‘भूकम्प मापन स्टेशन’ नेपालभरका बीस स्थानमा निर्माण हुने
काठमाडौं । नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुने भएको छ । भूकम्पको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशको सहयोगमा बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गर्न लागेको हो । जसमध्ये चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र राइम्सको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको हो । चीन सरकारको सहयोगमा सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा, दार्चुलालगायत जिल्लामा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको छ । त्यस्तै, जापान सरकारको सहयोगमा सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा तथा रायम्सको सहयोगमा महोत्तरी र दाङमा स्टेशन निर्माण हुन लागेको छ । २०३७ सालमा फूलचोकी डाँडामा पहिलो भूकम्प मापन स्टेशन स्थापना भएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले स्टेशन निर्माण भएपछि नेपालभरका भूकम्पको डाटा मापन गर्न सहज हुने बताए । २०७२ सालको भूकम्पपछि नेपालमा चार रिक्टर स्केलभन्दा माथिका ५०० भन्दा बढी र चार रिक्टर स्केलभन्दा साना ५० हजारभन्दा धेरै भूकम्प गइसकेको केन्द्रले जनाएको छ । हाल राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतबाट देशरभरको भूकम्पका बारेमा जानकारी लिँदै आइएको छ । रासस
मुक्तिनाथ विकास बैंकको एकैदिन ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । मुक्तिनाथ विकास बैंकले “सबैमा वित्तीय साक्षरता,आजको आवश्यकता”भन्ने मूलआशयले विभिन्न ५ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रमविगत ५ बर्ष देखि निरन्तर संचालन गर्दै आईरहेको छ । यसै सन्दर्भमा फाल्गुण १७ गतेका दिन,व्यास–०१, भादगाउँ, तनहँु स्थित श्री जलदेवि माध्यामिक विद्यालय, पोखरा–३२, गगनगौडा, कास्की स्थित श्री ज्ञान ज्योतिविद्याकुञ्जमा.वि.,सैनामैना–०६, भाटाचौर, रुपन्देही स्थित जनकल्याण उच्चमा.वि.,मोदी– ०६,तिलाहार,पर्वत स्थित नवजागृत उच्चमा.वि रभरतपुर–०८, शरदपुर, चितवन स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थालि.गरी जम्मा ५ स्थानमावित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादन मूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग, सफा नोटको प्रयोग , बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्य गरिएको थियो । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम मार्फत विद्यार्थीहरु लगायत समुदायमा वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्न प्रयास गरेको प्रशंसा योग्य रहेको धारणा व्यक्त गरेका छन् । बैंकले हालसम्म २४१ वटावित्तीय साक्षरता कार्यक्रम मार्फत कुल ४५ हजारले वित्तिय साक्षरता प्रदान गरेका छन् ।
लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशीलराज पराजुली, आजै लिए सपथ ग्रहण
