प्रभु बैंकले ल्यायो मास्टरकार्ड, ग्राहकलाई सरल र सुरक्षित भुक्तानीको प्रत्याभूति
काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ मास्टरकार्ड प्रचलनमा ल्याएको छ । कास्टरकार्डसँगको बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा आन्तरिक प्रयोजनको लागि उक्त कार्ड सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । यो सेविट कार्डले बैंकका ग्राहकहरुलाई सहजता र सुरक्षाको प्रत्याभुति गर्ने विश्वास वैंकले लिएको छ । अन्तर्राष्ट्रिय स्तरको भुत्तानी सेवा सञ्चालन (पीएसओ) सेवा प्रदान गर्ने मास्टरकार्डका विश्वका २१० देशहरुमा नेटवर्क छ । उसले आफ्नो सेवामार्फत् व्यक्ति, व्यवसायिक संस्था, वित्तीय संस्थाहरु, सरकार र गैर सरकारी संस्थाहरुलाई जोड्ने काम गरेको छ । बैंकको उक्त नेटवर्कसँग साझेदारी भएसँगै आफ्ना ग्राहकहरु समेत त्यससँग जोडिने बैंकले जनाएको छ । सेवा सुभारम्भको अवसरका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मास्टरकार्डसँगको यो साझेदारी भविष्यसम्म अझै फराकिलो हुँदै जाने र यसले दुवै कम्पनीलाई द्धिपक्षीय लाभ प्राप्त हुने विश्वास लिएका छन् । त्यस्तै मास्टरकार्डका दक्षिण एशिया हेर्ने प्रमुख पोरुष सिंहले पनि प्रभु बैंकसँग आफूहरुले फराकिलो साझेदारी चाहेको बताएका थिए ।
इलेक्ट्रोनिक कार्गो ट्याकिङ प्रणाली नेपालमा भित्रिँदै
काठमाडौं। नेपाली आयात र निर्याता गर्दा ट्रान्जिटमा ग्राहकहरुले वर्षैदेखि खेप्दै आएको समस्यालाई अन्त्य गर्न नेपाल सरकार र भारत सरकारले इलेक्ट्रोनिक कार्गो ट्याकिङ प्रणाली (इसीटीएस) लागू गर्न मेमोरेन्डममा हस्ताक्षर गरेको छ। नेपाल र भारतको ट्रान्जिटमा भएको समस्या अन्त्य गर्न सन् २०१७ जुन ६ मा मेमोरेन्डममा हस्ताक्षर गरिएको हो । एशियन विकास बैंकलाई यस प्रोजेक्टका लागि ग्लोबल बिडिङको माध्यमबाट सेवा प्रदान गर्न चयन गरिएको छ। एशियन विकास बैंकले ग्लोबल टेन्डरको माध्यमबाट ट्रान्सेकर टेलिमेटिक (भिमसेरीया ग्रुपको अंश) चयन गरेको थियो । सन् २०१८ अप्रिल १८ मा कलकता भंसार विभागले नेपालमा इसीटी सेवाको उद्घाटन गरेको थियो। त्यसपश्चात २५ अप्रिलमा मल्टी मोडल प्रणालीद्वारा ट्रान्जिटका लागि नयाँ मार्गको उद्घाटन गरिएको थियो। जसमा कलकताबाट आउने ट्रेनको ट्रान्जिट बटनाहामा कन्टेनरको टर्मिनल समाप्त हुन्छ। विद्युतीय जीपिएस प्रणालीले भारतीय सीएचए र ट्रान्स्पोटरको एकाधिकारमा जोखिम निम्त्याउने भन्दै त्यसको विरोध गरेपछि कलकताको परियोजनाले सफलता पाउन सकेन। वाणिज्य र आपूर्ति विभागको संयूक्त सचिव श्री रविशंकर सैन्जूले भन्नुभयो, “ यद्यपी व्यापारीहरुले इसीटीएसको प्रभावकारी कार्यन्वयनका लागि सरकारसँग सहकार्य गरेको छैन।” यसैबीच पछिल्लो महिनामा जटिल वृतचित्र र नेपालको कन्सोलेट नहुँदा विजागको १५ सय भन्दा बढी कन्टेनरसँग राम्रो स्थिति छैन। नेपाल सरकारले व्यापारमा सहजिकरण गर्न एडीबी र भारतीय सरकारसँग विजागद्वारा परिमार्जीत ट्रान्जिट प्रक्रिया शुरु गर्न पहल गरेको छ। इसिटिएस परियोजनालाई इसिटिएसमा स्वचालित पक्रियाबाट ट्रान्जिट गर्न परिमार्जीत गरिएको छ। २८ अगष्ट सन् २०१८ मा ट्रेनको मार्फतबाट कन्टेनरलाई नेपालमा ट्रान्जिट गर्न औपचारिक शुरुवात गरिएको हो । सञ्चालनको पहिलो महिना पश्चात एडीबीले आन्तरिक रिपोर्ट नेपाल सरकार र भारतीय सरकारलाई पेश गरेको थियो। ट्रान्जिटका लागि नयाँ प्रकिृयाले नेपाली व्यापारीहरुलाई व्यापार गर्न सहज भएको थियो । अघिल्ले प्रणालीमा ट्रान्जिकटका लागि सीटिडीमा ३० प्रोसिडयुर र २२ हस्ताक्षर आवश्यक पर्दथ्यो, अब नेपालका व्यापारीहरुले कुनै पनि सीटिडी फाइल गर्नु पर्दैन र नेपाल कन्सुलर जनरलको सेवा पनि आवश्यक पर्दैन। यहाँसम्म कि कानुनी अधिष्ठापन र बीमा नीति पनि वितरण गरिएको छ। व्यापारीले सामानको ट्रान्जिटका लागि कुनै बिचौलियाहरु (भारतीय सीएचए र ट्रान्स्पोटर) लाई संलग्न गरिरहन आवश्यक पर्दैन। कन्टेनरको ट्रान्जिटका लागि सम्पूर्ण दस्तावेज ढुवानी रेखाले प्रदान गर्नेछ भने ट्रान्सिपमेन्टका लागि भारतीय कस्टमबाट विजागले अनुमति प्राप्त गर्नेछ । यससँगै परागमन सन्धिको जटिलता पनि अन्त्य भएको छ । नेपाली व्यापारीहरुका लागि आयात निकै अन्त्य भएको छ । जुन विरगञ्जको आईसीडीमा घोषणा दावी गरेर प्रारम्भ हुन्छ ।