विकासन्युज

नयाँ वर्षमा सिजीको उपहार योजना, सामान किन्दा १० वर्ष वारेन्टी

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जीले नयाँ वर्षलाई लक्षित गर्दै  “नयाँवर्ष, नयाँप्रविधि”नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गतका ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८% सम्मको आकर्षक बचत (क्यासब्याक)तथा अन्य विभिन्न उपहारहरु प्राप्त हुनेछ । उक्त योजना अन्तर्गत ग्राहकहरुले सि.जी. ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी तथा २८% सम्मको बचत प्राप्त गर्न सक्ने छन् । सि.जी. ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी र २८% सम्मको बचत प्राप्त हुने । सि.जी. ब्राण्डका विभिन्न वाशिङ्ग मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्यूरिफायर प्राप्त हुनेछ । यसैगरि सि.जी. ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक उपहारहरु रहेको छ । यो आकर्षक योजना कम्पनीले चैत्र १८, २०७५ देखि देशभरमा सिमित अवधिका लागि लागु गरिएको जानकारी दिएको छ ।

हिमालय एयरलाइन्सको काठमाडौं-अबुधाबी उडान उद्घाटन

काठमाडौं । हिमालय एअरलाइन्स्को एचनाइन ५६७ विमानले काठमाडौंबाट अबुधाबीको लागि उडान उद्घाटन गरेको छ । काठमाडौंको त्रिभुवन विमानस्थलबाट १४८ यात्रु सहित २१ः३० मा अबुधाबी उडेको एअरलाइन्स्को एचनाइन ५६७ विमानले अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ००ः५३ मा अवतरण गरेको थियो । उडान अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट १५० यात्रु सहित एचनाइन ५६८ विमान अप्रिल १, २०१९ मा स्थानीय समय ०२ः३१ मा उडान भरेर काठमाडौंको त्रिभुवन विमानस्थलमा स्थानीय समय ०८ः४१ बजे अवतरण गरेको जानकारी दिए । युएईका लागि स्थानीय बजार व्यवस्था कार्य हेर्न एअरलाइन्स्ले फिशटेल ट्राभल एण्ड टुरिजमलाई नियुक्त गरेको छ । प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमान प्रत्येक मंगलबार, बिहीबार र आइतबार एअरलाइन्स्ले आफ्नो नयाँ उडान भर्नेछ । बिदा, व्यावसायिक यात्रा तथा छोटो बसाइ लाई मध्य नजर गर्दै उडानको तालिका तयार गरिएको हो । हिमालय एयरलाइन्सको बारेमा  नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अष्टमा स्थापित हिमालय एअरलाइन्स् अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको एक निजी एअरलाइन्स् कम्पनी हो । उच्च पहाडी भागलाई संकेत गर्ने ‘हिमालय’ शब्दले राष्ट्रको नाम उचो राखे जसरी नै हिमालय एयरलाइन्स्ले पनि आफ्नो पहिचान कार्यम गरेकाे बताए । गन्तव्य स्थलहरुमा ८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन् । सन् २०१९ मा हिमालय एअरलाइन्स्ले चीन कनेक्टिभीटीलाई मध्यनजर गर्दै बेइजिङलाई आफ्नो सञ्जालमा जोड्ने र आफ्नो विस्तार अन्य शहरहरु नाङचाङ, वुहान, चाङ्सा, न्यानिङसम्म पुर्याउने योजना बनाएको छ । निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान भर्नका निम्ति एअरलाइन्सले ए ३१९ जहाज खरिद गर्ने योजना बनाएको छ ।

२०७६ सालमा कुन कुन दिन बिदा हुन्छन् बैंक तथा वित्तीय संस्थाहरु(सूचि सहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले विक्रम सम्बत २०७६ सालको बैंक तथा वित्तीय संस्थाहरु बिदाको सूचि सार्वजनिक गरेको छ । राष्ट बैंकले पर्व, दिवस, जात्राका अवसर गरी २१ प्रकारका बिदाको सूचि सार्वजनिक गरेको हो । यी बाहेक नेपाल सरकारले सार्वजनिक बिदाको घोषणा गरेको दिन बैंक तथा वित्तीय संस्था बन्द हुने जनाइएको छ । २०७६ बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बैंकिङ कारोबारको समय निर्धारण गरिएको छ । साथै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म बैंकिङ कारोबार हुने उल्लेख छ । प्रत्येक शुक्रबार भने बिहान १० बजेदेखि अपरान्ह १२ः३० बजेसम्म मात्र बैंकिङ कारोबार हुने राष्ट्र बैंकले निकालेको सूचनामा उल्लेख छ । बिदाको सूचि हेर्न तल क्लिक गर्नुहोस्ः NRB-Holiday-list  

