विकासन्युज

प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो एसईई प्रश्नपत्र

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेका छन् । प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टाछुट्टै छानबिन गरेका थिए । दुवै समितिले अनुसन्धान जारी रहेको बताइरहेका बेला सीआईबीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो । एक उच्च प्रहरी अधिकारीका अनुसार सोमबार बिहान काठमाडौं ल्याइएका दुवैलाई हतकडी लगाइएको छ । उनीहरू दुवैलाई दिनभर सीआईबी कार्यालयमा राखेर सोमबार साँझ प्रहरी प्रधान कार्यालयअन्तर्गतको एक नम्बर गणमा पुर्याइएको थियो । नियन्त्रणमा लिइएकामध्ये ब्रह्मदेवको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा दरबन्दी रही इलाका प्रहरी कार्यालय कल्याणपुरमा काजमा खटिएको खुलेको छ । सीआईबीले नियन्त्रणमा लिएका दुई प्रहरीमध्ये एक परीक्षार्थी पनि हुन् भने अर्का प्रश्नपत्रको तस्बिर खिच्न संलग्न थिए । नजिकका साथीसमेत रहेका उनीहरूबाटै प्रश्नपत्र बाहिरिएको पर्याप्त आधार भेटिएको एक प्रहरी अधिकारीले बताए । ती प्रहरी अधिकारीले केही तथ्यगत र उनीहरूबाट बाहिरिएको प्रश्नपत्र अन्य धेरै परीक्षार्थीमा पुर्‍याउने काममा क–कसको संलग्नता थियो भन्ने पुष्टि गर्न थप अनुसन्धान भइरहेको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सरकारी सम्पत्ति ललितानिवास हडप्नेविरुद्ध छानबिन

काठमाडौं । सरकारले ५४ वर्षअघि राष्ट्रियकरण भएको ‘ललिता निवास’ हडप्नेमाथि अनुसन्धान थालेको छ। २०२१ सालमै मुआब्जा दिएर राष्ट्रियकरण गरिएको बालुवाटारस्थित करिब एक सय १४ रोपनी जग्गा सरकारी स्वामित्वबाट व्यक्तिका नाममा नामसारी गर्ने संगठित गिरोहविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको हो । जग्गा हडप्ने र हडप्न मतियारको काम गर्नेविरुद्ध छानबिन गर्न ब्युरोले डिएसपीको कमान्डमा विशेष टोली बनाएको छ । ललितानिवास परिसरकै दुई सय ८४ रोपनी जग्गा तत्कालीन सरकारले राष्ट्रियकरण गरेको थियो । त्यसमध्ये एक सय १४ रोपनी जग्गाका हकदारलाई मुआब्जा दिइएको सरकारी अभिलेखमा उल्लेख छ । प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको सरकारी निवास तथा नेपाल राष्ट्र बैंकको कार्यालयसँगै जोडिएको ललितानिवास हडप्न तत्कालीन नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता डा. बाबुराम भट्टराई नेतृत्वमा बनेको सरकारका भूमिसुधारमन्त्री रहेका भीमप्रसाद गौतमको पनि संलग्नता देखिएको छ । प्रहरीका अनुसार ललितानिवास हडप्ने गिरोहको पहिचान भइसकेको छ। प्रारम्भिक अध्ययनअनुसार २०२१ सालमा राष्ट्रियकरण भएको सम्पत्ति हिनामिनामा २०४७ मा कृष्णप्रसाद भट्टराई, २०४९ मा गिरिजाप्रसाद कोइराला, २०६० मा सूर्यबहादुर थापा, २०६७ मा माधवकुमार नेपाल र २०६९ भट्टराई नेतृत्वको सरकारका निर्णय मुख्य कारक रहेको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ । सरकारी सम्पत्ति हिनामिनाबारे छानबिन गर्न गठित समितिले २०४९ सालदेखि २०७३ सालसम्म डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत प्रमुख मालपोत अधिकृतसहित सबै कर्मचारीमाथि छानबिन गर्न सुझाएको छ । तीन सदस्यीय छानबिन समितिका संयोजक पूर्वसचिव शारदाप्रसाद त्रिताल भन्छन्, ‘ललितानिवासले चर्चेको सबै सम्पत्ति सरकारले विधि र प्रक्रिया पुर्‍याएर राष्ट्रियकरण गरेको हो तर माफिया, बिचौलिया र मालपोतका कर्मचारी मिलेर सरकारी सम्पत्ति हडपेका रहेछन् ।’ त्रितालका अनुसार समितिले २०६७ वैशाख ३१ को मन्त्रिपरिषद्ले ललितानिवासले चर्चेको सम्पत्ति व्यक्तिका नाममा नामसारी गर्न दिएको गैरकानुनी निर्णय खारेज गर्न पनि सरकारलाई सुझाव दिएको छ । सरकारले २०७५ असार १५ गते पूर्वसचिव त्रितालको अध्यक्षतामा पूर्वसहसचिव महेन्द्र थापा र गृह मन्त्रालयका उपसचिव सदस्यसचिव रहेको तीन सदस्यीय समिति गठन गरेको थियो । राष्ट्रियकरणअघि ललितानिवासको भोगचलन गरेका सुवर्णशमशेरका नातेदारसहितका व्यक्ति पनि छानबिनको दायरामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि राष्ट्रियकरण भएको जग्गा माफियासँग मिलेर हडपेको अभियोगमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीसहितको गिरोहमाथि अनुसन्धान थालेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

