ग्रीन डेभलपमेन्ट बैंकको साधारणसभाले कार्यक्षेत्र विस्तार गर्दै
काठमाडौं । ग्रीन डेभलपमेन्ट वार्षिक साधारण सभा सम्पन्न भएसँगै कार्यक्षेत्र विस्तार गर्ने भएको छ । बैंकको छैठौं साधारणमा वित्तीय विवरण पारित गर्दै बैंकले कार्यक्षेत्र तनहुँ र नवलपुर जिल्लामा विस्तार गर्ने प्रस्ताव पारित भएको छ । बैंकको केन्द्रीय कार्यालय बाग्लुङ्ग २ हरिशंकर रोड, बाग्लुङ्गबाट पोखरा–८,सभागृहचोक कास्कीमा स्थानान्तरण गर्न नेपाल राष्ट्र बैंकबाट प्रारम्भीक स्वीकृति प्राप्त गरी स्थानान्तरणको लागि भौतिक पूर्वाधार निर्माणको कार्य भईरहेको छ । आर्थिक वर्षमा बैंकले ५ वटा शाखा विस्तार गरिसकेकोमा निकट भविष्यमा थप ५ वटा शाखा विस्तारको प्रक्रियामा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए । बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा बैंकका संचालक दिपेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कृष्ण शंकर श्रेष्ठले उपस्थित शेयरधनीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । बैंकले विभिन्न वचत एवं मुद्धति खाताहरुमा आर्कषक ब्याजदर प्रदान गरेको तथा सहज र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्न वर्ग कर्जा समेत प्रवाह गर्दै आएको बताइएको छ ।
एक वर्षमै ७ हजार ४३ रुपैँयाले बढ्यो नेपालीको प्रतिव्यक्ति ऋण
काठमाडौँ । नेपालीको प्रतिव्यक्ति ऋण ७ हजार ४३ रुपैँयाले बढेर ३१ हजार ७ सय ५० रुपैँया पुगेको छ । २०७४ सालमा २४ हजार ७ सय ७ रुपैँया प्रतिव्यक्ति ऋण २०७५ सालमा बढेर ३१ हजार ७ सय पुगेको हो । महालेखा परीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदनमा यो तथ्याङ्क उल्लेख गरिएको छ । साथै महालेखाको प्रतिवेदनमा वर्ष २०७५ मा ३ खर्ब ७७ अर्ब ४७ करोड ६५ लाख बेरुजु फस्र्यौट हुन बाँकी रहेको उल्लेख छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको ५६औँ वार्षिक प्रतिवेदन महालेखापरीक्षक टङ्कमणि शर्माले हस्तान्तरण गरेका छन् । राष्ट्रपतिलाई प्रतिवेदन हस्तान्तरण पछि पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरिएको छ ।
कुलमानले देखाए अर्काे चमत्कार, संधै घाटामा जाने विद्युत प्राधिकरणको नाफा २ अर्ब ८४ करोड रूपैयाँ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५मा खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको छपन्नौँ वार्षि प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ । आर्थिक वर्ष २०७२/७३मा जगेडा तथा संचित कोष २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो । गत वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालु सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको छ । विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आर्थिक वर्ष २०७४/७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो । २०७३को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट लोडसेडिङ अन्त्य मात्रै गरेनन् घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका छन् । घिसिङको नेतृत्वमा विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष २०७३/७४मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद संस्थालाई नाफा कमाएको थियो । आर्थिक वर्ष २०७४/७५मा नाफा बढेर झण्डै ३ अर्ब पुगेको छ । विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र नीजि क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो । प्राधिकरणको शेयर पूँजी १ खर्ब २ अर्ब ४४ करोड, दीर्घकालीन दायित्व १ खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालु दायित्व ८४ अर्ब ७७ करोड ८० लाख समेत कुल पुँजी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ रहेको छ । अचल सम्पत्तितर्पm स्थिर सम्पत्ति १ खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोड समेत २ खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालु सम्पत्ति ६४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ रहेको छ । गत वर्ष १ अर्ब ४६ करोड ७३ लाख रहेकोमा यस वर्ष २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ । विद्युत चुहावट २०.