सिभिल बैंक र एनबीआई बीच वित्तीय साक्षरता कार्यक्रम सम्बन्धी सम्झौता
काठमाडौँ । सिभिल बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि विहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे । यस सम्झौता अनुसार एनबिआइको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे सिभिल बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गर्ने तथा बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई उक्त एप्को बारेमा जानकारी गराई ग्राहकवर्ग माझ वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्नको लागि प्रेरित गर्नेछ । साथै बैंकले उक्तएप् मार्फत समाजका विभिन्नवर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समाआश्रित परिवारहरु, शिक्षक–शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । एनबिआईले बैंकलाई आवश्यक परेको खण्डमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको समेत व्यवस्थापन गर्नेछ ।
सुजुकी इन्ट्रुडरको नयाँ वर्ष अफर, प्रत्येक खरिदमा बैंकक भ्रमण
काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले आफ्नो उत्कृष्ट बाइक इन्ट्रुडरको प्रत्येक खरिदमा बैंकक भ्रमण वा ४३ इन्च स्मार्ट एलइडी टिभीको योजना ल्याएको छ । चैत्र १३ गते देखि लागु गरिएको यस योजना अन्तर्गत प्रत्येक इन्ट्रुडर बाइकको खरिदमा ग्राहकले आधुनिक स्टाइलिस तथा विशेष गुणहरु भएको इन्ट्रुडर बाइकका साथै बैंकक वा ४३ इन्च स्मार्ट एलइडी टिभी प्राप्त गर्न सक्नेछन् । यो योजना नव वर्ष २०७६ लार्ई मध्य नजर गरी सीमित अवधीको लागि लागु गरिएको कुरा कम्पनीले जनाएको छ । इन्ट्रुडर बाइक आपैmमा आकर्षक हुनुको साथै स्टाइलिस हेडलाइट, डिजिटल मिटर, तीक्ष्ण अनुपम दोहोरो विश्वास, सुविधाजनक क्रुजरबाइकमा बस्ने पोजिसन सहितको विलासितापूर्ण स्टालिङ्ग रहेको छ । यो चालकको सुरक्षाको लागि १५० सी सी को बाइक समूहमा ए बि एस जडान गरिएको एक मात्र क्रुजर बाइक हो ।
राष्ट्र बैंकले मार्जिन कारोबारको बाटाे खोल्यो, ११ ब्रोकर स्वीकृतिकाे पर्खाइमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर बजारमा मार्जिन कारोबार सञ्चालन गर्ने प्रक्रिया खुला गरिदिएको छ । बिहीबार एक निर्देशन जारी गर्दै बैंकले ब्रोकरहरुले नेपाल स्टक एक्सचेञ्जको सिफारिसमा आफ्नो स्वीकृति लिएर त्यस्तो कारोबार सञ्चालन गर्न पाउने व्यवस्था गरेसँगै मार्जिन कारोबारको लागि बाटो खुला भएकाे हो । बैंकले मार्जिन काराेबारकाे लागि व्यवस्था गरे पनि यसअघि भनिएजस्तै नेपाल राष्ट्र बैंकको स्वीकृति बिना भने ब्राेकरहरुले मार्जिन कारोबार गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको पछिल्लो निर्देशनमा भने नेपाल राष्ट्र बैंकलाई मार्जिन कारोबारबारे जानकारी मात्रै गराउनु पर्ने व्यवस्था रहेको थियो । तर, नेपाल राष्ट्र बैंकले भने त्यसका लागि आफुबाट स्वीकृति लिनै पर्ने शर्त तेर्स्याएकाे हाे । बिहीबारकाे निर्देशन अनुसार नेपाल राष्ट्र बैंकले नेपाल धितोपत्र बोर्डको नीति अनुरुप मार्जिन कारोबार सञ्चालन गर्ने भएपनि त्यसको लागि राष्ट्र बैंकको निर्देशन आवश्यक पर्ने जनाएको छ । यसका लागि राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकारको प्रयोग गरेको समेत प्रष्ठ पारेकाे छ । स्वीकृतिका लागि ११ ब्रोकर नेप्सेमा धितोपत्र कारोबार सञ्चालन अनुमति पाएका ५० ब्रोकरहरु मध्ये ११ ओटा कम्पनीले नेपाल स्टक एक्सचेञ्जमा मार्जिन कारोबार सञ्चालनका लागि अनुमति मागेका छन् । नेप्सेका अनुसार उक्त संख्यामा धितोपत्र दलाल व्यवसायीहरुले कारोबारका लागि अनुमति माग गरेकोमा सबैले आवश्यक कागजात समेत पूरा गरी स्वीकृतिको अन्तिम तयारीमा रहेको जानकारी दिएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मंगलबार ती ब्रोकरहरुको स्वीकृति प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै नेपाल राष्ट्र बैंकले मार्जिन कारोबार बारे स्पष्ट पारेपछि प्रक्रिया अघि बढ्ने बताएका थिए । नेपाल राष्ट्र बैंकको बिहीबारको निर्देशनसँगै यो प्रक्रिया अघि बढ्ने निश्चित भएको छ ।
माछापुच्छ्रे बैंकको ऋणपत्र निष्काशनमा एनएमबि क्यापिटल नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले बिहीबार एक कार्यक्रमबीच “१०.२५% माछापुच्छ्रे डिवेञ्चर-२०८५”नामक ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न उक्त क्यापिटललाई नियुक्त गरेको हो । उक्त नियुक्त गर्ने सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनएमबि क्यापिटलले माछापुच्छ्रे बैंकको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पुर्ण कामहरु सम्पन्न गर्ने छ । बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँ दरका ३० लाख कित्ताको सो मात्राको ऋणपत्र निष्काशन गर्न लागेको हो । सो मध्ये १८ लाख कित्ता ऋणपत्र परिपत्र विधि(प्राइभेट प्लेसमेन्ट) बाट र १२ लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरीने बैंकले जनाएको छ । वार्षिक १०.२५ प्रतिशत दरको आकर्षक ब्याजदर रहेकोे उक्त ऋणपत्रको अवधि १० बर्ष रहने छ । कम्पनीका अनुसार बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा क्रण लिन सकिनेका साथै अर्ध बार्षिक रुपमा (६/६ महिनामा) ब्याजको भुक्तानी गरीने छ ।
अजोड इन्स्योरेन्सले दियो बीमा अभिकर्तालाई आधारभूत तालिम
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडका बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम गुल्मीको तम्घास बजारमा सम्पन्न भएको छ । गुल्मी शाखाको आयोजनामा तम्घासमा चैत्र १० र ११ गते सम्पन्न तालिममा बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताकोको सहभागिता रहेको थियो । तालिमको अवसरमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, सिद्धान्त, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखी कृषि बीमाको बिकास र बिस्तार तथा कृषि बीमाको अभिकर्ताले निर्वाह गर्नु पर्ने भुमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका थिए । इन्स्योरेन्सका प्रवन्धक दीपक पोखरेलले बाली तथा पशुपक्षी बीमाको साथै अभिकर्ताको काम कर्तब्य र अधिकार तथा जिम्मेवारीको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा ६६ जना कृषि तथा पशु बीमा अभिकर्ताको सहभागिता रहेको थियो ।
ब्रिज कोर्समा करियर काउन्सिलिङलाई प्राथमिकतामा राखेका छौं-सौरभ श्रेष्ठ