एनसीसी बैंक र नेपाल इन्स्योरेन्सबीच सेवा सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले नेपाल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डूको गाउँपालिकामा ८ नयाँ शाखा विस्तार

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो सेवा तथा सुविधाहरुलाई थप बिस्तार गर्ने उद्देश्यले ८ वटा थप शाखाबाट सेवा बिस्तार गरेको छ । यी शाखाहरु ईन्द्रसरोवर, मकवानपुर, गढीमाइ, रौतहट, तीनपाटन, सिन्धुली, इस्मा, गुल्मी, छिन्नमस्ता, सप्तरी, मालिका, गुल्मी, खनियाबास, धादिङ्ग, पातारासी, जुम्ला गाँउपालिकामा रहेका छन् । आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.८०.२१ अर्ब परिचालन गरी कुल कर्जा रु.७३.५३ अर्व प्रवाह गरेको छ । हाल बैंकले ८४ शाखा, ७५एटिएम तथा ८ वटा एक्टेन्सन् काउण्टरबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल मेडिसिटीका चिकित्सक सहितको हेलिकप्टर बारामा

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली बारा पुगेको छ । मेडिकल उपकरण सहित हेलिकप्टर बारामा पुगेको हो । बारामा गए राती भएको भिषण हावाहुरीका कारण दूर्घटनामा परेका घाइतेहरुको उद्धार एवं उपचारका लागि नेपाल मेडिसिटी अस्पतालले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली बारा पठाएको छ । त्यसैगरी अर्को मेडिकल टोली भेन्टिलेटर सहितको एम्बुलेन्स त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि विरामीहरुको आवश्यक सहयोग र समन्वयका लागि यति बेला बारामा पुगेका छन् ।

नुवाकोटमा ग्लोबल आइएमई बैंकवाट सहुलियतपूर्ण कर्जा वितरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले नुवाकोटको त्रिशुली शाखाले ६ जना भुकम्प पिडितलाई आवास निर्माण कर्जा वितरण गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले भुकम्प पिडितहरुको निजि आवास निर्माणका लागि कर्जा वितरण गरेका हुन् । स्थानीय सरकारको सहयोगमा घरनबनाएका भूकम्प पिडितहरुको घरघरमा गएर समस्याको पहिचान गर्ने र सरकारले अनुदान दिएर घर बनाउन लगाउँदा पनि लाभग्राहीले आनाकानी गरेमा सरकारले विशेष निगरानी राखेर वास्तविकता पत्ता लगाउने श्रेष्ठले बताए । सोही समारोहमा बैंकका रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले विभिन्न तीन जना ग्राहकहरुलाई कृषि तथा पशुपंक्षी कर्जा र महिला उद्यमशिल कर्जा वितरण गर्दै लगानी गरेर प्रतिफल प्राप्त गर्न सक्ने जानकारी छ । बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ ।

कोरिया जस्तो सजिलो छैन जापानको रोजगारी, कस्ता व्यक्ति योग्य हुन्छन् ?

