विकासन्युज

यूनिभर्सल पावरको आईपीओ आजदेखि खुल्यो, ५० लाख कित्तासम्म भर्न पाइने

काठमाडौं । यूनिभर्सल पावर लिमिटेडले आज शुक्रबारदेखि ९३ करोड २७ लाख ४१ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ९३ लाख २७ हजार ४१० कित्ता सेयरको बिक्री शुरु गरेको हो । कम्पनीले आजोजना प्रभावित क्षेत्रका वासिन्दाहरूलाई बाँडफाँड गरी बिक्री हुन बाँकी रहेको १७ लाख ६६ हजार १५० कित्ता समेत गरी सो मात्राको सेयरको बिक्री खुला गरेको जनाएको छ । सो मध्ये एक लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारीलाई, ४ लाख ६६ हजार १५० कित्ता सामूहिक लगानी कोष र बाँकी ८६ लाख ७४ हजार ४९२ कित्ता सेयर सर्वसाधारणलाई बिक्री शुरु गरेको छ । उक्त सेयरमा इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको कम्पनीको सेयर बिक्री प्रवन्धकको काम नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ । साथै, यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २१ लाख ३५० कित्ता आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ ।

नेपाल व्यवस्थापन संघको ३८ औं अधिवेशन माघ २९ गते, तयारी पूरा

 काठमाडौँ । नेपाल व्यवस्थापन संघको ३८ औं अधिवेशन तथा वार्षिक साधारण सभा माघ २९ गते हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अधिवेशनको तयारीबारे जानकारी गराइएको हो । अधिवेशनको तयारी पूरा भएको सो अवसरमा बताइयो । संघका महासचिव मोहनराज ओझाका अनुसार यस संस्थामा व्यवस्थापक, प्रशासक, उद्योगी व्यवसायी एवम् विभिन्न क्षेत्रका पेशाविद्हरुको संलग्नता रहेको छ । २०३७ सालमा स्थापना भएको संघले स्थापनाकाल देखि नै तालिम, अध्ययन/अनुसन्धान, पूर्वबजेट छलफल, पोष्ट बजेट छलफल, मौद्रिक नीतिम छलफल जस्ता कार्यक्रम गर्दै आएको छ । संघले प्रत्येक शुक्रबार विभिन्न विषयमा छलफल चलाउने गरेको पत्रकार सम्मेलनमा बताइयो । अधिवेशनको प्रथम चरणमा बिजनेश सेसन रहेको छ । बिजेनेश सेसनमा म्यानेजिङ इन्फ्रास्टक्चर डेभलपमेन्ट एण्ड इट्स फाइनान्सिङ विषयमा कार्यपत्र प्रस्तुति र छलफल हुने पत्रकार सम्मेलनमा बताइयो । कार्यपत्र आधारभूत विशेषज्ञहरु कमलराज पाण्डे, सरोजकुमार प्रधान र ज्योतिप्रसाद लोहनीबाट प्रस्तुति एवम् छलफल हुनेछ । यस्तै वर्ष २०१८ को व्यवस्थापन विकास सिहंवलोकनबारे डा. चन्द्रप्रसाद रिजालले छलफल र प्रस्तुति गर्ने कार्यक्रम छ । यो सत्रको प्रमुख अतिथि अर्थमन्त्री युवराज खतिवडा रहने पत्रकार सम्मेलनमा बताइयो । कार्यक्रमको दोश्रो सत्रमा अधिवेशन हुनेछ, होटल याक एण्ड यतिमा हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

