बैंककमा नेपालको दीर्घकालीन विकास योजना निर्माण सम्बन्धी छलफल
काठमाडौं । बैंककमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली विज्ञले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा अन्य सरकारी अधिकारीसँग नेपालको विकास योजना र भिजनबारे अन्तरक्रिया गरेका छन् । कार्यक्रम गैरआवासीय नेपाली संघ थाइल्याण्डसँगको सहकार्यमा नेपाल पोलिसी इन्ष्टिच्युट (एनपीआई)ले आयोजना गरेको हो । एनपीआई गैरआवासीय नेपाली संघको स्वायत्त थिंक ट्यांक हो, जसले नेपाल र नेपालीलाई केन्द्रमा राखेर देशको नीति निर्माणमा छलफल, बहस,अन्तरक्रिया र अनुसन्धान गर्दछ। बैंककमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रम सरकारको १५औं आवधिक योजनासँगमा केन्द्रित रहेको एनपीआईका सदस्य रमेश सिंहले बताए । योजना निर्माणमा सहयोग गर्न आयोगले तीन साताअघि आग्रह गरे अनुसार इन्ष्टिच्युटले आफ्नो तर्फबाट आयोगलाई सुझावहरु दिएको उनले बताए । कार्यक्रमको शुभारम्भमा आयोगका सहसचिव खुमराज कोइरालाले १५औं आवधिक योजनाको मस्यौदाका मुलभुत उद्देश्य र लक्ष्यबारे अवगत गराए । त्यसपछि इन्ष्टिच्युटका अध्यक्ष खगेन्द्र ढकालले प्रस्तुती गर्दै ग्लोबल कन्सल्टेशनबाट आएका निष्कर्षहरुको मुख्य बुँदाहरु प्रस्तुत गरेका थिए । उनले आयोगको मस्यौदामा नौ वटा फरक समस्याहरु औंल्याउँदै समाधानको उपाय दिएका थिए । साथै, ढकालले निर्माण–उत्पादन–व्यवस्थापन–अनुगमन (बीपीएमएम)को नयाँ थिम अबको योजनामा अवलम्बन गर्न सिफारिस गर्दै यस थिमको बारेमा व्याख्या गरेका थिए ।
‘मेगा रेमीट’ काे सेवा अब अष्ट्रेलियाकाे अजीज फरेक्सबाट
काठमाडौँ । मेगा बैंक नेपालले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमीट’ सेवा सुरु गरेको छ । अष्ट्रेलियाको अजीज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु गरेको हो । अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा पहिलोपटक सुरु गरिएको हो । यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिनेछ । मेगा बैंकमै खाता भएका ग्राहकहरुका लागि रेमीट सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ । नेपालीहरुको बाहुल्यता रहेको अष्ट्रेलियामा यो सेवाले गैरआवासीय नेपाली र विद्यार्थीहरुलाई निकै सहजता मिल्नुका साथै कानुनी र आधिकारिक माध्यमबाट नेपालमा रकम पठाउने बाटो खुलेको बैंकले जनाएको छ । मेगा बैंकले ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रममा अष्ट्रेलियाबाट पनि सेवा प्रारम्भ गरेको हो ।
लगानी सम्मेलनमा किन कचकच गरे मातृका यादवले ?
काठमाडौँ । शनिबार सम्पन्न लगानी सम्मेलनमा धेरै विषयमा चर्चा भएपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको पनि राम्रै चर्चा भयो । उद्घाटन शत्रको कार्यक्रममा मुख्य हल भित्र बस्न नपाएपछि उनी अन्य दर्शक बस्ने हलको अन्तिम कुर्सीमा आएर बसेका थिए । मन्त्री नै सहभागी नभएपछि उद्योग सचिव यामुकमारी खतिवडा, उद्योग तथा वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौतम मन्त्री सँगै दर्शक दीर्घाको अन्तिम कुर्सीमा आएर बसेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली हदसम्म वायस गरेको भन्दै उनले सम्मेलनमा रडाको मच्चाएका थिए । उनले सक्रिय भूमिका पनि निभाएनन् भने, कुनै प्रकारको सहयोग समेत गरेनन् । सम्मेलको सम्पूर्ण कमाण्ड गर्ने जिम्मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवलाई नै दिइनु पर्ने मत पनि नउठेको होइन । तर पछिल्लो समय उनको प्रधानमन्त्री ओलीसँग त्यत्ति राम्रो सम्बन्ध छैन । उद्योगसँग जोडिएको प्रमुख निकाय र तालुकदार संस्था भनेकै उद्योग मन्त्रालय हो । तर प्रधानमन्त्री ओलीको जिरह व्यवहारका कारण मन्त्री यादवलाई कुनै पनि जानकारी नै नगराएप्छि उनी बम्किएका हुन् । उनी कुनै पनि कार्यक्रममा नै सहभागी नगराई तथा उनलाई कुनै पनि जिम्मेवारी नै नराखेर लगानी सम्मेलनको आयोजना गरिएको भन्दैआपत्ति जनाएका थिए । उद्घाटन शत्रमा उनले देखाएको उडण्डता त्यसैको प्रतिबिम्वन भएको बताइन्छ । मन्त्री यादवले पूर्व माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाईक ही कतैपनि जिम्मेवारी नदिने, दिएको जिम्मेवारी पनि