सामाजिक सुरक्षा कोषले स्थानीय तह र बैंकसँग सहकार्य गर्छः निर्देशक नेपाल
काठमाडौं । सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउनका लागि स्थानीय तह र बैंकसँग सहकार्य गरिने भएको छ । सरकारले गत मंसिर ६ गते घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सम्पूर्ण श्रमिक, कर्मचारीलाई समावेश गराउनका लागि कोषले यस्तो गर्न लागेको हो । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले मंगलवार आयोजना गरेको सामाजिक सुरक्षा कोष सम्वन्धि अन्तरक्रिया कार्यक्रममा कोषका निर्देशक शंकर नेपालले यो जानकारी दिएका हुन् । कोषमा औपचारिक क्षेत्रका १० लाख कामदार र अनौपचारिक क्षेत्रमा रहेका ६० लाख जनतालाई सेवा पुर्याउनका लागि विभिन्न बैंकसँग समन्वय गरेर एकीकृत रुपमा काम गर्ने तयारी रहेको निर्देशक नेपालले बताए । गाउँगाउँमा कोषको कार्यालय राख्न नसकिने र यसले व्ययभार वढ्ने भएकाले बैंक र स्थानीय तह उपयुक्त हुने उनको निष्कर्ष छ । उनले भने,‘नेपालमा आर्थिक क्रियाकलापमा सक्रिय ६२ प्रतिशत जनता रहेको र यिनिहरुको जीवन सुरक्षा गर्दै भविष्य सुनिश्चित गर्नका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष ल्याइएको हो ।’ श्रम ऐन र नियमावलीमार्फत नो वर्क नो पे तथा हायर एन्ड फायर लागू भएका कारण श्रमिकको सामाजिक सुरक्षाका लागि सामाजिक सुरक्षा ऐन आएको पनि उनले बताए । कार्यक्रममा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले जनताको स्वास्थ्य अधिकार सुनिश्चितताका लागि सामाजिक सुरक्षा कोषले पनि अपरिहार्य भूमिका निभाउने भएकाले यसलाई प्रभावकारी कार्यान्वयन गराउन नागरिक समाज र ट्रेड युनियनले नजिकबाट नियाल्नु पर्ने धारणा राखे । देशभरी सामाजिक न्यायको आधारमा यसलाई विस्तार गर्न प्रचार प्रसार गर्नु पर्नेमा जोड दिंदै उनले नागरिक समाज र स्थानीय तहलाई परिचालन गर्न सके सामाजिक सुरक्षा कोषले वृहत्तर रुप लिने स्पष्ट पारे । अन्तराष्ट्रिय श्रम संगठनका निर्देशक प्रकाश शर्माले नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोष वीच हुने ओभरल्याप र डुप्लिकेसन हटाउँदै जानुपर्नेमा जोड दिए । नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष रमेश बडालले सामाजिक सुरक्षा र योगदानमा आधारित सामाजिक सुरक्षा कोष फरक फरक कुरा भएको जानकारी दिए । सामाजिक सुरक्षाका लागि सरकारले रोजगार, कृषि, शिक्षा, स्वास्थ्यलगायतमा नयाँ नयाँ कानून ल्याएको बताए । सामाजिक सुरक्षाका लागि सरकारले कर लिन्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोषका लागि कर नलिने स्पष्ट पारे । नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक हंशराम पाण्डेले कम्पनी फर्म खारेज भए पनि श्रमिकको नम्बर रहिरहने र बेरोजगार भएको बेलामा समेत कोषले श्रमिकको हितमा काम गर्ने जानकारी दिए । औद्योगिक सम्वन्ध तथा औद्योगिक शान्तिका लागि आएको यो कोषलाई व्यवहारिक रुपमा रहेको अनौपचारिक क्षेत्रमा रहेका समेट्नु पर्नेमा उनले पनि जोड दिए । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा देखिएका कानुनी जटिलता हटाउँदै लानु पर्ने र सामाजिक सुरक्षा योजनाको सूचीकरणमा देखिएको व्यवहारिक समस्या हटाउँदै जानुपर्ने बताए । राष्ट्रिय मानव अधिकार आयोगका उपनिर्देशक स्वर्णिमा भण्डारीले स्वर्णिमा भण्डारीले नयाँ कुरा इम्पिलिमेन्ट गर्न समस्या हुने र सूचना नभएकोले कन्फ्युजन रहिरहेका कारण सूचनालाई सूचना देशभरी पुर्याउनु पर्ने धारणा राखे ।
प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएका सडक केन्द्रमै तान्न निर्देशन
काठमाडौं । बहुबर्षिय ठेक्का लागेर प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएका सडकहरु अब फेरी केन्द्रमा तान्नुपर्ने भएको छ । संसदको विकास तथा प्रविधि समितिले प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गरिएका सडक आयोजनाहरु पुनः केन्द्रले नै तानेर निर्माण सम्पन्न गरेर मात्रै हस्तान्तरण गर्न निर्देशन दिएको हो । समितिले विनियोजन ऐन, २०७५ को दफा ५ को उप दफा ४ मा भएको व्यवस्था अनुसार प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएका आयोजनाहरुलाई पुनः केन्द्रमा तानेर निर्माण सम्पन्न गरेर मात्रै बुझाउन भनेको हो । सो दफाको उप दफा ४ मा प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गरिएका वा प्रदेश तथा स्थानीय तहले स्वीकृत गरेका कार्यक्रमलाई नेपाल सरकारको सम्बन्धीत कार्यालयको स्वीकृति लिएर केन्द्र मातहत ल्याएर काम सम्पन्न गरेर हस्तान्तरण गर्न सकिने व्यवस्था रहेको छ । हाल त्यस्ता सडकहरुको दायित्व २५ अर्ब रुपैंयाँ भन्दा बढी रहेको छ । मंगलबारको बैठकमा सभापति कल्याणी खड्काले प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएका सडक तथा पुलका निर्माणाधिन आयोजनाहरुको भविष्य अन्यौलमा परेको बताएकी थिएन् । उनले जनताको जीवनसँग जोडिएका सडक तथा पुलका पुराना आयोजनाहरु माथी खेलबाड गर्ने छुट कसैलाई नभएको बताएकी थिईन् । त्यस्तै सांसद गणेश पहाडीले पनि बहु बर्षिय ठेक्का लागेर प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गरिएका आयोजनाहरुलाई पुनः केन्द्रमा ल्याउनुपर्ने माग गरेका थिए । पहाडीको मागमा पूर्व मन्त्री तथा सांसद टोप बहादुर रायमाझी, राजेन्द्र लिङदेन, यज्ञराज सुनुवार, बहादुर सिंह लामा लगायतले समर्थन गरेका थिए । बैठकमा भौतिक पूर्वाधा तथा यातायात मन्त्री रघुविर महासेठले तल हस्तान्तरण गरिएका आयोजना सम्बन्धीत तल्लो तहको सिफारिसमा केन्द्र मातहत ल्याएर कार्यान्वयन गर्ने बताएका थिए । अर्थमन्त्री डा. युवराज खतिवडाले भने हस्तान्तरण गरिएका आयोजना केन्द्रमा ल्याउँदा केन्द्र सरकारलाई अधिक वित्तिय भार पर्ने बताएका थिए ।
देशभर सञ्जाल फैलाउँदै स्वीच अन, विभिन्न शहरमा २० वटा शोरुम सञ्चालन
काठमाडौँ । इलेक्ट्रोनिक्स सामानहरुको खुद्रा शोरुम स्वीच अनले ग्राहकहरुलाई एउटै छानामुनी घरायासी इलेक्ट्रोनिक्स सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्धता जनाएको छ । स्वीच अनका आउटलेटहरुमा विश्वका उत्कृष्ट ब्राण्ड सामसङ्ग, हिमस्टार, बजाज, टाइमेक्स्, इन्दोएशियन, ओस्रम, अहुजा, ग्यालेन्ज, प्रोलिङ्क, हन्टकी, लगायत ब्राण्डका मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, एलईडी लाइट्स, घडिहरु तथा अन्य इलेक्ट्रोनिक्स सामानहरु बिक्रि वितरण गर्दै आएको छ । काठमाडौंको नक्साल नारायणचौर स्थीत मुख्य कार्यलय रहेको स्वीच अनको हाल सम्म देशभरका विभिन्न शहरहरु गरेर २० वटा शोरुम संचालनमा आईसकेका छन् भने अन्य शहरहरुमा पनि बिस्तार गर्ने क्रममा रहेको जनाइएको छ ।
