पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय, सिंहदरबारकाे मुलढाेकामा विशेष कार्यक्रम गरिदै
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विहीबार बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण संस्था शुक्रबार बन्द गर्ने निर्णण गरेको छ । नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिका मातहतका शिक्षा, स्वास्थ्य, कृषि, वडा कार्यालयलगायतमा बिदाको निर्णय गरेको हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शुक्रबार २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन् । राष्ट्रपति, प्रधानमन्त्रीलगायत सो अवसरमा उपस्थित हुने बताइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्राको कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रमको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्र्ने प्रतिष्ठानले जनाएको छ । बाइसेचौबीसे राज्यमा छरिएको भूगोललाई युद्ध तथा कूटनीतिक कौशलताबाट क्रमिक रुपमा एकताबद्ध गरेका शाहको गौरव र इतिहास परिवर्तन गर्न नहुने र योगदानलाई राजनीतिक आस्थासँग जोड्न नहुने बुद्धिजिवीले सुझाएका छन्छ। सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्नेमा बुद्धिजिवीले बताएका छन् । प्राज्ञ दिनेशराज पन्तले प्राचीनकालमा विशाल रहेको नेपाल विभिन्न कारणले लिच्छविकालको अन्त्यतिर ५२ राज्यमा विभाजन भएको उल्लेख गर्दै शाहले नेपाललाई पुनःएकीकरण गरी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको नेपालीले भोग गर्न पाउने व्यवस्था गरिदिएकाले प्रत्येक नेपालीले उनलाई सम्मान गर्नुपर्नेमा जोड दिए । तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए । तिनै तीन केन्द्रअन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोराका रुपमा विसं १७७९ पुस २७ गते जन्मेका शाहले विसं १७९९ चैतमा राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका विसं १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए । आफ्ना पालामा छरिएका ५४ राज्यमध्ये धेरै राज्य एकीकरण गरेपछि शाहलाई वंशका हिसाबले राजा तथा कुशल नेतृत्व गर्न सक्ने सेनापतिका रुपमा पनि चित्रण गरेको पाइन्छ । शाहको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा विसं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो । उक्त स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्वतिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरुले पश्चिमतिर सिमाना बढाए । शाहका कान्छा छोरा बहादुर शाहले पनि राज्य बढाएको भए पनि विभिन्न कारणले त्यसलाई कायम गर्न सकिएन । नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । नेपाल अङ्ग्रेज युद्धपछि सुगौली सन्धि (विसं १८७२) सम्म वर्तमान भूभाग (राणाका पालामा नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता) नेपाल अधीनस्थ भयो । विविध कार्यक्रम हुने नेपाल एकिकरण गर्ने पूर्व राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारीस्तरबाट कुनै कार्यक्रम यस पटक नभए पनि विभिन्न राजनीतिक दल तथा राजावादी सङ्घसंस्थाले राष्ट्रिय एकता दिवसका रुपमा यस दिनलाई मनाउँदैछन् । देहत्याग भएको स्थान देवीघाटमा पृथ्वी स्मारक संरक्षण समिति र नुवाकोट साततले दरबारमा पृथ्वीजयन्ती दिवस समारोह समितिले पृथ्वीनारायण शाहको सम्झना गर्दै विशेष कार्यक्रम गर्दैछन् । नुवाकोट नेपालको दोस्रो राजधानी, पृथ्वीनारायणद्वारा ‘दिव्योपदेश’ दिइएको थलो र उनले देहत्याग गरेको भूमिकाे रूपमा चिनिन्छ ।