सकेसम्म कमजोर बनाउने र काम नै गर्न नदिने उद्देश्यका साथ प्रधानमन्त्री परिचालित भएको आरोप लगाएका छन् । धन देख्ना महादेवको तेस्रो नेत्र खुल्छ भने जस्तै प्रधानमन्त्री ओलीको प्रमुख सल्लाहकारको जागिर खाएका विष्णु रिमाल जस्ता अराजनीतिक व्यक्तिका कारण आफूलाई बाहेक गरिएको भन्दै उनले मन्त्रालयमा नै असन्तुस्टि व्यक्त गरेका छन् । विभागिय मन्त्रीलाई नै बाइपास गर्ने यो भन्दा चर्को राजनीति के हुन सक्छ र मन्त्रालयकै एक उच्च अधिकारीले भने । तर सचिव यामकुमारी खतिवडा भने सम्मेलनको नाममा आयोजना हुने सामान्य भन्दा सामान्य कार्यक्रममा समेत सहभागी हुने गरेकी छिन् । तर मन्त्रीलाई कुनै पनि जानकारी नदिने, सकेसम्म थाहा पाएपनि थाहा नहोस् भन्ने मान्यता राख्ने गरिएको छ । विभागिय मन्त्रीको हिसाबले सम्मेलनका हरेक जसो कार्यक्रमको संयोजन उद्योग मन्त्रीले नैै गर्नुपर्दथ्यो । त्यसो त मातृकाको भूमिका समेत वर्तमान सरकारका कुनै पनि खास देखिएको छैन । स्वकीय सचिव बनाएका सन्तोष विस्टले मातृकाको भए भरको क्रेज तथा राजनीतिक चरित्रलाई धुलीसात् पारिदिएका छन् । जुनसुकै कर्मचारीको सरुवा बढुवा, पदस्थापनामा समेत पैसा लिनै पर्ने विशेष क्षमताका कारण विस्टले मातृकाको भए भरको राजनीतिक विरासतलाई समेत सकिदिएका छन् । जानकार स्रोतहरुका अनुसार लगानी सम्मेलन सकिएको केही दिन पछि मातृका यादव सँगै केही मन्त्रीको जागिर जान सक्ने बताइएको छ । तर लगानी सम्मेलनमा मातृकालाई नै बाहेक गर्ने विषय भने सैद्धान्तिक र व्यवहारिक रुपमा नै मिल्ने विषय नभएको केहीको धारणा छ । तर उनको विरोधी पक्ष भने उद्योगी व्यवसायीलाई हातमा लिन नसकेको तथा लगानीको वातावरण बनाउन नसकेको भन्दै उनलाई भूमिका नदिँदा पनि केही फरक नपर्ने बताउँछन् । सानो वा ठूलो होस् या सानो लगानी कम्पनी रजिष्ट्रारको कार्यालयबाट सुरु हुन्छ ।लगानी गर्न चाहेका लगानीकर्ताले सुरुवातमा नै झन्झट बेहोर्न पर्ने ठाउँ हो कम्पनी रजिष्ट्रारको कार्यालय । कम्पनी रजिष्ट्रार कार्यालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको निकाय हो । लगानीकर्ताले माग्ने धेरै सुविधा उद्योग मन्त्रालय अन्तर्गतको हुन्छ । कानूनी रुपमा नै उक्त व्यवस्था गरिएको छ । त्यसैले लगानी सम्मेलन जस्ता उद्योगसँग सम्बन्धित विषयमा उद्योाग मन्त्रीलाई अघि सारिन्छ । सरकारले शुक्रबार र शनिबार लगानी सम्मेलनको आयोजना ग¥यो । । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका प्रतिनिधिलाई दायाँबायाँ राखेर बुधबार लगानी सम्मेलनबारे पत्रकार सम्मेलन गरी सार्वजानिक जानकारी गरेका थिए । ।तर, सम्मेलनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव उपस्थित थिएनन् । पहिलो पटक लगानी सम्मेलन गर्ने विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन र बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योगमन्त्री यादव उपस्थित थिएनन् ।उद्योगमन्त्रीको सचिवालयले जानकारी नभएको कारण उपस्थित नभएको जनाएको छ । खै मन्त्री ज्यूलाई कुनै जानकारी नै आएको थिएन । जसका कारण सम्मेलनको भित्री तयारीका बारेमा उहाँलाई केही पनि जानकारी नै थिएन । सरकारले आयोजना गरेको सम्मेलन भए त विभागिय मन्त्रीलाई पक्कै पनि जानकारी हुन्थ्यो होला तर उहाँलाई कुनै पनि जानकारी नै छैन । अर्थ मन्त्रालय मात्रै भए हुने भएर होला, मन्त्री यादवको सचिवालयले भनेको छ । बुधबार आयोजना भएको पत्रकार सम्मेलनमा सरकार प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा अर्थमन्त्रालयमा गएका थिए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, केही मन्त्रालयका सचिव, पनि सहभागी थिए । पत्रकार सम्मेलनमा बास्कोटाले केही पनि बोलेनन् । लगानी बोर्डले यो पटक लगानी सम्मेलनको निर्देशक समितिमा अर्थमन्त्री युवराज खतिवडालाई बनाउने निर्णय गरेको थियो । तर उक्त समितिमा उद्योग मन्त्रीलाई बोलाइएको थिएन र समितिमा पनि राखिएको छैन । दुई वर्षअघि भएको लगानी सम्मेलनको सयोजनको काम तत्कालिन उद्योगमन्त्री नविन्द्रराज जोशीले गरेका थिए । त्यो बेला उद्योगमन्त्रालय लगानी सम्मेलनमा हाबी थियो । यो पटक लगानी बोर्डका अध्यक्ष समेत हुने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशक समितिको संयोजकत्वमा समिति गठन गरेको थियो । प्रधानमन्त्री ओलीले नै उद्योगमन्त्री यादबलाई बाइपास गरेर लगानी सम्मेलनको सुपरम्यान अर्थमन्त्री खतिवडालाई बनाएका हुन् । उद्योगमन्त्री पत्रकार सम्मेलनमा उपस्थित नभएपनि उद्योग सचिव यामकुमारी खतिवडा भने दुई पटककै पत्रकार सम्मेलनमा उपस्थित थिइन् । विशेष गरी अर्थमन्त्रालयमा ज्वाईलाई विशेष सेवा दिलाएका अर्थमन्त्री खतिवडाको बारेमा उद्योगी व्यवसायी समेत सकारात्मक छैनन् । समाजवादको नाममा निजी क्षेत्राई नराम्ररी पेलेको आरोप उनीमाथि लाग्दै आएको छ । निजी क्षेत्रलाई काम नै गर्न नदिने विशेष क्षमता र स्वभाव भएका कारण पनि उनी सम्मेलनमा पनि हावी छन् । स्वदेशका लगानीकर्ता, तथा उद्योग व्यवसायीलाई सुविधा दिँदा आफ्नै घरको सम्पत्ति बाँडन जस्तो हुने र त्यस्तै व्यवहार गर्ने खतिवडा प्रति पनि उद्योगी व्यवसायी त्यत्ति खुसी छैनन् । पत्रकार सम्मेलनमा उपस्थित नभए पनि उद्योगमन्त्री यादवले लगानी सम्मेलनको एउटा सत्रको सभापतित्व गरे । ‘बिइङ इन्डष्ट्रियल बेस एण्ड क्रियट जब्स’ सत्रको छलफलको सभापतित्व उद्योगमन्त्रीले गरे । तर उनले सो शत्रको अन्त्यमा बाँडिएको उपहार समेत लिएनन् । भने मलाई उपहार नदिनु । सो शत्रमा जसमा उद्योग सचिव खतिवडा, डाबर नेपालका प्रवन्ध निर्देशक अभिमन्यु पोद्दार, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, हुवाजिन सिमेन्ट चीनका उपाध्यक्ष सु गाङ र पन्चकन्या समूहका प्रवन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ सहभागी थियो । उक्त कार्यक्रम शत्र प्रदिपकुमार श्रेष्ठले संचालन गरेका थिए । मातृका यादवलाई किन कुनै भूमिका नदिइएको होला भन्ने प्रश्न गाइगुई रुपमा नउठेको पनि होइन । तर सरकारका अऋन्य निकाय भने सो बारेमा केही बताउन तयार देखिएन ।
श्रम मन्त्रालयमा कल सेन्टर स्थापना, श्रम सम्बन्धी गुनासो र जिज्ञासा राख्न पाइने
काठमाडौँ । श्रम सम्बन्धी समस्याको बारेमा गुनासो र जिज्ञासा सहज रुपमा प्राप्त गर्न र तत्काल सम्बोधन गर्न श्रम मन्त्रालयमा कल सेन्टर स्थापना गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सोमबार एक कार्यक्रमका बीच कल सेन्टरको उद्घाटन गरेका हुन् । बैदेशिक रोजगार बोर्ड सचिवालयको व्यवस्थापनमा सो कल सेन्टर शुरु गरिएको हो । गुनासो गर्न वा जानकारी लिन चाहने सेवाग्राहीले स्वदेशबाट भए कल सेन्टरको सम्पर्क नम्बर ११४१ वा १६६००११५०००५ मा तथा विदेशबाट भए इमेल, फेसबुक, म्यासेन्जर, इमो, भाइवर जस्ता अनलाइन नेटवर्क मार्फत निःशुल्क रुपमा कल सेन्टरको सम्पर्क नम्बर ९७७१५९७०००८ मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म सो कल सेन्टरमा फोन गर्न सकिने छ । सेवाग्राहीको संख्या र मागलाई ध्यानमा राखी भविश्यमा यो सेवालाई चौबीसै घण्टा गराउनेतर्फ मन्त्रालय अग्रसर हुने मन्त्री विष्टले बताए । कल सेन्टरमा कस्तो गुनासो/ जिज्ञासा राख्न पाइन्छ ? कल सेन्टरमा वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका वा स्वास्थ्य समस्याबाट पीडित भई घर फर्कन चाहनेहरु, झुठा मुद्दामा जेल सजाय भोगिरहेकाहरुलाई निःशुल्क कानूनी सहायताको आवश्यकता रहेकाहरुले अनुरोध गर्न सक्ने छन् । साथै बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण, शिप विकास तालिम र सुरक्षित बैदेशिक रोजगारीका लागि अपनाउनु पर्ने सावधानीका कुराहरु जानकारीहरु लिन सक्नेछन् । यसैगरी, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने प्रक्रिया, यस सम्बन्धमा भोग्नु परेका समस्या र प्रधानमन्त्री रोजगार कार्यक्रमसँग सम्बन्धित जिज्ञासाहरु र भोग्नु परेका समस्याहरुबारे सिधै फोन गरी गुनासो गर्न वा जानकारी लिन सकिने बताइएको छ ।