कृषि विकास बैंक चैत १५ गते साधारणसभामा जाँदै, २१ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । कृषि विकास बैंक लिमिटेड आगामी चैत १५ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले कम्पनीको २१.०५३ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । सभाले कम्पनीको सञ्चालक समितिको सेयरधनीलाई ६ प्रतिशत बोनस र १५.०५३ नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५० करोड रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ नाघ्ने छ । बैंकको सभा सो दिन बिहान ११ बजे भक्तपुरको बोडेस्थित कृषि विकास बैंक केन्द्रय तालिम प्रतिष्ठानमा बस्दै छ ।
रनर मोटर्सको २०० सिसीको हक मोटरसाइकल नेपाली बजारमा
काठमाडौँ । बंगलादेशको प्रतिष्ठित मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबिल्स् लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्स प्रालिले रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्राएको छ । १ सय ९८ दशमलव ३ सिसी इञ्जिन रहेको मोटरसाइकलले ७५०० आरपिएममा १२ दशमलव ७ हर्स पावर र ५५०० आरपिएममा १४ दशमलव ५ एनएमको टर्क निकाल्ने कम्पनीको जनाएको छ । यो मोटरसाइकल अफरोडमा चलाउन अत्यन्तै भरपर्दो र सजिलो रहेको कम्पनीको भनाई छ । नेपालको भूभाग सुहाउँदो डर्ट मोटरसाइकल रमन मोटर्सले विगत तीन महिनादेखि नेपालका विभिन्न क्षेत्रका अफ्ठ्यारोे र समथल भूभागमा परीक्षण गर्दा उत्कृष्ट नतिजा पाइएको कम्पनीको भनाई छ । रमन मोटर्सका देशैभर रहेका २२ वटा डिलरमार्फत एकैसाथ बिक्री गर्ने योजनाका साथ सर्विस र स्पेयर्स पार्टस्को सम्पूर्ण तयारी पूरा भएको रमन मोटर्सका जनरल म्यानेजर विनोद थापाले बताए । रमन मोटर्सका विजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले हाइ ग्राउण्ड क्लियरेन्स् हुनुका साथै आरामदायी सिट भएको हक मोटरसाइकल सजिलै पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने खालको भएको बताए । हाल २०० सिसीको रनर हक रातो रङ्गमा उपलब्ध भएपनि निकट भविष्यमा अन्य रङ्गमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । रमन मोटर्सले यो मोटरसाइकल ३ लाख ९९ हजार रुपैयाँमा विक्री वितरण सुरू गरेको छ । बंलादेशको प्रतिष्ठित मोटरसाइकल कम्पनी रमन मोटर्सले नेपालमा रनर कम्पनीका विभिन्न २०० सिसी सम्मका बाइकहरु विक्रि वितरण गर्दै आएको छ ।
रौतहटको चन्द्रपुरमा कामना सेवाकोे ७५औं शाखा सञ्चालन
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुरमा मंगलबार ७५औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको संषिप्त जानकारी गराउँदै प्रदेश नं २ मा यो सँगै ९ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए ।
भक्तपुर र पश्चिम रुकुममा जेसीबीको आधिकारिक बिक्री केन्द्र खुल्यो