त्यसबाहेक नेपाल एकीकरणसँगै यहाँ भित्रिएका मुसलमान र हिन्दू धर्मावलम्बी ठकुरी, मगर, नेवार, दलित तथा बाह्मण समुदायको जातीय विविधताको उदाहरणका रुपमा रहेको नुवाकोटले पृथ्वीनारायणकै कारण फैलिएको नेपाल चार जात छत्तीस वर्णको सुन्दर फूलबारी हो भन्ने चित्र पस्किएको छ । एकीकरण कालदेखि शुरु भएको यहाँको साँस्कृतिक पर्व, मेला र जात्रासँगै रहनसहन र ऐतिहासिक धरोहरलाई चिनाउने धार्मिक मठमन्दिर, गुम्बा, नौकोट र नुवाकोटका साततले दरबारलगायत अनेकौँ साक्षी प्रमाणले उनको पौरख र अस्तित्वलाई सम्झाउँछन् । ‘नेपाल दुई ढुंगाबीचको तरुल हो’, ‘घूस लिने र दिने देशका महाशत्रु हुन्’ भन्ने आशयका पृथ्वीनारायणका कैयौंँ उद्गार दिव्योपदेशका नामले आज पनि सान्दर्भिक मानिन्छन् । बाइसे तथा चौबीसेसहितका राज्यलाई एकीकरण गरेर विशाल राज्य खडा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायणको योगदानको कदर गर्दै विगतमा पृथ्वीजयन्तीलाई पर्वकै रुपमा मनाउँदै अाएका विदुर नगरपालिकाका रामकृष्ण भट्ट भन्नुहुन्छ, “यो वर्ष पनि सरकारले सार्वजनिक बिदा दिएन तर क्रिसमसमा बिदा दिने तर आफ्नै इतिहासलाई भुल्ने काम राम्रो भएन । सङ्घीयताको नाममा सरकारले मुलुकमा महत्वपूर्ण योगदान दिने व्यक्तिलाई बिर्सनु हुँदैन ।” दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले उहाँको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्ने इतिहासविद्को भनाइ छ । एकथरिले उनी मुलुक एकीकरण गरेर राष्ट्रनिर्माता बन्न सफल भएको भन्छन् भने अर्काथरिले उनलाई पहिचान विरोधीका रुपमा अथ्र्याएका छन् । “उहाँलाई राष्ट्रनिर्माता वा तानाशाह जसरी अथ्र्याए पनि उनले दिएको दिव्योपदेश भने आजपर्यन्त सान्दर्भिक मानिन्छ”, राप्रपा नुवाकोटका नेता विष्णुप्रसाद सापकोटाले भने । दिव्योपदेशलाई कार्यान्वयनमा ल्याए मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने लिखु गाउँपालिका ढिकुरे नुवाकोटका इतिहास जानकार यादवप्रसाद पाण्डे बताउछन् । “यो दिवस नेपाल प्रज्ञा–प्रतिष्ठान वा एकदुई सङ्घसंस्था र व्यक्तिले मात्र मनाएर हुँदैन, देशव्यापीरुपमा मनाउनुपर्छ” उनी भन्छन्। दिव्योपदेश नयाँ ढङ्गबाट अध्ययन गर्नुपर्नेमा उनको जोड छ । सोभियत सङ्घका एक इतिहासकारले ‘इतिहासले कसैलाई कुनै पाठ सिकाउँदैन तर जसले इतिहासबाट कुनै पाठ सिक्दैन उसलाई इतिहासले सधैंँ दण्ड मात्र दिइरहन्छ’ भनेझैंँ नेपालमा पनि सो भनाइ लागू हुने नुवाकोटका अर्का बुद्धिजीवी श्रीराम श्रेष्ठको भनाइ छ । “राष्ट्रप्रति वफादार कुनै पनि नेपाली नागरिकले राष्ट्रिय एकताका प्रतीक र राष्ट्रका निर्माता पृथ्वीनारायणलाई आदर गर्दै आइरहेका छन्”, श्रेष्ठले भने । “दिव्योपदेशमा जे जे कुरा नगर्नु भनिएको थियो त्यो त्यो कुरा अहिले राजनीति र कूटनीतिका नाममा भइरहेका छन् । यो नै राष्ट्रिय दुर्भाग्य हो ”, भट्टको ठहर छ । राजनीतिक दलहरूको विचारभन्दा निकै बहुपयोगी दिव्योपदेश