काठमाडौं । लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशीलराज पराजुली चयन भएका छन् । नवनियुक्त अध्यक्ष पराजुलीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष आइतबार(आज)पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक बमबहादुर मिश्र, का.मु. निर्देशक वीरेन्द्र दत्तअवस्थी, लुम्बिनी विकास बैंकका सञ्चालक प्रविणकृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा तथा कम्पनी सचिवहरिकृष्ण सुवेदीको उपस्थिति रहेको थियो । विकास बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा पराजुलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
नेविसंघको अध्यक्ष महरको चिट्ठीको नाममा पुल्चोक क्याम्पसमा चन्दा असुली
काठमाडौं। नेविसंघको अध्यक्ष नैनसिंह महरको चिट्ठीको नाममा पुल्चोक क्याम्पसमा चन्दा असुली भईरहेको क्याम्पसको विद्यार्थी संगठन आम विद्यार्थीले बताएको छ। आम विद्यार्थीले बताए अनुसार महरले राजिनामा दिएसँगै देशभर चिट्ठी बाँडेका थिए। महरले चिट्ठी बाँड्दा पुल्चोक ईन्जिनियरिङ क्याम्पसका दिपक सापकोटालाई पनि चिट्ठी परेको तर पार्टिको निर्णयसँगै उनको कार्यकाल एकै दिनमा सिमित भएको थियो। तर सापकोटाले अहिले आएर आफुलाई केन्द्रले नै अध्यक्ष बनाएको र आफुनै अधिकारिक नेविसंघको अध्यक्ष भएको भ्रमको खेती गर्दै ठाउँ ठाउँमा हप्ता असुलिमा सक्रीय रहेको आम विद्यार्थी संघको आरोप छ। सापकोटाले चन्दा असुली गर्न नक्कली लेटरहेडमा कहिले नदेखिएको झन्डा सहितको फर्जी छाप प्रयोग गरेको र चिट्ठी दीपक सापकोटा सहित क्याम्पसकै अर्का विद्यार्थी उद्धव घिमिरेको हस्ताक्षर रहेको छ। क्याम्पस परिसरमा उनिहरुले कुनै प्रकारको कार्यक्रम नगरेको हुँदा ब्यक्तिगत प्रायोजनका निमित्त सो रकम खर्च भएको प्रस्ट भएको क्याम्पसका एक विद्यार्थीले बताए। चन्दा असुली गरेको कुरा, नेबिसंघ पुल्चोक क्याम्पस इकाइ कमिटिको अधिकारिक पेजबाट नै बाहिरिएपछि आमा विद्यार्थीले उनिहरु माथि कारवाहिको माग गरेका छन्। चन्दा लिएको कुरा बाहिरिएपछि उनिहरुले हतार हतार विद्यार्थीले भाग नलिने समय राखेर बास्केटबल प्रतियोगिताको पोस्टर सार्वजनिक गरेको आमा विद्यार्थी संघका एक सदस्यले बताए।
सेञ्चुरी बैंकद्वारा गढीमाई मन्दिरलाई सहयोग
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक वीरगञ्ज शाखाद्वारा गढीमाई मन्दिरलाई सहयोग गरेको छ । महागढीमाई नगरपालिकामा रहेको प्रसिद्ध गढीमाई मन्दिरमा दर्शनाथीहरुलाई स्वच्छ पानी पिउनको लागि स्टीलका पानी ट्यांङ्की प्रदान गरिएका हुन् । बैकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले गढीमाई मन्दिर समितिका अध्यक्ष रामचन्द्रप्रसाद शाह तथा मन्दिरका पुजारी रामप्रसाद चौधरीलाई हस्तान्तरण गरिएका थिए । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएका छन् । बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
एनआरएनको ४० करोड सहयोगमा पर्वतको पञ्चासे केबलकार निर्माण हुँदै,१० हजारलाई रोजगारी सिर्जना
काठमाडौं । गैरआवासीय नेपालको लगानीमा पर्वतमा पञ्चासे केबलकार निर्माण हुने भएको छ। पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकार सहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले रु ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (युएइ)मा भएको पर्वत समाज अन्तर्राष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको पञ्चासे केबलकारमा लगानी गर्न गैरआवासीय नेपालीले प्रतिबद्धता जनाएका हुन् । पोखरा महानगरपालिका–३३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पर्ने