विकासन्युज

सिद्धार्थ बैंकको शाखा सहित एटिएम अब सोलुखुम्बुको लुक्लामा

काठमाडौं । सोलुखुम्बुको लुक्लास्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा सिद्धार्थ बैंकको नयाँशाखा सञ्चालन भएको छ । सगरमाथाको आरोेहण गर्न आउने पर्यटकहरूको घुइँचो रहने हुनाले सिद्घार्थ बैंकले सर्वसुलभ रूपमा देश तथा विदेशका पर्यटकहरू तथा उक्त क्षेत्रका सर्वसाधारण लगायत उद्यमीे माझ सबै प्रकारका बैंकिङ्ग सेवा पुर्याउने  उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकको एटिएम र पिओएस् मा मास्टरकार्ड र भिसा कार्डहरुबाट सजिलै कारोबार गर्न सकने बैंकले जनाएको छ । साथै बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाताखोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमाआएको शाखा सहित बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १,२०० भन्दा बढी लाई प्रदान गर्दै आएका छन् ।

राम्रो काम गर्ला र सरकारको प्रशंसा गरौंला भन्दा भन्दै सास जाने भो

भीम प्रसाद उपाध्याय, पूर्व सचिव काठमाडौं । नेताहरूले न्यायाधीशको नियुक्ति खल्तिबाट राजनीतिक नियुक्ति सरि गरेका छन् । यसरी खल्तिबाट न्यायाधीश नियुक्त गार्न पाइने संबिधान दुनियाँमै छैन् । विश्वमा मुलुकको धज्जी उड्ने यो भन्दा अरु कुनै बिषय हुन सक्दैन सायद । न्यायको अन्तिम बिश्वासको धरोहरको रुपमा रहेको न्यायलयको जग पनि यति कमजोर बनाए पछि मुलुकको बिश्वास बढेर सगरमाथा छुने नै होला अब ? नेता, सांसद, मन्त्री, संबैधानिक निकायका पदाधिकारी, राजदूत, संस्थान वा प्राधिकरणका पदाधिकारीहरू, शिक्षक र अन्य राज्यका निकायहरूमा राजनीतिक नियुक्तिले थिलोथिलो त पारेकै थियो । यसमाथि गॉड पनि थपिन पुगेछ। अब निजामति, सेना, प्रहरी कर्मचारी पनि राजनीतिक नियुक्ति दिन किन बॉकी राख्ने ? अब बॉकी राजनीति गर्नेहरूलाई झमेला भएको ती ठॉउमा पनि राजनीतिक नियुक्ति दिएर सम्पूर्ण क्रान्ति गरे भयो, टण्टै साफ । सुशासनको अब्बल नमूना विश्वलाई सिकाउन पाइहालिन्छ । गभर्नेन्सको पक्षमा कुनै एउटा भए पनि सकारात्मक काम होला र मुक्त कण्ठले सरकारको प्रशंसा गर्न पाईएला भनेर एक टक लाएर आश गर्दागर्दै शास जाने भयो । सरकार असल र समृद्ध हुने भनेको गभर्नेन्सले हुने हो , रेल, जहाज, मेट्रो र भत्ताको आश्वासन बॉडेर हैन ।

३० दिनको कोर्ष ४ दिनमा सिद्दाएको भन्दै रामपुरका विद्यार्थीले दले प्राध्यापकलाई कालोमोसो