स्वास्थ राज्यमन्त्रीबाट धोबीघाटस्थित कन्या सुरक्षा सर्कल स्तम्भ उद्घाटन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले कन्या सुरक्षा सर्कल स्तम्भको उद्घाटन गरेका छन् । काठमाडौंको धोबीघाटस्थित स्टर्लिङ अपार्टमेण्टका नजिक जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलद्वारा निर्मित उक्त स्तम्भको उद्घाटन गर्दै यादवले जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलले कन्या सुरक्षा, अहिंसाको सन्देश सम्प्रेषण गर्न कन्या सुरक्षा सर्कलको निर्माण गरी अत्यन्तै सह्रानीय कार्य गरेको बताए । कन्या सुरक्षा सर्कल स्तम्भको निर्माणले कन्या भ्रूणको रक्षादेखि कन्या स्वास्थ्य एवम् कन्याको चौतर्फी विकासमा टेवा पुग्ने प्रतिकको रुपमा यसस्तम्भको निर्माण गरिएको कुरा जैन श्वेताम्बर तेरापन्थ महिला मण्डल काठमाण्डौं (नेपाल)की अध्यक्ष रश्मी जैनले जानकारी दिई । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाको उपमेयर गीता सत्याल, उक्त क्षेत्रका वडा अध्यक्ष, वरिष्ठ उद्योपतिहरु लोकमान्य गोल्छा, नरेश दुगड लगायत अन्य उद्योगपति तथा समाजसेवीहरुको उपस्थिति रहेको थिए । ललितपुर महानगरपालिकाको उपमेयर गीता सत्यालले कन्या भू्रण हत्या रोकथामदेखि कन्याको सुरक्षा तथा कन्याको चौतर्फी विकास गरीदेश विकासमा महिलाहरुको सहभागितालाई बढाउने हेतुले जुन स्तम्भको निर्माण गरिएको छ यो अति नै प्रशंसनीय रहेको बताए ।
खुसी र सन्तुष्ट ग्राहकको उद्देश्यका साथ मिसन-२०८० मा लागेका छौं : प्रवीण बस्नेत
६ महिनाअघि कामना सेवा विकास बैंकको डेपुटी सिईओ नियुक्त हुनुभएका प्रवीण बस्नेत फागुन १ गतेदेखि सोही बैंकमा प्रमुख कार्यकारीको भूमिकामा हुनुहुन्छ । यसअघिका प्रमुख कार्यकारी अधिकृतको राजीनामासँगै रिक्त पदमा ४ वर्षका लागि वस्नेतलाई नियुक्त गरिएको हो । दोलखा जिल्ला स्थायी घर भएका बस्नेतले काठमाडौं विश्वविद्यालयबाट एमबीए र भारतको मद्रासबाट चार्टर्ड एकाउन्टेन्सी कोर्ष सम्पन्न गर्नुभएको छ । एभरेष्ट इन्स्योरेन्सबाट वित्तीय क्षेत्रको करियर सुरु गरी नबिल बैंक, नेपाल बंगलादेश बैंक, एनआईशी एशिया बैंक र माछापुच्छ्रे बैंक हुँदै कामना सेवा विकास बैंकमा आउनुभएको हो । कामना विकास बैंक र सेवा विकास बैंक एक आपसमा मर्ज भई राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रुपान्तरण भएको कामना सेवा विकास बैंक वित्तीय रुपमा औसत विकास बैंकको रुपमा गनिन्छ । यद्यपि बढ्दो बजार प्रतिस्पर्धा र वित्तीय क्षेत्रमा भित्रिँदै गएको अवसरको व्यवस्थापन र चुनौतीको सामना गर्नुपर्ने अवस्थाबाट भने सबै बैंकहरु गुज्रिरहेकै हुन्छन् । यसै परिप्रेक्षमा बजारको बढ्दो प्रतिस्पर्धात्मक अवस्था, चुनौती र कामना सेवा विकास बैंकको रणनीतिका सन्दर्भमा केन्द्रित भई बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ । वित्तीय क्षेत्रमा व्यवस्थापनका विभिन्न तहमा रहेर काम गर्दै विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ, चार्टर्ड एकाउन्टेन्सी पृष्ठभूमिबाट आएको मान्छे, व्यवस्थापनको सर्वोच्च तहमा पुग्दा यो क्षेत्रलाई कसरी नियालिरहनुभएको छ ? सन् २००४ मा एभरेष्ट इन्स्योरेन्सबाट सुरु भएको वित्तीय क्षेत्रमा सुरु भएको मेरो करियर झन्डै १५ पूरा भएको छ । आजसम्म आइपुग्दा मैले राम्रा र देशमै उत्कृष्ठ रुपमा गनिएका संस्थाहरुमा विभिन्न तहको जिम्मेवारीमा रहेँ । खासगरी एभरेष्ट इन्स्योरेन्सबाट नबिल बैंक हुँदै नेपाल बंगलादेश बैंक, एनआईशी एशिया बैंक, माछापुच्छ«े बैंक हुँदै कामना सेवा विकास बैंकमा आबद्ध भएर मैले काम गर्ने मौका पाएँ । मैले काम गरेका संस्थाहरु एकपछि अर्को अब्बल नै रहे, म एनआईशी एशिया बैंकमा सीएफओ र माछापुच्छ्रे बैंकमा सीओओको जिम्मेवारीमा थिएँ । यो क्षेत्रको १५ बर्षे अनुभवले बैंकिङ क्षेत्रलाई एउटा उच्च सम्भावनायुक्त, प्रतिस्पर्धात्मक एवं दीगो प्रगतिको रुपमा लिएको छु । खासगरी बैंकिङ क्षेत्र अरुजस्तो स्वतन्त्र क्षेत्र नभएर एक अर्कामा अन्तरनिर्भर हुने र यसले वित्तीय मध्यस्तताको काम गर्ने भएकोले यो क्षेत्र थप चुनौतीपूर्ण भने छ । यो क्षेत्रको असन्तुलनले अर्थतन्त्रका हरेक क्षेत्रलाई असन्तुलित तुल्याउने र अर्थतन्त्रको सकारात्मक सकारात्मक अवस्थाको पहिलो प्रभाव यही क्षेत्रमा पर्ने भएकोले यो संवेदनशील क्षेत्र हो जस्तो लाग्छ । अब्बल संस्था छान्दैगर्दा तपाईँले नबिल बैंकलाई छोडेर नेपाल बंगलादेश बैंक चाहिँ किन रोज्नुभयो ? नेपाल बंगलादेश बैंक त्यतिखेर समस्याग्रस्त संस्था थियो । यसको व्यवस्थापन राष्ट्र बैंकले टेकओभर गरेर बैंकलाई सुधारको प्रक्रियामा लैजाने क्रममा थियो । त्यस्तो अवस्थामा नीतिगत तहमा बसेर