देखिएको र सत्य र आवश्यकताको गुदी कुरा यसमा रहेकाले यतिखेर प्रगतिशील, प्रजातन्त्रवादी, जनवादी, सङ्घीयतावादी, विखण्डनवादी नेताहरूले पृथ्वीनारायणलाई राजनीतिक स्वार्थमा मुछ्न खोजेको सापकोटाको आरोप छ । नेपाली भूभाग हिमाल, पहाड, तराईमा बस्ने १२५ जातजाति र १२३ भाषाभाषी नेपाली हुन् । उनीहरूबीचको एकता नै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्थकता भएको अधिकारीले बताउछन् । “नौ धर्म सम्प्रदाय भएका दुई करोड ६५ लाख नेपालीको साझा फूलबारी नेपालमा भावनात्मक एकीकरणको खाँचो छ । यो पूरा भएपछि नेपाल सुन्दर, शान्त, विशाल, शक्तिशाली र समृद्धशाली हुनेछ ” उनले भने ।
एनआईसी एशियाले मृतक श्रेष्ठका परिवारलाई दियो ५ लाखको बीमा भुक्तानी
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मृतक राजकृष्ण श्रेष्ठका निजको छोरा रजतकृष्ण श्रेष्ठलाई ५ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ । बैंकको बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोलेका श्रेष्ठको २०७५ कार्तिक २० गतेका दिन दुर्घटनामा परि असामयिक निधन भएको थियाे । उक्त खाता खोल्दा ५ लाख रुपैयाँ बराबरको स्वतः दुर्घटना बीमा हुने भएकोले सो बीमाको क्षतिपुर्ति बापत बैंकले मृतक श्रेष्ठका निजको छोरा रजतकृष्ण श्रेष्ठलाई सो मात्राको रकमको चेक हस्तान्तरण गरेको हो । उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले बिहीबार मृतकका छोरालाई प्रदान गरेका हुन् ।
कैलाश विकास बैंकको शाखा बुटवलमा
काठमाडौँ । कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको होराईजनचोक बुटवलमा नयाँ शाखा स्थापना गरी मिति पुस २६ गते बिहिबारदेखि औपचारिक कारोकार शुभारम्भ गरेको छ । बैंकका सञ्चालक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल नारायण श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका थिए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको अध्यक्षता रहेको उक्त कार्यक्रममा बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रमुख कृष्णप्रसाद अर्याल, न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्याय, उद्योग बाणिज्य संघ बुटवलका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री लगायतले बोलेका थिए । नयाँ शाखा सहित बैंकको शाखा संख्या ८२ पुगेका छन् भने एटिएम संख्या ३१ पुगेका छन् । निकट भविष्यमा काठमाण्डौका बिभिन्न ७ स्थान तथा देशका अन्य ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको यस बैकले हाल सम्म २६ अर्व निक्षेप संकलन गरी २३ अर्ब ५० करोड कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
युनियन लाईफले ल्यायो नयाँ योजना, १८ प्रकारका घातक रोगको आर्थिक सुरक्षा दिने
काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न जीवन बीमामा घातक रोग सम्बन्धी बीमा सुविधा योजना ल्याएको छ । इन्स्योरेन्सले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले उक्त योजना बजारमा ल्याएको हो । कम्पनीमा प्रचलनमा ल्याईएको बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ । यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ । यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु हो । यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने छ । हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।
