कालीकोटका अग्नी पीडित बिद्यार्थीलाई सांग्रिला बैंकको दियो छात्रवृत्ति
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कालीकोटका खाँडागाउँमा ८७ घर जलेर नष्ट भएका पीडित परिवारका लागि सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले पीडित परिवारका विद्यालयमा पढ्ने बालबालिकाहरुका लागि २ जनालाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । उक्त छात्रवृत्ति रकम एक कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृति संरक्षण केन्द्र, कालीकोटका अध्यक्ष टेकराज शाहीलाई रु. १ लाखको चेक हस्तान्तरण गरेका हुन् । यसबाट कालीकोट जिल्लाका खाडा गाउँका आगलागी पिडित परिवाहरुलाई केही राहत पुग्ने बैंकले जनाएको छ । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८४ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।
नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको ३ लाख ७५ हजार सहयोग
काठमाडौँ । नेपाल आँखा अस्पतालको ४५ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिद्धार्थ बैंक लिमिटडले १५० जना मोतिया बिन्दु रोगीहरुको उपचारका लागि आर्थिक सहयोग स्वरुप ३ लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ । आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जानकारी गराएको छ ।
दराजको नववर्ष धमाका क्याम्पेन बुधबारदेखि शुरु हुँदै
काठमाडौं । नयाँ वर्ष २०७६ को उपलक्षमा दराजले उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज नववर्ष धमाका अभियान ल्याएको छ । दराजको यो अभियान चैत २७ गतेदेखि वैशाख ४ सम्म लागू हुनेछ । नयाँ दराज एपबाट हुने यस ८ दिने सेल्स अभियानद्वारा उपभोक्ताहरुले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६०% सम्मको छूट, ५ हजार रुपैयाँको मेगा भौचरहरु, ४ हजार सम्मको क्रेजी भौचरहरु, क्रेजी फ्ल्यास सेल्स, मिस्ट्री बक्सर अन्य उपहारहरु प्राप्त गर्न सक्ने जनाइएको छ । उपभोक्ताहरुले मिस्ट्री बक्स् खरीद गरी लक्की ड्र मा भाग लिन पाउने छन् । जसमा एक भाग्यशाली उपभोक्ताले ३२ इन्चको नयाँ भिडियोकन एन्ड्रोइड स्मार्ट टीभी जित्ने छन् । साथै नयाँवर्षमा घुम्न रुचाउनेहरुका लागि पनि दराजले बाली, पोखरा, चितवन जस्ता अन्य पर्यटकीय गन्तव्यहरुका लागि आकर्षक हलिडे प्याकेजेहरुको व्यवस्था गरेको छ । दराजको नववर्ष धमाका अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक जय कवीले भने–‘सबैजना यस क्याम्पेनलाई लिएर निकै उत्साहित छन् । आगामी वर्षमा आउने हाम्रो अरु क्याम्पेनहरु मध्ये यो पहिलो हो । यस क्याम्पेनद्वारा हामी उपभोक्ताहरुलाई नयाँवर्ष २०७६ को उपलक्षमा रमाइलो र अनुपम किनमेलको अनुभव प्रदान गर्ने आशा गर्दछौँ ।’ दराज नववर्ष धमाका अभियान अन्तर्गत उपभोक्ताहरुले चुनिएका महिला र पुरुषका फेसन, घरायसी उपकरणहरू, मोबाइल फोनहरू, खाद्य–सामग्रीहरू, जीवनशैली, सौन्दर्य र अरू धेरै सरसामानहरूमा छुटको व्यवस्था गरिने छ ।
माछापुच्छ्रे बैंकको ३ नयाँ शाखाको विस्तार
