काठमाडौं । टिसीएल विश्वकै दोश्रो ठूलो टिभिको ब्राण्ड बन्न सफल भएको छ । नयाँ आयाम र उत्पादनको डिजाईन थप्न सधै अग्रसर टिसीएल ब्राण्डलाई आईएचएस्बाट प्रमाणीत गरिएको हो । टिसीएल ब्राण्ड उपभोक्ता माझ विश्व स्तरिय उत्पादनको रुपमा प्रख्यात भएको छ ।

२० ईन्च देखि ६५ ईन्च सम्मको स्मार्ट र नन् स्मार्ट मोडलहरुमा उपलब्ध टिसीएल ब्राण्डले नेपालमा गुगोल एन्ड्रोइड् टिभि पनि भित्राएको छ । टिसिएल ब्राण्डले आफ्ना टिभिहरुमा ३ वर्षको वारेन्टी तथा एसीको कम्प्रेसरमा ५ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।
यस्ता छन् स्मार्ट टिभिका विशेषता :
९० को दशक देखि स्मार्ट टिभिको उत्पादन शुरु भएको हो । इन्टरनेटको प्रयोग गरेर चलाउन मिल्ने स्मार्ट टिभिको उत्पादन बढेसँगै टिभिका एप्लिकेशनहरु अपग्रेड भएर आएका हुन्छन् । ‘टिभि ब्राउजर’ जसबाट विश्वका कुनै पनि वेवसाइडहरु एक्सेस् गर्न मिल्ने विभिन्न एप्लिकेशनहरु चलाउन मिल्ने जस्तै ः फेसबुक, युट्यब आदि ।
इन्टरनेटको प्रयोग गरी विश्वमा विभिन्न सामाजिक सञ्जालहरु पनि सहज तरिकाले चलाउन मिल्नेछ । अन्र्तराष्ट्रिय मान्यताप्राप्त, विश्वको तेस्रो ठूलो टिभि ब्राण्ड टिसीएलको आफ्नो ग्राहकमाझ नयाँ नयाँ उत्पादनले आफ्नो ग्राहकको आकर्षक बढाएको छ । यही उत्पादनको क्रमलाई निरन्तरता दिदै, स्मार्ट टिभि उत्पादन गरेको छ ।