मकवानपुर जुत्ता चप्पल व्यापार मेला चैत २३ गतेसम्म, नेपाली ब्राण्डमा उपभोक्ताको मोह
मकवानपुर । हेटौंडाको पल्पसा हलमा जारी रहेको मकवानपुर जुत्ता चप्पल व्यापार मेलामा चैत २३ गते सम्म हुने भएको छ । फागुन २८ गतेबाट हेटौंडाको पल्पसा हलमा जारी रहेको मकवानपुर जुत्ताचप्पल व्यापार हाल सम्म १६ हजार जोर भन्दा माथी जुत्ताचप्पल बिक्री भएको आयोजकले जनाएको छ । जारी मेलामा हाल सम्म ८० हजार भन्दा बढी अवलोकनकर्ताले मेला अवलोकन गरेको मेला संयोजक होमनाथ उपाध्यायले बताए । मेलामा भारी छुटका विक्रि वितरण भएकोले अवलोकनकर्ताको भिड रहेको संयोजक उपाध्यायले बताए । मेलामा अवलोकन गरि हेटौंडा १२ पदमपोखरीबाट आएका श्यामबहादुर लामा भन्छन्, स्वदेशी ब्राण्ड प्रयोग गरौं भनेर आएको बजारको भन्दा धेरै नै सहुलियतमा जुत्ताचप्पल पाएको बताए । आफुले सहुलियतमा पाएकोले दुईजोर बोकेको बताए । गढीगाउँपालिका ५बाट आएका सुन्दर तिमल्सिनाले पनि बजारको भन्दा सस्तो जुत्ता मेलामा रहेको बताए । स्वदेशी ब्राण्ड पनि अब विदेशी ब्राण्ड जस्तै राम्रो र क्यालिटीको रहेको बताए । आफुले यस अघि पनि स्वदेशी ब्राण्ड प्रयोग गरेकोले मेला घुम्न र सामान किन्न आएको उनले बताए । उनी मात्रै होइन मकवानपुरका अधिकांशहरु मेला अवलोकन पश्चात सस्तो र राम्रो जुत्ताचप्पल पाएको बताएका छन्, । मेलामा प्रदेश सभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्षहरु, जनप्रतिनिधिहरु लगायत सरकारी कर्मचारीहरुले समेत उत्साहका साथ मेला अवलोकन गरिरहेका छन्, । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलामा फुटवेयर म्यानुफ्याक्चर एशोसियशन अफ नेपालको सहभागितामा मेला भइरहेको छ । नेपाली जुत्ता चप्पलको चर्चित सात वटा व्राण्ड मेलामा सहभागिता रहेको छ । बि.एफ. डियर हिल सुज, रन सुज, रोयल सुज, क्रसरोड सुज, कोशेली सुज, हाइलाइफ सुज, सुल्याण्ड सुज ब्राण्डका जुत्ता चप्पल मेलामा रहेको छ । प्रर्दशनी भरिमा १५ देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको संयोजक उपाध्यायले बताए । नयाँ डिजाइनका छालाजन्य जुत्ता चप्पलहरु पनि मेलामा राखिएको छ । मेलामा जेन्स तथा लेडिजको चप्पल र जुत्ता, पार्टी सुज, स्र्पोट्स सुज, स्कुलकलेज सुज,हवाई चप्पल, डिएमएस जुत्ता, बेल्ट लगायतका छालाजन्य उत्पादनहरु रहेका छन, । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ मेला आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । हेटौंडा २ पल्पसा हलमा सञ्चालन भएको जुत्ताचप्पल व्यापार मेलामा चैत २३ गते शनिबार सम्म सञ्चालन हुनेछ ।
प्रदेश २ मा रद्द भएको एसइई परीक्षा चैत २२ देखि, कुन विषयको परीक्षा कहिले ?