“असहायका लागि सहयोगी हातहरु नेपाल” नामक संस्थालाई सेञ्चुरी बैंककाे सहयाेग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कैलाली जिल्लाको “असहायका लागि सहयोगी हातहरु नेपाल” नामक संस्थाले सहयोग गरेको छ । उक्त संस्थाले संरक्षण गर्दै आएका विभिन्न उमेरका असाहय मानसिक अपांगहरुको विभिन्न भोजनालय भवन निर्माण गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंकका क्षेत्रिय प्रबन्धक नारायणप्रसाद मुडभरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोहि गाँउपालिकाकाअध्यक्ष बलिराम डगौरा थारुकाे उपस्थितिमा उक्त  सम्झौतापत्रमा हस्तान्तरण गरिएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रमहरु गर्दै जाने बैंकले जानकारी दिएको छ ।

एसके टमोटलाई लखेट्दै शेखर बराल, बीमा समितिले कारवाही गरेको व्यक्ति अयोग्य हुँदैन ?

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ती लिन शेखर बरालको दौडदूप चलेको छ । लुम्बिनी जनरल इन्स्योरेन्समा हुँदा गलत काम गरी बीमा समितिले कारवाही गरेको र कार्यसम्पादन कमजोर भएपछि कार्यकाल पूरा नहुँदै यूनाईटेड इन्स्योरेन्स कम्पनीले हटाएको तत्कालिन प्रमुख कार्यकारी अधिकृत शेखर बराल विगत ८ महिनादेखि खाली छन् । ६ महिनाको कुलिङ पिरेड सकिएपछि प्रमुख कार्यकारी अधिकृत पद खाली भएका कम्पनी तथा कमजोर प्रफमेन्स भएको कम्पनीका सञ्चालकहरुसँग उनको भेटघाट बाक्लिएको छ । यहि क्रममा बरालले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक तथा डोमिनेन्ट प्रमोटरहरुसँगको पटक पटक भेटका छन् । उनले जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटलाई निशाना बनाएका छन् । कम्पनीको पर्फमेन्स कमजोर रहेको र उमेरले बुढा भएको भन्दै बरालले टमोटको विरोधी चुक्ली लगाउँदै सञ्चालक र प्रमोटरसँग आफ्नो पक्षमा लविङ शुरु गरिरहेको स्रोतले जानकारी दियो । यसअघि युनाईटेड इन्स्योरन्स कम्पनीमा सिनियर कन्सल्टेन्सको रुपमा कार्यरत टमोटको जागिर पनि बरालले नै खाईदिएका थिए । तत्कालिन प्रमुख कार्यकारी अधिकृत विरबिक्रम रायमाझीको पालामा टमोटलाई कन्सल्टेन्टको रुपमा कम्पनीले नियुक्त गरेको थियो । रायमाझीले राजीनामा दिएपछि यूनाईटेडमा सीईओ बनेका बरालले टमोटको जागिर खोसेका थिए । प्रमुख कार्यकारी अधिकृत हुँदा बरालले युटाईटेड इन्स्योरेन्स कम्पनीलाई तहसनहस बनाएपछि सञ्चालक समितिले करार अवधि समाप्त नहुँदै बरालको राजीनामा मागेको थियो । बरालले गत असारमा युनाईटेड इन्स्योरेन्समा पद त्याग गरेका थिए । बराल त्यसअघि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको कार्यकारी प्रमुख थिए । फेसेज लाउन्ज एण्ड रेष्टुरेण्टमा भएको लागलागीको दावी भुक्तानीको क्रममा रेष्टुरेन्टका मालिकसँग मिलोमत्तो गरी इन्स्योरेन्स कम्पनीलाई नोक्सान हुने गरी भुक्तानी दिएको भन्दै बराललाई बीमा समितिले कारवाही गरेको थियो । उक्त कारोबारमा कम्पनीलाई ३८ लाख रुपैयाँ नोक्सान गराएको भन्दै बीमा समितिले सीईओ बराल, सञ्चालक सदस्य र दावी उपसमिति संयोजक चिन्तामणी भट्टराईबाट उक्त रकम असुल गर्न निर्देशन दिएको थियो । बीमा कभर नभएको सम्पत्ति आगलागीबाट नस्ट भएको तर बरालले रेष्टुरेन्टमा मालिक र सर्भेयर सूर्यप्रसाद जोशीसँगको मिलोमत्तोमा नक्कली कागजपत्र बनाएर ३८ लाख रुपैयाँ दावी भुक्तानी गरेको बीमा समितिको ठहर छ । समितिको निर्णय विरुद्ध बरालसहित लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले उच्च अदालतमा मुद्दा हालेका थिए । उच्च अदालतमा उनीहरुले मुद्दा हारेका छन् र सर्वोच्च अदालतमा पुनारावेदन गराएका छ । साथै, समितिले बराललाई १० हजार रुपैयाँ जरिवाना गरेको थियो । बीमकको संस्थागत सुशासन निर्देशिका अनुसार बीमा समितिले कारवाही गरेको व्यक्ति कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन अयोग्य ठहरिन्छ । यस्तो अवस्थामा जनरल इन्स्योरेन्स कम्पनीले बराललाई सीईओ बनायो भने बीमा समितिले स्वीकृत देला वा नदेला ? बीमा समितिले कारवाही गरेको व्यक्ति योग्य बन्छन् वा अयोग्य ? बीमा क्षेत्रमा प्रश्न उठ्न थालेको छ । त्यसो त बीमा समितिले कारवाही गरेको अन्य पात्रहरु पनि बीमा कम्पनीको सीईओ तथा डिजीएम भएर काम गरिरहेको पाईएको छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम हुने, पास भयो कार्यविधि

