पुल्चोक शाखामा एभरेष्ट बैंकको रिटेल एसेटस् सेल उद्घाटन
काठमाडौं । पुल्चोक शाखा कार्यलयमा एभरेष्ट बैंकको रिटेल एसेटस् सेलको औपचारिक समुद्घाटन गरेको छ । पुल्चोकमा आयोजित क्रार्यकममा पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशक एल.वी. प्रभाकरले रिटेल एसेटस् सेलले पुर्ननिर्मित पुल्चोक शाखा कार्यलयको समुद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो । एभरेष्ट बैंकले आफ्ना ९.५ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ । बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएमबाट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
न्यूजपोर्टलमा कम्तिमा ३० वटा समाचार पोष्ट हुनुपर्ने, आचारसंहिताले २५ अंक पाउँदा विषयबस्तुमा १५ अंक पाउने
काठमाडौं । प्रेस काउन्सिल नेपालले न्यूजपोर्टलहरुको वर्गिकरण गर्न लागेको छ । पछिल्लो समय सर्वाधिक प्रभावकारी मिडियाको रुपमा उदाएको न्यूजपोर्टललाई अखबार, टेलिभिजन र रेडियोलाई झै वर्गिकरण गर्न र लोककल्याणकारी विज्ञापन वितरण गर्न सञ्चार क्षेत्रबाट माग आएपछि वर्गिकरणको तयारी भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । न्यूजपोर्टललाई वर्गिकरण गर्न १०० अंकको पूर्णाङ्क राखेर त्यसलाई विभिन्न विषयमा खण्डिकरण गरिएको छ । पहिलो खण्डमा २५ अंक भार राखिएको छ । त्यसमा सम्पादकीयलाई ५ अंक, दैनिक अपडेटलाई १० अंक र पाठक संख्यालाई १० अंक दिईएको छ । दोस्रो खण्डमा पनि २५ अंकभार तोकिएको छ । त्यसमा आचारसंहिता मात्र परेको छ । तेस्रो खण्डमा ५० अंकभार तोकिएको छ । त्यसमा विषय बस्तुलाई १५ अंक, विविधतालाई १० अंक, भाषालाई ५ अंक, साजसञ्जा\अडियो\भिडियोलाई ५ अंक, मौलिकतालाई ५ अंक, र्याङकिङलाई ५ अंक र डेटलाईनलाई ५ अंक तोकिएको छ । काउन्सिलले वर्गिकरणको आधार र मापदण्डको रुपरेखा तयार गरी सरोकार पक्षहरुसँग छलफल शुरु गरेको मुख्य अधिकृत झविन्द्र भुसालले बताए । ‘हामीले सम्वन्धित पक्षहरुसँग लिखित रुपमा राय सुझावपनि मागेको छौ । सम्बन्धित पक्षसँग अन्तरक्रिया पनि शुरु गरेका छौं’ भुसालले भने ।
५ हजारको लोभ गर्दा शाखा अधिकृत भरत काउचाले जागिर गुमाए
काठमाडौं । ५ हजारको लोभमा पर्दा शाखा अधिकृत भरतकुमार काउचाले जागिर गुमाएका छन् । बुटवल उपमहानगरपालिका वडा नं १३ का वडासचिवका रुपमा कार्यरत काउचा बसालाई अख्तियार दरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो । काउचा विरुद्ध आयोगमा बसाइसराइ सम्बन्धी काम गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । उनलाई अख्तियार टोलीले हाटबजारमा सेवाग्राहीसँग ५ हजार लिदैं गर्दा पक्राउ परेका हुन् । आयोगले उनी विरुद्ध विषेश अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
५ अर्ब खर्चिएको १५ तले छायाँ सेन्टर आजबाट खुल्दैः ठमेलमा रौनक बढ्छ कि छायाँ ?