भक्तपुर । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसइईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए । लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिने भएको हो । प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते तथा सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुने अर्यालले बताए । अन्य विषयमध्ये चैत २४ गते जनसङ्ख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ ।
लुम्बिनी, सांग्रिला र सिन्धु विकास बैंकका नयाँ शेयरहरु कारोबार योग्य
काठमाडौं । तीन विकास बैंकका हकप्रद तथा बोनस शेयरहरु दोस्रो बजारमा कारोबार गर्न सकिने भएका छन् । लुम्बिनी, सांग्रिला र सिन्धु विकास बैंकका हकप्रद तथा बोनस शेयरहरु सोमबार सूचिकृत भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सांग्रिला विकास बैंकको १० लाख २ हजार ५५४ कित्ता बोनस शेयर, सिन्धु विकास बैंकको २ लाख ८० हजार ८०८ कित्ता बोनस शेयर, लुम्बिनी विकास बैंकको ३ लाख ६२ हजार ४४६ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएसँगै कारोबार गर्न सकिने भएको हो ।
सनराइज बैंक लिमिटेड तथा डलर स्मार्ट ग्लोबल बीच सम्झौता
काठमाडौँ । सनराइज बैंक लिमिटेड तथा डलर स्मार्ट ग्लोबल बिच विप्रेषण सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापछि अनलाइन रेमिट्यान्स प्रणालीबाट अष्ट्रेलिया र हङ्ग्रकङ्गमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । डलर स्मार्ट मार्फत पैसा पठाउँदा कुनै पनि सेवा शुल्क नलाग्ने साथै उच्च विनिमय दरमा रकम पठाउन सकिने जनाइएको छ । हाल यो सुविधा अष्ट्रेलिया र हङकङमा मात्र रहेको र आउने दिनहरुमा शाखा बिस्तार सहित अन्य मुलुकहरुमा समेत सेवा बिस्तार गरिने डलर स्मार्टले जनाएको छ । डलर स्मार्टको सेवा लिन सेवाग्राहकहरुले डलर स्मार्टको वेभसाइटमा गइदर्ता प्रक्रिया पुरा गर्नु पर्नेेछ । यसरी पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका १०४ वटै शाखा तथा बैंकका देशभरी छरिएका एजेन्ट सञ्जाल मार्फत सजिलै नगद प्राप्त गर्न सकिनेछ । साथै बैंक खाताको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खाताहरुमा समेत एकैदिनमा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।
कामना सेवाको ७९ औं शाखा बुटवलको मैनाबगरमा
काठमाडौं । कामना सेवा विकास बैंकको नयाँ शाखा बुटवलको मैनबगरमा विस्तार भएको छ । बुटवल नगरपालिकाको वडा नं ०२, मैनाबगरमा आफ्नो ७९औं शाखा कार्यालय स्थापना गरि कारोबार शुरूवात गरेको हो । बैंकका संचालक भिमप्रसाद तुलाचनले उक्त शाखाको कारोबार शुभारम्भ गरेका थिए ।सञ्चालक तुलाचनले उक्त शाखाको उद्घाटन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा जानकारी दिए । हाल सम्म ७८ वटा शाखा तथा ३३ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सी एएस्विस लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैंकले जानकारी दिएको छ ।
हावाहुरी पीडितलाई सहयोग गर्न महासंघले बनायो ५० लाखको कोष, चेम्बरले पनि सहयोग गर्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले बारा र पर्साका हावाहुरी पीडितका सहयोग गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको आकस्मिक बैठकले हावाहुरी पीडितका लागि ५० लाखको राहत कोष खडा गरेर पीडितलाई राहत वितरण गर्ने निर्णय गरेको छ । प्रभावित क्षेत्रमा खाद्यान्न, त्रिपाल, टेन्ट लगायतका अत्यावश्यक राहत सामाग्री तत्काल वितरण गर्न शुरु गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए । यता, नेपाल चेम्बर अफ कमर्शले हावाहुरी पीडितलाई आवश्यक त्रिपाल, टेन्ट र खाद्यान्न उपलब्ध गराउने भएको छ । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले तराईमा परेको विपत्तिप्रति दुःख व्यक्त गर्दै तत्कालै राहत सामाग्री उपलब्ध गराउने निर्णय भएको बताए ।
ओम बैक र एनक्लाउडबीच कार्ड सम्झौता
काठमाडौं । पोखराको ओम डेभलपमेन्ट बैंक र एनक्लाउडबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी तथा एनक्लाउडका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र नारायण श्रेष्ठले स्थानीय शृङगा यातायात र पोखरा बस व्यवसायी समितिका अधिकारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका हुन् । यो समझदारी अनुसार स्मार्ट सिटीको अवधारणा अन्तर्गत पोखरा महानगरपालिकाले आगामी २०७६ बैशाख देखी महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरुमा लागु गर्न गइरहेको इ– टिकेटिङ सिस्टमको लागी आवश्यक हुने यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंक मार्फत हुनेछ । साथै ओम बैंकले प्रथम चरणमा पोखरा महानगरपालिका भित्र चल्ने करीब ८०० सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट यात्रा कार्ड वितरण गर्ने बताइएको छ । यसअघि एनक्लाउड र पोखरा महानगरपालिका बीच यसै परियोजनाको लागी महानगरपालिका भित्र सञ्चालनमा रहेका यातायात व्यबसायी समितिहरुको प्रतिनिधिको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । एनक्लाउडले काठमाण्डौ उपत्यकामा चल्ने साझा यातायातका सवारी साधनमा यो सेवा जडान गरी सफलतापुर्वक सञ्चालन गरिरहेको बताएको छ ।
हावा हुरी प्रभावितका लागि पानी बोक्ने एम्बुलेन्स
काठमाडौं । बारा र पर्सा जिल्लाको हावा हुरी प्रभावित क्षेत्रमा पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी एम्बुलेन्स पठाएको छ । हावाहुरी आँधीले क्षति पुर्याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो । पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय ईटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा गएको छ । फोहोरपानीलाई शुद्धीकरण गरी पिउन योग्य बनाउनका लागि वाटर एम्बुलेन्समा प्रविधि जडान गरिएको छ । पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेको नेतृत्वमा टोली हावाहुरी प्रभावित क्षेत्रमा गएको छ । पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाईने विशेषज्ञ पाण्डेले बताए ।