इजरायलका लागि नेपाली राजदूत शाक्यलाई चेम्बरले गर्यो सम्मान
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएकी डा. अन्जान शाक्यलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । चेम्बर भवन कान्तिपथमा आज सम्पन्न सो कार्यक्रममा नेपालका लागि इजरायलका महामहिम राजदुत बेनी ओमरको विशिष्ट आतिथ्यता रहेको थियो । सम्मान तथा बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यले व्यवस्थापकीय दखलतालाई अव कुटनीतिक कौशलातामा बदल्नुपर्ने दिन आएको बताए । उनले भने, “जसरी नेपाल महिला चेम्बरको संस्थापक सभापति भएर महिला व्यवसायीहरुलाई शशक्तिकरण तथा संगठित गर्ने काम गरि उच्च व्यवस्थापकीय र नेतृत्वदायी भूमिका खेल्नु भयो, त्यो भन्दा अझैं उच्च तहको कुटनीतिक कौशलता प्रदर्शन गरि दुई देशको सम्बन्धलाई आपसी हितमा प्रयोग गर्ने बेला आएको छ ।“ नेपाल चेम्बर अफ कमर्समा आबद्द भएर उद्योग तथा बाणिज्यको क्षेत्रमा काम गरी प्रयाप्त अनुभव हाँशिल गरेकी डा. शाक्यले अब इजरायलका लागि नेपाली राजदुतको रुपमा काम गर्दै गर्दा नेपालको कृषि उत्पादन, पर्यटन, प्रबिधि हस्तान्तरण तथा ’फ्लोरिकल्चर’को प्रबर्दनमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने कुरामा जोड दिइएको थियो । २०१९ को मार्चमा हुने लगानी सम्मेलनमा यी क्षेत्रहरुमा इजरायलबाट लगानी भित्र्याउन डा. शाक्यले पहल गर्नु पर्ने कुरा समेत अध्यक्ष श्रेष्ठले उल्लेख गरे । आज सम्मान ग्रहण गरेकी डा. शाक्यले आफु नेपालको हितमा र नेपालमा लगानी भित्र्याउन कटिबद्द भएर लाग्ने प्रतिबद्दता जाहेर गरेकी थिइन् ।
दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न गर्छौंः ज्ञवाली
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा बैठकमा पुनर्निर्माणको प्रगति र आगामी कार्ययोजना प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणको समय दुई वर्ष बाँकी रहेको र सो समयसम्ममा पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने बताएका हुन् । उनले प्राधिकरण स्थापना भएको तीन वर्षमा निर्माण सम्पन्न र निर्माणाधीन गरी निजी आवास पुनर्निर्माणमा ७७ प्रतिशत, विद्यालय भवन पुनर्निर्माणमा ८० प्रतिशत, सरकारी भवन पुनर्निर्माणमा ९५ प्रतिशत, पुरातात्विक सम्पदा पुनर्निर्माणमा ६८ प्रतिशत, सुरक्षा निकाय पुनर्निर्माणमा ५४ प्रतिशत काम भएको जानकारी दिए । नीति, कानूनी तथा संरचनागत सहित हामीले पुनर्निर्माणका कार्यहरु द्रुतगतिमा गरिरहेका छौं, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने–स्पष्ट लक्ष्य र योजनाका साथ काम गरिरहेकाले बाँकी कामहरु २०७७ साल पुस १२ गतेभित्र सम्पन्न गर्नेछौं । अनुदान सम्झौता गरेका मध्ये ९९ प्रतिशत भूकम्प पीडित लाभग्राहीले पहिलो किस्ता लिइसकेको भन्दै उनले किस्ता लिएका सबैलाई घर पुनर्निर्माण गर्न आग्रह गरे । एकजना भूकम्प पीडित पनि अनुदान लिएर घर बनाउन नछुटुन र कोही पनि नदोहोरिउन भन्ने मूल मन्त्रका साथ अघि बढेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका कामलाई थप सहजीकरण गर्नका लागि