मौसमको कारण उडान रोकिए, डिले उडान पनि नहुने
काठमाडौं । सोमबारदेखि मौसमको कारण उडान रोकिए डिले उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनको १० घण्टासम्म बन्द हुने भएपछि डिले उडान रोकिएको हो । ३ महिनासम्म डिले उडानको सम्भावना नरहेको वायु सेवा संचालक संघका प्रवक्ता घनश्यामराज आचार्याले बताए । सोमबारदेखि हुने मर्मत कार्यले प्रत्येक हवाई कम्पनीको २० प्रतिशत उडान कटौती हुने भएकाले डिले उडान गर्न नसकेको संघले जनाएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबारे अनावश्यक पोष्ट गर्नेलाई छाड्दैनौंः मन्त्री बास्कोटा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा अनावश्यक पोष्ट गर्नेहरुलाई कारवाही गर्ने बताएका छन् । सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथी विकास तथा प्रविधि समितिमा उनले राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धबारे अनावश्यक पोष्ट गर्नेहरुलाई कारवाही गर्ने बताएका हुन् । ‘सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा गरिएका पोष्टहरु हामीसँग सुरक्षित छन्, अब त्यस्तालाई छाड्दैनौं’ मन्त्री बास्कोटाले भने । उनले देश टुक्र्याउँछु भन्दै फेसबुक र युट्युबमा भिडियो हाल्नेहरुलाई पनि कारवाही गरिछाड्ने स्पष्ट पारे । ‘कसैले देश टुक्र्याउनकै लागि फेसबुक वा युट्युबमा आव्हान गर्यो भने के गर्ने ? तर अब हामी चुप लागेर बस्दैनौं ।’, मन्त्री बास्कोटाले भने । उनले सामाजिक सञ्जाललाई कानुनद्धारा नियमन नगरिए घर घरमा हाइड्रोजन बम फिटिङ गरे जस्तो हुने दावी पनि गरे ।
सिभिल क्यापिटल र एनएलजी इन्स्योरेन्सबीच संझौता
काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच संझौता भएको छ । सिभिल क्यापिटलका कर्मचारी र उक्त क्यापिटल मार्फत शेयर कारोबार गर्दै आएका सेवाग्राहीहरुलाई निर्जीवन बीमामा विशेष छुट दिने बारेमा संझौता भएको हो । त्यसैगरी एनएलजीका कर्मचारी र सेवाग्राहीहरुलाई सिभिल क्यापिटल मार्फत शेयर कारोबार गराउने संझौता भएको हो । संझौता पत्रमा सिभिल क्यापिटलका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत शुसील महर्जन र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबहादुर पन्तले हस्ताक्षर गरेका छन् ।
नवलपुरमा स्पर्स लघुवित्तको एक दिने तालिम
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले एक दिने कृषि तथा पशुपालन सम्वन्धी तालिम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै वित्तीय संस्थाका विजनेश तथा कर्जा विभाग प्रमुख हरिशरण गिरीले सहभागीहरुलाई यस्तो किसिमको तालिमबाट प्राप्त ज्ञानको उपभोग गरी व्यवसायिक कृषि तथा पशुपालनलाई जोड दिई आर्थिक क्रियाकलाप वृद्धि गर्न र आत्मनिर्भर बन्न प्रेरित गरेका थिए । वित्तीय संस्थाका सुक्रौली शाखाका शाखा प्रवन्धक अरविन्द मल्लले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका विजनेश तथा कर्जा विभागका प्रमुख, वित्तीय संस्थाका अन्य शाखाका शाखा प्रवन्धकहरु र स्थानीय भद्रभलाद्मीहरुको सहभागीता रहेको थियो । वित्तीय संस्थाले हाल २० वटा शाखा मार्फत करिव १५ हजार सदस्यहरुलाई आफ्नो सेवा विस्तार गरेको छ । नवलपुर जिल्लामा अवस्थित सेमरी, सुक्रौली र भूताहा शाखाका करिव ४१ जना ग्राहक सदस्यहरु यस किसिमको तालिमबाट लावान्भित भएका हुन् ।