काठमाडौं । काठमाडौंको जुनसुकै अग्ला भवनको टुप्पामा गएर ठमेलतिर आँखा लगाउँदा सबैभन्दा ठूलो भवन देखिन्छ, तर त्यो के हो भन्ने थाहा थिएन भने त्यही भवन आजदेखि तपाईँहाम्रो लागि समेत खुला हुने भएको छ । ठमेलमा १४ रोपनी क्षेत्रफल फैलिएको यो विशाल बजार संरचनालाई ठमेलभित्रको ‘मिनीठमेल’को रुपमा विकास गर्ने लक्ष्य सञ्चालकहरुको छ । यही लक्ष्यकाबीच ५ अर्ब लगानीमा तयार गरिएको छायाँ सेन्टर आजदेखि सर्वसाधारणका लागि खुल्ला हुँदैछ । डिसेम्बर २५ अर्थात् क्रिसमसको दिन आज पर्यटनमन्त्री रबीन्द्र अधिकारीले उक्त सपिङ कम्प्लेक्सको उद्घाटन गर्दैछन् । उक्त कम्प्लेक्स नेपालकै सबैभन्दा ठूलो र आरामदायी शपिङ कम्प्लेक्सको रुपमा रहेको दाबी सञ्चालकहरुको छ । कम्प्लेक्समा अलफ्ट होटेलमा साथै रहनुका साथै क्युएफएकस सिनेमा, फुडकोर्ट, ब्रान्डेड स्टोर निकट भविष्यमै खुल्ने बताइएको छ । उद्घाटनको अवसरमा २५ प्रतिशत छुटको व्यवस्था रहेको समेत आयोजकले जानएको छ । कम्प्लेक्समा लाइभ म्युजिक, निशुल्क फेस पेन्टिङ, कटन क्याण्डी, फेमेली फोटोसुट तथा परिकार महोत्सव हुने बताइएको छ । कम्प्लेक्समा पृथ्वीबहादुर पाण्डे, सुमन पाण्डे, महेश्वर श्रेष्ठ, निर्मल प्रधान, कालु गुरुङ लगायतको लगानी रहेको छ । सेन्टरमा ४०० कार ३०० मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।
१२ लाख ४१ हजार कित्ता शेयरको लिलामी आजदेखि खुला, कति मूल्य कबोल गर्ने ?
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड र जेबिल्स फाइनान्सको शेयर आजदेखि लिलाम बढाबढमा बिक्रीका लागि खुल्ला हुने भएको छ । लुम्बिनीका करिब ३ लाख ४४ हजार र जेबिल्स फाइनान्सको ९ लाख ९७ हजार कित्ता गरि करिब १२ लाख ४१ हजार कित्ता शेयर आजदेखि लिलामीक लागि खुल्ला हुँदैछ । लिलामीमा आएका शेयरमध्ये लुम्बिनी विकास बैंकको सबै शेयर संस्थापक समूहको छ । लुम्बिनी विकास बैंकले यसअघि संस्थापक शेयरधनीलाई खुलाएको अक्सनमा करिब २५ हजार कित्ता मात्र शेयरका लागि आवेदन परेपछि बाँकी शेयर सर्वसाधारणका लागि खुल्ला गरेको हो । त्यस्तै, जेविल्स फाइनान्सको करिब ६ लाख ६६ हजार कित्ता प्रोमोटर र ३ लाख ३१ हजार कित्ता शेयर साधारण समूहका छन् । कति आवेदन गर्ने मूल्य लुम्बिनी विकास बैंक लिमिटेडको संस्थापक समूहको मात्र शेयर बिक्रीका लागि खुल्ला गरिएको छ । यो स्क्रिपको मुल्य दोस्रो बजारमा प्रतिकित्ता ११५ रुपैंया छ । जेबिल्स फाइनान्सको भने साधारण शेयरकै मूल्य दोस्रो बजारमा ९७ रुपैंयामा कारोबार भइरहेको छ । दुवै शेयरका लागि न्यूनतम १०० रुपैंया मूल्य तोकिएको छ । लुम्बिनी विकास बैंकको शेयरका लागि बजार मूल्यमा केही प्रतिशत कम मूल्य राखेर आवेदन गर्न उपयुक्त हुन्छ भने जेबिल्स फाइनान्सको शेयरका लागि भने आवेदन नै नपर्ने सम्भावना देखिन्छ । यद्यपि लिलामीका अन्तिम दिनसम्म बजारमा उच्च सुधार आई सम्बन्धित कम्पनीको मूल्य बढेमा भने लगानीकर्ताको आकर्षण यो शेयरमा पनि पर्न सक्छ । जेबिल्सको शेयरका लागि पुस १७ गते र लुम्बिनीको शेयरका लागि यही २५ गतेसम्म आवेदन दिन सकिन्छ । जेबिल्सको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ भने लुम्बिनीको बिक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ ।
नक्कली जग्गाधनी खडा गर्दै जग्गा बेच्दै सरकारी कर्मचारी, मालपोत अधिकृतसहित १६ विरुद्ध मुद्दा दायर