काम गरेको व्यक्तिको आवश्यकता बैंकलाई भयो । मैले नबिल बैंकमा बटुलेको अनुभव जसले बैंकको पुनर्संरचनालाई सघाउन सक्थ्यो, त्यसलाई नेपाल राष्ट्र बैंकबाट बंगलादेश बैंकको व्यवस्थापनमा आउनुभएका नेतृत्वकर्ताहरुलाई मन पर्यो र मलाई त्यसबेला महाप्रसाद अधिकारीज्यूले बैंकको सुधारका मेरो योगदान महत्वपूर्ण हुनसक्ने भन्दै एनबी बैंकमा आउन आग्रह गर्नुभयो जुन मलाई पनि ठीक लाग्यो । यसले गर्दा संस्थाको पुनर्संरचनाको क्षेत्रमा भिजेर काम गर्ने मौका पाएँ । यसले गर्दा मेरो अनुभवको दायरा थप फराकिलो र गहिरो बनाउने मौका पाएँ । महाप्रसाद अधिकारी आफैंमा चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्थ्यो, उमेश भण्डारी पनि त्यही टिममा हुनुहुन्थ्यो, त्यही सीए र सीएबीचको अन्तरसम्बन्धलाई नजिक बनाउन कुन तत्वले काम गरिरहेको हुन्छ ? चार्टर्ड एकाउन्टेन्सी एउटा यात्रा हो । यो एकदमै चुनौतीपूर्ण, अप्ठ्यारो परिस्थितिलाई पार गरेर मात्रै आउनसक्ने अवस्था हो । हुन त यो क्षेत्र मात्रै होइन, अरु क्षेत्रका मानिसहरुमा पनि यदि उहाँहरु एउटै पृष्ठभूमिबाट आउनुभएको छ भने उहाँहरुले संघर्षको अवस्था, सोच्ने, व्यवहार गर्ने र समीक्षा गर्ने शैलीहरु सामान्यतया एउटै हुन्छन् । यो क्षेत्रमा पनि यस्तै भएको हुनसक्छ, एउटा चार्टर्ड एकाउन्टेन्ट र अर्को चार्टर्ड एकाउन्टेन्ट यस्तै समानताले एक अर्कालाई नजिक ल्याउने सम्वाहकको रुपमा काम गरेको हुनसक्छ । त्यसमाथि पनि मान्छेको स्वभाव भनेकै समग्रताभित्र विशेषता खोज्ने हो, बजारमा भएका असंख्य व्यक्तिहरुमध्ये एउटै पृष्ठभूमि र उस्तै अनुभव अन्तरसम्बन्ध कायम हुनु नौलो कुरा पनि होइन । एउटा चार्टर्ड एकाउन्टेन्टको रुपमा कामना सेवा विकास बैंकलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुभएको छ ? यो संस्था प्राविधिक रुपमा नभए पनि व्यवहारिक रुपमा हालसम्मको सबैभन्दा कान्छो राष्ट्रिय स्तरको विकास बैंक हो । राष्ट्रिय स्तरको विकास बैंकमध्ये यो ११ औं प्रवेशक हो । यसको वित्तीय विवरणहरु पनि सोही स्तरका छन् । त्यसैले बैंकको सुधार र बजारमा रहेका अन्य बैंकहरुसँगको प्रतिस्पर्धात्मक स्तर माथि उठाउन एउटा ब्राण्डको रुपमा यसलाई विकास गर्नुपर्ने अवस्था छ । छोटो समयमा बजारमा उत्कृष्ठ रहेका भनिएका बैंकहरुसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याउनुछ । फाइनाइन्सियल रुपमा मात्रै नभई हाम्रा टीमका सदस्यहरुको क्षमता अभिवृद्धि गरी करियर डेभलपमेन्टमा पनि हामीले उत्तिकै ध्यान दिनुपर्ने अवस्था छ । यसका लागि टीमका सदस्यहरुको स्वार्थ र बैंकको स्वार्थलाई एकीकृत गरेर अघि बढ्नुपर्ने चुनौती हामीसँग छ । जति कामना सेवा विकास बैंक वित्तीय रुपमा र ब्रान्डिङको हिसाबले अब्बल बन्दै जान्छ, त्यति नै यहाँका कर्मचारीहरुको पनि करियर विकास हुँदै जाने वातावरण बनाउनुपर्छ । तर आजको दिनमा सबैभन्दा महत्वपूर्ण भनेको वित्तीय कार्यक्षमता सुधार, ग्राहक सन्तुष्टि र कर्मचारीको सन्तुष्टि गरी यी तीनओटा पक्षहरुलाई सुनिश्चित गर्दै संस्थाका शेयरधनी लगायतका स्टेकहोल्डरको सन्तुष्टि कायम गर्ने चुनौती हामीहरुसँग छ । तपाईँले स्टेकहोल्डरको सन्तुष्टिको कुरा गर्दैगर्दा एउटा ग्राहकले, कर्मचारीले, लगानीकर्ताले वा ऋणीले कामना सेवा विकास बैंक नै किन छनौट गर्ने ? हाम्रो बोर्ड, प्रोमोटरको ग्रुप वा हामी टिम मेम्बरहरुको सबैको सबैभन्दा पहिलो उद्देश्य भनेकै हाम्रा ग्राहकहरु सन्तुष्ट होउन भन्ने छ । त्यसैले तपाईँले मलाई तपाईँको एक नम्बरको उद्देश्य के हो भन्नुभयो भने मेरो उत्तर हाम्रा ग्राहकहरुलाई खुसी र सन्तुष्ट राख्नु हो भन्ने उत्तर आउँछ । अरु स्टेकहोल्डरको सन्तुष्टि भन्ने कुरा ग्राहकको सन्तुष्टिमै निर्भर हुने कुरा हो । ग्राहक भन्दैगर्दा बैंकमा निक्षेपकर्ता र ऋणी गरी दुई प्रकारका ग्राहक हुन्छन्, यी दुई पक्षको स्वार्थ एकआपसमा बाझिएको हुन्छ, यी दुई पक्षहरुलाई सन्तुलन कसरी गर्नुहुन्छ ? यसका लागि हामीले नियामकीय व्यवस्थालाई लागु गरेर जानुपर्ने नै एकमात्र विकल्प रहन्छ । नेपाल राष्ट्र बैंकले हामीलाई विभिन्न प्रोभिजनहरु निर्धारण गरिदिएको छ । त्यही प्रोभिजनभित्र रहेर हामीले काम गर्नुपर्छ । जस्तै हामीले स्प्रेडदर ५ प्रतिशतभन्दा माथि लैजान पाउँदैनौं । हामीले निक्षेपकर्तालाई दिएको र ऋणीसँग लिएको ब्याजदरको अन्तर ५ प्रतिशतभन्दा बढी हुन सक्दैन । नेपालको वित्तीय क्षेत्र खण्डिकृत छ । यहाँ एकातिर वाणिज्य बैंकहरु छन् । ती बैंकहरु समेत विभिन्न खालका छन् । विकास बैंकहरु राष्ट्रिय वा क्षेत्रीय स्तरका छन् । फाइनान्स कम्पनीहरु पनि सोही प्रकारका छन् । त्यसबाहेक लघुवित्त क्षेत्रहरु समेत बजारमा क्रियाशील छन् । विकास बैंकको सन्दर्भमा कुरा गर्दा हाम्रो पुँजी, निक्षेप, कर्जा र सेवाको आकार र दायरा वाणिज्य बैंकको भन्दा केही संकुचित हुन्छ । यस्तो अवस्थामा निक्षेपकर्ताहरुलाई आकर्षित गर्न वाणिज्य बैंकको भन्दा केही बढी ब्याज दिनुपर्ने अवस्था हामीलाई हुन्छ, त्यो हाम्रो वाध्यता नै हो । यस्तो अवस्थामा ऋणीहरुलाई दिने ऋणको ब्याजदर पनि सोही अनुसार भइहाल्छ । वाणिज्य बैंकमात्रै होइन, फाइनान्स कम्पनीहरु विकास बैंकभन्दा केही संकुचित दायरायुक्त हुन्छन् । उनीहरुले निक्षेप आकर्षित गर्न उनीहरुले विकास बैंकहरुले भन्दा निक्षेपमा बढी ब्याज दिन्छन् र कर्जामा सोही अनुसार बढी ब्याज लिन्छन् । त्यसैले गर्दा विकास बैंकहरुले निक्षेपका हकमा वाणिज्य बैंकहरुको भन्दा बढी ब्याजदर र कर्जाका हकमा फाइनान्स कम्पनीहरुको भन्दा कम ब्याजदर दिनुपर्ने बाध्यताका कारण यो सूचकमा त्यति ठूलो उतारचढाव गर्नसक्ने अवस्था छैन । त्यसैले अहिलेको अवस्थामा धेरै मार्जिन राखेर होइन, अधिकतम संख्यामा ग्राहक संख्या र सेवामार्फत् नै हाम्रो वित्तीय लक्ष्य पुरा गर्नुपर्ने अवस्था हामीलाई छ । त्यसैले अहिलेको अवस्थामा निक्षेपको दर नभई कर्जाको दरलाई चाहिँ प्रतिस्पर्धात्मक राख्ने प्रयासमा हामी छौं । जस्तै हामीले भर्खरैमात्र ल्याएको होमलोन अटोलोन स्कीमको ब्याजदर ११.९९ प्रतिशत छ जबकी हामीले १०.५ देखि ११ प्रतिशतमा त निक्षेप नै लिइरहेका छौं । त्यसैले हाम्रो रणनीति भनेकै सबैभन्दा कम मार्जिनमा ऋणीहरुले ऋण पाउन सकुन र निक्षेपकर्ताहरु पनि मारमा नपरुन् भन्ने हो । तर ब्याजदर मात्रै सबै कुरा चाहिँ होइन, धेरै झन्झट ब्यहोर्नुपर्ने, धेरै फोनहरु घुमाउनुपर्ने बाध्यताबाट हामी हाम्रा ग्राहकलाई मुक्त राख्ने प्रयास गर्छौं । ग्राहक झन्झटको कुरा गर्नुपर्दा निक्षेप राख्नदेखि कर्जा लिनसम्म विभिन्न जटिल प्रक्रियाहरु व्यहोर्दै जानुपर्ने अवस्था छ, त्यस्तो अवस्थामा कामना सेवा विकास बैंकमात्र त्यसबाट मुक्त हुन सम्भव छ ? सरकार र नियामक निकायले तोकिएका प्रावधानहरु बमोजिम लाग्ने प्रक्रिया पुरा गर्न त हामी पनि बाध्य छौं, सबै बैंकहरु बाध्य छन् । हामीले दिने सेवा भनेको आफ्नो तर्फबाट हुने झन्झट न्यूनीकरण गर्ने भन्ने हो । जस्तै खाता खोल्ने सन्दर्भमा कुरा गर्ने हो भने हाम्रो खाता खोल्ने फर्महरु एकदमै सरल छन् । लोनको कुरा गर्दा पनि औसत प्रोफाइलका ग्राहकहरुलाई ऋण लिन त्यति गाह्रो हुँदैन तर ठूलो मात्रामा ऋण लिने र फरक किसिमका कारोबार गर्ने ग्राहकहरुका लागि भने उहाँहरुको कारोबारको प्रकृति, ऋणको आवश्यकता लगायतको बारेमा बुझ्नुपर्ने आवश्यकता हुनसक्छ । यस्तो अवस्थामा टर्न अराउन्ड टाइम (टीओटी) फिक्स गरेका हुन्छौं । नियमित ग्राहकका लागि भने टीओटीको समय एकदमै कम गर्ने हाम्रो उद्देश्य हुन्छ । हाम्रो हकमा धेरैजसो ग्राहकले ७ लिनमा ऋण पाउनुहुन्छ । कामना सेवा विकास बैंकको नाफामा एकदमै उतारचढाव देखिन्छ, किन यस्तो भएको ? तपाईँले एकदमै राम्रो प्रश्न गर्नुभयो, खासगरी विकास बैंकहरुमा त्रैमासिक वा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने अभ्यास रहेछ । हाम्रोमा पनि फलोअप, रिकभरी गर्न समयमा ध्यान नदिने जस्तो अवस्था पनि विगतमा देखिएको थियो र ईएमआई पनि विभिन्न मितिमा राखेको हुनाले त्यसलाई सुपरीवेक्षण गर्न पनि गाह्रो अवस्था थियो । त्यसका लागि हामीले सुधारात्मक कदम चालिसकेका छौं । अब अँग्रेजी महिनाको हरेक १० तारिखका दिन यस्तो मिति तोकेका छौं । ऋणको रिकभरीको लागि सेलहरु पनि गठन गरिसकेका छौं । मेरो विचारमा अब असार मसान्तपछि त्रैमासिक रुपमा त्यस्तो ठूलो उतारचढाव नआउने र सही रिपोर्टिङ हुने वातावरण बन्छ । तपाईँ त एनआईशी एशियाको भिजन २०२० को निर्माणमा पनि प्रत्यक्ष रुपमा संलग्न