राजस्व कार्यालयका नासु सबिन सुवेदी १५ हजार घुस लिनासाथ पक्राउ
काठमाडौं । आन्तरिक राजस्व कार्यालय जागती, भक्तपुरका नायव सुब्बा सबिन सुब्बा भ्रष्ट्राचार आरोपमा पक्राउ परेको छन् । सेवाग्राहीसँग १५ हजार गैरकानुनी रकम लिदैं गर्दा सुवेदी पक्राउ परेका हुन् । सुवेदीले स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न पस्चात नियम अनुसार पाउने रकमका लागि सेवाग्राीसँग रकम माग गरिरहका थिए । सोहि अवस्थामा अख्तियारको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । उनी विरुद्ध भ्रष्ट्राचार निवारण ऐन बमोजिम कारबाहि प्रक्रिया अघि बढाउने तयारी भैरहेको आयोगले जनाएको छ ।
६.४३ अंकले बढ्यो नेप्से, ३५ करोडको कारोबार
काठमाडौ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा ६.४३ अंकले बढेको छ । ०.५६ प्रतिशतले बढ्दा परिसूचक ११४९.९९ बिन्दुमा पुगेको छ । सोमबार १७१ कम्पनीले शेयर कारोबार गरेका छन् । १२ लाख ६५ हजार ६ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा ३५ करोड २८ लाख १० हजार ७ सय ५० रुपैयाँको कारोबार भएको छ । सोमबार २ सूचक बाहेक अन्यमा हरियाली देखियो । बैंक समूह १०.१५, होटल समूह ३३.६७, विकास बैंक समूह ६.३७, जलविद्युत समूह २.८७, वित्तीय समूह २.०७, निर्जीवन बीमा समूह २९.७, माईक्रोफाईनान्स समूह २.२८ र जीवन बीमा समूह २.२ अंकले बढेका छन् । उत्पादन मूलक समूह ४.४४ र अन्य समूह ५.९२ अंकले घटेका छन् । नेशनल माईक्रोफाईनान्स वित्तीय संस्थाका लगानीकर्ताले ५.४५ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका भने यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.८७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
भिवो मोवाइल कम्पनीको उपहार योजना ‘नयाँ वर्षको वहार, आईपिएल टिकेट उपहार’
काठमाडौ । नयाँ बर्षलाई लक्षित गरेर भिवो मोवाइल कम्पनीले विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको छ । चैत्र १८ देखि ३० गतेसम्म भिवोका कुनैपनि मोवाइल सेट खरिद गर्ने ग्राहकहरु उक्त उपहार योजनामा सहभागी हुन सक्ने छन् । भिवोका मोबाइल खरिद गर्ने ग्राहक मध्येबाट छनोट हुनेलाई आईपिएलको टिकट देखी स्मार्ट फोनसम्मका अफरहरु राखिएका छन् । भिवोले ‘नयाँ वर्षको वहार, आईपिएल टिकेट उपहार’ योजना ल्याएको छ । भिवो मोवाईलका सिनियर डिजिटल एजुकेटिभ पियुष गिरी भन्छन्–‘भिवो मोबाईलले ग्राहकको आवश्यकता अनुसार काम गर्दै आएको छ, यसपालि हामीले आईपिएल लक्षित भएर त्यसमा सहभागी हुन सक्ने अफर ल्याएका छौ । ’ भिवोको ल्याएको नयाँ बर्षको योजना