विकासन्युज

नेप्से र कारोबार रकम दुबैमा वृद्धि, सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर किनबेच

काठमाडौं । पटक पटक समस्या आई सुचारु भएको बुधबारको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.८० अंकले बढेर ११४२.५२ अंकमा अडिएको छ । जुन मंगलबारको तुलनामा ०.१६ प्रतिशत बढी हो । बुधबारको बजारमा नेप्सेका साथै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन कुल १६५ कम्पनीको ४८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २७ करोड रुपैयाँ बढी सेयर किनबेच भएको छ । अघिल्लो दिन(मंगलबार) कुल २१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन २६ करोड ६६ लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता १९५ रुपैयाँ रहेको छ ।  त्यस्तै, शिवम् सिमेन्ट कम्पनीको ५ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा बराबर रहेकाे छ । बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । बढी गुमाउनेमा यूनिभर्सल पावर कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ९.५९ प्रतिशत गुमाएका छन् । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९८ रुपैयाँमा झरेको छ । जुन मंगलबार प्रतिकित्ता २१९ रुपैयाँमा रहेको थियो । बजारको समस्या समाधान, साँझ ६ बजेसम्म सेयर कारोबार हुने बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै, नेप्से भन्छ- ब्रोकर प्रणालीमा समस्या

ओपोको कलर ओएस ६ सार्वजनिक, रोचक फिचर्स र आकर्षक डिजाइन

काठमाडौं । ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याट फर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको छ । विश्वका केहीबजारमा भर्खरै सार्वजनिक ओपो एफ११ र एफ ११प्रोमा यो ओएस उपलब्ध गरिसकिएको छ । हल्का कलर स्किममा आधारित नयाँ ओएसले कार्य क्षमतामा परिस्कृत र एप ड्रअरपनि उपलब्ध गरिएको छ । सफा र ब्यवहारिक दृष्यानुभवका लागि नयाँ डिजाइनमा सरल सेतो पृष्ठभुमी र सुक्ष्म ग्राडियण्ट अपनाइएको छ । न्यून रेखा, नयाँआइकन्स, नयाँ गेस्चर र परिस्कृत एनिमेसन सहितको यो ओएस, ओएस परिमार्जन रुचाउनेहरुका लागि राम्रो छनोट हुन सक्ने कम्पनीले जनाएको छ ।

उदयपुर र सप्तरीमा कामना सेवाकोे शाखा बिस्तार

काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले उदयपुर र सप्तरी जिल्लामा शाखा बिस्तार गरेको छ । उदयपुरको त्रियुगा र सप्तरीको राजविराजमा बुधबार ७६औं र ७७औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको हो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा बिस्तारलाई निरन्तरता दिने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा जानकारी दिएका थिए ।

एनसीसी बैंक अवकाश काेषले बाढ्यो ७० प्रतिशत लाभांश

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंक अन्तर्गत संचालित एनसीसी बैंक अवकाश काेषले अवकाश पाएका कर्मचारीहरुलाई ७० प्रतिशत लाभांश वितरण गरेको छ । काेषले उक्त कर्मचारीहरुलाई २०७५ असार मसान्तसम्मको संचित बचतबाट ७० प्रतिशत अर्थात ३ करोड ६२ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गरेको हो । कोषले करिब २०० भन्दा बढी संघ संस्थाका सबै ग्राहक कर्मचारीहरुलाई सोही अवधिको संचित अवकाश कोषमा रहेको मौज्दातको १.८३ प्रतिशत लाभांश सम्बन्धित अवकाश कोष खाताहरुमा जम्मा हुने गरी वितरण गरेको छ । उक्त कोषले विगत वर्षहरुमा पनि आफ्नाे संचित बचत भएको रकमबाट आफ्ना बचतकर्ताहरुलाई लाभांश वितरण गर्दै आएको छ । साथै, सबै व्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष १५ हजार रुपैयाँसम्मको निःशुल्क औषधोपचार बीमा सुविधा पनि दिँदैै आईरहेको कोषले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

होण्डा ‘सम्बन्ध सपनाहरुको’ विजेता घोषित, काभ्रेका विशालले जिते ५० लाख बम्बर उपहार