काठमाडौँ । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भक्तपुर र रुकुममा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । दुवै नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएको छ । भक्तपुरको आउटलेटको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट गोपालकुमार अग्रवाल र बी एन्ड के इन्टरप्राइजेजका अध्यक्ष बिकुलाल सुवालले संयुक्त रुपमा गरेका थिए । भक्तपुर र आसपासका क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको बी एन्ड के इन्टरप्राइजेजका प्रबन्ध निर्देशक केशव सुवालले बताए । उद्घाटन समारोहमा जेसीबी इन्डियाका एरिया सेल्स म्यानेजर बाल कृष्ण बस्याल, जेसीबी इन्डियाका राजकुमार मुदालायर, युसेप नेपालका कार्यकारी निर्देशक विपिन आचार्य, भक्तपुर इटा व्यवसायी संघका अध्यक्ष नातीभाइ हेम्बा र एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ डिजिएम दिपकराज गिरी लगायतको उपस्थिति थियो । एमएडब्लुले गत साता पश्चिम रुकुममा पनि एआरओ शुरु गरेको थियो, जसको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गरेका थिए । उद्घाटन समारोहमा सल्यान, पूर्वी रुकुम र पश्चिमी रुकुममा ग्राहकहरुको उपस्थिति थियो । यी सहित जेसीबीले नेपालमा १२ वटा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् ।
नयाँ लगानीकर्तालाई डुबायो शिवम् र यूनिभर्सलले
शिवम् र यूनिभर्सलको आइतबारदेखि मंगलबारसम्मको चार्ट काठमाडौं । शिवम् सिमेन्ट कम्पनी र यूनिभर्सल पावर कम्पनीका नयाँ लगानीकर्ताले तीन दिनमै उच्च रकम गुमाएका छन् । दोश्रो बजारमा कारोबार शुरु भएको लगातार तेस्रो दिन अर्थात मंगलबारसम्म शिवमका लगानीकर्ताले प्रतिकित्ता १२४ रुपैयाँ र यूनिभर्सलका लगानीकर्ताले प्रतिकित्ता ८१ रुपैयाँ गुमाएका छन् । गत आईतबार प्रतिकित्ता ४६४ रुपैयाँदेखि कारोबार शुरु भएको शिवमकाे सेयर मूल्य मंगलबारसम्म घटेर ३४० रुपैयाँमा झरेको छ । त्यस्तै, यूनिभर्सलको पनि प्रतिकित्ता ३०० रुपैयाँदेखि कारोबार भएको थियो । मंगलबार घटेर प्रतिकित्ता २१९ रुपैयाँमा झरेको छ । लगातार तीन दिनकै कारोबारमा दुबै कम्पनीको सेयर बेच्नेको चाप देखिएको थियो तर सेयर किन्न इच्छुक लगानीकर्ता कोही थिएनन् । जसले आगामी दिनमा यी दुबै कम्पनीको सेयर मूल्य अझ घट्ने संकेत देखाएको छ । आइतबारदेखि मंगबारसम्म शिवमको कुल १९ लाख ४५ हजार ३७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिसम्मको कुल ५७ वटा कारोबारमा ४ हजार ५१० कित्ता सेयर बिक्री भएको छ । त्यस्तै, यूनिभर्सल पावरको पनि तीनदिनमा कूल एक लाख ९१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको कुल २७ पटक भएको कारोबारमा ७६० कित्ता सेयर कारोबार भएको छ । नेप्सेमा हालै मात्र सूचिकृत यी दुबै यस्ता कम्पनी हुन् जसको आईपीओमा लगानीकर्ताले जति आवेदन दिएका थिए त्यतिनै पाएका थिए । सेयर मूल्यमा उच्च रकमको गिरावट देखिएपनि आजको दिनसम्म यी दुबै कम्पनीका लगानीकर्ता घाटामा छैनन् । यद्दपी अझैपनि कम्पनीको सेयर मूल्य आईपीओको मूल्यभन्दा घट्ने हो की भन्ने त्रास चै नयाँ लगानीकर्तामा देखिएको छ । नयाँ लगानीकर्ता जसले आईपीओमा लगानी गर्दा डुब्दैन भन्ने विश्वासले लगानी गरेका थिए तिनीहरुको लगानी डुब्नेवालामा छ ।