भएको व्यक्ति । विकास बैंकहरुमध्येकै उत्कृष्ठ बैंक बनाउँछु भन्नुभएको छ, अलिकति वस्तुगत रुपमा भनिदिनुस् न, कामना सेवा विकास बैंकलाई त्यो दिशामा डोहोर्याउन भदौदेखि अहिलेसम्म के के गर्नुभयो ? कामना सेवा विकास बैंकमा हामीले ‘मिसन–२०८०’ तय गरेका छौं । २०८० सम्ममा हामी बैंकलाई अब्बल दर्जाको विकास बैंक बनाउने हाम्रो लक्ष्य हो । यसका वित्तीय कार्यसम्पादनको मात्रै कुरा आउँदैन, किनकी बैंकिङ क्षेत्रको प्रगति अलिकति सन्तुलित र व्यापक हुनुपर्छ भन्ने मलाई लाग्छ । यसमा वित्तीय कार्यसम्पादन एउटा पक्ष हुन्छ भने ग्राहक सन्तुष्टि, संस्थाको ब्राण्ड, गुडबिल, इमेज तथा कर्मचारीको सन्तुष्टि, नियामकहरुको हामीलाई हेर्ने दृष्टिकोण लगायतका विषयहरु अन्य पक्षहरु हुन्छन् । यी ४/५ ओटा फरकफरक पक्षहरुको मापनमा हामी अब्बल हुने लक्ष्य लिएका हौं । फाइनान्सियल पर्फर्मेन्सलाई मात्रै अन्तिम लक्ष्य बनाएर हिँड्यौं भने हामी समाजमा दीर्घकालसम्म उत्कृष्ठ सेवा लिएर अघि बढ्न सक्दैनौं । हाम्रो मुख्य रणनीति भनेकै सुखी र सन्तुष्ट ग्राहक हुन् । कुनै पनि नयाँ प्रोडक्टहरु ल्याउँदा, नयाँ प्रक्रियाको विकास गर्दा वा संस्थागत रुपमा जुनसुकै आयामहरु अघि बढाउँदा पनि हाम्रो पहिलो दृष्टिकोण नै यसैमा हुन्छ । हामीले खसी र सन्तुष्ट ग्राहकहरुबाटै अन्य लक्ष्यहरुको खोजी गर्न सक्छौं । ग्राहक सन्तुष्टिबिना यी सबै बाटाहरु बन्द हुन्छन् । नेटवर्क विस्तारको सन्दर्भमा चाहिँ तपाईँहरुको रणनीति के हो ? धमाधम शाखा खोल्ने क्रम अघि बढाउनुभएको छ ? हामी राष्ट्रिय स्तरको विकास बैंक भइकन पनि हामीले राष्ट्रिय स्तरको नेटवर्क डेभलपमेन्ट गर्न सकिरहेका थिएनौं । प्रदेश १, प्रदेश २ र काठमाडौं उपत्यकामा समेत हाम्रो उपस्थिति कममात्रै थियो । यही क्षेत्रहरुलाई समेट्नेगरी हामीले रणनीति बनायौं र त्यही अनुसार शाखा सञ्जालहरु समेत विस्तार गर्दै गएका छौं । यी शाखा सञ्जाल विस्तार भइसकेपछि हामी वास्तविक रुपमै राष्ट्रिय स्तरको विकास बैंक बन्छौं । हामीसँग हाल ७७ ओटा शाखा सञ्जाल छन् । पूर्वी क्षेत्र र काठमाडौंमा अझै केही शाखा खोल्ने योजना बनाएका छौं । अहिले बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग लिने शुल्क अत्यधिक भयो भनिन्छ, बैंकहरुको शुल्क घटाउनुपर्ने आवाज पनि वित्तीय क्षेत्रमा तीव्र रुपमा उठ्ने गरेको छ, त्यस्तो अभ्यास पनि गर्नुपर्ने भएको हो ? त्यस्तो अवस्था पहिले थियो, तर अहिले छैन । हालका अर्थमन्त्री युवराज खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर भएदेखि हालसम्म पनि नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षणका लागि विभिन्न कामहरु गरिसकेको छ । धेरै शुल्कहरु हटिसकेका छन् । अनावश्यक शुल्कहरु त अहिले केही पनि छैन । तर कतिपय सेवाहरु चाहिँ ग्राहकले आफ्नो आवश्यकता अनुसार दिने वा नलिने भन्ने सन्दर्भमा लागु हुन्छ । जस्तै डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ जस्ता सेवाहरु ग्राहकले लिन नचाहे नलिन सक्छन्, तर लिए तोकिएको शुल्क तिर्नुपर्छ । यस्ता शुल्कहरु कतिपय राष्ट्र बैंकले नै तोकिदिएको हुन्छ भने कार्डहरुको शुल्क भने भिजा, मास्टरकार्ड जस्ता नेटवर्कहरु आफैंले त्यसको शुल्क निर्धारण गर्ने भएकोले त्यसमा हाम्र्रो नियन्त्रण हुँदैन । त्यसबाहेकका हाम्रो नियन्त्रणमा हुनसक्ने सेवाशुल्कमा हाम्रा सेवाग्राहीहरुलाई न्युनतम लागतमा सेवा दिने प्रतिवद्धता व्यक्त गर्दछौं । अहिले नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण र अन्तराष्ट्रिय आतंकवादविरुद्ध वित्तीय क्षेत्रको प्रयोग निराकरणका लागि केही व्यवस्था गर्नुपर्ने निर्देशन दिएको छ, यसका लागि सफ्टवेयर निर्माण र कार्यान्वयनका लागि कस्तो तयारी छ ? हामीले त्यस्तो सफ्टवेयर खरिद गरी त्यसलाई कार्यान्वयन गरिसकेका छौं । विकास बैंकहरुमध्ये यो चरणमा अघि बढ्ने पहिलो बैंक नै कामना सेवा विकास बैंक हो । यो पूर्णरुपमा कार्यान्वयन हुने चरणमा छ । हाम्रो अनुभवकै आधारमा अन्य विकास बैंकहरुले समेत यसको कार्यान्वयनको प्रक्रिया अघि बढाइसकेका छन् । यस्ता विषयहरु लागु गर्ने सन्दर्भमा हामी शुन्य सहनशीलताको नीतिका साथ अघि बढ्छौं । त्यसका लागि संस्थागत