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालमा ५० वर्ष पूरा गरेको उत्सवमा दशैं तथा तिहार योजना ‘सम्बन्ध सपनाहरुको’को विजेता घोषित गरेको छ । २५ माघदेखि २५ फागुनसम्म संचालित उक्त योजनामा २५,२६५ जनाको सहभागिता रहेको थियो । सहभागीहरु मध्ये लक्की ड्र मार्फत ५० जना छनौट गरिएको थियो । छनौट भएका सहभागीहरुले ५० लाख बम्पर उपहार जित्नको लागि योजनासँग मेल खाने आफ्नो कुनै सपना उल्लेख गरी फेसबुकमा भिडियो अपलोड गर्नुपर्ने थियो । अपलोड गरिएका ३९ भिडियो मध्ये सर्वाधिक २४,१५० लाइक, कमेन्ट र सेयर प्राप्त गरी आफू डाक्टर बनी जनमानसको सेवा गर्ने सपना बोकेका धुलिखेल, काभ्रेका विशाल थापा उक्त योजनाको विजेता बन्न सफल भएका थिए ।

एनएमबि बैंक र एनबीआई बीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौँ । एनएमबि बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई)बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनएमबि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् । सम्झोैता पत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे एनएमबि बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइल एप्सबारे ज्ञान दिलाई आ-आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि प्रेरित गर्ने जनाइएको छ । साथै बैंकले एनबीआई एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवार, शिक्षक तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउने जनाएको छ ।

बजारको समस्या समाधान, साँझ ६ बजेसम्म सेयर कारोबार हुने

काठमाडौं । बुधबार ब्रोकर प्रणालीमा देखिएको समस्याको समाधान भई सेयर कारोबार शुरु भएको छ । उक्त समस्या समाधान भएसँगै बुधबार साँझ ६ बजेसम्म सेयर कारोबार हुने नेप्सेले जनाएको छ । बुधबार कारोबार खुलेको करिब साढे २ घण्टा पछि ब्रोकरले कारोबार गर्ने प्रणालीमा समस्या देखिएको थियो । उक्त समस्याले गर्दा कारोबारका लागि निर्धारित समय ४ घण्टा मध्ये झण्डै एक घण्टा २० मिनेट कारोबार भएको थिएन । हालै सो समस्या समाधान भएकाले ४ः४० देखि ६ बजेसम्म(अर्थात कारोबार हुन नसकेको समय थप गरी) पुनः कारोबार शुरु गर्न नेप्सेका प्रवक्ता मुरहरी पराजुलीले जानकारी गराएका छन् ।

ललितपुरको मंगलबजारमा कला तथा संस्कृति महोत्सव शुरु

काठमाडौं । ललितपुरको मंगलबजारमा कला तथा संस्कृति महोत्सव शुरु भएको छ । महोत्वसको बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले एक समारोहका बीच उद्घाटन गरे । ५ दिनसम्म हुने कला तथा संस्कृति महोत्सव उद्घाटन गर्दै उपराष्ट्रपति पुनले–अरनिकोले शुरु गरेको हस्तकलाले आज विश्वमा परिचित भएको बताउँदै नेपालबाट बढी मात्रामा निर्यात हुने हस्तकला व्यापारमा आगामी दिनमा संकटमा आउने देखिएको बताए । उक्त कार्यक्रममा उनले विश्व कला परिषद्ले ३५ औं कला नगरको रुपमा ललितपुर नगर घोषणा गर्दा नेपालीहरुको शिर उच्च हुन पुगेको बताए । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर विकासमा सरकारले पर्याप्त लगानी नगरेको बताए । त्यस्तै, विश्व कला परिषद्का उपाध्यक्ष धर्मराज शाक्यले ‘फरक-फरक कला कृतिहरु रहेको ललितपुर नगरका कला संस्कृति आगामी पुस्तामा हस्तान्तरण गर्नका साथै उत्पादन एवम् वितरणमा सहयोग गर्न विश्व कला परिषद् तत्पर रहेको बताए । ललितपुरमा पुरानो शैलीका मठमन्दिर र करिब १६५ विहार रहेको रहेका छन् । सोहि स्थानिय कला संस्कृति विस्तारका एवम् जर्गेनाका लागि उक्त महोत्सव आयोजना गरेको आयोजक समितिले जानकारी दिएको छ ।