बारा-पर्साका हावाहुरी पीडितलाई राष्ट्रिय बाणिज्य बैंकको ७५ लाख सहयोग
काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकले बारा र पर्साका हावाहुरी पीडितको लागि ७५ लाखको चेक हस्तान्तरण गरेको छ । चैत १७ गते बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा हावाहुरीको कारण धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै सहयोग हस्तान्तरण गरेको हो । पीडित परिवारहरुलाई राहत पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा पचहत्तर लाख रुपैयाँको चेक आज एक समारोहका बिच संचालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द«मान गुरुङबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवारमा सम्पन्न उक्त कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको उपस्थिति रहेको थियो । त्यसैगरी प्रधामन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका सदस्य, अर्थ मन्त्रालयका सहसचिव निर्मलहरी अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत टेकराज जोशी, विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
के छ निजीकरण गरिएका १८ उद्योग/संस्थानको अवस्था, वामपन्थी सरकारले गर्ला त समीक्षा ?
काठमाडौं । निजीकरण गरिएका १८ सरकारी उद्योग र संस्थानहरुको अवस्था के छ ? सरकारलाई सोधियो भने ‘सार्वजनिक संस्थानको बार्षिक स्थिती समिक्षा २०७५’ भन्दा फरक विवरण केहि पनि पाउन सकिन्न । बिभिन्न सरकारहरुले निजीकरणको हावा चलेका बेला १२ वटा उद्योग तथा संस्थान खारेजी गरेको थियो भने १८ वटा निजीकरण गरेको थियो । सरकारसँग सम्झौता गर्दै बिभिन्न सर्त स्विकार गरेर १८ वटा उद्योग तथा संस्थानहरु निजीकरण गरिएका थिए । त्यसरी निजीकरण गरिएका उद्योग तथा संस्थानहरुमा सम्झौता अनुसारको काम भैरहेको छ की छैन भनेर हेर्ने काम समेत अहिले भैरहेको छैन् । निजीकरण गरिएका उद्योग तथा संस्थानहरु सम्झौताको मर्म अनुसार चलेका छन् त ? निजीकरणका अभियन्ता तथा पूर्व सचिव विमल प्रसाद वाग्ले भन्छन–‘म ढुक्कका साथ भन्छु, सबै कम्पनीले सर्तहरु पूर्ण रुपले पालना गरेका छैनन् ।’ सरकारले निजीकरण गरिएका उद्योग तथा संस्थानहरुमा त्यसको उदेश्य अनुसार काम भए नभएको अध्ययन गर्नुपर्ने समय आएको पनि उनले बताए । ‘निजीकरण गरिएका उद्योग/संस्थानहरुमा केहि सर्त राखेर सम्झौता गरिएको थियो, त्यस अनुसार सरकारले केहि लाभ पनि पाउनुपर्ने अवस्थाहरु समेटिएका थिए तर त्यस अनुसार सरकारले के के पायो र के के पाएन भनेर हेर्नु राम्रो हुनेछ’, पूर्व सचिव वाग्लेले भने । अर्थ विद केशब आचार्यले पनि निजीकरणको फाइदा र वेफाइदाबारे विवेचना आवश्यक रहेको बताए । ‘निजीकरणको उदेश्य पुरा भयो की भएन, ति उद्योगहरुले सम्झौता अनुसार काम गरे की गरेनन् ? सरकारले प्रतिफल पायो की पाएन ? अर्थतन्त्रले के पायो भन्नेबारे अध्ययन आवश्यक छ’, आचार्यले भने । निजीकरण गरिएका उद्योगहरुको अवस्थाबारे स्वतन्त्र विज्ञ समुहले अध्ययन गर्नुपर्ने उनको भनाई छ । सरकारले सञ्चालनका लागि अनुमति दिएर निजीकरण गरेका थुप्रै उद्योग तथा संस्थानहरु हाल सञ्चालनमा नरहेको अवस्था छ । सरकारी सम्पतिहरु कौडीको भाउमा बेचेको भन्दै बामपन्थीहरुले गाली समेत गर्दै आएका छन् । अर्थमन्त्रालयले समेत बेला बेलामा निजीकरणको समिक्षा आवश्यक रहेको बताउँदै आएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले समेत सरकारी उद्योग/संस्थानहरुको निजीकरणको समिक्षा आवश्यक रहेको बताउँदै आएका छन् ।
हावाहुरी पीडितलाई सिएस क्लबको सहयोग
काठमाडौ । सिएस क्लब आरआर कलेज शाखाले बारा र पर्सा जिल्लाका हावाहुरी पिडितलाई सहयोग गरेको छ । क्लबले राजधानीमा संकलन गरेको रकम ती जिल्लामा पठाएको हो । क्लबले १८ हजार ८ सय रुपैयाँ संकलन गरी पठाएको जनाएको छ । संकलित रकम काठमाडौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य मार्फत पीडितलाई हस्तान्तरण गरिएको क्लबका केन्द्रीय उपाध्यक्ष अशोक थापाले बताए ।
प्रभु बैंकको ५ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा
काठमाडौं । प्रभु बैंकका ५ वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् । मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँशाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं.२ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं.४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचेतथा वडा नं. ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं. ३ स्थित दाना गरी ५ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी पाँचवटै शाखारहित बैंकिङ्ग सेवा उद्घाटन स्थानीय जनप्रतिनिधी, समाजसेवी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । प्रभु बैंकले सञ्चालनमा ल्याएको थप ५ वटा शाखा रहित बैंकिङ्ग सेवाबाट मुस्ताङ्ग र म्याग्दी जिल्ला स्थित सम्बन्धित क्षेत्रका स्थानीय वासिन्दाहरुलाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।
कुमारी बैंकको साधारण सभा बैशाख २६ गते, बुक क्लोज कहिले ?