सुशासनको ढाँचा समेत अघि बढिसकेको छ । बैंकिङ व्यवसाय भनेको अरु व्यवसाय भन्दा एकदमै फरक व्यवसाय हो । यो क्षेत्रमा यदि कसैले जोखिम न्यूनीकरणमा ध्यान नदिई अघि बढ्न चाहन्छ भने त्यो सम्भव हुँदैन । राष्ट्रको प्राथमिकतमा र अन्तराष्ट्रिय अभ्यासका यस्ता विषयहरुमा हामी पछि हट्नु हुँदैन, त्यसका लागि सबैले आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नैपर्छ । यो सन्दर्भमा नेपाल राष्ट्र बैंकले समेत हाम्रो प्रशंसा गरेको छ । बजारमा तरलता अभावको चर्चा अझै सेलाएको छैन, पहिलो ७ महिनाको तथ्याङ्कका आधारमा विकास बैंकहरुमा समेत यस्तो चाप परेको देखियो, यसमा कामना सेवा विकास बैंकको अवस्था चाहिँ के हो ? यसले खासगरी वाणिज्य बैंकहरुलाई बढी समस्यामा पारेको हो । विकास बैंकहरुको हकमा हाम्रा ग्राहकहरु छरिएर रहने र संस्थागत निक्षेपको आकार कम हुने हुनाले विकास बैंकहरुमा तुलनात्मक रुपमा यो समस्या कममात्र देखिएको छ । यस्तो अवस्थामा कतिपय वाणिज्य बैंकहरुलाई विकास बैंकले सपोर्ट गरेको अवस्था पनि थियो । कामना सेवा विकास बैंकलाई यस्तो समस्याले आजसम्म छोएको छैन । बजारमा यस्तो समस्याका बाबजुद पनि हाम्रो निक्षेपको आकार निरन्तर बढिरह्यो । हाम्रो सीसीडी अनुपात अहिले पनि ७५ प्रतिशतको हाराहारीमा मात्रै छ । त्यसैले अझै पनि ठूलो मात्रामा कर्जा प्रवाहका लागि हामी सक्षम छौं । त्यसैले हामीले होमलोन, अटोलोन जस्ता प्रोडक्ट ल्याउन समेत सफल भएका हौं ।
चितवनमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न
काठमाडौं । चितवनमा नेपाल राष्ट्र बैंकको सहयोग तथा बैंकका पूर्व कर्मचारी संघको आयोजना र वोमी लघुवित्त वित्तीय संस्थाको समन्वयमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २६, ज्योतिनगर, चितवनमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो । रतपुर महानगरपालिकाका वडा अध्यक्ष ज्ञानप्रसाद खनालको प्रमुख उपस्थितिमा नेपाल राष्ट्र बैंकका सहायक निर्देशक प्रेमप्रसाद आचार्यले शुभकामना सन्देश सहितको वित्तीय साक्षरताका सम्बन्धमा वार्ता प्रस्तुत गरेका थिए । त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्व अधिकृतहरु सिद्धिकृष्ण जोशी तथा प्रमोदप्रसाद नेपालले उपस्थित समुदायलाई वित्तीय चेतनाका अन्तरनिहित विभिन्न विषयवस्तुको वारेमा व्यवहारिक ज्ञान प्रस्तुत गरेका हुन् । उक्त कार्यक्रममा विद्यार्थी तथा कृषक सम्मिलित महिला तथा पुरुषहरु गरी जम्मा १२४ जना स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । वोमी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व अधिकृतहरु किशोरी थापा तथा रुकमिणी गौतमको समेत उपस्थिति थिए ।
फेसबुकले लैजान्छ बार्षिक १२ अर्ब, दर्ता नगरे बन्द गरिने
काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ता ९३ लाख रहेको तथ्याङ्क सार्वजनिक भएको छ । फेसबुकका प्रयोगकर्ताको संख्या बढेसँगै वार्षिक नेपालबाट १२ अर्ब रुपैयाँ फेसबुकले लगिरहेको छ । त्यसैगरी नेपालमा अरु सामाजिक सञ्जालका प्रयोकर्ता पनि उल्लेख्य मात्रामा रहेका छन् । यूट्यूब प्रयोगकर्ता ६० लाख र ट्वीटर चलाउनेको संख्या ४० लाख रहेको छ । इन्टरनेटको पहुँच ५६.७ प्रतिशत रहेको छ भने मोबाइलको पहुँच १३३ प्रतिशतमा पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा उनले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् । सो बैठकमा उनले सामाजिक सञ्जाल नेपालमा दर्ता हुनु पर्ने र नभएमा कानूनी कारवाही गर्ने बताए । उनले भने–‘दर्ता नहुने सामाजिक सञ्जाल बन्द गरिन्छ ।’ बेलायतमा सामाजिक सञ्जालको गलत प्रयोग गरेमा ५ हजार पाउण्ड जरिवाना र ६ महिना कैद वा दुबै हुन्छ । भारत मै पनि ५ वर्ष कैद र १ लाख जरिवाना वा दुबै हुने कानूनी व्यवस्था छ । त्यसकारण पनि सामाजिक सञ्जालको नियमन गर्नु आवश्यक रहेको उनले बताए । फेसबुकका सञ्चालक मार्क जुकरबर्गले समेत सामाजिक सञ्जालबाट आतंकवादी, पृथकतावाद, अपराधिक गतिविधि र व्यक्तिगत गोपनियताका कुराको गलत सन्देश फैलाउनले लाई नियमन गर्नु पर्ने बताएका छन् । मन्त्री बास्कोटाले भने-‘सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै नियमन अत्यन्त जरुरी भइसकेको छ ।’