हेटौंडा । ३ नम्बर प्रदेश सरकारको मन्त्री परिषदको बैठक बसेको छ । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पेश गरेको प्रदेश सरकारका मन्त्री तथा राजनीतिक नियुक्ति हुने पदाधिकारीको आचारसंहिता पास गरेको छ । त्यसैगरी ४ सामाजिक बिकास मन्त्रालय पेश गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सन्चालन सम्बन्धि कार्यविधि पास गरेको छ । यस्तै आन्तरिक तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेश बिपद कोष सञ्चालन कायविधि २०७५ स्वीकृत गर्नुका साथै दुर्घटना सम्बन्धि आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि गरेको छ । यता, नुवाकोटको घ्याङफेदीमा भएको दुर्घटनाका मृतक २२ जनाको परिवारलाई प्रति परिवार एकलाख रुपियाँको दरले रकम सहायता प्रदान गरिने गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले निर्णय समेत गरेको थियो । युवाको जोश र जाँगर देश निर्माणमाः मुख्यमन्त्री पौडेल यता, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवाहरुको जोस र जाँगरलाई देश निर्माणमा लगाउनु पर्ने बताएका छन् । राष्ट्रिय युवा परिषदको अयोजनामा ३ नम्बर प्रदेशका युवा उद्यमी तथा युवाहरुका लागि परामर्श एवम् युवा उद्यमी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले युवाले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रमा बोल्दै अर्थ मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले युवाहरुले भान्सा देखि दैनिक जीवनमा आइपर्ने हरेक कार्य गर्न आफुलाई सक्षम बनाउनु पर्ने धारणा राख्नु भयो । जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, जिल्ला शिक्षा समन्वय ईकाइका प्रमुख कृष्णप्रसाद घिमिरेलगायतले बोलेका थिए ।