काठमाडौं। रामपुर कृषि तथा वन विज्ञान विश्वोविद्यालय कृषि संकायका डिन तथा प्रध्यापक बिष्णुराज ओझालाई विद्यार्थीले कालोमोसो र जुत्ताको माला लगाईदिएका छन्। ३० दिनमा सकाउनुपर्ने कोर्ष ४ दिनमा हचुवाको भरमा पढाएर सिद्दाएको भन्दै विद्यार्थीले यस्तो गरेका हुन्। ओझाले छैटौ सेमेस्टरको ३० दिने कोर्स तीन वटा सेक्सनलाई एकैठाउँमा राखेर २-२ घण्टाको दरले ८ लेक्चरमा सिद्दाएको थिए। ओझाले विद्यार्थीहरुलाई तिमीहरुको भविष्य हाम्रो हातमा छ भन्ने धम्की दिनेगरेको र परिक्षाको प्र्याक्टिकल मार्क्समा पनि राम्रा विद्यार्थीहरुलाई पनि कम नम्बर दिएर दु:ख दिने गरेको विद्यार्थीहरुले बताए। प्रशासनलाई ओझाको यस्तो प्रव्रितीबारे बारम्बार जानकारी गराउँदा पनि प्रशासनले ध्यान नदिएकोले विद्यार्थी आँफैले कारवाही गर्नुपरेको एक विद्यार्थो नेताले बताए। घटना भएसँगै कलेज अनिस्चितकालिन समयको लागि बन्द भएको छ।

एशियन लाईफको बाह्रौ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

काठमाडौं ।  एशियन लाईफ इन्स्योरेन्सको बाह्रौ वार्षिकोत्सवमा अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा लायन्स क्लब अफ काठमाडौं चाबहिल सिटीको सहकार्यमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा कम्पनीको कर्मचारीसहित ८६ जनाले रक्तदान गरेका छन् । सोही अवसरमा ग्यालेक्सी इम्पेक्स क्षेत्रपाटीको सहयोगमा ११० जनाको निःशुल्क मधुमेह परिक्षण समेत गरिएको छ । साथै कम्पनीको देशैभरको शाखा कार्यालयहरुमा समेत आयोजना गरिएको रक्तदान कार्यक्रममा ५ सय २४ जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवकै अवसरमा २०७५ चैत्र २० गते सफलता एचआइभी शिक्षा सदन(बेबी लाईफ होम) किर्तिपुरमा अध्ययनरत एचआइभी संक्रमित बालबालिकालाई खाद्यान्न, फलफूल तथा मिठाई वितरण गरिएको थियो ।

बैशाख २६ गतेदेखि राष्ट्रिय लघु तथा साना औद्योगिक प्रदर्शनी हुँदै, २०० स्टल रहने

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा वैशाख २६ गतेदेखि ३० गतेसम्म राजधानीमा ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी २०७६’ हुने भएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि राष्ट्रिय लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमार्गिस्थत भृकुटीमण्डप परिसरमा आयोजना हुने प्रदर्शनीको मुख्य नारा ‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिककरणका लागि सबै जुटौं’, भन्ने रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले विहिवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । मुलुकभरका झण्डै ७  लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिने महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई मेलामा समावेश गरिने उनको भनाइ छ । प्रदर्शनीमा नेपालका ७७ वटै जिल्लाबाट प्रति जिल्ला कम्तीमा एक उद्यमी सहभागिता सुनिश्चित गरिएको छ । २०० वटा स्टल रहने उक्त मेलामा २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

देश बनाउने पाँच बर्षे योजना पारित, के पाउलान् जनताले ?

