विकासन्युज

चट्याङबाट दुई मृत्यु, ४ जना घाइते

अमरगढी । डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल रहेका छन् । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । नाथ र देउल्याललाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । यस्तै चट्याङ लागेर रुपालीगाडकै १५ वर्षीय देवेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ, १२ वर्षीया शान्ति नाथ र आठ वर्षीय खगेन्द्र नाथ घाइते भएका छन् । घाइते चारै जनाको डडेल्धुरास्थित उप क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

पल्सर राईड मेनिया बुटवलबाट रानीमहलसम्म

काठमाडौं । बजाज मोटरसाइकलको नेपालकालागि आधिकारिक बितरक तथा उच्च मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट पल्सर राईड मेनिया प्रस्तुत गरेको छ । बजाजले माघ २५गते उक्त ¥याली आयोजना गरेको थियो । पल्सर राईड मेनियामा बुटवलका पल्सर राईडरहरुले सहभागिता जनाएका थिए । उक्त राईड मेनिया बुटवलबाट शुरु भएर रानीमहलमा पुगेर समापन भएको थियो । पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया, बजाज मोटरसाइकल बुटवलकालागि आधिकारिक बितरक भैरब अटोमोबाइलस प्रालिले बुटवलबाट शुरु भएर नयाँ–नयाँ गन्तब्यमा राईडर्सलाई लैजान गरेको छ ।

उद्योग बाणिज्य महासंघको निष्कर्षः दलाल पुँजीवादले अर्थतन्त्र फस्टाएन

काठमाडौं । राष्ट्रिय उद्योग बाणिज्य महासंघले दलाल पुँजीवादका कारण अर्थतन्त्र फस्टाउन नसकेको निष्कर्ष निकालेको छ । यही माघ १५ गते चितवनमा भएको दोश्र्रो राष्ट्रिय सम्मेलनले तय गरेका निती तथा कार्यक्रम सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा महासंघले दलाल पुँजीवादकै कारण अर्थतन्त्रमा अनेकखाले संक्रमण देखिएको निष्कर्ष निकालेको हो । महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतले नेपालमा औद्योगिक विकासको पर्याप्त संभावना हुँदाहुदै पनि देशमा दलाल पुँजीबादी अर्थतन्त्रको बाहुल्यताका कारण समग्र अर्थतन्त्र नै धरासायी हुदै गएको आरोप लगाए । देशमा रहेका प्रशस्त स्रोत तथा साधनको सदुपयोग नगरी देशको श्र्रम, सिप र पुँजी विदेसिएकोमा पनि उनको आपत्ति रहेकोे छ । उद्योग व्यवसायमा दलाल पुँजीपतिहरुको सिण्डीकेटले गर्दा निश्चित व्यक्ति भन्दा बाहेक आम उद्योगी व्यवसायीहरुको उद्योग धन्दा तथा व्यवसाय दिनानुदिन खस्किँदै गैरहेको पनि उनले बताए । उनले भने,‘जसको प्रतक्ष मारमा कम पुँजी हुने साना व्यवसायीहरु र राष्ट्रिय उद्योगीहरु रहेका छन ।’ विगतमा सञ्चालित राष्ट्रिय उद्योग कलकार खानाहरु प्नि निजीकरणको नाममा समाप्त पारिएको उनले गम्भिर आरोप लगाए । उनले भने,‘देशमा भएका औद्योगिक कच्चा पदार्थहरु कौडीको भाउमा बिदेशमा निर्यात भईरहेका छन् । समग्रमा भन्नुपर्दा देश पुरै पर निर्भरतामा चलिरहेका देखिन्छ ।’ श्रम, सिप र पुँजीको पलाएन, राजश्व तथा कर असुली सम्बन्धी फितलो कानुनी व्यवस्था, राज्यका निकायहरुबाट दिईने अनावश्यक झन्झट, अस्वस्थ प्रतिस्पर्धा र गुणस्तरहिन सामग्रीको बिक्रीबितरण तथा कर्जा प्रक्रिया र चर्काे ब्याजदर आदी उद्योगीहरुका प्रमुख समस्या रहेका पनि महासंघले जनाएको छ । देशमा औद्योगिक व्यवसायिक विकास एवं आर्थिक सामाजिक रुपान्तरणको लागि राष्ट्रिय पुँजीको निर्माण गर्दे दलाल नोकर शाही एकाधिकार पुँजीवादको विरुद्ध तथा उद्योग व्यवसायमा भएका विद्यमान भएका विकृतिका बिरुद्ध संगठित रुपमा पहल गर्नुपर्ने आवश्यकत्ता रहेको पनि महासंघले औंल्याएको छ ।

फेब्रुअरी ५ देखि १४ सम्म सुजुकीको स्कुटर किन्नुुस्, १० हजार नगद छुट पाउनुस्

काठमाडौं । नेपालका लागि सुजुकी दुई पांग्रे सवारी साधनको अधिकृत बिक्रेता भीजी अटोमोबाइल्स प्रा. लि ले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले सुजुकीका जुनसुकै स्कुटर किन्दा १० हजार नगद छुट पाउने भएका छन् । सुजुकीले आगामी फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डेलाई मध्यनजर गरी सुजुकीका स्कुटर खरिदमा आकर्षक योजना ल्याइएको हो । यस अन्तर्गत फेब्रुअरी ५ देखि १४ सम्म कुनै पनि सुजुकी स्कुटर किन्दा १० हजार नगद छुट पाइने छ । साथै, सुजुकीका हरेक स्कुटरहरुमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएकाे छ ।

