र विश्वभर मानिसहरु सान्ताको शक्तिशाली प्रतिबिम्बलाई माया र आफ्नो सम्झिरहेका छन् । यसमा कुनै शंका छैन कि आगामी दिनमा पनि हाडोन सण्डब्लोम, कोकाकोला र सान्ता क्लज एक आपसमा सँधै जोडिईरहने छन् । बोटलर्स नेपाल लिमिटेडका निर्देशक, पुनित वाश्र्नेले भने, “अहिले नेपालमा र विश्वभर परिवार र साथी भाईसँग बिदाको मौसममा कोकाकोला साटासाट गर्नु वार्षिक चाडवाडहरुको अभिन्न अंग र भाग बनेको छ । यो लोभलाग्दो कथा कसरी महान ब्राण्डहरु लोकप्रिय संस्कृतिको अभिन्न अंगबन्दै ग्राहकहरुसँग बलियो र लामो नाता गाँस्न सक्छन् भन्ने कुराको प्रमाण पनि हो ।”
अर्घाखाँची सिमेन्टद्वारा इन्जिनियरर्स, कन्ट्रयाकटर्स र निर्माणकर्मीहरुसँग अन्तरक्रिया
काठमाडौं, ९ पुस । अर्घाखाँची सिमेन्टले पुस ८ गते पोखराको लेकसाइडमा अवस्थित होटल टेम्पल ट्रीमा इन्जिनियरर्स, कन्ट्रयाक्टरर्स र निर्माणकर्मीहरुको विशेष भेटघाट र अन्तरक्रिया गरेको छ । कम्पनीका इन्जिनियर विकास भट्टराइले सहभागी सबैलाई भूकम्प प्रतिरोधक भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गर्नुका साथै गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने तरिकाहरुको बारेमा पनि जानकारी प्रदान गरेका थिए । उक्त भेटघाट कार्यक्रममा सहभागी सबैजनालाई कम्पनीका सिनियर सेल्स एण्ड मार्केटिङ् मेनेजर रमेश थापाद्वारा आगामी दिनमा अर्घाखाँची सिमेन्टले विशेष बजार नीति अपनाइ कार्य अगाडी बढाउनुका साथै अन्य संगठनमा पनि भूकम्प प्रतिरोधक भवन निर्माणको बारेमा तालिम तथा जानकारी मुलक कार्यक्रमको आयोजना गर्नेे जानकारी दिए ।
वार्षिक ९ हजार सडक दुर्घटनाहरुमा २ हजार मानिसले ज्यान गुमाउने गरेकाे रेडक्रसकाे तथ्याङ्क, स्वास्थ्य सेवा विस्तार गरिने
चितवन, ९ पुस । नेपालमा वार्षिक ९ हजार दुर्घटनाहरु हने र २ हजार मानिसले ज्यान गुमाउनु परेको जनाउँदै नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार सेवा विस्तारमा जोड दिएको छ । नेपालमा ६६ हजार ५ सय २० किमी सडक रहेको छ र हरेक वर्ष दुर्घटनमा बढ्दै गएको छ । त्यस्तै, नेपालमा प्रजनन उमेर समूहका मृत्युबरण गर्ने महिलाको १६ प्रतिशत आत्महत्याको कारणले हुने, यी समस्यालाई सम्बोधन गर्न नेपाल रेडक्रसले १ हजार ७ सय २३ स्वयंसेवक परिचालन गरेको, गत वर्ष ३ हजार ६ सय २७ रक्त संकलन मोवाइल क्याम्प सञ्चालन गरिएको, जम्मा २ लाख ३० हजार नौसय पिन्ट रक्त संकलन भएको जानकारी दिईयो । साथै, रेडक्रसले सञ्चालन गरेको आँखा अस्पताल तथाफिल्ड हस्पिटलबाटएकलाख सत्तरीहजार मानिसहरुले सेवा पाएका छन्, ५ एकलाख ९४ हजार व्यक्तिलार्इ गतवर्ष प्राथमिक उपचार प्रदानगरिएको, गतबर्ष नेपाल सरकारले सञ्चालन गरेको दादुरा रुबेलाखोप अभियानबाट २ लाख १५ हजार थपबालबालिकाले खोप पाएको र नेरेसोले यो अभियानलाई सघाउदै ४० हजार बढी मानिसहरुलाई सन्देश पुर्याएको जनाएको छ । रेडक्रसले आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत उपकरण सहितको फिल्ड अस्पताल सञ्चालनमा ल्याउने भएकोछ । त्यस्तै आपत्कालीन अवस्थाको लागि एम्बुलेन्स, प्राथमिक उपचार, रक्तसञ्चार, मनोसामाजिक सहयोगलगायत सामान्य अवस्थामा बालबालिका युवा, महिला तथा जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्धनका गतिविधिहरु नेपाल रेडक्रसले समन्वयात्मक तरीकाले विस्तार गर्ने जानकारी दिएको छ । शनिबार चितवनमा सुरु भएको नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्य सम्बन्धी गतिविधिहरुको ३ दिने बार्षिक समीक्षा बैठकमा सो जानकारी दिइएको हो । समीक्षाको क्रममा नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरुले रेडक्रसले सञ्चालन गरेका एम्बुलेन्स, रक्तसञ्चार, खानेपानी, सरसफाई, अन्धोपन निबारण जस्ता विविध क्षेत्रका गतिविधिको प्रशंशा गरेका छन् । साथै, स्वास्थ्य क्षेत्रमा कार्य गर्ने नेपाल सरकारका बिभिन्न निकाय तथा मन्त्रालयहरुबीच समन्वय बढाउन बैठकले आव्हान गरेकोछ । आगामी ६ महिना भित्रकाभ्रे, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकामा उपस्वास्थ्यचौकीहरु पुननिर्माण गरिने कार्यक्रममा जानकारी दिइयो । त्यस्तै प्राथमिक उपचारको लागि मोबाइल एप्लिकेशन बनाइने, वढ्दो सडक दुर्घटनालाई ध्यानमा दिई पैदलयात्रु, चालक, यात्रु र बालबालिकालाई लक्षित शैक्षिक गतिविधिहरु सञ्चालन गरिने भएका छन् । कार्यक्रममा समाजकल्याण परिषद, नेपाल सरकारका स्वास्थ्यमन्त्रालय र त्यस अन्तरगतशुक्रराज ट्रपिकल अस्पताल, जनस्वास्थ्य प्रयोगशाला लगायत विभिन्न निकायहरु, महिला तथा बालबालिका मन्त्रालय, संयुक्त राष्ट्रसंघका निकायहरु, गैरसरकारी संस्था, प्राथमिक उपचारका विषय विज्ञहरु, नेपालप्रहरी, नेपाल रेडक्रस, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ एवम् अष्टेलियन, नर्वेजियन क्यानेडियन, अमेरिकन र स्वीस रेडक्रसका प्रतिनिधिहरु गरी १०० वढी प्रतिनिधिहरु सहभागी छन् । कार्यक्रमको समुद्घाटन गर्दै नेरेसो अध्यक्ष सञ्जीव थापाले नेरेसोलाई समुदायमा पहिचान र स्वीकार्यता प्राप्त भै आएको स्मरण गर्दै नेपाल सरकारको स्वास्थ्य नीति, अन्तर्राष्ट्रिय फोरमहरुले औँल्याएका प्राथमिकता र नेपाल रेडक्रसको सातौँ विकास योजना मुताविक नेरेसोका स्वास्थ्यगतिविधिहरु अघि बढिरहेको बताए । विशेष अतिथिको आसनबाट बोल्दै सभाषद डा. विजयकुमार सिंले रेडक्रसले स्वास्थ्यका प्रवर्धनात्मक, रोकथाम मूलक र उपचारात्मक सवै क्षेत्रमाकामगर्न सक्छ भन्ने उदारहण दिइसकेको बताए । कार्यक्रमको क्रममा समाज कल्याण परिषदका उपाध्यक्ष नीलमणी बराल, महिला तथा बालबालिका मन्त्रालयका महानिर्देशक नरेश कुमार चापागाँई, स्वास्थ्य सेवाविभाग इपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. गुणनीधि शर्मा, नेरेसो महामन्त्री देवरत्न धाख्वाले आफ्नो विचार व्यक्त गरेका छन् ।