४५ प्रतिशतमा झर्यो गत आर्थिक वर्षमा विद्युत चुहावट २०.४५मा झार्न प्राधिकरण सफल भएको छ । उत्पादन, प्रसारण तथा वितरण चरणमा विद्युत चुहावट २०७३/७४को वर्षको तुलनामा २.४५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २२.९० प्रतिशत विद्युत चुहावट थियो । प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/७६को पहिलो ५ महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झारेको छ । चालु आवमा विद्युत चुहावट १८.५प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । आव २०७३÷७४मा प्रसारण नोक्सान ५ प्रतिशत रहेकोमा गत आवमा ५.६३ प्रतिशत पुगेको छ । आव २०७३/७४मा १६.८२ प्रतिशत रहेको वितरण नोक्सान घटेर १४.८२मा झरेको छ । प्रसारण नोक्सान गर्त वर्षको तुलनामा ०.६३ प्रतिशतले बढेको छ भने वितरण नोक्सान गत वर्षको तुलनामा २ प्रतिशतले घटेको महालेखाले जनाएको छ । प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।
‘ए मेरो हजुर ३’ र ‘यात्रा’ ले २०७५ साल विदाई गर्दै
काठमाडौं । यस वर्षको अन्तिम चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ शुक्रबार (आज) देखि देशभरको हलमा प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर ३’ को झरना थापाको निर्देशन रहेको थियो भने सम्राट शाक्यको निर्देशनमा रहेको चलचित्र ‘यात्रा’ एकैसाथ प्रदर्शन भएका हुन् । निर्देशक झरना थापाकी छोरी सुहाना थापा र मेघा स्टार अभिनेता अनमोल के.सी. जोडीको रुपामा चलचित्रमा देखिन्छन् । यस फिल्ममा डेब्यू गरेकी हुन् । अनमोल र सुहाना अलावा चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, सरोज खनाल, अर्पण थापा, सरोज खनाल। रबिन्द्र झा, रेअर राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुनिल थापाले निर्माणाधिन ‘ए मेरो हजुर ३’ मा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहीको कोरियोग्राफी रहेको उक्त फिल्मको सम्पादन दिर्घ खड्काले गरेका हुन् । जर्नी लभस्टोरी भनेर चिनिने ‘यात्रा’ फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह निर्माता हुन् ।जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोलको अभिनय रहेको उक्त फिल्मको सम्पादन हिमाल केसी र बनिश शाहले गरे भने छायांकन संजय लामाले गरेका हुन्
चार दिनमा ६४ ले लिए मलेशियाका लागि श्रम स्वीकृति
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए । “सरकारले खुला गरेपछि मलेशिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ”, उनले भने । सरकारले जेठदेखि मलेशिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उनी बताउँछन् । मलेशियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन् । भिसा पाएका सम्पूर्ण कामदारलाई नियमितरूपमा श्रम स्वीकृति दिइने उनले बताए । श्रम कार्यालय ताहाचलले १७ गते नै कामदार पठाउन अनुमति पाएको भए पनि २५ गतेबाट मात्र श्रम स्वीकृति दिन शुरु गरेको थियो । जसमध्ये पहिलो दिन २५ गते दुईले श्रम स्वीकृति लिएका थिए । त्यस्तै २६ गते १७, २७ गते सात र २८ गते ३८ जनाले श्रम स्वीकृति लिइसकेका छन् । रासस
सिंहदरबार छिर्यो राष्ट्रिय बाणिज्य बैंक, सांसदको तबल आउला ?
