सनराइज बैंकले गर्याे टिचफर नेपाललाई ५ लाख सहयोग

<p>काठमाण्डौं । सनराइज बैंकले टिचफर नेपाललाई रु. ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ज्योतिकुमार बेगानी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा टिचफर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेका छन् । उक्त समारोहमा बैंकका वरिष्ठ नायव महा प्रबन्धक श्रीमती [&hellip;]</p>

काठमाण्डौं । सनराइज बैंकले टिचफर नेपाललाई रु. ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ज्योतिकुमार बेगानी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा टिचफर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेका छन् ।

उक्त समारोहमा बैंकका वरिष्ठ नायव महा प्रबन्धक श्रीमती आशा राणा अधिकारी, नायव महा प्रबन्धक अपछकुमार यादव, नायव महा प्रबन्धक रविन नेपाल लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो । शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै सार्वजनिक शिक्षालाई सबल बनाउन टिच फर नेपालको उद्देश्यलाई बैंकले समाविष्ट गर्दैे आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.५ लाख नगद सहयोग गरेको हो ।

टिच फर नेपालले गुणस्तरिय शिक्षा उपलब्ध गराउने उदेश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न विश्वविद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयंमसेवी शिक्षकको रुपमा सार्वजनिक विद्यालयमा पठाउने साथै अंग्रेजी, गणित र बिज्ञान बिषयहरुमा अध्यापन गराउँदै आईरहेको छ ।

Share News