विकासन्युज

नेशनल माइक्रोफाइनान्सका अध्यक्ष अचार्यले लिए सपथ

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुनः नियुक्त भएका केशवप्रसाद अचार्यले सोमबार सपथ लिएका छन् । अध्यक्ष अचार्यले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । पुनः नियुक्त अध्यक्ष न्युक्त अचार्यले संचालक समितीहरु रविन सिजापति, बद्रि प्याकुरेल, रामकुमार तिमल्सिना, जमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको उपस्थितीमा सपथ खाएका हुन् ।

एसबिआई बैंकले १५ प्रतिशत लाभांश दिने, यस्तो छ कम्पनीको विवरण

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले १५.७९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट तथा विगत वर्षका नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद(कर समेत) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी वार्षिक साधारणसभा पुस ३० गते भद्रकालीको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्दै छ । यस्तो छ कम्पनीको विवरण बैंकको खुद ब्याज आम्दानी ३८.३० प्रतिशतले बढेर ४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । साथै, संचालन मुनाफामा २४.४१ प्रतिशतको वृद्धि भई २ अर्ब ७६ करोड रुपैयाँ पुग्यो । बैंकको मुनाफामा २९.३२ प्रतिशतले बढेर २ अर्ब ०२ करोड रुपैयाँ नाघेको छ । कम्पनीको कोषको लागत ५.४५ प्रतिशत रहेको छ, जुन गत वर्ष ३.५४ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको खर्च आम्दानी अनुपात ३५.६९ प्रतिशत रहेको छ, जुन गत वर्ष पनि ३७.९४ प्रतिशत थियो । बैंकले अन्य आम्दानी १ अर्ब २२ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । कर्जा निक्षेप अनुपात (नेपाल राष्ट्र बैंकको निर्देशिक बमोजिम) ७४.३८ प्रतिशत रहेको छ । बैंकको पू्ँजी पर्याप्तता अनुपात नियामक निकायले तोकेको न्यूनतम ११ प्रतिशतको तुलनामा १५.१५ प्रतिशत रहेको छ । बैंकले आफ्नो सम्पत्तिको गुणस्तरमा उल्लेख्य सुधार गर्दै खूद निष्कृय कर्जा ०.२० प्रतिशत कायम गरेको छ । साथै, बैंकले यस वर्ष १ लाख २३ हजार ५८४ नयाँ बचत खाता खोल्न सफल भयो । दर्ता भएका निक्षेप खाताहरुको संख्या अघिल्लो वर्षको तुलनामा १५.३९ प्रतिशतले वृद्धि भई ८.३२ लाख पुग्यो । बैंकले साना तथा मझौला (एसएमई) व्यवसायतर्फ बैंकले २ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको कम्पनीले जनाएको छ ।

रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा पक्राउ परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । आदेशमा भनिएको छ, ‘चौधरीले आरोपित कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको देखिँदा निजलाई पछि ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीको आदेश मनासिव देखिन्छ ।’ जिल्ला अदालतको २०७४ फागुन १४ गतेको आदेशविरुद्ध चौधरीले उच्च अदालत दिपायलमा मुद्दा दायर गरेका थिए । सो अदालतको विसं २०७४ चैत २२ गतेको आदेशविरुद्ध २०७५ असार ५ गते सर्वोच्च अदालतमा उनी गएका थिए । चौधरीलाई २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडपमा एक बालकसहित आठ जनाको हत्या भएको घटनाको मुख्य आरोपी मानिएको छ । सो घटनापछि फरार रहेकै अवस्थामा चौधरी कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट विजयी भएका थिए । चौधरीले यही पुस १९ गते सभामुख कृष्णबहादुर महराबाट शपथसमेत लिए । रासस

प्राइम कमर्सियल बैंकको नयाँ शाखा पाँचथरको तुम्वेवा गाँउपालिकामा

काठमाडौं । प्राइम कमर्सियल बैंकले पाँचथरको तुम्वेवा गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७० पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा तुम्वेवा गाँउपालिका अध्यक्ष होमनाथ थापाले शाखा कार्यालय तुम्वेवाको उद्घाटन गरेका हुन् । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेका छन् । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने छ ।  

आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध अख्तियारको मुद्दा, १८ करोड मागदाबी

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । गैरकानूनी रुपमा १८ करोड भन्दा बढी आर्जन गरेको अभियोगमा सोमबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । खड्काले निजामित सेवामा रहँदा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दाबी सहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । खड्काले सात करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति पारिवार बाहेक अरु व्यक्तिको नाममा समेत राखेको अनुसन्धानका क्रममा खुलेको अख्यिारले अभियोग पत्रमा उल्लेख गरेको छ । खड्कासहित उनको सम्पत्ति लुकाउने कार्यमा संलग्न अन्य केहीविरुद्ध पनि मुद्दा दायर गरेको बुझिएको छ । उनी पदमा छँदा नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थ भण्डार गर्ने जग्गा खरिदका क्रममा व्यापक अनियमितता गरेको आरोप लागेको थियो।

आईएमई लाइफको थप शाखा बेनी र कुश्मामा, ल्यायाे १० वटा योजनाहरु

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा थप शाखा कार्यालय विस्तार गरेको छ । सो शाखाहरुको उद्घाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरेका छन् । कार्यक्रममा डा. अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा विस्तार गर्नु कम्पनी मुख्य उद्देश्य रहेको बताएका छन् । कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । साथै, विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ ।

सनराइज बैंकले गर्याे टिचफर नेपाललाई ५ लाख सहयोग

काठमाण्डौं । सनराइज बैंकले टिचफर नेपाललाई रु. ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ज्योतिकुमार बेगानी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा टिचफर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेका छन् । उक्त समारोहमा बैंकका वरिष्ठ नायव महा प्रबन्धक श्रीमती आशा राणा अधिकारी, नायव महा प्रबन्धक अपछकुमार यादव, नायव महा प्रबन्धक रविन नेपाल लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो । शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै सार्वजनिक शिक्षालाई सबल बनाउन टिच फर नेपालको उद्देश्यलाई बैंकले समाविष्ट गर्दैे आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.५ लाख नगद सहयोग गरेको हो । टिच फर नेपालले गुणस्तरिय शिक्षा उपलब्ध गराउने उदेश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न विश्वविद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयंमसेवी शिक्षकको रुपमा सार्वजनिक विद्यालयमा पठाउने साथै अंग्रेजी, गणित र बिज्ञान बिषयहरुमा अध्यापन गराउँदै आईरहेको छ ।

ग्रीनलाईफ हाइड्रोपावरले १८ करोडकाे आईपीओ बिक्री गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले १८ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार हाइड्रोले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेडमार्फत सो मात्राको आईपीओ बिक्री गर्ने भएको छ ।