गल्याङको तुलसीभन्ज्याङमा टेलिकमको सेवा सूचारु

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले उक्त नगरको तुलसीभन्ज्याङमा आफ्नो सेवा सूचारु गरेको छ । सोही अवसरमा आयोजित “सेवा शुभारम्भ कार्यक्रम”मा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख (मेयर) तथा कार्यक्रमका प्रमुख अतिथि भुपराज अधिकारीले नेपाल टेलिकमले गल्याङ नगरपालिकाको विकासमा भरपुर सहयोग गरेको बताएका छन् उक्त अवसरमा टेलिकम कार्यालय गल्याङले सेवा विस्तारको कार्यप्रति उच्च प्रशंसा गर्दै कार्यालय प्रमुख रामराज उपाध्यायलाई प्रशंसा पत्र सहित सम्मान गरेका थिए । नेपाल टेलिकमले सस्तो दरमा भरपर्दो सेवा उपलब्ध गराउने रहेको बताउँदै सेवा उपभोग गर्न इच्छुक जोकोहीलाई रित्तो हात फर्काउन नहुने धारणा व्यक्त गरेका थिए । कार्यक्रमका सभापति तथा वडा नं.११ तुलसीभन्ज्याङका अध्यक्ष शंकरदेव अधिकारीले सेवा जडान भएकोमा खुसी व्यक्त गर्दै वर्षौदेखिको सपना साकार भएको जानकारी दिएका छन् । टेलिकम कार्यालय गल्याङबाट करिब ३ किलोमिटरको दुरीमा रहेको तुलसीभन्ज्याङमा नयाँ नेटवर्क गरी पिएसटिन सेवाका साथै फाइभ एमबिपिएस स्पिड क्षमता भएको एडिएसएल सेवा समेत सुचारु गरेको हो ।

बीमा कम्पनीले यसरी दुःख दिन्छन् बीमितलाई

काठमाडौं । प्रिमियम उठाएर नागरिकको जीवन र सम्पतिको आर्थिक जोखिम बोकिदिने बीमा कम्पनीहरुले बिमितलाई कसरी दुःख दिन्छन भन्ने तथ्यहरु खुल्दै गएका छन् । नियामक निकाय बीमा समितिले समेत राम्रोसँग ध्यान दिन नसक्दा धनजनको क्षतिले पिँडामा परेका विमितलाई बीमा कम्पनीहरुले बर्षाैसम्म मुद्धा मामिलाको झमेलामा पार्ने गरेका छन् । घटना १ २०६२ साल फागुनको २० गते साँझ सिन्धुलीको कमलामाई नगरपालिका ६ का पृथ्वी बहादुर स्याङतानको कपडा पसलमा आगो लाग्यो । नेको इन्स्योरेन्समा २०६१ चैत २१ देखि २०७२ चैत २० गतेसम्मका लागि उनले कपडा पसलको इन्स्योरेन्स गराएका थिए । ३ लाख ६० हजारको कपडा र २ लाखको भवनको बीमा गराएका उनी बीमा रकम दावी गर्न नेको इन्स्योरेन्स कम्पनीमा गए । तर कम्पनीले दावी वापत भुक्तानी नदिएर २० हजार रुपैंयाँ थमायो त्यो पनि २०६६ साल भदौ २० गते मात्रै । स्याङतान उजुरी बोकेर बीमा समिति पुगे । समितिल २०६८ साउन ४ गते क्षति अनुसार भुक्तानी दिनु भन्ने आदेश दियो तर नेको इन्स्योरेन्स त्यसका विरुद्ध अदालत गयो । तत्कालिन पुनरावेदन अदालतमा गयो । अदालतले २०६९ भदौ १७ गते बीमा समितिको निर्णय उल्टाएर २० हजार दिने कम्पनीको निर्णय सहि भएको निष्कर्ष सुनायो । स्याङतानले सर्वाेच्च अदालत गुहारे तर सर्वाेच्च अदालतले पनि बीमा कम्पनीकै निर्णय सदर गरिदियो । अन्ततः स्याङतानले २० हजारमै चित्त बुझाए । घटना २ २०६७ असार १९ गते मकवानपुरको लोथरबाट मनहरी जाँदै गरेको ना ३ ख ४०४७ नम्बरको ट्रकको ठक्करबाट ना ८ प ४०१७ नम्बरको मोटरसाइकलमा सवार राजन पुरीलाई ठक्कर दियो । घाइते भएका पुरीको उपचारका क्रममा निधन भयो । तर सिद्धार्थ इन्स्योरेन्स कम्पनीले दुर्घटनामा मोटरसाइकलकै चालक दोषी रहेको भन्दै तेश्रो पक्ष बीमा दावी भुक्तानी दिन मानेन् । त्यसपछि मृतकका आफन्तले बीमा समितिमा उजुरी हाले । समितिका तत्कालिन अध्यक्ष प्रा.डा. फत्त बहादुर केसीले आफैं हस्ताक्षर गरेर सिद्धार्थको निर्णयलाई सदर गरिदिए । त्यसपछि मृतकका आफन्तले तत्कालिन पुनरावेदन अदालतमा मुद्धा दायर गरे । पुनरावेदन अदालतले २०६८ माघ २९ गते मृतकलाई तेश्रो पक्ष बीमा वापतको दावी भुक्तानी दिनु भन्ने आदेश दियो । पुनरावेदन अदालत पाटनका न्यायधिसहरु टंक बहादुर मोक्तान र हरि कुमार पोखरेलले इजलासले त्यस्तो फैसला गरेको थियो । त्यसपछि सिद्धार्थ इन्स्योरेन्सले दावी वापत भुक्तानी दिनुभन्ने पुनरावेदन अदालतको आदेश खारेज गर्न माग गर्दै सर्वाेच्च अदालतमा मुद्धा हाल्यो । तर सर्वाेच्च अदालतका न्यायधिसद्धय इश्वर प्रसाद खतिवडा र आनन्द मोहन भट्टाईको इजलासले पुनरावेद अदालतको आदेशलाई सदर गर्दै मृतकका परिवारलाई तेश्रो पक्ष बीमाको दावी भुक्तानी दिनु भन्ने आदेश दियो । सर्वाेच्चले २०७४ साल माघ २४ गते गरेको फैसलाको पुर्ण पाठ २०७५ साल माघ २ गते बीमा समितिमा पठाएको छ । के भन्छ समिति बीमा समितिको कानुन विभागका प्रमुख साम्बराज लामिछानेले बीमा कम्पनीहरुले दावी भुक्तानीमा केहि गडबढी गरिरहेको बताए । ‘बीमा कम्पनीहरुले दावी भुक्तानीमा केहि गडबढी गरिररहेका छन्, हामीले आफ्नो सक्रियता बढाउनुपर्छ र अब बढाउँछौं ।’, लामिछानेले भने ।

