काठमाडौं । कृषि विकास बैंक लिमिटेड आगामी चैत १५ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले कम्पनीको २१.०५३ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ ।
सभाले कम्पनीको सञ्चालक समितिको सेयरधनीलाई ६ प्रतिशत बोनस र १५.०५३ नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गर्न लागेको हो ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५० करोड रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ नाघ्ने छ ।
बैंकको सभा सो दिन बिहान ११ बजे भक्तपुरको बोडेस्थित कृषि विकास बैंक केन्द्रय तालिम प्रतिष्ठानमा बस्दै छ ।