भष्टचारको जरो उखेलेर फाले पछि मात्रै विकास हुन्छ : उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति नन्दबाहदुर पुनले देशमा मौलाइ रहेको भष्टचारको अन्त्य गरे मात्रै देशको विकास हुने बताएका छन् । ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै देशलाई विकास गर्न भष्टचार सत्रु भएको बताए । यसलाई हामी सबै मिलेर अन्त्य गर्न सके मात्रै देशको विकास हुन्छ । उनले भने कला र सँस्कृतिको सरकार र निजी क्षेत्र मिलेर संरक्षण गर्नु पर्ने पुनले बताए । संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुर जिल्लाको कुनै पनि परियोजना लगानी सम्मेलनमा नपरेको ललितपुलाई सरकाले हेला गरेको बताए । जिल्लामा पाँचतारे होटल नभएकोले पर्यटहरुलाई स्वागत गर्न नपाएको बताए । ललितपुरमा लगानी भित्र्याउने र लगानीका सम्भावना पहिल्याउन दिशामा मेला केन्द्रित हुने महर्जनले बताए । मेलामा ललितपुरमा उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय स्तरमा बजार विस्तार गर्न र विभिन्न देशमा उत्पादित सामग्रीको बजारको रुपमा ललितपुरलाई विकसित गर्न मेला आयोजना गरेको संघले जानकारी दिएको छ । मेलामा १ सय वटा स्टलहरु रहने छ । भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशको ३० वटा स्टल रहेका छन । नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्रीको स्टलहरु पनि रहेका छन् । मेलामा करिब ५ करोड रुपैयाको कारोबार हुने अनुमान आयोजकले गरेका छ । करिब ५ लाखले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।
घातक रोगतर्फ बीमा कम्पनीको सक्रियता, कुन कम्पनीले गर्छन् कति वटा रोगको बीमा ?
काठमाडौँ । पछिल्लो समय बीमा कम्पनीहरुले घातक रोगको बीमामा सक्रियता देखाएका छन् । आकस्मिक रुपमा लाग्ने रोगको सुरक्षणमा कम्पनीहरुले बिमितलाई सेवा दिन यस्ता पोलिसि ल्याएका हुन् । बीमा समितिका सूचना अधिकारी पुजन ढुङगेलका अनुसार अनुसार जीवन बीमा गर्ने कम्पनीहरुले घातक रोगको पोलिसी मात्र बेच्न पाउँदैनन् । घातक रोगको सन्दर्भमा कम्पनीहरुले विषेश रोगको लागि भनेर पोलिसी बिक्री गर्ने गरेका छन् । बीमा कम्पनीहरुले २० वटासम्मका रोगहरुको बीमा गर्दै आएका छन् । जीवन बीमा कम्पनीमा डाक्टरले क्रिटीकल रोग लागेको प्रमाणित गरेमा रकम तिर्ने खालको पोलिसी हुन्छ । यसमा ज्यान जान सक्ने हृदयघात, किड्नी खराबी जस्ता रोगहरु पर्छन् । यस्ता रोगहरु बीमा कम्पनीहरुको एक्चुरीले तयार पारेको रिपोेर्टमा समावेश हुन्छ । बीमा समितिले उक्त रिर्पोट ठिक छ भनेर स्विकृति दिए पश्चात सो पोलिसी मार्फत बीमा कम्पनीहरुले बिमितलाई सेवा दिने गर्छन् । यस्ता किसिमको पोलिसी उपचार खर्च दिने खालको हो । घातक रोग लागेमा पैसा पाईन्छ । बिमितलाई तोकिए बमोजिम पैसा दिएपछि अन्य थप पैसा भने पाईदैन । जीवन बीमा कम्पनीमा ‘लाईफ पोलिसी‘ लिएपछि थप शुल्क बुझाएर मात्र घातक रोगको बीमा गर्न मिल्छ । कुन कम्पनीले गर्छ कति वटा रोगको बीमा ? नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले १५ घातक रोग विरुद्ध सुरक्षा दिंदै आएको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न घातक रोग (क्रिटिकल इल्नेस) को ५० लाख सम्मको बीमा गर्दै आएको छ । ‘घातक रोग सुविधा योजना’ मार्फत कम्पनीले आफ्नो पोलिसि बिक्री गर्दै आएको छ । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न जीवन बीमामा घातक रोग सम्बन्धी बीमा सुविधा योजना बनाएको छ । सो योजनामा १८ प्रकारका घातक रोगको उपचारका लागि आर्थिक सुरक्षा हुने गर्छ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ग्राहकका लागि जीवन शान्ती बीमा योजना मार्फत स्वास्थ्य बीमा दिंदै आएको छ । सो कम्पनीले ग्राहकको १८ वटा घातक रोगको लागि सुरक्षण दिने पाईएको छ । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बीमितलाई १८ प्रकारका प्राण–घातक रोगका लागि बीमा सुविधा प्रदान गर्दै आएको छ । कम्पनीले घातक रोग लाग्दा बिमितलाई उपचार खर्चका लागि एकमुष्ट ५० लाखसम्मको भुक्तानी गर्दै आएको छ । यस्तै, ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ११ वटा घातक रोगको बीमा गर्दै आएको छ । कम्पनीले बिमितलाई १० लाख सम्मको बीमा सुविधा उपलब्ध गराउँदै आएको छ ।
हावाहुरी पिडितलाई शैक्षिक परामर्श संघको सहयोग
काठमाडौं । बारा र पर्सा जिल्लामा आएको भिषण हावा हुण्डरीबाट पिडितलाई नेपाल शैक्षिक परामर्श संघले आर्थिक सहयोग गरेको छ । संघ भित्रका सदस्यहरु मार्फत स्वतःस्फूर्त रुपमा संकलित रकम जम्मा रु. ५ लाख २ हजार ५ सय ७६ रुपैयाँ सहयोग प्रदान गरेको हो । सो रकम प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबावु राउत मार्फतको राहत कोषमा हस्तान्तरण गरिएको छ । विपत्तिपुर्ण घडीमा पिडित सबैको उद्धार, उपचार, राहत तथा पुनर्वासका लागि नेपाल सरकार, प्रदेश नं. २ सरकार तथा सम्वन्धित स्थानिय सरकारहरुका भईरहेका पहल र प्रयत्नहरु प्रति सम्मान गर्दै राहत तथा उद्धार कार्यलाई सकेसम्म पारदर्शी र प्रभावकारी बनाउन संस्थाले अपिल गरेको छ । नेपालको भौगोलिक अवस्थिति जे जस्तो भएपनि संकटको समयमा तराई, पहाड अनि हिमाल एकजुट भएर विपत्तिको सामना गर्ने हामी नेपालीहरुको गौरवमयी परम्परालाई यस घटनाका समयमा पनि हामीले चरितार्थ गरिरेका हुन् । नेपाल शैक्षिक परामर्श संघले आफ्ना सदस्य कम्पनीहरुको सद्भावपुर्ण पहलकदमीको माध्यमबाट देशमा समय समयमा आईपर्ने दैविक विपत्तिमा, राहत तथा उद्धारकार्यमा सहयोग गर्ने उद्देश्यबाट सामाजिक उत्तरदायित्व वहन गर्दे आएको जनाएको छ ।
कामना सेवा विकास बैंकबाट अजोडका बीमा पाइने
काठमाडौँ । कामना सेवा बिकास बैंक र अजोड इन्स्योरेन्स बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ । सहमती पत्रमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कामना सेवा बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।
सिटिजन्स बैंकद्वारा बालविकास समाजलाई १ लाख ५० हजार आर्थिक सहयोग
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बालविकास समाजलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीच बैंकद्वारा सो संस्थालाई एक लाख पचास हजारका चेक हस्तान्तरण गरियो । उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा सो संस्थाले जानकारी दिएको छ । हरेकवर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकको आगामी बैशाख ७ गते हुने १२ औँ वार्षिकोत्सबको अवसारमा आफ्नो बार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ ।
चिकित्सक संघको आन्दोलन जारी, छैठौंदिन वीर अस्पताल परिषर भित्र ओपिडी सेवा संचालन