३० ठूला अनियमिततामाथि छानबिन जारी: अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल ३० वटाभन्दा बढी विषयमा छानबिन गरिरहेको जनाएको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भ्रष्टाचारका विषयमा ठूला धनराशिका ३० भन्दा बढी विषयमा सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएका हुन् । प्रमुख आयुक्त घिमिरेले वाइड वडी खरिदमा भएको भ्रष्टाचारका विषयमा २१ जनाको वयान सकिएको बताए । सञ्चालक समिति र पदाधिकारीसँग वयान लिने क्रम जारी रहेको उनले बताए । एसइईको प्रश्नपत्र बाहिरिएको विषयमा अख्तियार पनि प्रवेश गर्ने उनले बताए । एसइईको परीक्षामा प्रश्नपत्र बाहिरिँदा तराईका आठ जिल्लाको परीक्षा स्थगित भएको छ। साझा प्रकाशनका पूर्वअध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माको अनुसन्धान प्रारम्भिक तहबाट विस्तृत अध्ययनमा पुगेको उनले बताएका छन्। साझा प्रकाशनको कोष हिनामिना, अनावश्यक नियुक्ति, साझाको लोगो दुरुपयोगलगायतका आरोपमा उनीविरुद्ध अख्तियारमा समेत मुद्दा परेको थियो । २०७२ सालदेखि नै साझा प्रकाशनमा शर्मा विवादित बन्दै आएका थिए । अनुचित कार्यको विषयमा अख्तियारले अध्ययन गर्न नपाउँदा पनि भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ हुँदै आएको प्रमुख आयुक्त घिमिरेले बताए । उनले संविधान संशोधन गरेर अनुचित कार्य अख्तियारले हेर्ने व्यवस्था गर्नुपर्ने बताए । अख्तियारलाई अनुसन्धान गर्नका लागि सार्वजनिक ऐन पनि बाधक भएका कारण ऐन संशोधनका लागि ड्राफ्ट नै बनाएर मन्त्रिपरिषद्मा पठाएको उनले बताए । कोसी नदीमा रहेको श्रीलंका टापुको विषयमा आयोगले गम्भीररूपमा लिएको प्रमुख आयुक्त घिमिरेले बताए । अख्तियारमा चालु आर्थिक वर्षको चैत १५ गतेसम्म घुस/रिसवतका ८९, नक्कली शैक्षिक प्रमाणपत्रका ६३, सरकारी अनुदान/अन्य रकम हिनामिना १८, गैरकानूनी सम्पत्ती आर्जन ७, राजस्व हिनामिना ४, गैरकानुनी लाभहानी÷विविध गरी २ सय २० वटा मुद्दा रहेको अख्तियारले जनाएको छ । अहिले अख्तियारमा ८ हजार ८ सय ८० उजुरी रहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