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा साेमबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार चन्दनकृष्ण कायस्थको नाममा रहेको बूढानीलकण्ठ नगरपालिका, साबिक विष्णु गाविस–७ को कित्ता नं ३२३,३२५ र ३२९ गरी जम्मा दुई रोपनी आठ आना जग्गा नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपुर्जासमेत खडा गरी बिक्री वितरण गरेको अनुसन्धान क्रममा पाइएले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका अनुसार मालपोत कार्यालयका तत्कालीन प्रमुख कमलप्रसाद तिमिल्सिना, मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, रामप्रसाद सुवेदी, नायब सुब्बा रञ्जनकुरमा खरेल, टाइपिस्ट नायब सुब्बा जमुनाकुमारी श्रेष्ठ, कार्यालय सहयोगी हरि खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारवाहीको माग गरिएको छ । यस्तै राजु थापा मगर भन्ने चन्दनकृष्ण श्रेष्ठविरुद्ध रु ६ करोड, सानुभाइ भन्ने सानुभाइ श्रेष्ठ, भुपाल मोक्तान, धुव्रप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपकुमार गौतम, नवदुर्गाप्रसाद ढुङ्गेल, सुरेशुकमार थापा र सनिश सापकोटामाथि पनि रु ६ करोड बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता स्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उक्काई गैरकानूनी तरिकाबाट आफ्नो फोटो टाँस गरी नक्कली प्रमाणपुर्जा, नागरिकताको प्रमाणपत्रसमेत खडा गरी उक्त जग्गा बिक्री गरेको आयोगले जनाएको छ । नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट जग्गा बिक्री वितरण तथा खरीद गर्ने कार्यमा प्रत्यक्ष भूमिका निर्वाह गरी आफू समेतलाई गैरकानूनी लाभ हुने र वास्तविक जग्गाधनीलाई गैरकानूनी हानि पु¥याउने कार्य गरेको उनीहरुमाथि अभियोग लागेको छ । यस्तै आयोगले आजै बुटवल उपमहानगरपालिका–१३का वडासचिव भरतकुमार काउचाले बसाइँसराइसम्बन्धी काम गरिदिने भनी सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगको टोलीले शाख अधिकृत काउचालाई बुटवल उपमहानगरपालिका–५ हाटबजारबाट आज पक्राउ गरेको हो । आरोपी काउचाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
इ-सेवा प्रयोग गरी बैंकबाट ९० लाख रूपैयाँ चोरी, प्रहरीले समात्यो सञ्जयकुमार श्रेष्ठलाई
काठमाडौं । इसेवा, ई–बैकिङ, मोबाइल बैकिङ प्रयोग गरी करिव राष्ट्रिय वाणिज्य बैंकबाट करिब ९० लाख रूपैयाँ चोरी गर्ने व्यक्तिलाई प्रहरीले समातेको छ । इसेवा लगायत इबैकिङ प्रणालीको दुरुपयोग गरेको अभियोगमा प्रहरीले काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१३ पेप्सीकोला बस्ने ४९ वर्षीय सञ्जयकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । राष्ट्रिय वाणिज्य बैकको मुख्य शाखा कार्यालय, विशालबजारमा यूएसडी खाता खोली ई–सेवा, ई–वैंकिङ, मोबाइल वैंकिङ लगाएत वालेट विद्युतीय उपकरणहरुको प्रयोग गरी उनले बैकिङ्ग प्रणालीको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ । आफ्नो यूएसडी खातामा अनधिकृत रुपमा ७८ हजार ३८० अमेरिकी डलर रकम जम्मा गरी भुक्तानी लिन एटीएम तथा पीओएस मेशिन प्रयोग गर्ने कार्यमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।
सिद्धार्थ बैंक १७औँ वर्षमा प्रवेश, बैंकिङ्ग उद्योगमा छुट्टै पहिचान बनाउन सफल
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड स्थापनाको १७औँ वर्षमा प्रवेश गरेको छ । सन् २००२ देखि बैंकिङ्ग सेवा शुरु गरेको बैंकले स्थापनाको १६ वर्ष पुरा गरी सोमबार(पुस ९ गते) बाट १७ वर्षमा पाइला टेकेको छ । सो अवधिसम्म बैंकले बैंकिङ्ग उद्योगमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ । बैंकले प्रविधिको अधिकतम सदुपयोग गर्दै देशका विभिन्न स्थानका सम्पूर्ण उद्यमी, व्यवसायी, संघ संस्था एवं सर्वसाधरणलाई छिटो छरितो र भरपर्दोरुपमा विभिन्न प्रकारका कर्जा तथा निक्षेप सेवा, कार्ड एवं इन्टरनेट बैंकिङ्ग सेवा, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । हाल बैंकले नेपालभर १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३९ एटीएम र १,१०० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले १६ वर्षे सफल यात्रामा साथ एंव सहयोग प्रदान गर्ने सम्प्रर्ण ग्राहकहरु, नियमनकारी निकाय, सेयरधनीहरु र सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, आगामी दिनहरुमा थप सहयोग गर्न आग्रह गरेको छ ।