काठमाडौँ । कुमारी बैंकको १८ औँ बार्षिक साधारण सभा बैशाख २६ गते हुने भएको छ । चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । उक्त साधारण सभाबाट चुक्ता पूजीको २१.२५ प्रतिशत बोनस शेयर सूचिकृत गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ । साथै साधारण सभाको प्रयोजनका लागि बैंकको शेयरधनी दर्ता पुस्तिका बैशाख ६ गतेदेखि २६ गतेसम्म बन्द रहने कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जनाएका छन् ।
सिद्धार्थ बैंकको नयाँ शाखा कार्यालय वेसीशहरमा
काठमाडौं । सिद्घार्थ बैंकको नयाँ शाखा वेसीशहर शाखामा विस्तार भएको छ । उक्त शाखा कार्यलयको उद्घाटन वेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले गरेका हुन् । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १,२०० भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यसै गरि कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिफाई वाई भिसा सेवा प्रविधिको अवलम्वन गरेको छ ।
टिसिएल अव विश्व कै दोश्रो ठूलो टिभि ब्राण्ड
काठमाडौं । टिसीएल विश्वकै दोश्रो ठूलो टिभिको ब्राण्ड बन्न सफल भएको छ । नयाँ आयाम र उत्पादनको डिजाईन थप्न सधै अग्रसर टिसीएल ब्राण्डलाई आईएचएस्बाट प्रमाणीत गरिएको हो । टिसीएल ब्राण्ड उपभोक्ता माझ विश्व स्तरिय उत्पादनको रुपमा प्रख्यात भएको छ । २० ईन्च देखि ६५ ईन्च सम्मको स्मार्ट र नन् स्मार्ट मोडलहरुमा उपलब्ध टिसीएल ब्राण्डले नेपालमा गुगोल एन्ड्रोइड् टिभि पनि भित्राएको छ । टिसिएल ब्राण्डले आफ्ना टिभिहरुमा ३ वर्षको वारेन्टी तथा एसीको कम्प्रेसरमा ५ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ । यस्ता छन् स्मार्ट टिभिका विशेषता : ९० को दशक देखि स्मार्ट टिभिको उत्पादन शुरु भएको हो । इन्टरनेटको प्रयोग गरेर चलाउन मिल्ने स्मार्ट टिभिको उत्पादन बढेसँगै टिभिका एप्लिकेशनहरु अपग्रेड भएर आएका हुन्छन् । ‘टिभि ब्राउजर’ जसबाट विश्वका कुनै पनि वेवसाइडहरु एक्सेस् गर्न मिल्ने विभिन्न एप्लिकेशनहरु चलाउन मिल्ने जस्तै ः फेसबुक, युट्यब आदि । इन्टरनेटको प्रयोग गरी विश्वमा विभिन्न सामाजिक सञ्जालहरु पनि सहज तरिकाले चलाउन मिल्नेछ । अन्र्तराष्ट्रिय मान्यताप्राप्त, विश्वको तेस्रो ठूलो टिभि ब्राण्ड टिसीएलको आफ्नो ग्राहकमाझ नयाँ नयाँ उत्पादनले आफ्नो ग्राहकको आकर्षक बढाएको छ । यही उत्पादनको क्रमलाई निरन्तरता दिदै, स्मार्ट टिभि उत्पादन गरेको छ ।
चार कम्पनीको २ करोड ४४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत, कस्को कति ?
काठमाडौँ । नेपाल स्टल एक्सचेञ्ज(नेप्से) मा बुधबार ४ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । ती कम्पनीको २ करोड ४४ लाख कित्ता बोनस शेयर सूचिकृत भएको हो । नेप्सेका अनुसार ग्लोलब आइएमई बैंकको १ करोड ४२ लाख २१ हजार ४०१.३३ कित्ता र श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेडको ९८ हजार ५ सय कित्ता बोनस शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । त्यसैगरी, कंकाई विकास बैंकको १ लाख ५० हजार कित्ता र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको १ करोड कित्ता शेयर सूचिकृत भएको हो ।