त्रिचन्द्र कलेज अन्तै सार्ने सरकारको तयारी, यस्तो छ कारण

काठमाडौं । राजधानीको केन्द्र भागमा रहेको त्रिचन्द्र कलेज सार्ने तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले त्रिचन्द्र कलेजलाई सार्नेबारे निर्णय गर्न लागिएको जानकारी दिएको हो । रानी पोखरीको सौन्दर्यलाई प्रभावित पारेपछि त्रिचन्द्र क्याम्पसलाई सार्ने योजना बनाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिए । ‘अहिल्यै धेरै कुरा नभनौं यद्यपी त्रिचन्द्र कलेजलाई अन्यत्र सारेर रानी पोखराको इतिहास र सौन्दर्यको जगेर्ना गर्ने निर्णय हुँदैछ’, बुधबार संसदको विकास तथा प्रविधि समिति बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने । उनले त्रिचन्द्र कलेजसँगै रानीपोखरीको प्रहरी कार्यालय पनि सारेर रानीपोखरीलाई रत्नपार्कको बाटिकासँग पनि जोडिने बताए । ‘रानी पोखरीको इतिहासलाई जोगाउँदै सौन्दर्य प्रवद्र्धनको काम पनि गर्ने हो, यसलाई रत्नपार्कसँग पनि जोडेर वृहत बनाउने योजना बनेको छ’, ज्ञवालीले भने । उनले त्रिचन्द्र कलेजको सरस्वति सदन र घण्टाघरलाई रेट्रो फिटिङ गरेर जोगाउने र अन्य संरचना भने भत्काउने योजना बनेको पनि जानकारी दिए । त्रिचन्द्र कलेजको स्थापना चौथो राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा वि.सं. १९७५ मा भएको थियो । नेपालको पहिलो उच्च शिक्षा दिने संस्थाका रुपमा स्थापना भएको कलेजको तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शमशेरले शिलान्यास गरेका थिए । सुरुमा त्रिभुवन चन्द्र कलेज भनिएपनि वि.संं १९८१ बाट यसलाई ’त्रिचन्द्र कलेज’ मात्र भन्न थालिएको थियो । रानी पोखरीको सौन्दर्यमा आँच आएको भन्दै यसलाई अन्यत्रै सार्न लागिएको हो । राजा प्रताप मल्लले माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपछि शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले सन १६६५ मा रानी पोखरीको निर्माण गरेका थिए । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए । १८० मिटर लम्बाई र १४० मिटर चौडाइ रहेको सो पोखरीले ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको छ । वि.सं. १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका हुन् । वि.सं. २०७२ साल बैशाख १२ गतेको ७.८ रेक्टरको बिनाशकारी भुकम्पमा मन्दिरको गजुर सहित मन्दिर क्षति भएको थियो ।

मेसीलाई आराम आवश्यक

काठमाडौं । उच्च लयमा रहेका लियोनल मेसीलाई मुख्य प्रशिक्षक इर्नेष्टो भाल्डभारेले निरन्तर प्रयोग गरिरहेका छन् । दुई उपाधी नजिक रहेको बार्सिलोना च्याम्यिान्स लिग जित्न आतुर छ । तर मेसीलाई लगातार मैदान उर्तादा च्याम्पियान्स् लिगलाई असर गर्ने देखिन्छ । बार्सिलोना केहि समयपछि भिल्लारियलको मैदानमा लालिगाको ३० औं खेलको लागि उत्रिदै छ । यसको ४ दिनपछि वा आइतबार बलियो प्रतिद्धन्दी एथ्लेटिको म्याड्रिड विरुद्ध खेल्दैछ । यसको ३ दिन पछि नै म्यान्चेष्टर युनाइटेडको सामना गर्दैछ । यसरी लगातार लालिगाको खेलमा मेसीलाई प्रयोग गरिरहँदा मेसी घाइते वा थाक्ने सम्भावना रहन्छ । यसकारण मेसीलाई पुरै समय मैदान उतार्न निकै जोखिमपुर्ण रहनेछ । लागिगामा बार्सिलोना १० अंकको स्पष्ट सुविधामा रहेको छ । जुन ३ खेल हार्दा पनि १ अंकको अग्रता हासिल गर्ने अवस्था हो । युनाइटेड भन्दा अघि एथ्लेटिकोसँग खेल खेल्नु बार्सिलोनाको लागि निकै चुनौती हुन्छ । किनभने यो खेल निकै प्रतिपर्धात्मक हुनेछ । यसमा महत्पुर्ण खेलाडी घाइते भए यूनाइटेडसँगको खेलमा सिधै असर पर्नेछ ।गत वर्ष इटालियन क्लब रोमाासँग ३० अग्रता जोगाउन नसकेको भाल्डभारे यो वर्ष निकै सजग हुनुपर्ने अवस्था छ । अहिले बार्सिलोनासँग प्रसस्त खेलाडी रहेको छ । लागीगामा उनीहरुको भरपुर प्रयोग गर्नु पर्ने देखिन्छ । भिडाल मालकोम जस्ता प्रभावसाली खेलाडीलाई पुरै समय खेलाएर मेसी, राकेटिक जस्ता खेलाडीलाई आराम दिनु बार्साका लागी च्याम्पियान्स लिग सहज हुन सक्छ ।