प्राधिकरणले साधन स्रोत उपलब्ध गराउने गरी स्थानीय तहहरुलाई जिम्मेवारी हस्तान्तरण प्रकृयालाई अघि बढाएको जानकारी दिए । स्थानीय तहसँगको सहकार्यमा यसअघि छुट भएकाहरुको पुनस् सर्वेक्षण हुने जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका कार्यहरुमा सहयोग गर्न सबैलाई आग्रह गरे । बैठकमा सांसदहरुले निजी आवास पुनर्निर्माण, एकीकृत बस्ती, सम्पदा पुनर्निर्माण, पुनर्निर्माणमा वैदेशिक सहयोग, गैरसरकारी संस्थाहरुको भूमिका लगायतबारे जिज्ञासा राखेका थिए । समितिका सभापति र सांसदहरुले पुनर्निर्माणका कामहरुलाई अघि बढाउनका लागि आफूहरुको तर्फबाट सबै सहयोग गर्ने बताएका थिए ।
न्युरोडको महर्जन कम्प्लेक्स वैशाखदेखि सञ्चालनमा, एक हजारले रोजगारी पाउने
काठमाडौं । आगामी वैशाखदेखि राजधानीको न्युरोडमा रहेको महर्जन कम्प्लेक्स सञ्चालनमा आउने भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत तारिफ गरेको उक्त व्यावसायिक भवन सञ्चालनमा आएपछि एक हजार जनाले रोजगारी पाउने बताइएको छ । युनेस्कोले २२ नोभेम्बर २०१७ मा प्रेषित गरेको एक पत्रमा उक्त भवनको ‘नियो क्लासिकल’ (नव पारम्परिक) स्वरुपको तारिफ गरिएको थियो । युनेस्कोको पत्रमा उक्त कम्प्लेक्सलाई हनुमानढोका गद्दी बैठकसँग मिल्दो भएको, भवनविश्व सम्पदा भन्दा बाहिर रहेको र यसमा युनेस्कोलाई कुनै आपत्ति नभएको उल्लेख छ । उक्त भवन ९ रेक्टर स्केलको भुइँचालो थेग्ने गरी बनाइएको यसका प्रवद्र्धक कृष्णलाल महर्जनले बताए । भवनको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री छ । भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी र फायर फाइटिङ सिस्टम छ । कम्प्लेक्सको बनावट परम्परागत शैलीको छ । यसको बीचभागमा ४० प्रतिशत खुला ठाउँ छाडिएको छ जसले गर्दा कम्प्लेक्स भित्र अक्सिजन सहितको खुला हावा उपलव्ध हुने छ । चारैतिर भवनले घेरिएको बीच भागमा पुग्दा सहरको कुनै परम्परागत बस्तीमा पुगेजस्तै अनुभूति हुन्छ । साबिकमा क्रिस्टल होटल रहेको जग्गामा बनेको देशकै पहिलो सम्पदामैत्री ‘महर्जन कम्प्लेक्स’लाई लिएर दायर मुद्दामा सर्वोच्च अदालतले कम्प्लेक्स प्रवद्र्धकको पक्षमा फैसला गरेपछि सञ्चालनको बाटो खुलेको हो । सर्वोच्चको फैसलामा उक्त कम्प्लेक्स संरक्षित स्मारक क्षेत्र (कोर जोन) भन्दाबाहिर बफर जोनमा र सोको पुष्टि नेपाल सरकार हनुमानढोका संरक्षण संग्रहालय विकास समिति २०६७ ले प्रकाशन गरेको स्मारिका २०७५ को प्रकाशित नक्साबाट समेत थप प्रष्ट भएको उल्लेख छ । सर्वोच्चको फैसलामा उक्त कम्प्लेक्स काठमाडौं महानगरपालिकाको भवन निर्माण मापदण्ड २०७५ अनुसार भएको पनि उल्लेख गरिएको छ । उक्त कम्प्लेक्समा करिब पाँच दर्जन पसल कबल रहने छ । साथै, निकट भविष्यमै स्पेस बुकिङ खुला हुने प्रवद्र्धकहरुको भनाइ छ ।
एनएमबि बैंककाे १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । एनएमबि बैंक लिमिटेडकाे प्रस्तावित १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) पारित भएकाे छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई बैंकको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारण सभाले पारित गरेकाे हाे । उक्त बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।