ओम समाजले गर्याे पहिलो डेन्टल मोबाइल भ्यानकाे उद्घाटन
काठमाडौं । ओम समाज डेन्टल होमले नेपालमा पहिलो पटक डेन्टल मोबाइल भ्यानबाट दाँतको उपचार सेवाको शुरु गरेको छ । डेन्टल होम चावहिलको आयोजनामा अन्तराष्ट्रिय मुख दिवस २०१९काे अवसरमा साे सम्वन्धी कार्यक्रमका साथै डेन्टल मोबाइल भ्यान उद्घाटन गरेको हो । प्रदेश नं ३ का प्रदेश सदस्य नरोत्तम बैध र कामपा वडा नं. ७ का अध्यक्ष सुद्धकुमार डंगोल लगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिहरु र डेन्टलका डाक्टर, कार्मचारीको उपस्थिति रहेको उक्त कार्यक्रममा मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मन्त्री परिषदका पर्व अध्यक्ष खिलराज रेग्मी मुलको स्वस्थ्य नै शरिर स्वास्थ्य हो जानकारी दिए । कार्यक्रममा आयोजक डक्टर सुभाष घिमिरेले मुख स्वास्थ्य राख्ने सकेमा ९० प्रतिशत रोग चेट हुने बताउँदै मुखको माध्यमबाट भित्र जाने हुँदा मद्यपान र धुम्रपानबाट टाढा रहनु पर्ने जनाए ।
बैदेशिक लगानीः उद्योग दर्ता १८ प्रतिशत बढेपनि लगानी प्रतिवद्धता रकममा ५८ प्रतिशतले कमी
काठमाडौँ । अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा बैदेशिक लगानीको प्रतिबद्धता रकममा ५८ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०७४/०७५ को साउनदेखि चैत सम्मको ८ महिना र चालु आर्थिक वर्षको सोही अवधिको तथ्याङ्कले यस्तो देखाएको हो । लगानी प्रतिबद्धतामा कमी आएपनि उद्योग दर्ताको संख्या भने १८ प्रतिशतले बढेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार २०७४ साउनदेखि चैत ३ गतेसम्म १९४ वटा उद्योगमा ३ अर्ब ४१ करोडको लगानी प्रतिवद्धता आएको थियो । तर, २०७५ साउनदेखि चैत ३ गतेसम्म २२९ वटा उद्योगमा १५ अर्ब ६४ करोड १० मात्रै लगानी प्रतिवद्धता आएको छ । गत वर्षको तुलनामा यो वर्ष उद्योगमा २२ अर्ब ४० करोड रकम लगानी प्रतिबद्धतामा कमि आएको उद्योग विभागको तथ्याङ्कले देखाउँछ । तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष लगानी प्रतिबद्धता ५८ प्रतिशत कम हो । यता, अघिल्लो वर्षको ८ महिनामा १९४ वटा उद्योग दर्ता भएका थिए भने चालु आर्थिक वर्षको सोही अवधिमा २२९ वटा दर्ता भएका छन् । यसरी तुलना गर्दा यो वर्ष ३५ वटा बढी उद्योग दर्ता भएका छन् । तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा उद्योग दर्ता १८ प्रतिशत बृद्धि भएको देखिन्छ । अहिल्लो वर्षको साउनदेखि चैतसम्म उद्योगहरुमा ७ हजार ५०० जनालाई रोजगारी दिने प्रतिबद्धता थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा दर्ता भएका उद्योगहरुमा ८ हजार ३११ जनालाई रोजगारी दिने प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको दर्ता भएका उद्योगहरु मध्ये सबैभन्दा बढी सेवामूलक प्रकृतिका