काठमाडौं । माछापुच्छ्रे बैंकले टंकिसिनवारी, त्रिशुली र टिमुरेमा नयाँ शाखा कार्यालयको विस्तार गरेको छ । बैंकले मिति २०७५ साल चैत्र २१ गते मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारी शाखा कार्यालय, चैत्र २४गते नुवाकोटको विदुर नगरपालिकास्थित त्रिशुली शाखा कार्यालय र चैत्र २५ गते रसुवाको गोसाँईकुन्ड गाउँपालिका स्थित टिमुरे शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । टंकिसिनवारी शाखाको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले गरेका हुन् । त्यसै गरी त्रिशुली शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले गरे । टिमुरे शाखाको उद्घाटन रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले गरेका हुन् । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुविधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था रहेको जनाएको छ । बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९९ वटा शाखाहरु र ७६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १७५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १२१ वटा एटीएमहरु संचालनमा रहेको छ ।
उर्जामन्त्रीले रसुवागढी र साञ्जेनको हजार कित्ता शेयरका लागि आवेदन दिने, ‘अरु मन्त्रीहरु पनि इच्छुक’
काठमाडौँ । रसुवालीको आग्रहमा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर सर्वसाधारणलाई पहिले बिक्री गर्न लागिएको सम्बन्धित आयोजनाले स्पष्ट पारेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋणदाता संस्थाका कर्मचारीलाई शेयर बिक्री गरेपनि नियमानुसार आयोजना प्रभावितलाई साधारण शेयर बिक्री गर्नुपर्नेमा ती आयोजनाले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेका हुन् । नेपाल धितोपत्र बोर्डको नियमअनुसार आयोजना प्रभावितलाई १० प्रतिशत साधारण शेयर बिक्री गर्नुपर्छ । रसुवालीले आफूहरु भूकम्पपछिको पुनःनिर्माणामा लागेको र शेयर खरीदका लागि तत्काल रकम जुटाउन असक्षम रहेको भन्दै आयोजनाका प्रवद्र्धक कम्पनीलाई आग्रह गरेको चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले जानकारी दिए । सरकारले ती आयोजनालाई यही चैत १८ गते जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । रसुवावासीको आग्रहमा ती आयोजनाको शेयर सर्वसाधारणलाई बिक्री भइसकेपछि मात्रै वितरण गर्ने गरी बोर्डबाट पनि स्वीकृति लिइएको कोइरालाको भनाइ छ । रसुवाका स्थानीय निकाय, जिल्ला समन्वय समिति र सम्पूर्ण राजनीतिक दलको तर्फबाट शेयर बिक्री गर्ने समय पछि सारिदिन आग्रह गरेका थिए । सोही आग्रहअनुसार कम्पनीले व्यवस्था मिलाएको छ । साञ्जेन र रसुवागढी दुवै आयोजनाले स्थानीय प्रभावितलाई शेयर बिक्री गर्दा करीब रु एक अर्ब बराबरको आवेदन जिल्लामा पर्ने अनुमान छ । भूकम्पपछिको पुनःनिर्माणमा सो जिल्लाका अधिकांश नागरिक संलग्न भएका कारण शेयरमा लगानी गर्ने रकम अभाव हुने स्थानीयवासीको भनाइ छ । साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्थानीयवासीको आग्रहलाई आयोजनाले सम्बोधन गरेको बताए । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ती आयोजनाका प्रमुखले चिलिमे कम्पनी आफैँमा सफल कम्पनी रहेको र त्यसका सहायक कम्पनीको शेयरमा समेत आम नागरिक सहभागी हुने अपेक्षामा रहेको बताए । सबैलाई समावेश गर्ने विधि खोजिदै पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबै नेपाली नागरिकलाई जलविद्युत्को शेयरधनी बनाउने उपायको खोजी गरिने उल्लेख गरे । विद्यमान संरचनाअनुसार सबै नागरिक शेयरधनी हुन नसक्ने भन्ने आशङ्का पैदा भइरहेको अवस्थामा मन्त्री पुनको सो