काठमाडौं । अब सिंहदरबारमा पनि राष्ट्रिय बाणिज्य बैंकको कार्यालय खुल्ने भएको छ । राष्ट्रिय बाणिज्य बैंकले नयाँ बर्षका दिनदेखि सिंहदरबारमा शाखा कार्यालय स्थापना गर्न लागेको हो । बैंकले आफ्नो २१८ औं शाखाका रुपमा सिंहदरबार प्रवेश गर्न लागेको हो । सांसद र संसद सचिवालयका कर्मचारीहरुको तलब भारतीय लगानीको एभरेष्ट बैंकबाट मात्रै दिईएको भन्दै बिरोध भएपछि सरकारले राष्ट्रिय बाणिज्य बैंकलाई पनि सिंहदरबार प्रवेश गराएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले एभरेष्ट बैंक बाहेक अन्य जुनसुकै बैंकबाट पनि सांसदहरुले तलब लिन सक्ने बताएका थिए । अब सांसद र संसदका कर्मचारीले राष्ट्रिय बाणिज्य बैंकबाट समेत आफ्नो तबल भत्ता लिन सक्नेछन् ।
वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग, पर्यटकीय पूर्वाधारमा फड्को
काठमाडौँ । विसं २०७५ मुलुकको पर्यटन क्षेत्रका लागि उत्साह र वियोगान्तको संयोग बन्यो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दुई नयाँ वाइडबडी जहाज भित्र्याएको घटना विश्वबजारमा छायो भने वर्षको उत्तरार्धतिर हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित पर्यटन क्षेत्रमा योगदान गरेका महत्वपूर्ण व्यक्तिको निधनले उत्साहलाई वियोगान्तमा परिणत गरिदियो । गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्रीसहित सातको निधन भएको थियो । पर्यटन आगमनको हिसाबले हालसम्मकै उच्च सङ्ख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७५ दर्ज भएको छ । इतिहासकै सबैभन्दा बढी १२ लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको छ । नेपाल पर्यटन बोर्डको विवरणमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महीना जनवरी र फेब्रुरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । चालू अव २०७५÷७६ को बजेटमा भ्रमण वर्ष मनाउने उल्लेख गरिएको थियो । सोहीअनुरुप प्रवद्र्धनका कार्यक्रम तय भइसकेको छ । वर्षको शुरुआतमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा उत्साह मात्रै थपिएन विभिन्न कीर्तिमान पनि कायम भए । वसन्त ऋतुको हिमाल आरोहण ४०० बढीले सगरमाथा आरोहण गरेका थिए । कामीरिता शेर्पाले सगरमाथाको २२ पटक आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको थियो । यसअघि कामीरितासहित आप्पा शेर्पा र फुर्वातासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो । हिमालबाट रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी सङ्कलन भएको थियो । यस वर्षको वसन्तु ऋतुमा हालसम्म ७२ आरोही समूहका ६३६ आरोहीले हिमाल आरोहण अनुमति पाएका छन् । यीमध्यै सबैभन्दा बढी सगरमाथा आरोहणका लागि २८ आरोही समूह छन् । पर्यटन विभागको पर्वतरोहण शाखाका अनुसार हिमाल आरोहणबाट बिहीबारसम्म रु ४१ करोड ४७ लाख ६८ हजार १४५ रोयल्टी सङ्कलन भएको छ । सरकारले मुलुभर थप एक सय पर्यटकीय गन्तव्यको घोषणा गरी प्रवद्र्धनका लागि बजेट विनियोजन गरी काम अघि बढाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई बुटिक एयरपोर्टका रुपमा स्थापित गर्ने उद्देश्यका साथ आवश्यक तयारी पूरा भएको छ । नयाँ वर्षको शुभारम्भसँगै बुटिक एयरपोर्टको घोषणा गरिनेछ । उड्डयन इतिहासमै पहिलोपटक मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत ‘रनवे रिह्याब’ को काम यही चैत १८ देखि शुरु