सौरभ श्रेष्ठ-सिनियर अप्रेसन म्यानेजर, अल्फा बिटा काठमाडौं । हामीले अल्फा बिटा सन् १९९२ बाट सुरु गरेका हौं । विगतमा ब्रिज कोर्स त्यति प्रचलनमा थिएन । त्यतिबेला विद्यार्थीलाई खाली समयको उपयोग गर्न मात्र कोर्सहरु सञ्चालन गरिन्थे । नेपालमा पहिलो पटक ब्रिज कोर्स हामीले सञ्चालनमा ल्याएका हौं । नेपाली परम्परा अनुसार विज्ञान संकाय पढ्ने व्यक्तिले मात्र ब्रिज कोर्स अध्ययन गर्ने परिपाटी रहेको थियो । अहिले व्यवस्थापन, नर्सिङ विषयमा विद्यार्थीहरुले पनि कोर्स अध्ययन गर्न थालेका छन् । कतिपय विद्यार्थीहरु सही विषय छनोट गर्न नजान्दा केहि समय एक संकाय पढ्ने र यसपछि अर्को संकायमा अध्ययन गर्ने गर्दछन् । यसले विद्यार्थीहरुको समय खेर गइरहेको हुन्छ । विद्यार्थीको जीवनमा १० वर्षको अध्ययनपछि एउटा निश्चित आकार लिने बेला भनेको ११ कक्षाको अध्ययन गर्ने बेला हो । एसइईलाई त फलामे ढोका पनि भनिन्छ । यसबाट बाहिर निस्किएपछि कसरी आफ्नो करियरलाई अघि बढाउने भन्ने विषयमा राम्ररी सोच्नु पर्दछ । कक्षा १० सम्मको अध्ययनलाई हामीले सामान्य अध्ययन मानिन्छ भने यसपछिको अध्ययनलाई विशिष्ठीकृत अध्ययन मानिन्छ । १० कक्षासम्म अध्ययन गर्दा विद्यार्थीहरुले एउटा धार बनाइसकेका हुन्छन् । तर, यो धारलाई पहिचान गर्नु प्रमुख चुनौति हो । एउटा विद्यार्थीको शैक्षिक भविश्य सफल हुनको लागि उसको रुचि, क्षमता, परिवारको आर्थिक अवस्था, सामाजिक अवस्था सबै कुराले प्रभाव पारेको हुन्छ । हाम्रो २८ वर्षको अनुभवले के देखाएको छ भने विगतको दिनमा अभिवावकहरु मेरो छोरा छोरीले यो नै पढ्नपर्छ भनेर दवाव दिने गर्दथे, तर आजको दिनमा अभिभावकहरु सकारात्मक रहेका छन् । बालबालिकाको भविश्यप्रति उनीहरु निकै सजग रहेका छन् । यस विषयमा खुलेर कुरा गर्न चाहन्छन् । हिजोका दिनमा राम्रो भविश्यको लागि विज्ञान संकाय नै पढ्नु पर्छ भन्ने थियो, तर आजको दिनमा यो कुरा इतिहास भैसकेको छ । प्राविधिक शिक्षाका नयाँनयाँ विषयहरु थपिइरहेका छन् । हामीले साइन्स, म्यानेजमेन्ट, नर्सिङ, ए लेभल लगायतका विषयहरुको लागि कोर्स तयार गरेका छौं । पढाई मात्र नभई अतिरिक्त खेल, म्युजिक, अडियो, भिडियो, रोर्बटिक लगायतका माध्यमहरुबाट पनि सिकाई प्रक्रिया सञ्चालन गरिरहेका छौं । हामीले २ प्रकारको ब्रिज कोर्सको तयारी गरेको छौं । विषयगत र वस्तुगत । सेन्टजेभियर, बुढानिलकण्ठ लगायत उत्कृष्ट कजेजमा पढ्न चाहनेको लागि इन्ट्रान्स परीक्षामा पास हुने तरिकाले अध्ययपन गराउने छौं । विशेष संकाय पढ्न चाहाने विद्यार्थीलाई संकाय कै पाठ्यक्रमलाई ध्यान दिएका छौं । अहिलेको अवस्थामा साइन्स पढ्नेले मात्र ब्रिज कोर्स अध्ययन गर्ने होइन, जुनकुनै संकायको लागि यो कोर्स आवश्यक छ । ताकि कुन विषय अध्ययन गरेर कस्तो उपलब्धी हासिल गर्ने अग्रिम जानकारी लिन सकुन् । विद्यार्थीको क्षमता र रुचिलाई पहिचान गरी राम्रो सुझाव र शिक्षा दिनु आजको आवश्यकता हो । हामीले विगत केहि वर्षदेखि नै यस कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । हामीले विद्यार्थीको सेल्फ डिस्कभरीलाई महत्व दिएका छौं । यसको लागी यहि चैत २४ गतेदेखि करिब २ हजार विद्यार्थीहरुलाई काउन्सिलिङ गर्ने तयारी गरेका छौं । हामी सबैभन्दा पहिले विद्यार्थीको आचरण परीक्षण गर्छौँ । त्यसपछि क्षमता र अन्य कुराहरुलाई ध्यान दिनेछौं । १० हप्ताको