काठमाडौं । आकर्षक रोजगारी गन्तव्यको रुपमा हेरिएको जापानको रोजगारी समझदारी पत्रमा केहि हप्ता अघि सम्झौता भएको छ । सम्झौता पत्रमा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदुत मासामिसी साईगोले हस्ताक्षर गरे । बहु प्रतिक्षित सम्झौताको पहिलो बुँदामै Specified Skilled Worker अर्थात विशेष विषयमा दक्षता हासिल गरेको श्रमिक भन्ने शब्द प्रयोग भएपछि जापान रोजगारी असहज बनेको हो । कुनै पनि सिप नजान्ने व्यक्तिले जापान रोजगारीको अवसर प्राप्त गर्ने छैनन् । सम्झौतामा १४ वटा कार्य क्षेत्रहरु तोकिएका छन् । जसमा कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पेय पदार्थको उत्पादन, आवास उद्योग मेसिनरी पार्टस उद्योग, माछा मार्ने तथा पाल्ने उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाई र व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग रहेका छन् । यी १४ क्षेत्रमा उच्च दक्षता हासिल गरेको व्यक्तिले मात्र रोजगारीको अवसर पाउने उल्लेख गरिएको छ । रोजगारी सम्बन्धी अझै अध्ययन हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ । दक्षिण कोरिया जस्तो सजिलो छैन भाषामा दोहोरो मापदण्ड वर्षेनी दशौं हजार व्यक्तिलाई रोजगारी अवसर दिइरहेको कोरियाले कामदार छनोटको आधार भाषालाई बनाएको छ । एउटा व्यक्ति सिधैं भाषा परीक्षामा सफल हुन सके उसले रोजगारीको अवसर प्राप्त गर्छ । तर, जापानले भाषामा दोहोरो मापदण्ड लगाउने तयारी गरेको छ । जापानी भाषा परीक्षाको लागि अहिले २ संस्थाले परीक्षा सञ्चालन गरिरहेका छन् । जसमा एनबीएस न्याट र त्रिभुवन विश्वविद्यलय रहेका छन् । न्याटले वर्षमा २ महिनाको फरकमा ६ पटक भाषा परीक्षा सञ्चालन गर्दै आएको छ भने विश्वविद्यालयले वर्षमा २ पटक अंग्रेजी महिनाको जुलाई र डिसेम्बर जेएलपीटी परीक्षा सञ्चालन गर्दै आएको छ । जापानी भाषा परिक्षाको मापदण्ड पाँच तहसम्म रहेको छ । सामान्यतया परीक्षाको मापदण्ड एन५, एन४, एन३, एन२, र एन१ तोकिएको हुन्छ । यसमा पनि ग्रेड ए देखि ग्रेड डी सम्म तोकिएको हुन्छ । ग्रेड ९० देखि शुरु हुनेछ । ९० देखि १०० ल्याउनेलाई डी ग्रेड, १०० देखि १२० ल्याउनेलाई सी १२० देखि १४० सम्म ल्याउनेलाई बी र १४० देखि १६० अंक ल्याउनेलाई ए ग्रेडमा राख्ने प्रावधान रहेको छ । यसरी भाषा परीक्षामा पास भएपछि पुनः जापानी पक्षले भाषा परीक्षण गर्नेछ । जापानी अधिकारीले लिएको भाषा परीक्षणको अंक नै अन्तिम हुनेछ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जेएलपीटीको अंक भन्दा जापानी अधिकारीले लिएको परिक्षण निर्णायक हुने बताए । कामदारको रुपमा जापान जान चाहानेले जेएलपीटी परीक्षामा सहभागी हुनुपर्नेछ । जापानी भाषा परीक्षा एवम् सीप परिक्षणको लागि वैदेशिक रोजगार विभाग अन्र्तगत छुट्टै इकाई गठन गर्ने तयारी सरकारको रहेको छ । यद्यपी कस्तो किसिमको मापदण्ड निर्माण हुने भन्ने अहिले तयार भैसकेको छैन । कस्तो व्यक्तिले प्राप्त गर्न सक्छन् जापानमा रोजगारी जापान सरकारले नेपालबाट कामदार भित्र्याउन चाहेको १४ क्षेत्रमध्ये कुनै विषयमा दक्ष हुनु पर्नेछ । यदि कुनै व्यक्ति नर्सिङ केयरमा जान इच्छुक छ भने उसले पहिले जेएलपीटीको एन४ तहको भाषा परीक्षा पास गरेको हुनु पर्नेछ । यसरी भाषा परीक्षामा पास भएपछि मात्र जापानी अधिकारीले लिने सिप तथा भाषा परीक्षणमा सहभागी हुन पाइनेछ । यसरी छनोट भएको कामदारलाई २ भागमा विभाजन गरिनेछ (एसएसडब्लु) पहिलो वर्ग र (एसएसडब्लु) दास्रो वर्ग । पहिलो वर्गका श्रमिक बढीमा ५ वर्ष काम गर्न पाउनेछन् भने भने दास्रो वर्गका कामदारको समय थप पनि हुन सक्नेछ । दुबै वर्गका कामदारले आफ्नो परिवार समेत लैजान पाउने व्यवस्था गरिएको छ । यी वर्गका कामदारहरुलाई जापानी नागरिक सरह सेवा सुविधा प्राप्त गर्न सक्नेछन् । यसरी जापान जाने कामदारको लागि जापान सरकारको सार्वजनिक रोजगार केन्द्र हेल्लो वर्कले सहयोग तथा समन्वय गर्नेछ ।