छन् । सो प्रकृतिको उद्योगको संख्या ७६ वटा रहेको छ । त्यस्तै, पर्यटन क्षेत्रमा ७१ वटा, उत्पादनमूलक क्षेत्रमा ५५ वटा, कृषि तथा बन पैदावरमा आधारित ९ वटा र सञ्चार क्षेत्रमा ३५ वटा गरी २२९ वटा संख्यामा उद्योग दर्ता भएका छन् । २०७४ साउनदेखि चैतसम्म दर्ता भएका उद्योगहरुमध्ये सबैभन्दा बढी सेवामूलक प्रकृतिका थिए । ती मध्ये उद्योगको संख्या ७१, पर्यटन क्षेत्रमा ६१, उत्पादनमूलक क्षेत्रमा ३९, कृषि तथा बन पैदावरमा आधारित ११, उर्जा क्षेत्रमा ३, सञ्चार क्षेत्रमा ३ र इन्फर्मेसन टेक्नोलोजीको क्षेत्रमा १७ वटा गरी १९४ वटा उद्योग दर्ता भएको थिए । प्रत्यक्ष बैदेशिक लगानी महाशाखाका प्रमुख प्रशान्त बोहोराले अघिल्लो वर्ष हाइड्रोमा लगानी आएको थियो र लगानी बढी देखिएको थियो भने यो वर्ष हाइड्रो दर्ता नभएकोले लगानी प्रतिबद्धतामा कमी देखिएको बताए ।
गोर्खाज फाइनान्सको ब्राण्ड एम्बेसडरमा मेलिना राई, व्यवसाय प्रर्वद्धनमा सहयोग पुग्ने
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको ब्राण्ड एम्बेसडरमा गायिका मेलिना राई नियुक्त भएकी छिन् । फाइनान्सले नेपाली संगित क्षेत्रका गायिका राईलाई शुक्रबार एक कार्यक्रमकाबीच संस्थाको ब्राण्ड एम्बेसडरमा नियुक्त गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) लालबहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेका छन् । सो सम्झौतासँगै गायिका राईले अब एक वर्षसम्म संस्थालाई एम्बेसडरको रुपमा सहयोग गर्ने छिन् । कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमबहादुर खापुङ्गले गायिका राईसँगको सहकार्यले फाइनान्सको व्यापार व्यवसाय प्रवद्र्धनमा तीव्र गतिले फड्को मार्ने तथा संस्थागत सामाजिक उत्तरदायित्वमा पनि टेवा पुग्ने बताएका छन् । त्यस्तै, एम्बेसडर राईले देश तथा विदेशमा आफ्ना सोचहरुसँगै गोर्खाज फाइनान्सको व्यवसाय प्रर्वद्धनमा संस्थालाई सहयोग गर्ने बताएकी छिन् । राष्ट्रिय स्तरको यस संस्थाको चुक्ता पुँजी ८७ करोड रुपैयाँ रहेको छ । गत दोश्रो त्रैमासिकको वित्तीय विवरण अनुसार यस संस्था सबैभन्दा बढी चुक्ता पुँजी र नाफा कमाउनेमा फाइनान्स संस्थाहरु मध्ये दोश्रो हुन सफल रहेको संस्थाले बताएको छ । कार्यक्रममा फाइनान्सका अध्यक्ष प्रेमबहादुर खापुङ्ग, गोर्खा समूहका संयोजक पुरञ्जन राई, फाइनान्सका पूर्व अध्यक्ष महेन्द्रलाल राई तथा संस्थाका कम्पनी सचिव मुकुन्द श्रेष्ठको उपस्थिती रहेको थियो ।
सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । विहिबार प्रतितोला ६० हजार २ सय रुपैयाँमा बिक्री भएको सुन शुक्रबार प्रतितोला ६० हजारमा कारोबार भईरहेको छ । शुक्रबार तेजावी सुन विहिबारको तुलनामा प्रतितोलामा २ सय रुपैयाँ घटेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ ।
भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन, रोकिएका ट्याङ्कर नेपाल भित्रिए
बाँके । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार राति नेपाल भित्रिएको बताए । भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा समस्या हुँदै आएको उनले बताए । भारतको बहराइच नजिकै अप्टिकल फाइबरमा समस्या आएर अनलाइन दर्ता नभएपछि ट्याङ्करसँगै अन्य मालबाहक ट्रकहरु रुपैडिहामै रोकिएका थिए । रु १० लाखभन्दा बढी ‘इनभ्वाइस’को सामानलाई भन्सार ‘क्लियर’ गराउन भारतीय भन्सारका डेपुटी कमिस्नरको अनुमति लिनुपर्छ । गए राति मात्रै इन्धन आयात नभएको भए नेपालगञ्ज आसपासको क्षेत्रमा इन्धन अभाव हुनसक्ने देखिएको थियो । नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिषेककुमार ठाकुरले सबै ट्याङ्कर नेपाल भित्रिएकाले इन्धन अभाव नहुने बताए । यो क्षेत्रमा निगमले डिजेल र पेट्रोल गोन्डाबाट, एटीएफ इलहावाद र एलपी ग्यास मथुराबाट आयात गर्दै आएको छ । डिपो प्रमुख ठाकुरका अनुसार निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजेल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण क्षमता छ । सीमामा एक्सरे मेसिन अलपत्र भन्सार कार्यालयमा सीमाक्षेत्रमा निगरानी राख्न सहयोगी हुने दुई एक्सरे मेसिन एक वर्षदेखि गोदामै थन्किएका छन् । नेपाल प्रवेश गर्ने विन्दुमा सर्वसाधारण आवातजावत गर्दा ल्याउने÷लैजाने हरेक सामानको जाँच गर्ने मेसिन प्रयोगविहीन भएका हुन् । एउटा वाकथ्रु गेट छ भने अर्को लगेज जाँच्ने मेसिन छ । दुवै मेसिन रु एक करोड बढी मूल्यको रहेको भन्सार कर्मचारीले बताएका छन् । ती मेसिन एक वर्षअघि नेपालगञ्ज ल्याइएका थिए । यस्तै प्रकारको मेसिन विराटनगर पनि पठाइएको र त्यहाँ पनि प्रयोग नभएको कर्मचारीको भनाइ छ । नेपालगञ्ज नाका हुँदै अहिले जोकोहीले चाहेमा जस्तोसुकै सामान लयाउन सक्छन् । त्यसलाई रोक्न प्रहरी, प्रशासन र स्वयं भन्सारका लागि उपयोगी हुने मेसिन भने त्यसै थन्किएको छ । भन्सारले मेसिन राख्ने उपयुक्त ठाउँ खोज्दाखोज्दै एक वर्ष बितेको बताएको छ । नेपाल प्रवेश गर्ने गेट नजिक सबैभन्दा उपयुक्त हुने भए पनि त्यहाँ मन्दिरका सटरहरु छन् । उक्त सटरमा मेसिन राख्न उपयुक्त हुने भए पनि मन्दिर सञ्चालक गुठीले भन्सारलाई सटर दिन आनाकानी गरेको छ । त्यस्तै भन्सारकै तल्लो क्षेत्रको विन्दुमा अब मेसिन राख्ने तयारी भइरहेको भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए । उनले आफू आउनुअघि नै उक्त मेसिन आएको र जतिसक्यो छिटो मेसिन जडान गर्ने जानकारी दिए । रासस
नेपालको आर्थिक वृद्धि ५ प्रतिशत मात्र हुने आइएमएफको नयाँ प्रक्षेपण, ४ महिनामा डेढ प्रतिशत घटायो