अनुसार मोवाइल फोन खरिद गर्दा कम्पनीले ग्राहकको आईएमई नम्बर राख्ने छ । सोही नम्बरमा छनौट हुने लक्की ग्राहकले विभिन्न अफर प्राप्त गर्ने सफल हुन्छन् । चैत्र ३० गतेसम्म फोन खरिद गर्दा आईएमई नम्बर रजिस्ट्रर हुने व्यवस्था छ । ८ दिनसम्म हुनेछ आईपिएल टिकेटको अफर नयाँ बर्षको अफर १३ दिनको लागि भएपनि आईपिएल टिकेटको अफर भने ८ दिन भित्रमा मोबाईल किन्ने ग्राहकलाई मात्र प्राप्त हुनेछ । मंगलबारदेखि दैनिक १ जनाले आईपिएल टिकट पाउने छन् । टिकट ८ दिनसम्म वितरण गरिने छ । यसरी ८ दिनमा ८ जना टिकट योजनामा सहभागी हुन पाउँछन् । टिकेट प्राप्त गर्ने ग्राहकलाई होटलमा खाने तथा २ दिनसम्मको बस्ने सुविधा कम्पनीले नै व्यहोर्ने जनाएको छ । यस्तै, ५ दिनको लागि भने स्मार्ट फोनको अफर पाउन सकिने छ । स्मार्ट फोन अफर अन्तर्गत भिवोको ‘वाई एटिवान आई’ ५ जनाले पाउन सक्ने छन् । सो मोवाईलको नेपाली बजारमा १६ हजार ७ सय १९ रुपैयाँ पर्छ । साथै, १ सय ३० वटा भिवो व्यागको अफर समेत यही योजनमा समावेश छ । यस अफरमा भने दैनिक १० जना विजेतालाई भिवो व्याग वितरण गरिन्छ । यता, भिवो मोवाईलले नयाँ बर्षलाई लक्षित गरेर ‘भि फिप्टिन’ समेत भित्र्याउने तयारी गरेको छ । मोवाईल यसै साता भित्रिने कम्पनीले जनाएको हो । भिवोको नयाँ मोडेलको मोवाईल नेपाली बजारमा ४५ हजार ४ सय ९० रुपैयाँमा खरिद गर्न सकिने छ । यस्तै, नेपाली बजारमा भिवोको सबैभन्दा सस्तो मोवाईलको रुपमा ‘वाइ फिप्टी थ्री सि’ पर्दछ । जस्को बजार मूल्य १४ हजार ६ सय ९० रुपैयाँ पर्छ ।
वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्समा नयाँ व्यवस्थापन
काठमाडौं । पर्यटन क्षेत्रको सम्बन्धमा वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्स प्रालिमा नयाँ व्यवस्थापन आएको छ । वोर्ल्ड टचको ब्यवस्थापन जिम्मेवारी युवा पर्यटन ब्यवसायी रमेश पौडेल र प्रकाश शाक्यले लिएका हुन । वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले हाल काठमाडौं पोखरा रुटमा पर्यटक पारवहन सेवा उपलब्ध गराउदै आएको छ । उक्त कम्पनीले एअर कन्डिसन, हीटिङ सिस्टम, अडियो भिडियो एबम म्यूजिक सिस्टम, निशुल्क मिनिरल वाटर र वाईफाई सेवा सहितको सुविधा सम्पन्न २ वटा बसहरु उक्त रुटमा संचालन गर्दै आएको छ । वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले नेपालका प्रमुख पर्यटकिय गन्तब्य स्थलहरु पोखरा,सौराहा, लुम्बिनी, जनकपुर, ईलाम लगायतका स्थान र दार्जलिङसम्मको टुर प्याकेज समेत सन्चालन गर्दै आइरहेको कम्पनीका प्रबन्ध निर्देशक रमेश पौडेलले बताए । वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले पर्यटकहरुको सुविधालाई ध्यानमा राख्दै थप सेवा विस्तार गर्न लागेको जानकारी समेत उनले दिए । प्रबन्ध निर्देशक पौडेलले भिजिट नेपाल २०२० लाई सफल पार्न पर्यटन व्यवसायी र सरकारको प्रयास मात्रै पर्याप्त नहुने बताउदै सबै जना नेपालीहरु एकजुट भई उक्त अभियानलाई सफल बनाउनु पर्ने बताए ।