काठमाडौं । सरकारी चिकित्सक आन्दोलन शुरु भएको छैठौं दिन वीर अस्पताल परिषर भित्र ओपिडी सेवाको सुरुवात गरेका छन् । सरकारी चिकित्सक संघले विरामीको अवस्थालाई ध्यानमा राखि सेवा शुरु गरेको जानकारी दिँदै संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे सरकारीले चिकित्सकहरुको माग सुनवाई नगरे सम्म आन्दोलन जारी रहने बताए । संघका अध्यक्ष डा. पाण्डेका अनुसार ‘सरकारी चिकित्सक संघमा आवद्ध डाक्टरहरु नेपालका ७७ वटै जिल्लामा जान तयार छौं, सरकारले सुदुर पश्चिम र कर्णाली एवंम विकट ठाँउका चिकित्सकलाई काठमाडौं ल्याइरहेको यो अवस्थामा अब समायोजन मान्न भनिरहेको छ, यदि सरकारले गरेको सो निर्णय मान्ने हो भने सुदरपश्चिम, कर्णाली एवंम विकट ठाँउमा सेवा थप्प हुन्छ त्यसकारण जनताका लागि यो आन्दोलन गरेका हौं ।’ संघका अध्यक्ष पाण्डेले भने ‘आन्दोलन भईरहदाँ सरकारले विरामीको विचल्ली भयो भन्ने कुरालाई ध्यान नदिई दमनको नीति ल्याई पुलिस प्रशासनको प्रयोग गरि चिकित्सक माथि अभद्र व्यवहार गरेको छ । के चिकित्सकलाई पिटेर जबजस्ती विरामीको उपचारमा लगाउन सकिन्छ त ?’ ६ दिनदेखि बन्द ओपिटी सेवा शुरु गर्दै टाढाबाट आएका विरामीलाई मध्यनजर गर्दै अस्पताल परिषरमा सेवा सुचारु गरिएको हो । सिन्धुलीका अल्सर तथा दमका रोगी ५९ वर्षिय विष्णुबहादुर पोख्रेल भन्छन् ‘यो आन्दोलनले म जस्ता धेरै बिरामी मारमा परिरहेका छन्, ९ दिनदेखि उपचारका लागि धाएको जानकारी गराए ।
आरोहीलाई महालक्ष्मीको १ लाख सहयोग, झण्डा सगरमाथामा फहराउने
काठमाडौँ । तिब्बतको दक्षिणी मोहडाबाट सगरमाथा आरोहणको लागि प्रस्थान गर्न लागेकी महिला सगरमाथा आरोही तथा राष्ट्रिय पर्यटन पत्रकार संघकी कोषाध्यक्ष कल्पना महर्जनलाई महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडले शुभकामना प्रदान गरेको छ । गत वर्ष मात्र नेपालको उत्तरी मोहडाबाट सगरमाथाको सफल आरोहण गरेकी महिला पर्वतारोही कल्पना महर्जनलाई आरोहणमा सहयोग पुर्याउन उक्त कार्यको आधिकारीक व्यवस्थापक इक्सपेरियन्स आउटडोर नेपाल प्रालिसंग एक लाख प्रदान गर्ने गरी सम्झौता समेत भएको छ। ‘शिक्षा मार्फत बाल विवाहको अन्त’को नारा लिएर दोस्रो पटक सगरमाथा आरोहणमा जान थालेकी साहसी महिलालाई प्रोत्साहित गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी लाईफ इन्स्योरेन्स लिले सहयोग गरेको हो। सगरमाथा आरोहणको क्रममा कल्पना महर्जनले सगरमाथाको चुचुरोमा महालक्ष्मी लाईफकोलोगो अंकित झण्डा फहराउने छिन् । सो कार्यको लागिमहालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सहयोग रकमको चेक र लाईफ इन्स्योरेन्सको झण्डा कल्पना महर्जनलाई हस्तान्तरण गरे ।
इसेवाको मोबाईल एप्स दश लाख भन्दा बढी डाउनलोड
काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रालि’ को मोबाईल एप्स् डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै भएको इसेवाले दाबी गरेको छ । पछिल्लो समय नेपालीहरू मोबाईल तथा इन्टरनेट मार्फत भुक्तानी गर्न अभ्यस्त हुँदै गईरहेको सन्दर्भमा इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या दश लाख भन्दा माथि पुगेको कम्पनीले जनाएको छ । सन् २०१० जनवरी २५ बाट आफ्नो सेवा सुरू गरेको इसेवाको करिब १५ लाख ग्राहक मध्ये मोबाईल एप्सबाट कारोबार गर्नेहरू नै दश लाख पुगेका हुन् । यस्तै देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या दश लाख पुगेको उपलक्ष्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘मोबाईललाई कुराकानी गर्ने माध्यमबाट भुक्तानी सेवा, रेमिट्यान्स्, किनमेल तथा वित्तिय कारोबार गर्ने साधनका रूपमा स्थापित गर्ने क्रममा दश लाख एप्स् डाउनलोड हुनुले हामीलाई थप हौसला मिलेको छ । आगामी दिनमा पनि नेपालका शहर देखि ग्रामिण भेगसम्म मोबाईल वित्तिय सेवालाई अझ व्यापक बनाइ दैनिक जनजीवन सहज बनाउने कार्यमा निरन्तर लागिरहने छौँ ।’ इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय ५० भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।