भएको छ । राति १० बजेदेखि विहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरेर धावनमार्ग मर्मतको काम भइरहेको छ । पर्यटकीय पूर्वाधारमा फड्को पर्यटकीय पूर्वाधारका हिसाबले वर्ष २०७५ निकै उपलब्धिपूर्ण रह्यो । निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्रगतिमा अघि बढेको छ । करीब ८० प्रतिशत काम सकिएको यो विमानस्थल छिट्टै अर्थात् जुलाई महीनादेखि सञ्चालनमा ल्याइने योजना छ । पोखरा क्षेत्रीय विमानस्थलको काम युद्धस्तरमा अघि बढेको छ । बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले प्रभावकारी गति लिएको छ । मुआब्जा वितरण तथा चार किल्ला तोक्ने र तारबारको काम अघि बढाइएको छ । आन्तरिक विमानस्थल स्तरोन्नति र थप विमानस्थल सञ्चालनमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको विवरणमा मुलुकभर ५६ विमानस्थल छन् । तीमध्ये ३२ विमानस्थल कालोपत्रे भइसकेका छन् । तारे तथा पर्यटकस्तरीय होटल बढेका छन् । होटल एशोसिएसन अफ नेपाल ९हान० का अनुसार अहिले होटलको ‘बेड’ सङ्ख्या ३७ हजार छ । सन् २०२० सम्म करीब छ हजार बेड सङ्ख्या थपिनेछ । थप १० पाँचतारे होटल निर्माण भइरहेका छन् । पर्यटन मन्त्रालयले करीब ४५ वर्षपछि पुरानो पर्यटन ऐन २०३५ परिवर्तन गरी नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको छ । यसै वर्ष पर्यटन क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ‘इभेन्ट’ कार्यक्रम भए । यसबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न मद्दत पुग्यो । पर्यटन क्षेत्रको हालसम्मकै ठूलो इभेन्ट ‘हिमालयन ट्राभल मार्ट–२०१८’ काठमाडौँ सम्पन्न भयो । यस्तै गत भदौ १४ र १५ गते काठमाडौँमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास ९बिम्स्टेक० सम्मेलनमा सम्बन्धित राष्ट्रप्रमुख पाहुनाको आगमनले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्यो । गत मङ्सिर १५ र १६ गते काठमाडौँमा भएको एशिया प्रसान्त सम्मेलनमा विभिन्न मुलुकका पाहुना आए । यो सम्मेलनले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको छ । कम्बोडियाका प्रधानमन्त्री, म्यमानमारकी नेतृलगायतले नेपाल भ्रमण गर्नुभएको थियो । नेपाल र कम्बोडियाबीच सिधा हवाई उडान गर्ने सम्झौता भयो । जुन पर्यटनका लागि उपलब्धिमूलक मानिएको छ । सर्वाधिक चर्चामा वाइडबडी निगमले खरीद गरेको वाइडबडी जहाज भित्र्दा जति चर्चा छायो त्यत्तिकै उक्त जहाजको खरीद प्रक्रिया अनियमितताबारेको विवादको चर्चा चुलियो । पहिलो जहाज वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ गत असार १४ गते र दोस्रो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ विमान गत साउन १० गते काठमाडौँ अवतरण गरेका थिए । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिइएको रु १२-१२ अर्बको ऋणबाट दुई जहाज खरीद गरिएको थियो । जहाज किन्दा सार्वजनिक खरीद व्यवस्था र निगमको विनियावलीविपरीत गरेको भन्दै खरीद प्रक्रियामा आशङ्का उब्जिएपछि उक्त विषय संसद्देखि सडकसम्म पुग्यो । महालेखापरीक्षकको ५५औँ वार्षिक प्रतिवेदनले जहाज खरीद प्रक्रियामा त्रुटी औँल्याएको थियो । उड्डयन इतिहासमै पहिलोपटक सरकारले मन्ट्रियल महासन्धि लागू गरेको छ । सन् २०२८ डिसेम्बर १५ बाट यो व्यवस्था लागू गरिएको हो । महासन्धि लागू भएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकम करीब छ गुणाले वृद्धि भएको छ । रासस