ईपिजीको प्रतिवेदन दुवै देशका सरकारले बुझ्छन्: राजदुत आचार्य

काठमाडौं । भारतका लागि नवनियुक्त नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास दिलाएका छन् ।  शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले ईपिजीको प्रतिवेदन तयार हुनु नै ठूलो उपलब्धि भएको तर्क गरे । आचार्यले भने,‘प्रतिवेदन तयार हुनु नै ठूलो उपलब्धि हो । त्यो भन्दापनि अगाडि जानुहुन्छ भने दुई देशका बीचमा उच्चस्तरबाट सहमति हुनु, १९५० को सन्धिलगायत सम्पूर्ण सन्धि, सम्झौताहरुको पूरावलोकन गरेर के के कुरामा कस्तो सुधार गर्नुपर्छ भनेर त्यसलाई हेर्न सहमत हुनु नै पनि उपलब्धि थियो । त्यो राजनीतिकस्तरमा भएको हो । त्यो पनि कस्तो भन्ने भन्दादेखि विभिन्न बेलामा भएको हो । अहिले मोदीजी आईसकेपछि मात्रै होईन । मोदीभन्दा पहिलेबाट पनि त्यो प्रक्रिया चाहनुहुन्थ्यो भन्दाखेरि त्यहाँ मनमोहनजीको प्रधानमन्त्रीको कालदेखि र यहाँ पनि मनमोहन अधिकारीजीको कालदेखि चलिआएको हो । चाहे गिरिजाप्रसाद कोईराला भन्नुहोस् । चाहे सुशिल कोइराला भन्नुहोस् । प्रचण्ड भन्नुहोस् । केपी शर्मा ओली भन्नुहोस् । नेपाल–भारत सम्बन्ध पुनरावलोकन गरेर राम्रो बनाउनुपर्छ भन्ने सबैको सहमतिका साथ अनि ईपिजी गठन भएको हो ।’

कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता भएको हो । सम्झौतापत्रमा कामना सेवाविकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका हुन् । बैंकका सबै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जीबनबीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्तहुने बैंकले जनाएको छ । मुलुकभर फैलिएको ६३ वटै शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले एबिबिएस्, एसएमएस्, व्याङ्किङ, मोबाइल व्याङ्किङ्, सि एएसबिए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

युनिभर्सलको आईपीओमा १०० कित्ताभन्दा बढी पाईने सम्भावना

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको शुक्रबारदेखि खुलाएको आईपीओमा १०० कित्ताभन्दा बढी पाइने सम्भावना रहेको छ । गत ४/५ वटा सार्वजनिक निष्काशन भएको सेयरको आवेदकको संख्यालाई हेर्दा उक्त आईपीओमा लगानी गर्दा इच्छा अनुसार सेयर पार्न सकिने सम्भावना रहेको कम्पनीले जनाएको छ । सेयरको माग संख्यालाई हेर्दा यदि ८६ हजार ७४४ जना लगानीकर्ताले आवेदन गरेमा सबैलाई १०० कित्ताका दरले ८६ लाख ७४ हजार ४०० कित्ता सेयर बाँडफाँड हुने कम्पनीले बताएको छ । दोलखा जिल्लाको खारे कोरिडोरमा ११ मे.वा. क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना बनाईरहेको युनिभर्सल पावर कम्पनीले माघ २५ देखि माघ २९ गतेसम्म सार्वजनिक सेयर निष्काशन गरेको छ । कम्पनीले हाल ८६,७४,४९२ कित्ता शेयर सर्वसाधारणको लागि खुल्ला गरेको हो ।

एडीबी-एएफडीबीच ५ अर्ब डलर लगानी गर्ने सहमति, संयुक्त परियोजनामा खर्च गरिने

मनिला । एसियाली विकास बैंक (एडीबी) र एजेन्स फ्रान्स डिभलपमेन्ट (एएफडी) बीच संयुक्त लगानीका परियोजनामा आगामी पाँच वर्षका लागि पाँच अर्ब डलर लगानी गर्ने सहमति भएको छ । दुबै संस्थाबीच यसअघि तीन अर्ब डलर लगानी गर्ने सम्झौता भएको थियो । उक्त रकम एसिया र प्रशान्त क्षेत्रका मुलुकमा सञ्चालन हुने संयुक्त लगानीका परियोजनामा लगानी हुनेछ । सन् २०१६ देखि २०२२ सम्मका लागि गरिएको उक्त साझेदारी फ्रेमवर्क सम्झौता (पीएफए) अन्तर्गत परियोजनाहरु छनौट र प्रवद्र्धन गरिने एडीबीले जनाएको छ । एडीबीका अनुसार पाँच अर्ब डलरमध्ये दुबै संस्थाबाट आधा आधा व्यहोरिनेछ । साथै, दुबै संस्थाले सहरी यातायातका क्षेत्रमा परियोजना अगाडि बढाउन पनि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । रासस/सिन्ह्वा