कोर्समा हामीले विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरेर अध्ययपन गराउने तयारी गरेका छौं । १० हप्ताको कोर्सको लागि १० हजार रुपैयाँ तोकेका छौं । यो हामीले दिने क्वालिटीको आधारमा निकै सस्तो हो । यस्तै जेहेन्दार विद्यार्थीलाई शत प्रतिशत छुट र किताब तथा नोटको व्यवस्था गरेका छौं । हामीसँग विद्यार्थीले सजिलै सिक्न सक्ने वातावरण र उच्च व्यवसायिक शिक्षकहरु रहेका छन् । जसले गर्दा विद्यार्थीलाई थप उर्जा मिल्ने छ । हरेक विद्यार्थीको एक उत्कृष्ट कलेजमा पढ्ने सपना रहेको हुन्छ । त्यसको लागि हामीले विशेष कोर्सको तयारी गरेका छौं । कुनै विद्यार्थीले कुन विषयमा कति प्रगति गर्न सक्छ भनेर हामी करियर काउन्सिल गर्छौ । करियर काउन्सिलिङ महत्वपूर्ण विषय हो । हामीले विशेषगरी विद्यार्थीहरुलाई सेल्फ डिस्कभरी गर्ने गरि मोटिभेट गरिरेका हुन्छौं । एउटा विद्यार्थीले लिएको ज्ञानको १० वर्षपछिको बजार भविश्य के हो । यो कुरामा हामीले ध्यान दिइरहेका छौं । ताकि विद्यार्थीले लिएको ज्ञान सिपले उच्च व्यवसायिक सफलता हात पार्न सकोस् । यो कुरा हामीले कोर्समा दिनेछौं ।
सिन्धु बिकास बैंक र लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । सिन्धु बिकास बैंक लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लि. बीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले हस्ताक्षर गरे । यस सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लि.का बीमालेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्बन्धी सम्पूर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले प्राप्त गर्न सक्ने छन् ।
भृकुटी मण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बिहीबारदेखि भृकुटी मण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला शुरु भएको छ । मेला चैत १८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलीले गरेका हुन् । सा अवसरमा प्रधानमन्त्री ओलीले स्थानीय साधन र स्रोतको परिचालनबाट मात्रै देशले समृद्धि हासिल गर्ने बताए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले केही समय पहिले निजी क्षेत्र र सरकारबीच जुहारी चलेको जस्तो देखिएपनि अहिले एकै ठाउँमा रहेको बताए । उनले अब आर्थिक क्रान्ति गर्ने बेला आएको बताए । मेला उद्घाटनका अवसरमा महासंघका अध्यक्ष भवानी राणाले लगानी सम्मेलनमा आउने विदेशी प्रतिनिधि र सार्क क्षेत्रका प्रतिनिधिले समेत मेला अवलोकन गर्ने र मेलामा प्रदर्शित सामानहरुको अन्तर्राष्ट्रियकरण गर्न सजिलो हुने बताइन् । महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाली लगानीकर्तालाई विदेशी लगानीकर्ता बराबर सेवा सुविधा सरकारले दिनु पर्ने बताए । विदेशी लगानीकर्तासँग नेपली लगानीकर्ता प्रतिस्पर्धा गर्न सक्षम रहेको पनि गोल्छाले बताए । मेलामा २५० स्टलमा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ । नेपालसहित सार्क मुलुक भारत, चीन र म्यानमार लगायत देशहरूको सहभागिता रहेको छ । हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा लगायतका छुट्टाछुट्टै स्टल रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टका रूपमा मेला आयोजना भएको हो ।