धारणा आएको हो । उनले भने, “सबै नागरिकले सानोतिनो लगानी गर्न सक्ने वातावरण बनाउनुपर्छ । त्यसका लागि शेयर संरचनामा समेत परिवर्तन जरुरी छ । विस्तारै सबै प्रक्रिया र चासोसमेत मिल्दै जान्छ ।” हाल १५ लाख बराबरमात्रै हितग्राही खाता खोलिएको छ । आम नागरिकलाई शेयरधनी बनाउनका लागि हितग्राही खाता खोल्ने अभियान चलाउनु आवश्यक छ । सरकारले घोषणा गरेको जनताको जलविद्युत् कार्यक्रमको पहिलो योजनामा समेत शहरी क्षेत्रमा रहेका लगानीकर्ता सहभागी भए । रसुवागढी र साञ्जेनको शेयरमा समेत सोही अवस्था आउने सम्भवना बढी छ । मन्त्री पुनले आगामी दिनमा सो कार्यक्रममा समावेश भएका आयोजनालाई सम्बन्धित प्रदेशलाई नै निश्चित प्रतिशत छुट्याएर शेयर दिने प्रणालीको शुरुआत गरिने बताए । “सबै नागरिक जलविद्युतको शेयरमार्फत आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नुपर्छ भन्ने सरकारको चाहना छ । कसरी बढीभन्दा बढी नागरिक सहभागी हुन्छन् भन्नेमा सरकार र मन्त्रालय चिन्तित छ । उपयुक्त विकल्पको खोजी गरिन्छ”, मन्त्री पुनले भने । हजार कित्ता आवेदन दिन्छु- मन्त्री पुन जनताको जलविद्युत् कार्यक्रमको पहिलो आयोजनाको रुपमा रहेको माथिल्लो त्रिशूली थ्री बी मा आम जनताको ठूलो उत्साह देखिएको भन्दै मन्त्री पुनले रसुवागढी र साञ्जेनको शेयरमा समेत त्यस्तै उत्साह रहने विश्वास व्यक्त गरे । माथिल्लो त्रिशूली थ्री बी मा एक हजार कित्ता शेयर आवेदन गर्दा आफूलाई २० कित्ता शेयर परेको भन्दै मन्त्री पुनले आगामी वैशाख ६ गतेदेखि बिक्री हुनलागेको रसुवागढी र साञ्जेनमा भने एक हजार कित्ता आवेदन गर्ने खुलासा गरे । मन्त्रिपरिषद्को बैठकमा समेत सङ्घीय सरकारका मन्त्रीले आफूहरु समेत जनताको जलविद्युतको शेयरधनी बन्ने इच्छा व्यक्त गरेको जानकारी दिँदै मन्त्री पुनले भने, “राजनीतिक नेतृत्व, कर्मचारी सबैतिर उत्साह छ, हामीले अगाडि सारेको कार्यक्रम सफल हुन्छ भन्ने विश्वास लिएका छौँ ।” रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले कूल रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ । रासस
यूएम बाइकले ल्यायो ‘नयाँ वर्षको बहार’, १ लाख नगद उपहार
काठमाडौं । यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्ष २०७६लाई लक्षित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत यूएम बाइकको खरिदमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म जित्न सकिनेछ । सो अफर चैत २५ देखि लागू भएको छ र आगामी बैशाख मसान्तसम्म सञ्चालन हुनेछ । डर्टर क्रुजर बाइकमा ख्याती कमाइ सकेको यूएम बाइक उचित मूल्य र शानदार पर्फमेन्सका लागि लोक प्रिय छन् । नेपाली बजारमा यूएमका डीएस आर २००, डीएस आर २३०, हाइपरस्पोर्ट २५० र रेनेगेड सिरिजका बाइक उपलब्ध छन् । नेपाली बजारमा भएका १८० देखि ३०० सीसीका क्रुजर बाइकहरु उल्लेखनिय संख्यामा बिक्री भएको आईएमई अटोमोटिभ्सले जानकारी दिएको छ । विगत ५ वर्षको दौरानमा कम्पनीले यी बाइकहरुलाई अपग्रेड गर्नुका साथै विभिन्न सेवाद्वारा सन्तुष्टि प्रदान गरिरहेको कम्पनीको दावी छ। अमेरिकी बाइक निर्माता कम्पनी यूएमको रुम गैरी धारामा सरेको छ। नेपालमा यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले जमलमा रहेको थियो । ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ सोरुम स्थानान्तरण गरिएको कम्पनीले बताएको छ । यूएमका बाइक राम्रो पिक अप, माइलेजर पर्फमेन्सको लागि पनि लोक प्रिय छन् । कम्पनीले यूएमका मर्चेन्डाइज तथा गियरहरु पनि रुममा आकर्षक रुपमा सजाएर राखेको छ । नेपालमा उपलब्ध यूएमका बाइक मध्ये डीएस आर २०० को मूल्य ४ लाख, डीएस आर २३० को मूल्य ४ लाख ३५ हजार, हाइपरस्पोर्ट २३० को मूल्य ४ लाख ४५ हजार, रेनेगेडस्पोर्ट १८० को मूल्य २ लाख ९९ हजार, रेनेगेडकमान्डो ३००को मूल्य ६ लाख १४ हजार ररेनेगेडस्पोर्ट एस ३०० को मूल्य ६ लाख २२ हजार रुपैयाँ छ।
चर्चामा प्रकाश सपुतकाे दोहोरी ब्याटल २
काठमाडौँ । सामाजिक संजालमा र मिडियामा दोहोरी ब्याटल २ भनेर बजारमा आएको प्रकाश सपुत र प्रिती आलेको गीत निकै चर्चामा छ। चर्चा आएपछी ब्याटल २ को टिमले औपचारिक कार्यक्रम राखेका थिए । समाजलाई एउटा बिकिर्ती फैलाएको भन्दै उनीहरुको गित चर्चामा आएको छ । यस गीतमा टिमको भनाई यो एक र्याप गीतलाई दोहोरिमा ढालेर गाएको यस टिमको भनाई छ । यस दोहोरी बातले गीतको गायक प्रकाश सपुत र प्रीति आले को गीतमा बिभिन्न कारणको विवाद आएपछि उनिहरुले यो कार्यक्रम राखेको उनीहरुले बताएको छन। यस कार्यक्रममा दोहोरी बातलेको केहि अंस गाएर सुनाएको थिए । यस गित दोहोरी र र्याप मिक्स भएको गित रहेको उनीहरुले जानकारी गराएको छन । यो गित लोक मेलोडीको रहेको बताए । ब्याटल १ मा जस्तो बाटेल २ मा त्यस्तो नकरात्मक अरुले नसोचेको उनि हरुले बताएको छन । बोल माया बाट चर्चामा आएको प्रकाश सपुतले बोल माया गित पनि सुनाएको थिए अन्त्यमा सम्पूर्णले यसरी नै साथ र सपोर्ट गर्न आग्रह गरेका छन । यस्ताे छ कुराकानी :
३ करोड ४४ लाखको लागतमा पुनर्निर्मित प्रहरी भवन उद्घाटन
काठमाडौँ । महानगरीय प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन् । प्राधिकरणको ३ करोड ४४ लाख ७४ हजार ३ सय ३० रुपियाँ आर्थिक सहयोगमा भवनको पुनर्निर्माण भएको हो । २०७४ असार २ गते भवन निर्माणको शुरुवात भएको थियो । पुनर्निर्मित भवन परिसरमा आयोजित उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नागरिकको शान्ति सुरक्षाका अतिरिक्त भूकम्पलगायतका विपद्मा उद्दार तथा राहतका लागि क्रियाशील हुनुपर्ने सुरक्षा निकायका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणमा प्राधिकरणले जोड दिएको बताए । उनले पुनर्निर्मित सुविधासम्पन्न भवनबाट जनतालाई शान्ति सुरक्षा दिने कार्यमा टेवा मिल्ने तथा यसबाट समुदाय–प्रहरी साझेदारीमा पनि बढोत्तरी हुने विश्वास पनि व्यक्त गरे । शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले काठमाडौं उपत्यकको एउटा संवेदनशील नाका क्षेत्रमा रहेको प्रहरी कार्यालयले प्रभावकारी सेवा दिने कार्यमा पुनर्निर्मित भवन निकै सहयोगी हुने धारणा राखे । प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालय नक्सालका प्रहरी नायव महानिरीक्षक लोकेशचन्द्र सिंहले क्षतिग्रस्त प्रहरी कार्यालय निर्माणमा सहयोग गरेकामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई धन्यवाद दिए । उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको पनि उपस्थिति थियो । महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार लामाले स्वागत मन्तव्य राखे । नेपाल प्रहरीका अनुसार पुनर्निर्माण गर्नुपर्ने १३९ भवन संरचनामध्ये ५१ वटा सम्पन्न भइसकेका छन् ।