९० अर्बका पाँच खानेपानी आयोजनामा लगानी गर्दै चाईना मेशिनरी, ६० लाख नेपालीलाई स्वच्छ खानेपानी
काठमाडौं । चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशनले ९० अर्ब लगानीमा पाँच वटा ठुला खानेपानी आयोजना बनाईदिने भएको छ । कर्पाेरेशनले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पेश गर्दै ६० लाख नेपालीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने पाँच वटा खानेपानी आयोजनामा ९० अर्ब लगानी गर्ने बताएको हो । चाइना एक्जिम बैंकबाट सहुलियत ऋण ल्याएर खानेपानीमा लगानी गर्ने योजनासहित प्रस्ताव बुझाएको खानेपानी मन्त्री बिना मगरले बताईन् । मन्त्रालयले प्राथमिकतामा राखेर अघि बढाएका आयोजनाहरुमा चिनियाँ कम्पनीले लगानी गर्र्ने तदारुकता देखाएको बताइन् । खानेपानी मन्त्री बिना मगरले खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनाको कामलाई अघि बढाउन सचिव र विभागीय प्रमुखहरुलाई निर्देशन दिएको बताइन् । मेलम्ची खानेपानी आयोजनाले मात्रै उपत्यकाको खानेपानीको माग पूरा नहुने भन्दै भक्तपुरको महादेव खोला जलाशययुक्त खानेपानी आयोजना पनि सञ्चालन गर्ने तयारी भईरहेको छ । खानेपानी मन्त्रालयका अनुसार यसको सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । ३ अर्ब अनुमानित लागत रहेको यस आयोजना सञ्चालन भएपछि भक्तपुरका करिब ५ लाख जनसंख्या लाभान्वित हुनेछन् । कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर पूर्व, चितवन, बारा, पर्साका करिब ४० लाख जनसंख्या लाभान्वित हुने गरी नारायणी नदी थोक वितरण खानेपानी आयोजना निर्माण गर्ने तयारी हुँदैछ । खानेपानी तथा ढल व्यवस्थापन विभागको प्रारम्भिक अध्ययनअनुसार यस आयोजनाको लागत ६० अर्ब लाग्ने अनुमान गरिएको छ । यस आयोजनाको पनि सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । त्यसैगरी करिब २ अर्ब लागतमा दाङको पातुखोला जलाशययुक्त खानेपानी आयोजना निर्माण गर्ने सरकारको योजना छ । मन्त्रालयको प्रारम्भिक अनुसन्धानबाट आयोजना सम्पन्न भएपछि दाङ क्षेत्रका करिब १ लाख ५० हजार जनसंख्या लाभान्वित हुनेछन् । मन्त्रालयले तेस्रो आयोजनाअन्तर्गत करिब ३ अर्बको लागतमा भेरी–सुर्खेत उपत्यका पम्पिङ खानेपानी आयोजना निर्माण गर्दैछ । यस आयोजनाको डीपीआर तयार भइसकेको छ । आयोजना सञ्चालन भएपछि सुर्खेतका करिब १ लाख ६५ हजार जनसंख्या लाभान्वित हुने बताइएको छ । त्यस्तै बाँके र बर्दियाका करिब १३ लाख जनसंख्या लाभान्वित हुने गरी मन्त्रालयले कर्णाली बबई थोक वितरण खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेको छ । यो आयोजनाको लागत २१ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (एमइसी)ले नेपालको खानेपानीको क्षेत्रमा पहिलो प्राथमिकता दिएर लगानी जुटाउने प्रस्ताव पेश गरेको छ । कम्पनीले पेश गरेको प्रस्तावमा खानेपानीका यी पाँच ठूला आयोजनाहरुमा चाईना एक्जिम बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी ल्याउने र निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गरेको छ । सम्भाव्यता अध्ययन भईसकेका पाँच आयोजनाहरुको लागत ९० अर्ब लाग्ने अनुमान गरिएको छ । पाँच वटै खानेपानीका आयोजनाबाट करिब ६० लाख जनसंख्या लाभान्वित हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।