काठमाडौं । देश बनाउने पाँच बर्षको योजना पारित भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्रौं पञ्च बर्षिय योजनालाई राष्ट्रिय विकास परिषद बैठकले पारित गरेको हो । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकले आगामी पाँच बर्षभित्र देशमा के के काम गर्ने भन्ने सम्बन्धी पाँच बर्षिय योजना पारित गरेको हो । पाँच बर्षमा प्रति व्यक्ति आम्दानी ५८ प्रतिशत बढाउने लक्ष्य तय भएको छ । चालु आर्थिक वर्षमा नेपालीको प्रति व्यक्ति आम्दानी १०१२ डलर पुग्ने प्रक्षेपण गरिएको छ । पाँच बर्षपछि अर्थात आर्थिक वर्ष २०८०/८१ मा ५ सय ८८ डलरले बढाएर १६ सय डलर पुर्याउने लक्ष्य तय गरिएको हो । आगामी पाँच बर्षमा देशको आर्थिक वृद्धि दर औषतमा १०.३ प्रतिशत कायम गराउने योजना छ । निरपेक्ष गरिबीको रेखा मुनी रहेको १८.७ प्रतिशतको जनसंख्यालाई १३ प्रतिशतमा झार्ने, औषत आयु हालको ६९.६७ बर्षबाट ७२ बर्ष पुर्याउने, साक्षरतालाई ५८ प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्याउने, बेरोजगारीलाई ६ प्रतिशतमा झार्ने लक्ष्य छ । हाल बेरोजगारीको दर ११.४ प्रतिशतमा रहेको छ । आगामी पाँच बर्षमा ७६ किलोमिटर लामो फास्ट ट्रयाकको निर्माण सम्पन्न गर्ने, ११२ किलोमिटर रेलमार्गको निर्माण सम्पन्न गर्ने योजना पनि बनेको छ । हाल ७६.९ प्रतिशत परिवार मात्रै आधा घण्टाको यात्रापछि यातायातको पहुँचमा पुग्छन, आगामी पाँच बर्षपछि ९५ प्रतिशत नागरिकले आधा घण्टा पैदल हिडेपछि यातायातको सुविधा पाउनेछन् । ७५ प्रतिशत नागरिकमा इन्टरनेटको पहुँच विस्तार हुनेछ जुन हाल ५५.४ प्रतिशत रहेको छ । हाल १०२० मेगावाट जलविद्युत उत्पादन भैरहेको छ तर पाँच बर्षपछि त्यो बढेर ५ हजार मेगावाट हुनेछ । अर्थतन्त्रमा योगदान चालु आर्थिक बर्षमा ३४ खर्ब ४९ अर्ब ८ करोड हुने अपेक्षा गरिएको कुल गार्हस्थ उत्पादन आगामी पाँच बर्षपछि ५५ खर्ब ७५ अर्ब १९ करोडका हुनेछ । यसमा कृषि वन र खानीको योगदान २८.२ प्रतिशतबाट घटाएर २३ प्रतिशत कायम गराइनेछ भने उद्योगका योगदान १४.२ प्रतिशतबाट बढाएर १९ प्रतिशत पुर्याइनेछ । सेवा क्षेत्रको योगदान भने ५७.६ प्रतिशतबाट बढेर ५८.७ प्रतिशत पुग्नेछ ।

ओम डेभलपमेन्ट बैकद्धारा मनकामना मन्दिरलाई सहयोग

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले गोरखाको मनकामना मन्दिरलाई आर्थिक सहयोग गरेको छ । मन्दिर प्राङगणमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले १ लाख ११ हजार १ सय ११ को चेक समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनकामना मन्दिरलाई यो आर्थिक सहयोग प्रदान गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए । बैकले यस अघि पनि बिभिन्न संघ संस्थाहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आईरहेको छ । २०७२ सालको महाभुकम्पका कारणले क्षति पुगेको मन्दिरलाई पुन निर्माण गर्न बैंकको यो आर्थिक सहयोगले योगदान पुग्ने र दर्शनार्थीहरुलाई समेत अझ बढी सुविधा हुने बैंकले विश्वास लिएको छ । यसअघि पनि बैंकले महेश आश्रम देवघाटलाई एक सेट सिसिटिभि प्रदान गरेको थियो ।

एनआईसी एशियाले गर्याे बाराका हुरीबतास पीडितलाई सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले बाराका हुरीबतास पीडितलाई सहयोग प्रदान गरेको छ । बैंकले साथफेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया लगायतका गाँउमा ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्री प्रदान गरेको छ । सोही गाँउपालिका अध्यक्ष अमिरी लालप्रसादलाई बैंक सञ्चालक समितिका सदस्य विनोदकुमार प्याकुरेलले सो सामाग्री हस्तान्तरण गरेको हो । सो अवसरमा संचालक प्याकुरेलले पीडितलाई केही मात्रामा सहयोग पुग्ने विश्वास जनाउँदै सामग्री हस्तान्तरण गर्दै बारा जिल्ला फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया लगायत गाउँका रहेको थिए । मुलुकभर बैंकका २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १५लाख ग्राहक महानु भावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साह प्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।