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ ।आइएमएफले विहीबार सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुक रिपोर्टमा नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) ५ प्रतिशत मात्र हुने उल्लेख छ । यसअघि आइएमएफले गत डिसेम्बर १३ मा जारी गरेको रिपोर्टमा चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । आइएमएफले पहिलो पटक नेपालको आर्थिक वृद्धि ६.५ प्रतिशत हुने प्रक्षेपण गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले आइएमएफको प्रक्षेपणलाई देखाउँदै सरकारको ठूलो उपलब्धिको रुपमा व्याख्या गरेका थिए । तर, चार महिनापछि आइएमएफले पूर्व प्रक्षेपणलाई घटाउँदै ५ प्रतिशतमा झारेको हो । सरकारको बजेटमा चालु आर्थिक वर्षमा ८ प्रतिशत हुने उल्लेख गरिएको छ । सरकारले निजी क्षेत्रबाट हुने लगानीलाई हतोत्साहित गर्ने नीति लिएको भन्दै निजी क्षेत्रबाट सरकारको आलोचना भईरहेको छ । सरकारले करमा कडाई गर्नु, बैंकले व्याज उच्च बनाउनु, नेपालीहरु रोजगारीको लागि विदेश जानु, स्वदेशमा श्रमिकको ज्याला उच्च हुनुको साथै श्रमिकको अभाव हुन थालेपछि नेपाली उद्यमीहरु निरास भएका छन् । स्वदेशी लगानी नबढ्नु, विदेशी लगानी पनि नआउनुले आर्थिक वृद्धिमा नकारात्मक असर देखिएको छ । उद्योग विभागका अनुसार विदेशी लगानी चालु आर्थिक वर्षको प्रथम ८ महिनामा ६३ प्रतिशतले घटेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनात्मक अंक हो । आइएमएफले भारतको जीडीपी ७.४ प्रतिशतले र चीनको जीडीपी ६.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । सबैभन्दा बढी इथियोपियामा ८.५ प्रतिशतले हुने जनाइएको छ भने सबैभन्दा कम भेनेजुयलामा ५ प्रतिशत ऋणात्मक हुने अनुमान गरिएको छ । आइएमएफको टिम लिडर ग्रीर्ट अल्मेकिन्डर्सले नेपालको आन्तरिक उत्पादन क्षमता कमजोर भएकोले अर्थतन्त्र संकटमा रहेको बताएका छन् । ‘गत आर्थिक वर्ष २०७४/७५ मा नेपालको वैदेशिक व्यापार घाटा कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ६.५ प्रतिशत थियो । हरेक वर्ष व्यापार घाटा बढ्दै गएको छ’ उनले भने ‘यसले नेपालको उत्पादन प्रणाली कमजोर रहेको देखाउँछ । यस्तो अवस्थामा कुनै पनि देशको अर्थतन्त्रको लागि राम्रो होइन’ गत मंसिरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए । बजेटको पूर्ण कार्यान्वयन नहुनु अर्को ठूलो समस्या भएको उनले बताए । सरकारको खर्च गर्ने क्षमता कमजोर हुनु, बैदेशिक व्यापार घाटा बढ्नु र विदेशी मुद्राको संचिति घट्नु नेपाली अर्थतन्त्रको लागि गम्भिर चुनौती भएको उनले टिप्पणी गरेका थिए । संघीयतामा धेरै नीति तथा कार्यक्रम दोहोरिएको, कर वृद्धि, पुराना नीतिले लगानीको वातावरण बन्न असहयोग गरेको आईएमएफले जनाएको छ ।
फिलिपिन्समा कम्युनिष्ट विद्रोहीसँगको वार्ता तोडियो, नेपालमा के हुन्छ ?