कन्टेनरहरुको औसत आगमनमा ५० प्रतिशतले कमि गर्दै कन्टेनरहरु नेपालमा १० दिनमै नेपाल भित्रिन्छ । नेपाली कार्गो ह्यान्डिलिङ गरिरहेका सीएचएको भारतीय संस्थाले यसले जीवनशैलीमा प्रभाव परेकाले तत्काल कार्यक्रम निलम्वन गर्न भारतीय सरकारसँग अपिल गरेको छ ।
गण्डकी विकास बैंकको ११औँ साधारणसभा सम्पन्न, १४ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । गण्डकी विकास बैंकको ११औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । उक्त सभाले संचालक समितिको आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफावाट चुक्ता पुँजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमाससम्ममा निक्षेप २३ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ भने कर्जातर्फ २१ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ । बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत बैकिङ्ग सेवा दिँदै आएको छ । साथै, न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध व्यक्तिहरुका लागि लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको बैंकले जानकारी गराएको छ ।
मिसन डेभलपमेण्ट बैंकले ११ प्रतिशत बोनस सेयर स्वीकृत
काठमाडौं । मिसन डेभलपमेण्ट बैंकले नवौं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । ३०४ औं बैठकको निर्णय अनुसार बैंकले द दरबार लन प्रा.लि. तिलोत्तमा–३, योगिकुटी रुपन्देहीमा सम्पन्न भएको हो । बैंकको ५१ करोड, ९२ लाख ८० हजार दुई सय चुक्तापुँजी रहेको छ भने साधारण सभाबाट पारित ११ प्रतिशत बोनस सेयरले ५७ करोड ६४ लाख ११ हजार २२ रुपैयाँ चुक्तापुँजी पुग्नेछ । बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले चार अर्ब ६५ करोड निक्षेप संकलन गरी चार अर्ब दश करोड कर्जा प्रवाह गरेको छ । लिलबहादुर केसीको अध्यक्षता र कम्पनी सचिव विष्णु प्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न साधारण सभाले पाँच वटा सामान्य प्रस्ताव र पाँच वटा विशेष प्रस्ताव पनि पारित गरेको छ । जसमा अध्यक्षको आर्थिक बर्ष २०७४/७५ बार्षिक प्रतिवेदन उल्लेख गरेको छ । उक्त छलफल, लेखाप्रतिवेदन, नगद लाभांश, लेखापरीक्षक नियुक्तीको अख्तियारी, सञ्चालकहरुको निर्वाचन जस्ता सामान्य प्रस्ताव पारित छन्, भने ११ प्रतिशत बोनस सेयर स्वीकृत, कार्य क्षेत्र विस्तारको अख्तियारी, प्रवन्धपत्र तथा विनियमावली प्रस्ताव बमोजिम संसोधन आवश्यक कमिटी गठनको लागि सञ्चालक समीतिलाई अख्तियारी जस्ता विशेष प्रस्तावहरु पारित गरेको बैंकले जनाएको छ ।
कुमारी बैंक ‘आइएमई पे’ वालेटमा आवद्ध
काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि कुमारी बैंक लिमिटेडको खातामा लिङ्क गरि ‘आइएमई पे’ वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथै, बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र कुमारी बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने काम शुरु भएको छ । कुमारी बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो ।
स्वावलम्बन लघुवित्तको ३६.८४ प्रतिशत लाभांश पारित
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १७ औं वार्षिक साधारणसभामा ३६.८४ प्रतिशत लाभांश पारित भएको छ । संचालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र ११.८४ प्रतिशत नगद गरी ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा रु.३४ करोड ३० लाख ४९ हजार ७ सय २५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । सभाले वित्तीय संस्थाको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा बाँकी अवधिको लागि विष्णुप्रसाद त्रिपाठीलाई संचालकमा निर्बिरोध निर्वाचित गरेको हो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ५७ जिल्लाका १२८ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख २८ हजार १ सय १९ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कर्जा रकम रु.११ अर्व २६ करोड ४२ लाख १६ हजार पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.६ अर्व ३४ करोड ९२ लाख ४० हजार रहेको छ । संस्थाको अधिकृत पूँजी १ अर्ब रहेको छ भने चुक्ता पूँजी रु.७० करोड २४ लाख ७१ हजार ३ सय ९३ कायम गर्ने निर्णय समेत गरेको छ ।
‘हेपाटाइटिस बी’ को औषधि नेपालमै उत्पादन सुरु
काठमाडौं। नेपाली फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले हेपाटाईटिजी बीका लागि महत्वोपूर्ण औषधी इन्टेकाभिर (Entecarvir) को उत्पादन नेपालमै सुरु भएको छ। हेपाटाइटिस बीको नेपालमा बढ्दो प्रकोपलाई मध्यनजर गर्दै म्याग्नसले इन्टेका–बी (Enteca -B) ब्रान्ड नेमका साथ ‘इन्टेकाभिर’ (Entecarvir ) बजारमा ल्याएको छ। नेपालमा कुल जनसंख्याको लगभग १ प्रतिशतमा हेपाटाइसिटस बीको संक्रमण भएको अनुमान छ । समयमा उपचार नगरे हेपाटाइटिस बीले कलेजो सिरोसिस र कलेजोको क्यान्सर गराई मानिसको मुत्यु हुनसक्छ। इन्टेका–बी (Enteca -B) ले हेपाटाइसटिस बी भाइरसको प्रतिकृति (रेप्लिकेसन)लाई रोक्छ, जसले गर्दा हेपाटाइटिस बी भाइरस शरीरमा बढ्न पाउँदैन र रोगको रोकथाम हुन्छ। सामान्यतया हेपाटाइटिस बीको उपचार अति लामो समयसम्म गर्नुपर्ने हुँदा रेजिस्टेन्सको विकास भई भाइरसले औषधिलाई निष्क्रिय पार्दिन सक्छ। इन्टेका–बी हेपाटाइटिस बीका लागि प्रयोग गरिने औषधिमध्ये सबैभन्दा कम रेजिस्टेन्सको विकास हुने औषधि हो। साथसाथै, मिर्गौलामा पनि यस औषधिले कुनै पनि नकारात्मक असर नगर्ने हुँदा इन्टेका–बी हेपाइटाइटिस बीका लागि उपयुक्त र सुरक्षित औषधिका रुपमा लिइन्छ। कम्पनीका बजारप्रबन्धक सुधीरप्रकाश मास्केका अनुसार औषधि उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित अघि बढिरहेको म्याग्नसले नयाँ उत्पादनका रूपमा हेपाटाइटिसको औषधिलाई रोजेको हो । कम्पनीले यसअघि हेपाटाइटिस सीको नयाँ औषधि सोफोसबूभीर (Sofosbuvir) लाई ब्रन्ड नेम सोफूभीर (Sofuvir) र हेपाटाइटिस बीकै अर्को महत्वपूर्ण औषधि टेनोफोभीर (Tenofovir) लाई ब्रान्ड न्याम टेनोफ (Tenof )का साथ बजारमा ल्याइसकेको छ । इन्टेका बी (Enteca -B) ०.५ र १ एमजीमा उपलब्ध छ, जसको हाल बजारमूल्य ९० र १ सय ६० रूपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
नेपाल बङ्गलादेश बैंकको १० प्रतिशत नगद लाभांश पारित, निक्षेप ४८ अर्ब बढी
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रस्तावित १०.५३ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) पारित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त सभाले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफा तथा जगेडा कोषबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्यसंग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । साथै, बैंकले ४८ अर्ब निक्षेप र ४३ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले आफ्ना ग्राहकहरु लगायत सबैलाई आगामी दिनमा मर्चेन्ट बैंकिङ्ग तथा स्टक ब्रोकर सेवा दिने उद्देश्यले सहायक कम्पनी स्थापना गर्ने जानकारी गराएको छ ।