बाँकेलाई पर्यटन तथा औद्योगिक क्षेत्रका रुपमा  विकास गरिने : मन्त्री गिरी

काडमाडौं । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बाँके जिल्लालाई औद्योगिक राजधानीका रूपमा विकास गरिने बताएका छन्र । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके शाखाले आज खजुरामा आयोजना गरेको औद्योगिक महिला उद्यमशीलता लघु घरेलु तथा कृषि प्रविधि पर्यटन महोत्सव उद्घाटनका क्रममा उक्त प्रदेशमा औद्योगिक व्यापारका लागि नेपालगञ्ज प्रमुख नाकाका रुपमा रहेको र वैजनाथ नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणले थप सहयोग बताएका छन् । मन्त्री गिरीले भने मानसरोवरको प्रवेशद्वारका रुपमा समेत नेपालगञ्ज रहेकाले छिमेकी मुलुक भारतका धार्मिक पर्यटकलाई नेपालगञ्जमा बस्ने वातावरण तयार गर्न प्रदेश सरकारले योजना बनाएको छ । बाँके र बर्दियालाई आर्थिक पर्यटन क्षेत्रको प्याकेजको रूपमा जोड्न बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा खुला नाट्यशाला निर्माण गरिने र बाँके राष्ट्रिय निकुञ्जलाई थप व्यवस्थित गरिने बताएका छन् । घरेलु तथा साना उद्योग प्रवद्र्धन र उत्पादन बजारीकरणका लागि मेला आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष समरबहादुर खत्रीको भनाई रहेको छ । रासस