पञ्चासेसम्म केबलकारसहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको छ । पञ्चासे केबलकार गण्डकी प्रदेशकै सबैभन्दा ठूलो परियोजना भएकाले विभिन्न देशमा रहेका गैरआवासीय नेपालीले लगानीको प्रतिबद्धता व्यक्त गरेको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। अध्यक्ष शर्माले दिएको जानकारीअनुसार अष्ट्रेलियामा बस्ने पर्वतेलीले रु २० करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बेलायत लगायतका युरोपेली देशबाट रु १० करोड लगानी गर्ने प्रतिबद्धता आएको छ भने पर्वत समाज कतारबाट दुई करोड, पर्वत समाज बेल्जियमबाट रु १० करोड लगानीको प्रतिबद्धता आएको छ । कास्की समाजसँग समेत छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष शर्माले भने । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टले समेत परियोजनाको प्रशंसा गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष शर्माले बताए । रु ११ अर्ब ५० करोड लागतमा केबलकार निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाको ६० प्रतिशत सहुलियत कर्जाबाट र ४० प्रतिशत शेयर सङ्कलन गर्ने लक्ष्य छ । रु चार अर्ब ५५ करोड शेयरमध्ये रु दुई अर्ब ७३ करोड प्रवद्र्धक शेयरबाट सङ्कलन गर्ने लक्ष्य राखिएको छ । यसका लागि अहिले प्रभावित क्षेत्र, देश विदेशमा लगानी जुटाउने काम भइरहेको छ । रु एक अर्ब ८२ करोड भने शेयर निष्कासनबाट सङ्कलन गर्ने लक्ष्य छ । विसं २०७६ माघभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी केबलकार निर्माणको काम शुरु गर्ने योजना छ । पञ्चासे क्षेत्रको प्राकृतिक स्वरुपलाई यथास्थानमा राखेर, पर्यटन पूर्वाधार निर्माण गर्न नगरपालिका र गाउँपालिका एवं नेपाल सरकारसँग करीब तीन हजार रोपनी जग्गा भाडामा लिने गरी प्रक्रिया अगाडि बढिरहेको कम्पनीले जनाएको छ । परियोजनाको सञ्चालनबाट प्रत्यक्ष वा अप्रत्यक्ष १० हजारलाई रोजगारी सिर्जना हुने अनुमान छ । रासस
ऋण लिने संगठित संस्थाका लगानीकर्ता बैंककाे सञ्चालक बन्न नपाउने; यसरी हुँदैछ बाफियामा संशाेधन
काठमाडौं । औद्योगिक प्रतिष्ठानका ऋणी समुदाय र बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई अलग गराउने सम्बन्धमा नेपाल राष्ट्र बैंक प्रस्ताव गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनका लागि नेपाल राष्ट्र बैंकले हालसम्म हुँदै नभएको व्यवस्था थप गर्दै कुनै पनि इजाजतप्राप्त संस्थाबाट कर्जा/सुविधा लिएको फर्म वा कम्पनीमा वित्तीय स्वार्थ भएको व्यक्ति सञ्चालक बन्न अयोग्य हुने प्रावधान राखेको हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १८ मा रहेको ‘सञ्चालकको अयोग्यता’का सम्बन्धमा हाल रहेको व्यवस्था परिमार्जन गर्दै उपदफा ‘त’ र ‘थ’ थप गरेको छ । उपदफा ‘त’ ले सञ्चालकको उमेरहद तोकेको छ भने उपदफा ‘थ’ ले वित्तीय स्वार्थ भएको व्यक्तिलाई सञ्चालक बन्न अयोग्य रहने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब कुनै पनि बैंक तथा वित्तीय संस्थामा ७४ बर्ष भन्दा बढी उमेरको व्यक्ति सञ्चालक बन्न नसक्ने अवस्था देखाएको छ । प्रस्तावित व्यवस्थाअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक नियुक्त हुँदा सञ्चालक हुने व्यक्ति ७० वर्ष उमेर पूरा नभएको हुनुपर्नेछ । सञ्चालकहरुको कार्यकाल बढीमा ४ वर्ष हुँदा उक्त उमेर ७४ बर्ष भन्दा बढी हुन नसक्ने भएको हो । यद्यपि हाल सञ्चालक रहेका व्यक्तिलाई कार्यकाल रहुञ्जेल सञ्चालक बन्न यो प्रावधानले बाधा नगर्ने देखिएको छ । त्यस्तै, कुनै पनि इजाजतप्राप्त संस्थाबाट कर्जा सुविधा लिएको फर्ममा १० प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व रहेको व्यक्ति समेत सञ्चालक बन्न अयोग्य रहने व्यवस्था गरिएको छ । कुनै ऋणी कम्पनीमा १० प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएको व्यक्तिलाई राष्ट्र बैंकले वित्तीय स्वार्थ भएको व्यक्तिको रुपमा परिभाषित गरेको हो । त्यस्तो शेयर स्वामित्व सो व्यक्तिको मात्रै नभएर ऐनको दफा २ को उपदफा ब ले व्यवस्था गरेअनुसार पति/पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले लालनपालन गर्नुपर्ने दाजु भाउजु, भाइ बुहारी र दिदीबहिनी र महिलाको हकमा सासु ससुरालाई समेत परिवारभित्र समावेश गरेको छ, यद्यपि अंशबण्डा गरी, मानो छुट्टिई आआफ्नो पेशा व्यवसाय गरी बसेका परिवारको सदस्यहरुलाई भने एउटै परिवारमा समावेश नगरिने प्रस्तावित व्यवस्थामा उल्लेख छ । नेपाल राष्ट्र बैंकले बाफियाको दफा १८ (थ) थप गर्दै त्यस्ता व्यवस्था गर्न प्रस्ताव गरेको हो । बैंकिङ क्षेत्र सुधारको कोशेढुङ्गा नेपाल राष्ट्र बैंकले प्रस्ताव गरेको उक्त व्यवस्था बैंकिङ क्षेत्रको सुधारको कोशेढुङ्गा सावित हुने देखिएको छ । खासगरी ऋणी समुदाय र बैंकरहरु एउटै हुँदा नेपाली वित्तीय क्षेत्र प्रतिस्पर्धात्मक बन्न नसकेको मात्रै होइन, नेपाल राष्ट्र बैंकले लिएका नीतिहरु समेत असफल हुने गरेका छन् । यसले मौद्रिक अर्थशास्त्रको सामान्य नियमहरु लागु हुन नसक्ने तथा मुद्रास्फीति, ब्याजदर निर्धारणजस्ता सवालमा दुष्चक्र सिर्जना गर्ने काम गर्दै आएको छ । हाल बजारमा लगानीयोग्य पुँजीको अभाव छ । यसको प्रत्यक्ष असर ब्याजदर निर्धारणमा परिरहेको छ । ब्याजदर १३ प्रतिशत पुग्दा पनि वृद्धि हुने क्रम नरोकिएपछि त्यसमा खुला बजार अर्थतन्त्रको विरुद्ध हुनेगरी सरकारी हस्तक्षेप हुनु तथा बैंकरहरुमै पनि ब्याजदर तथा अन्य वित्तीय सूचकहरुमा कार्टेलिङ गर्नुपर्ने अवस्था सिर्जना हुनुको प्रमुख कारण समेत यही प्रावधानलाई मानिएको छ । हाल सञ्चालनमा रहेका अधिकांश बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरु व्यवसायिक पृष्ठभूमिका छन् । यस्तो अवस्थाको प्रत्यक्ष असर उनीहरुलाई पर्ने हुँदा सो व्यवस्था कायमै राखेर ऐन परिमार्जन गर्नु राष्ट्र बैंकलाई चुनौतीपूर्ण भने देखिन्छ ।
पोखरा विमानस्थल ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न पोखराका पर्यटन व्यवसायीकाे माग रहेकाे छन् । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीकाे सम्मानमा निर्माणाधीन विमानस्थलको नामाकरण गर्न पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले आग्रह गरेका छन् । अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन, संसदीय सार्वजनिक लेखा समितिको सदस्य, विकास समितिको सभापति हुँदै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक भूमिका निभाएर पछिल्लो समय संस्कृति पयर्टन तथा नागरिक उडड्यनमन्त्री भएका थिए । रासस