५५ खर्बको अर्थतन्त्र र प्रतिव्यक्ति आय १५८३ डलरकाे याेजना घोषणा गर्दै सरकार

काठमाडौं । सरकारले ५५ खर्बको अर्थतन्त्र र १५८३ अमेरेकी डलर प्रतिव्यक्ति आय सहितको महँत्वकाक्षी योजना घोषणा गर्दैैछ । राजधानीको सोल्टी होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बस्ने बैठकले १५ औं पञ्चवर्षिय योजना घोषणा गर्दैछ । बुधबार र बिहिबार बस्ने राष्ट्रिय परिषदको बैठकले  १५ औँ पञ्चवर्षिय योजनाको मस्यौदा–आधारपत्रलाई अन्तिम रुप दिन लागेकाे हो । मस्यौदा आधार पत्रमा आगामी ५ वर्षभित्र ९७ खर्ब ७७ अर्ब ७५ करोड लगानी गर्ने प्रारम्भिक योजना निर्माण गरिएको छ । बैठकको तयारी पुरा भएको आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले बताए । धेरै मिहेनेत र तथ्यसँग खेलेर योजना तयार गरिएकोले १५ औं पञ्च वर्षिय योजना सफल हुने उपाध्यक्ष कँडेलले दाबी गरे । उनले आधारपत्रमा दीर्घकालीन सोच, लक्ष्य र रणनीति समावेश भएकाले यसले अन्तिम रुप पाएपछि कार्यक्रम, परियोजना र बजेटसँग तालमेल गरिने बताए । सङ्घीयता लागू र राजनीतिक स्थिरतापछिको यो आवधिक योजना पहिलो हो । यसले नै मुलुकका वित्तीय सङ्घीयताको योजनाको अभ्यास गराउने उनको भनाई छ । योजनाको ९७ खर्ब कुल लगानीमध्ये ३६ खर्ब ७४ अर्ब ५६ करोड रुपैंयाँ सरकारले लगानी गर्ने उल्लेख गरिएको छ । यो कुल लगानीको ३७.६ प्रतिशत हो । निजी क्षेत्रले ५६ खर्ब ८३ अर्ब ८८ करोड लगानी गर्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । यो कुल लगानीको ५८.१ प्रतिशत हुनेछ । त्यस्तै, सहकारी क्षेत्रबाट ४ खर्ब १९ अर्ब ३१ करोड अर्थात ४.३ प्रतिशत लगानी हुने आयोगले प्रक्षेपण गरेको छ । सो लगानीबाट आर्थिक वर्ष २०८०.८१ कुल गार्हस्थ उत्पादनको आकार ५५ खर्ब १६ अर्ब पुग्ने र प्रतिव्यक्ति आम्दानी १५८३ डलर पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, आगामी पाँच बर्षमा मुलुकको औषत आर्थिक वृद्धिदर ९.३ प्रतिशत हुने पूर्वानुमान पनि आयोगले गरेको छ । आर्थिक वर्ष २०८०.८१ मा अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २२.१ प्रतिशत हुने अनुमान गरिएको छ भने उद्योग क्षेत्रको योगदान २०.३ प्रतिशत पुग्नेछ । सेवा क्षेत्रको योगदान ५७.६ प्रतिशत हुने अनुमान छ ।पाँच वर्षमा आयोगले १७ वटा राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ । जसमा निजगढ विमानस्थलदेखि फास्ट ट्रयाकसम्म समावेश छन् । आयोजनाले सिक्टा सिंचाई आयोजना, बबई सिँचाई आयोजना, रानीजमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाईभर्सन आयोजना, गौतम वुद्ध विमानस्थल, पोखरा विमानस्थल, निजगढ अन्तराष्ट्रिय विमानस्थल, काठमाडौं निजगढ फास्ट ट्रयाक, पुष्पलाल मध्यपहाडी लोकमार्ग, कोशी लोकमार्ग, कालगण्डकी करिडोर, कर्णाली करिडोर, हुलाकी राजमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, लुम्बिनी विकास कोष र विद्युत प्रसारण आयोजनालाई सम्पन्न गर्ने लक्ष्य राखेको छ । यसैगरी बुढीगण्डकी जलद्यिुत आयोजना र पश्चिम सेति जलविद्युत आयोजना भने आरम्भ गरिसक्ने लक्ष्य निर्धारण गरेको छ । त्यस्तै, पशुपति क्षेत्र विकास कोष, राष्ट्रपति चुरे तराई मधेश संरक्षण र रेल्वे तथा मेट्रो विकास आयोजना भने पाँच बर्षपछि पनि क्रमागत रुपमा सञ्चालन भैरहनेछन् । मस्यौदामा विसं २१०० सम्ममा मुलुकको प्रतिव्यक्ति आय १२ हजार ५०० अमेरिकी डलरमा पु¥याउने दीर्घकालीन सोचसहितको योजना उल्लेख छ । हाल मुलुकको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर छ भने कूल गार्हस्थ उत्पादन रु ३० खर्ब सात अर्ब छ । गरीबीको रेखामुनि रहेको जनसङ्ख्या २१ दशमलव ६ प्रतिशत छ । प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशको मानव विकास सूचकाङ्क अन्य प्रदेशको तुलनामा कम छ । बैठकमा उपप्रधानमन्त्री एवं मन्त्री, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सरकारका मुख्यमन्त्री, सङ्घीय संसद्का समितिका सभापति, नेपाल राष्ट्र बैङ्कका गभर्नर, ३ सय ५० जनाको सहभागिता हुने आयोगका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु बीमा दावी भुक्तानी

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भक्तपुरको चाँगुनारायण नगर पालिका वडा नं ८ को कार्यालयमा मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी स्व. यमकुमारी दुलाल खत्रीका हकवाला छोरा उमेश दुलालखत्रीलाई मृत्यु दावी वापत चेक हस्तान्तरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा कम्पनीका सूर्य बिनायक शाखाका प्रबन्धक भुवन केसीद्वारा संचालित कार्यक्रममा प्रमुख अतिथि चाँगुनारायण ८ नम्बर वडाका अध्यक्ष परासर सापकोटाबाट २ लाख रुपैयाँको चेक तथा कम्पनीको सहायक महाप्रबन्धक चुडामणि सुबेदीबाट मृत्यु दावीभुक्तानी सम्बन्धी पत्र हस्तान्तरण गरिएको हो । बीमित स्वः यमकुमारी दुलाल खत्रीले बिमालेख नम्बर ३०२००००००१४९ अन्तर्गत १८ बर्ष अबधिको सन लाइफ साबधिक जीबन बीमा योजनामा बिमाङ्क २ लाख रुपैयाँ जीबन बिमा गराएकोमा माघ ६ गते उनको मृत्यु भएको थियो ।

चुक्ता पूँजी धेरै भएका २१ ठूला कम्पनीमा हाइड्रो क्षेत्रको बर्चश्व, कस्को चुक्ता पूँजी कति ?

काठमाडौँ । चुक्ता पूँजीका हिसावले बैंकिङ क्षेत्र बाहेक नेपालका २१ ठूला कम्पनीमध्ये संख्यात्मक रुपमा जलबिद्युत क्षेत्रका कम्पनीको बर्चश्व देखिएको छ । ठूला २१ वटा कम्पनी मध्ये १५ वटा हाइड्रो, २ वटा बीमा, २ वटा सिमेन्ट र दूरसञ्चार र पेट्रोलियमसँग सम्बन्धित १-१ वटा कम्पनी रहेको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ । कम्पनी रजिष्ट्रार कार्यालयको तथ्याङ्क अनुसार २४ अर्ब ७५ करोड चुक्ता पूँजी भएको एसजेवीएन अरुण ३ पावर डेभलमेण्ट कम्पनी सबैभन्दा ठूलो कम्पनी हो । ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने यो कम्पनी भारतीय हाइड्रोपावर कम्पनीको मुख्य लगानी रहेको कम्पनी हो । त्यसैगरी नेपाल सरकार र सर्वसाधारण समेतको लगानी भएको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (साविकको जलविद्युत् लगानी तथा विकास कम्पनी) २२ अर्ब चुक्ता पूँजीसहित दोस्रो ठूलो कम्पनीको रुपमा रहेको छ । त्यस्तै, सरकारी लगानीको नेपाल टेलिकम १५ अर्ब चुक्ता पूँजीसहित तेश्रो ठूलो कम्पनी हो । दूरसञ्चार क्षेत्रको विकास बिस्तारमा महत्वपूर्ण योगदान दिएको नेपाल टेलिकम धेरै कारोबार गर्ने कम्पनी मध्येमा पनि टप टेन भित्र पर्छ । यी हुन् धेरै चुक्ता पुँजी भएका २१ कम्पनी