मनिला । फिलिपिन्स सरकारले कम्युनिष्ट बिद्रोहीसँगको वार्ता भंग गरेको छ । फिलिपन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले विद्रोही कम्युनिष्ट गुरिल्लाहरुसँग वार्ता गर्न गठित सरकारी टोली भंग गरेका हुन् । राष्ट्रपति डुटेर्तेको कार्यालयले जनाएअनुसार सो वार्ता टोली गत मङ्गलबार भङ्ग गरिएको हो । नेपालमा पनि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ । हिंसात्मक गतिबिधी गरेको भन्दै सरकारले प्रतिवबन्ध लगाएको बताएको छ । विप्लव नेतृत्वको नेकपाले अर्ध भूमिगत गतिबिधी गर्दै आएको छ । फिलिपिन्सका श्रमसम्बन्धी सचिवको नेतृत्वमा रहेको सो वार्ता टोलीलाई भङ्ग गरिएको जानकारी राष्ट्रपतिको कार्यालयले दिएको समाचारमा जनाइएको छ । सो वार्ता समिति चार सदस्यीय रहेको थियो । राष्ट्रपति डुटेर्तेले कम्युनिष्ट विद्रोहीहरुसँगको वार्ता पनि यसअघि नै भङ्ग गरिसकेका थिए । त्यसैले सो समिति भङ्ग भएको जानकारी दिइएको समाचारमा जनाइएको छ । उनले सन् २०१७ को नोभेम्बरमा विद्रोहीसँगको वार्ता एकतर्फी रुपमा सरकारले भंग गरेको जानकारी दिएका थिए । राष्ट्रपति डुटेर्तेले सन् २०१७ को नोेभेम्बरमा सरकारको तर्फबाट त्यहाँका कम्युनिष्ट विद्रोहीसँगको शान्तिवार्ता स्थगित गरेको जानकारी दिए । विद्रोहीहरुले शान्ति वार्ताका लागि इमान्दारिता नदेखाएका र उनीहरुका व्यवहारबाट सरकार सन्तुष्ट हुन नसकेकोले आफ्ना तर्फबाट यो वार्ता नगर्ने भनी सरकारले घोषणा गरेको थियो । त्यसपछि पनि सरकारी तर्फको शान्ति वार्ता टोली रहेकोमा यसलाई अहिले आएर भंङ्ग गरिएको हो । सरकारले शान्ति वार्ताका लागि जोड दिएको भए पनि कम्युनिष्ट विद्रोहीहरुले भने हिंसात्मक आक्रमणहरु गर्ने गरेकोले सरकारी उनीहरुसँग बसेर शान्ति वार्ता गर्न नसक्ने भन्दै सरकारले सो वार्ता सन् २०१७ को नोभेम्बरदेखि नै रोकेको थियो । यहाँका कम्युनिष्ट विद्रोहीहरुले सन् १९६९ देखि फिलिपिन्सको सरकार फाल्न भन्दै हिंसात्मक आन्दोलन थालेका थिए । उनीहरुको हिंसा सन् १९८० को दशकमा आएर निकै बढेको थियो । त्यस समयमा नै यहाँका हजारौँ नागरिकले हिंसामा परी ज्यान गुमाएका थिए । सरकारले यो विद्रोहलाई दबाउनका लागि समय समयमा सैनिक शासन पनि लगाउँदै आएको छ । फिलिपिन्सको सेनाले दिएको जानकारीअनुसार यहाँको यस कम्युनिष्ट विद्रोही समूहका लडाकू गुरिल्लाहरु सन् १९८० मा २६ हजार जना रहेका बताइएको थियो । तर अहिले सो सङ्ख्यामा कमी आएको सेनाले जनाएको छ । सेनाको तथ्यांकअनुसार हाल यहाँका गुरिल्लाहरु चार हजारको संख्यामा मात्र सीमित रहेका छन् । तर यो सङ्ख्यालाई पनि यहाँको सेनाले भने राष्ट्रिय सुरक्षाका लागि चुनौतीका रुपमा नै लिएको बताइन्छ ।
पाँच सय गाडीको र्यालीसहित भारतले राख्यो विश्व रेकर्ड
भारत । भारतले ५ सय वटा बस एकै पटक गुडाएर विश्व रेकर्ड कायम गराएको छ । कुम्भ मेला विषेश गाडीको लामो ¥याली निकालेर विश्व रेकर्ड कायम गरेको हो । कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन् । यस अगाडि यसैगरी सवै भन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबू धाबीमा विश्व रेकर्ड कायम गरिएको थियो । भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरुलाई ३.२ किलोमिटर सम्म गुडाएको बताइएको छ । युपिएसआरटीसीले सवै राज्यका १८ ओटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो ।