१२० फिल्म मध्ये ८५ प्रतिशत सुपर फ्लप, कुन कुन भए उत्कृष्ट ?
काठमाडौं । २०७५ सालमा १२० भन्दा बढी फिल्म निर्माण भएर रिलिज पनि भए । तर मुस्किलले एक दर्जन फिल्मले मात्रै व्यवसायिक सफलता चुमे । त्यसमा पनि दर्शकको मन जित्ने चलचित्रको संख्या अझै न्युन रह्यो । त्यसरी ढुंगा फोरेर पिपल उम्रे झै सफलताको स्वाद चाख्ने फिल्महरुमा २०७५ सालको ‘छक्का पन्जा ३’, ‘नाई नभन्नु ल ५’, ‘जय भोले’, ‘क्याप्टेन’ ‘प्रसाद’, ‘इन्टु मिन्टु लन्डन’, ‘चंगा चेट’, ‘राम कहानी’, ‘साईली’, ‘कायरा’, आदि हुन् । यी बाहेकका ७ प्रतिशत फिल्मले लगानी खर्च उठाएका छन् भने बाँकी अन्यले न दर्शक पाए न लगानी उठाए । नबुझेर केहि फिल्महरु चलेको देखेर फिल्म उत्पादन गर्न लाग्नेहरुको क्रेज बढ्दै गएको छ । फिल्म क्षेत्रमा दर्शकको माग अनुसारको फिल्म उत्पादन गर्न नसक्दा नेपालमा झण्डै ९० प्रतिशत फिल्म फल्प हुँदै आएको छ । केहि अल्पसङ्ख्य फिल्मको राम्रो व्यापार भएको देखेर यस क्षेत्रमा नबुझि प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको फिल्म निर्माता संघको अध्यक्ष आकाश अधिकारीले बताए । फिल्म चर्चित हुनका लागि निर्माताको मात्र नभई कलाकारको पनि हात रहेको अनुभव सुनाउँदै उनी भन्छन्–‘नबुझि जस्तै मान्छे पनि यस क्षेत्रमा लाग्ने हुँदा फिल्म प्रतिको मात्र होइन, कलाकार प्रतिको हेर्ने दृष्टिकोणका नराम्रो बन्दै गएको छ । साथै दर्शकको फिल्म प्रतिको अपेक्षा कम हुँदै गएको उनको बुझाई छ । चलचित्र निर्माणको संख्या बढे पनि चलचित्र प्रदर्शनी गर्ने हलहरुको संख्या भने घट्दो छ । कुनै समय नेपालमा ३०० भन्दा बढी हल भएकोमा अहिले २४० भन्दा कम भएका छन् । हलको संख्या घटे पनि हलको गुणस्तर भने राम्रो हुँदै गएको छ । २०७५ सालका उत्कृष्ट फिल्महरु गत साउन महिनादेखि प्रदर्शन भएका १२० चलचित्र मध्य आर्थिक स्तरमा उच्च स्थान राख्न ‘छक्का पन्जा ३’ सफल भएको छ । निर्देशक दिपाश्री निरौलाको निर्देशनमा रहेको सो चलचित्र टप १ मा परेको छ । ‘छक्का पन्जा १’ र ‘छक्का पन्जा २’ को सफलतासँगै ‘छक्का पन्जा ३’ निर्माण भएको हो । यो फिल्म २०७५ साल कै सर्वाेत्कृट चलचिलको रुपमा रहेको बक्स अफिसले जानकारी दिएको छ । दिपकराज गिरी, प्रियका कार्की, दिपिका पर्साइ, केदार घिमिरे, लक्ष्मी गिरी, किरण, केसी, शिवहरी पौडेल, अनुराग कुवर आदीको अभिनय रहेको यस फिल्मको २०७५ साल साउनदेखि मूल्यकन गरिएको चलचित्रहरु मध्ये पहिलो स्थानमा रहेको छ । यस वर्षको टप टेन चलचित्र भित्र ‘नाई नभन्नु ल ५’ले दोस्रो स्थान ओगट्न सफल भएको छ । २४ अगस्ट २०१८ मा रिलिज भएको चलचित्रले राम्रो आम्दानी गर्न सफल रहेको छ । विकासराज आचार्यको निर्देशनमा निर्माण भएको सो चलचित्रले पाठकको रुचिलाई मध्यनजर गरेको देख्न सकिन्छ । निरुता सिहं, दिलिप रायमाजी, प्रियका कार्की, स्वास्तिमा खड्का, केकी अधिकारी, अनुभव रेग्मी, सेड्रिना शर्मा आदिको अभिनयमा प्रमुख भूमिका रहेको ‘नाई नभन्नु ल ५’ बुढासुब्बा डिजिटलले डिट्रिब्यूट् गरेको थियो । त्यस्तै क्रमश ‘जय भोले’, ‘क्याप्टेन’, ‘प्रसाद’, ‘इन्टुमिन्टु लन्डनमा’, ‘चंगा चेट’, ‘राम कहानी’, ‘साईली’, र ‘काईरा’ २०७५ साल साउनदेखि चैत्र २४ गते सम्म १० उत्कृष्ट चलचित्र भित्र मनोनित रहेको छन् । अशोक शर्माको निर्देशनमा बनेको चलचित्र ‘जय भोले’ यस वर्षको टप ३ मा पर्न सफल फिल्ममा स्वस्तिमा खड्का, खागेन्द्र लामिछाने र सौगात मल्लको मुख्य भूमिका रहेको थियो । भुवन केसीको निर्देशनमा रहेको ‘क्याप्टेन’ फिल्म यस वर्षको १० उत्कृष्ट चलचित्रको ४ औं स्थानमा परेको छ । अनमोल के.सी, उपासना सिहं, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, पियंका एमभी आदिको चलचित्र विकास वोर्डको शाखा बक्स अफिसका अनुसार यस वर्ष आर्थिक एवं सर्वसाधरणले रुचाएको जानकारी दिएका छन् । दिनेश रावतको निर्देशनमा रहेको ‘प्रसाद’ फिल्म दर्शक सामु लोकप्रिय बन्न पुगेको थियो । विपिन कार्की, नम्रता श्रेष्ठ र निष्चल बस्नेतको मुख्य भूमिका रहेको सो फिल्ममा उत्कृष्ट ५ मा पर्न सफल भएको छ । ‘इन्टु मिन्टु लन्डनमा’ स्तरमा यो फिल्म वर्षभरिको टप ६ मा पर्न सफल भएको छ । रेनेन्सा वान्तावा राईको निर्देशकमा रहेको उक्त फिल्ममा साम्राजी राज्यलक्ष्मी शाह र धिराज मगर अभिनिय फिल्म प्रेमकथामा आधारित रहेको छ । माधव वाग्ले र सर्मिला पाण्डेको निर्देशनमा रहेको फिल्म ‘चंगा चेट’ यस वर्षको टप ७ फिल्मभित्र परेको छ । आयुमान जोशी, प्रियका कार्की, शिशिर वांग्देल, अर्पन थापाको मुख्य अभिनय रहेको छ । शुदर्शन थापाको निर्देशनमा निर्माण भएको चलचित्र ‘राम कहानी’ सेप्टेम्बर ७, २०१८ मा रिलिज भएको हो । आगामी दिनमा चलचित्र क्षेत्रलाई सञ्चार उद्योगमा लैजाने तयारी भईरहेको जानकारी गराउँदै संघका अध्यक्ष अधिकारीले बक्स अफिसको शुरुवात सँगै चलचित्र विकास बोर्डले सरकारी स्तरमा १५ प्रतिशत भ्याट र स्थानीय स्तरमा ५ प्रतिशत शुल्क प्रत्येक फिल्मबाट तिर्नु पर्ने व्यवस्था लागु गरेको छ । करिब १ लाख मानिसलाई रोजगारी प्रदान गरेका बनाईने फिल्म इन्डेस्ट्रिले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । पछिल्लो समय नेपाली सिनेमाले युरोप, भारत, अमेरिका, जापान लगायत देशमा समेत स्थान पाउन थालेका छन् । वाहिरी देशका डिजिटल सिनेमा हलमा नेपाली चलचित्र कम्तिमा १५ लाखदेखि ३५ लाखसम्ममा बिक्ने गरेको चलचित्र निर्माताहरु बताउँछन् ।
फर्केर हेर्दा २०७५, प्रगतिको पथमा अर्थतन्त्र
काठमाडौ । २०७५ साललाई फर्केर हेर्दा विभिन्न क्षेत्रले नयाँ उचाई हाँसील गर्न सफल भएका छन् । केही अप्रत्याशीत घटनाहरु घटेपनि २०७५ साल प्रगति पथमा लम्केको देख्न सकिन्छ । २०७५ सालमा क्रिकेट क्षेत्रमा नेपालले सफलता हासिल गरेको पाइन्छ । यसको उदाहरणका लागि युएई विरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाली क्रिकेट टोलीले विजय हासिल गरेको थियो । नेपाल कम्यूनिष्ट पार्टी एकताको चरणमा प्रवेश गरेको बर्षको रुपमा समेत यस वर्षलाई हेर्न सकिन्छ । २००६ वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी ५५ वर्षपछि पुनः एकताको चरणमा प्रदेश गरेको हो । २०१७ साल पुस १ गते राजा महेन्द्रले आरम्भ गरेको पञ्चायती शासनलाई हेर्न दृष्टिमा मतभेद उत्पन्न भएपछि २०१९ साल बैशाखमा कम्यूनिष्ट पार्टी विभाजन भएको थियो । अझैपनि समन्वयमा पूरा गर्न केही रिक्त स्थानहरु भने कायमै छन् । आर्थिक वृद्धि दरको सुचाङ्क हेर्दा २०७५ साललाई राम्रै मान्न सकिन्छ । यहीँ बर्षमा आर्थिक वृद्धि दर ६ प्रतिशत भन्दा माथि जानु सकारात्मक कुरा हो । भेनेयूयला प्रकरणले समेत २०७५ मा राम्रै चर्चा कमाएको पाईन्छ । यस्तै, फिल्मी क्षेत्रमा हेर्ने हो भने वडा नम्बर छ ले बजारमा सफलता हासिल गरेको छ । नाफा आर्जनको हिसाबमा समेत सफल रहेको यस्ता फिल्मले नेपाली चलचित्रमा क्षेत्रमा राम्रो शिक्षा दिएको छ । यस्तै, सांगीतिक क्षेत्रमा समेत ‘सालको पात टपरी हुने’ भन्ने जस्ता आधुनिक गीतले जनताको मन जित्न सफल भएका थिए । पशुपति शर्माको ‘लुटन सके लुट कान्छा’ गितले समेत सर्वाधिक चर्चामा कमाएको थियो । २०७५ सालमा वैदेशीक व्यापार घाटा चिन्ताजनक अवस्थामा रहेपनि पूँजिबजार भने सामान्य अवस्थामा नै जुग्रियो । ४० देशका ७३५ जना लगानीकर्तालाई लोभ्याउदै अन्र्तराष्ट्रिय लगानी सम्मेलन सम्पन्न भयो । चैत्र १५ र १६ गते सम्पन्न भएको उक्त सम्मेलनमा करिब १३ सय जना स्वदेशी तथा विदेशी लगानीकर्ता सहभागी भएका थिए । १६ वटा परियोजना एमओयूमा हस्ताक्षर गदै सम्मेलन सफल भएको हो । गत भदौ १४ र १५ गते सरकारले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विम्स्टेक) सम्मेलन सम्पन्न गरेको छ । यस्ता निकै सफलता हुदाँ हुँदैपनि २०७५ सालमा केही अप्रत्याशित घटनाहरु घटन पुगेका थिए । दुःखद निधन चैत्र २६ गते मंगलबार उद्योगी तथा पूर्व सभासद् दिवाकर गोल्छाको निधन भएको थियो । किड्नी ट्रान्सप्लान्ट गरेको २ सातामा उनको निधन भएको हो । उनको उमेर ६७ वर्ष पुगेको थियो । गोल्छाको अग्रसरतामा हुलास स्टिल, हुलास वायर, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका दर्जनौ उद्योग स्थापना भएका थिए । साथै, उनको नेतृत्वमा गोल्छा अर्गनाईजेशन नेपालको सबैभन्दा ठूलो घरानाको रुपमा स्थापित भएको पाईन्छ । रत्न मानव अधिकारकर्मी तथा वामपन्थी नेता पद्य्म रत्न तुलाधरको यसै वर्ष निधन भयो । उनी मस्तिष्कघातबाट पीडित थिए । कार्तिक १८ गते उनको निधन भएको हो । उनी २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वको कम्यूनिष्ट सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री समेत बनेका थिए । २०४२ सालमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उमेदवारको रुपमा समेत उनले चर्चा कमाएका थिए । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको समेत यसै वर्षमा निधन भयो । उनको निधन असार ४ गते भएको हो । पित्त नलीको क्यान्सरले उनलाई निकै सताएको थियो । राजधानी स्थित बाँसबारीमा रहेको न्यूरो अस्पतालमा उनको निधन भएको हो । कुनै समय उनी स्वास्थ्य मन्त्री समेत बन्न सफल भएका थिए । उनले मस्तिष्क सम्बन्धी शल्यक्रियामा दक्षिण एशियामा नै ठूलो चर्चा कमाउदै आएका थिए । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेर मन्त्री रबिन्द्र अधिकारीले ज्यान गुमाए । उनीसँगै सवार अन्य ७ जनाले समेत ज्यान गुमाएका थिए । यो दुर्घटना २०७५ साल फागुन १५ गते भएको हो । सोही दुर्घटनामा परेर पर्यटन व्यवसायी आङछिरि शेर्पाले समेत ज्यान गुमाएका थिए । शेर्पा हिमालय एयरलाएन्स, यति एयर लायन्स, गोकर्ण रिसोर्ट जस्ता चर्चित व्यावसायका तथा व्यापारिक प्रतिष्ठानका प्रमुखका रुपमा रहेका थिए । तर उनले आफ्नो जिवनकालमा चर्चामा आउन तथा सामाजिक रुपमा खुल्न त्यती जरुरी नमान्ने देखिन्थ्यो । वृद्ध भत्ता, समाजिक सुरक्षा र स्थानीय विकासका अभियन्ता नेकपाका नेता तथा भरतमोहन अधिकारीले फागुन १८ गते देह त्याग गरे । अधिकारीलाई फोक्सो र मुटुमा समस्या भएको थियो । उनले राजधानीको ह्याम्स अस्पतालमा आफ्नो देह त्यागे । उपचारकै क्रममा उनको निधन भएको हो । २०५१ सालमा अर्थमन्त्री बनेका अधिकारी आफ्नो गाउँ आफै बनाउ जस्ता जनताले रुचाएका कार्यक्रमले उनी सबैको प्यारो मानिन्थे । बारा, पार्सामा टोर्नाडोको तोड चैत्र १९ गते आईतबार बारा, पर्सा जिल्लामा हावाहुरीले वितण्डा मच्चाएको छ । उक्त विनाशकारी हावाहुरीमा ठूलो धनजनको क्षती हुन पुग्यो । हावाहुरी कै क्रममा ३० जनाको निधन भएको थियो भने ४ सय भन्दा बढी घाइते हुन पुगेका थिए ।
नाफामा विवेधकारी नियन्त्रण
२० प्रतिशतभन्दा बढी नाफा लिएर व्यापार गरे गैरकानुनी हुने कानुन अहिलेसम्म जीउँदैछ । मुख्य चाढबाढको बेलामा त्यहि कानुनलाई जप्दै कर्मचारीतन्त्र मुख्य बजारमा निस्कन्छन् । दुई वर्षअघि वाणिज्य मन्त्री शिवकुमार मण्डलले यहि कानुन देखाएर दरबार मार्गका केही पसल बन्द गराए । मन्त्री मण्डलले केही व्यापारीलाई बोका बनाएर बलिदिने दुस्प्रयास नै गरे । गत वर्ष एनसेलले नाफाबाट १८००० प्रतिशत लाभांश लग्यो । त्यसमा उद्योग विभाग, दुरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक लगायत सबै सरकारी निकायले स्वीकृति दिए । यूनिलिभर नेपालले एक वर्षको नाफाबाट १२०० प्रतिशत लाभाश लैजादा नेपालको कानुनले छुट दिएकै छ । सूर्य नेपालको लगानीकर्ताले ४०० प्रतिशतभन्दा माथिको लाभांश लिईरहेका नै छन् । ९५ प्रतिशत सरकारी सेयर भएको दुरसंचार प्राधिकरणले ५५ प्रतिशत लाभांश वितरण गर्दै आएको छ । सरकारले खल्तीमा हालिरहेको छ, त्यसलाई कानुनले रोक्दैन । यहि देश हो, दरवार मार्गको व्यापारीले २० प्रतिशतभन्दा बढी नाफा लिन पाउँदैन । सहकारीका सेयरधनीले १५ प्रतिशतभन्दा बढी लाभांश लिन पाउँदैनन् । तर गरिवलाई सेवा दिने भनेर अप्रत्यक्ष रुपमा सरकारी अनुदानको पैसा चलाउने लघुवित्तहरुले सेयरधनीलाई २०० प्रतिशत लाभांश बाढ्छन् । कानुनले रोक्दैन, छेक्दैन । यी त केही प्रतिनिधिमुलक उदाहरण मात्र हुन् । भन्न खोजेको कुरा के हो भने नेपालमा नाफालाई हेर्ने दृष्टिकोष नै स्पष्ट छैन । सरकारी नीति र विधि नै विवादस्पद छन् । स्पष्ट रूपमा नाफामा पनि विभेदकारी नियन्त्रण छ । जुन देशमा सरकारले नाफामा नियन्त्रणकाे प्रयास गर्छ, त्याे देशमा नाफा गर्ने व्यवसायीहरू डराएर बाँच्नुपर्छ, त्याे देश कसरी धनी बन्छ । नेपालकाे परम्परागत सोचमा नाफा आर्जन गर्नुलाई नराम्रो मानिन्छ । व्यापार गर्नेहरुले ठगेका हुन्छन्, उनीहरुले पाप गरेका हुन्छन्, उनीहरु मरेपछि नर्कमा पुग्छन् भन्ने धार्मिक चिन्तन यो समाजमा अझै मेटिएका छैनन् । नीति निर्मातामा अझै याे संस्कार छ । राजनीति गर्ने, प्रशासनिक तहमा काम गर्नेहरूमा अझै भ्रम के छ भने ‘ देश बनाउने जिम्मेवारी हाम्राे मात्र हाे।’ ‘नागरिक समाजमा अलिकति फाइदा हुने कुरा गर्यो भने कस्तो व्यापारीको जस्तो सोच भनेर होच्याइन्छ’ पूर्वमन्त्री सुरेन्द्र पाण्डेले एक सार्वजनिक कार्यक्रममा भने–‘प्रशासनिक तहमा आज पनि उद्यमी व्यवसायीलाई नाफा खोर भन्छि, हेपेर व्यवहार गरिन्छ ।’ योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरलेले भन्छन्–प्रधानमन्त्री, मन्त्री, नेताहरुको नाम गाउँगाउँमा सबैले चिन्छन् । तर, सबैभन्दा बढी कर तिर्नेको नाम कसैले सुनेको हुँदैन । करदाताको सम्मान र पहिचान भएन । विगतमा नेपाली समाजमा राम्रो आम्दानी गर्ने, सुविधा सम्पन्न जीवनशैली अपनाउनेलाई राम्रो नजरले हेरिदैन थियो । नेपाल उद्योग परिसंघले आयोगजना गरेको उद्यमशिलता सम्मबन्धि एक कार्यक्रममा पूर्वमन्त्री तथा सांसद गगन थापाले भनेका थिए–‘जुन दिनसम्म नेपाली समाजमा मुनाफा कमाउनु अपराध हो, पाप हो भन्ने मान्यता रहिरहन्छ तबसम्म देश बन्दैन् ।’ पूर्वमन्त्री महेश बस्नेतको भनाई पनि यस्तै छ । भन्छन्–‘म उद्योग मन्त्री हुँदा स्कुल खोल्न, खेल मैदान बनाउन, बाटो माग्न, पुल माग्न धेरै मान्छे आए । तर उद्योग खोल्छु भनेर मान्छे आउँदैनन् । किनकी यहाँ उद्योग व्यवसाय गर्नेलाई इज्जत दिईएन ।’ जबसम्म ‘बढी नाफाले बढी खुशी दिन्छ भन्ने सोचाई, बढी नाफा, बढी खुशीलाइ प्राेत्साहित गर्ने नीति सरकारले लिँदैन तबसम्म विकासले गति नलिने बताँछन युवा उद्यमी भरतराज आर्याय भन्छन्–‘बढी नाफामा उत्सव मनाउने संस्कार नेपाली समाजमा हुर्कदै गएको छ ।’ पछिल्लाे समय नेपाली समाजको संस्कार बदलिदै गएको छ । उच्चस्तरको आम्दानी, अतिरिक्त सुविधा सम्पन्न घर, अत्याधुनिक सुविधा सुरक्षाका सुविधा भएको गाडी, सामाकिज हितकारी काममा खर्च गर्न सक्ने व्यक्तिलाई समाजले उच्च सम्मान दिन्छ । ‘जसले समाजको आवश्यकता पूर्ति गर्ने बस्तु तथा सेवा उत्पादन गरेको छ, मानिसहरुलाई रोजगारी दिएको छ, सरकारलाई राजश्व तिरेको छ र आफूले पनि नाफा आर्जन गरेको छ ती व्यक्तिलाई समाजमा सम्मानजनक रुपमा हेरिन्छ’ उद्यमी चन्द्रप्रसाद ढकालले भने । राजनीति गर्नेले मन्त्री हुँदा गर्व गरेजस्तै व्यवसाय गर्नेले पैसा कमाएकोमा, धनी भएकोमा गर्व गर्नुपर्ने र नाफाको केही हिस्सा परोपकारी काममा गर्न गर्नु पर्ने नेपाल मेडिसिटी अस्पतालका प्रबन्ध निर्देशक उपेन्द्र महत्तो बताउँछन् । उद्यमशिलताप्रति बढ्दो आकर्षण ‘बाँदरको अगाडि केरा र पैसा फालिदियो भने बाँदरले केरा टिप्छ, पैसा टिप्दैन । बाँदरलाई यो थाहा हुँदैन कि त्यो पैसाले धेरै केरा किन्न सकिन्छ । मलाई लाग्छ जागिर खानु केरा टिप्नु जस्तै हो भने उद्यम गर्नु पैसा टिप्नु हो’ चीनका सबैभन्दा धनी व्यक्ति ज्याक्माको भनाई हो । कम्पनी रजिष्ट्रार कार्यालयमा दैनिक सरदर ३० वटा कम्पनी दर्ता हुने गरेका रहेछन् । यसले नेपालमा नयाँ कम्पनीहरु खुल्ने क्रम बढेको, उद्यमशिलताको जन्म र विकास बढ्दो क्रममा रहेको देखाउँछ । तर कम्पनीको संख्या वृद्धि जसरी भएको छ तिनको व्यवसायिक विस्तार त्यति राम्रो छैन । व्यवसाय गर्नको लागि पूँजी चाहिन्छ । तर विश्व बैंकको एक रिपोर्टअनुसार १०० रुपैयाँ कर्जा लिन ३६४ प्रतिशत सम्पत्ति धितो राख्नुपर्छ । जसोतसो पूँजी जुटाएर अगाडि बढ्न खोज्यो भने उसलाई सरकारी निकायले प्रोत्साहन गर्दैन, निरुत्साहित पार्छ । पुलिस वा सेनामा ५ हजार दरबन्दी थप्न वा नयाँ नियुक्ती गर्न सरकार सहज बन्छ, तर एउटा उद्योग खोल्न र त्यसबाट रोजगारी सिर्जना गराउन सरकारले सहयोग गरिरहेको हुँदैन । उद्योग दर्ता गर्न जाँदा कर्मचारीले, सरकारका मान्छेले कि सित्तैमा सेयर माग्छन् कि सोझै पैसा माग्छन् । एक अध्ययनका अनुसार ४५.३ प्रतिशत युवासँग नयाँ आइडीया छ तर पैसा छैन । वित्तीय पहुँच साह्रै कम छ । बैंकहरुले धितोबिना ऋण दिन गाह्रो मान्छन् । प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल लगायतका वित्तीय औजारको प्रयोग कम भएकोले पनि उद्यमशीलता प्रवद्र्धनमा पूँजीको अभाव देखिन्छ । कोरियामा औद्योगिक विकास गर्ने समयमा त्यहाँका बैंकले निक्षेपकर्तालाई १२ प्रतिशत व्याज दिएको थियो । तर सरकारी अनुदानमा बैंकले उद्यमीलाई ६ प्रतिशत व्याजमा कर्जा प्रवाह गरिएको थियो । नेपालमा अहिले निक्षेपको व्याज ९ प्रतिशत छ भने कर्जाको व्याज १५ प्रतिशतभन्दा माथि छ । कर्जाको व्याज उच्च हुँदा लगानीकर्तालाई पोसाउँदैन । कोरियामा जस्तै नेपालमा पनि सरकारले व्याज अनुदानको व्यवस्था गर्न जरुरी छ । समस्या नै आविस्कारको जननी हो । नेपालमा अलि बढी समस्या छन् र यहाँ नै धेरै अवसर पनि छन् । अमेरिका र युरोपमा लगानीकर्ताहरुले समस्या, अप्ठ्यारा, चूनौती हुन्छन् । ‘जति जोखिम लिन सकियो त्यति नै नाफा बढी लिन सकिन्छ । व्यवसाय गर्दा जोखिम लिनुपर्छ । कसरी जोखिम लिने, कसरी व्यवसाय गर्ने र कसरी बढी पैसा कमाउने भनेर विद्यार्थीहरुलाई नै सिकाउनुपर्छ’श्री एयरलाईन्स प्रालिका प्रबन्ध निर्देशक सुधीर मित्तल भन्छन्–‘जोखिम उठाउने हिम्मत नगरेसम्म सफलता आउँदैन र उद्यमशीलता पनि फस्टाउँदैन ।’ उद्यमी हरिभक्त शर्माले बारम्बार भन्ने गरेको भनाई लगानीकर्ताको लागि निकै मूल्यवान छन् । जग्गाको व्यापार गरेर आर्जेको नाफा दिगो पनि हुँदैन । त्यसले अर्थतन्त्रमा कुनै योगदान पनि गर्दैन । उद्यमी चन्द्रप्रसाद ढकालले भने जस्तै जुन व्यवसाय गर्दा समाजको आवश्यकता पनि पूर्ति गर्न मद्दत गर्छ, रोजगारी सिर्जना हुन्छ, सरकारले कर पाउँछ र लगानीकर्ताले नाफा पाउँछ त्यस्तो व्यवसाय गर्ने/गराउने वातावरण निर्माण गरिनुपर्छ । त्यस्तो नाफाले पाप होइन, खुशी ल्याउने छ ।
नयाँ वर्ष २०७६ सालकाे आर्थिक वार्षिक राशिफल, कुन राशीलाई के फाप्छ ?
लेखक मेष आर्थिक पक्षले मेष राशी हुने हरुका लागि ग्रह गोचर हेर्दा देवागुरु वृहस्पति र शनि ग्रहको विशेष प्रभावले व्यापार/व्यवसायमा तरल एवं जल तत्वमा गरेको लगानीबाट सफलता हात पर्नेछ र विमा एवं वित्तिय संस्थामा गरेको लगानी लाभदायी हुनेछ । नयाँ ठाउँमा लगानीको अवसर जुट्नेछ । सेयर बजारमा लगानी गर्नेहरुका लागि मध्यम नै रहनेछ । विज्ञान तथा इन्जिनियरिङ्ग क्षेत्रका जिज्ञाशु हरूले विशेष सफलता पाउनेछन् । चोट पटकको भय रहेकाले गणेशजीको स्मरण गरि यात्रा गर्नाले राम्रो हुनेछ । आर्थिक दृष्टिले असार असोज, माघ र फाल्गुन महिनामा अधिक लाभ मिल्नेछ भने साउन र कार्तिक महिनामा खर्चमा वृद्धि हुनेछ । यो वर्षको रातो, हरियो र पहेंलो शुभ रङ्ग हो भने १, २, ४, र ९ शुभ अङ्क हो । वृष २०७६ सालको पूवार्धमा वृष राशि भएका व्याक्तिहरुका लागि राम्रो रहनेछ । फाल्गुन ४ गतेसम्म शनि अनुकुल स्थानमा रहनाले भौतिक सुखमा बढोत्तरी हुनेछ । देव गुरु बृहस्पतिले तपाईलाई सत् बुद्धि र उच्च पद प्रतिष्ठा तथा भाग्यमा वृद्धि गराउनेछ । राज्यबाट मानसम्मान मिल्नेछ । कृषि क्षेत्रको व्यावसायबाट मनग्य धनार्जनगर्न सकिनेछ । घरजग्गाबाट मनग्य आम्दानी गर्न सकिनेछ भने शेयर बजारमा लगानी डुब्ने भय रहनेछ । व्यवशायीक दृष्टिले भाद्र र मंसिर महिनामा खर्च बढ्नेछ र श्रावण, कार्तिक र चैत्र महिना शुभ रहनेछ । न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् । परिवारको स्वाथ्यमा धन खर्च हुनेछ । यो वर्षको शुभ रंग सेतो, हरियो, र सुन्तला शुभ रङ्ग हो भने २, ४, ५, ६ र ८ शुभ अङ्क हो । मिथुन यो वर्षको ग्रह गोचर हेर्दा मिश्रित फल मिल्नेछ । मिथुन राशी हुने हरुका लागि अधिकांश समय देव गुरु बृहस्पति र शनि सातौ भावमा रहनाले विशेषगरि धातु तथा होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक हुने देखिन्छ । नयाँ काम एवं रोजगारको अवसर आउनेछ । लामो दुरीका लाभदायक यात्राहरू हुनेछन् । घर जग्गाको लगानीबाट नोक्सान हुन साक्छ । नाक, कान तथा आँखामापनि समस्या आउन सक्नेछ । वर्षको उत्तरार्धमा व्यापारमा अपेक्षाकृत लाभ नहुने र आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । आर्थिक दृष्टिले वैशाख, भदौ, र चैत्र फाल्गुन महिना राम्रो छभने असार र पुष महिनामा अधिक खर्च हुनेछ । यो वर्षकलागि हरियो, रातो, पहेंलो, र सेतो शुभ रङ्ग हो भने १, २, ५ र ६ शुभ अङ्क हो । कर्कट कर्कट राशी हुनेहरुकालागी यो वर्ष उत्कृष्ट रहनेछ । बृहस्पति र शनि ग्रहको शुभ दृष्टिले शुभ फल मिल्नुका साथै अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वर्षको पूर्वार्धमा शेयर बजारले सफलता दिलाउनेछ भने उत्तरार्धमा बैंकिंङ, फेन्सी तथा सजावटिका व्यवासायीलाई मनग्य फाइदा हुनेछ । स्वास्थ्यमा लगानी गर्नेहरुले सजग रहनुहोला । टेक्निकल क्षेत्रमा उच्च सफलता पाईनेछ । अध्ययन वा रोजगारकालागि विदेश जानेहरुका लागि राम्रो छ । असार महिनामा केहि धनमाल हराउने योग छ । आर्थिक दृष्टिकोणले जेठ, असोज र पौष महिना शुभ रहेका छन् । बुधवार परेवालाई चारो र असहायलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ । यो वर्षको सेतो, निलो, र घ्यूरङ्ग शुभ रङ्ग हो भने २, ६ ७ र ९ शुभ अङ्क हो । सिंह सिंह राशी हुनेहरुकालागी २०७६ सालमा यो बर्ष आर्थिक दृष्टिले धेरै मिहिनेत गरेर थोरै मात्र प्रतिफल मिल्नेछ । आफन्त तथा घर-परिवार बाट टाढिनु पर्नेछ । जेठ सम्म आर्थिक सामस्या बढ्नेछ तत्पश्चात सामान्य हुँदै जानेछ । देश विदेश तथा धार्मिक यात्राहरू हुनेछन् । वैदेशिक रोजगारमा जान चाहने हरुकोलागि बाटो खुला छ । भाद्रबाट विद्युतीय उपकरण तथा मेसिनरीका क्षेत्रमा गरेको लगानीबाट अधिक सफलता मिल्नेछ । कृषि तथा खाद्यान्नमा गरेको लगानीबाट दिर्घकालिन प्रतिफल मिल्नेछ । आर्थिक दृष्टिले कार्तिक र माघ शुभ रहनेछ । मंगलवार गणेशजी तथा हनुमनजीको दर्शन एवं आराधना गरे ग्रहपिडा कम हुनेछ । यो वर्षकोलागि रातो, गुलाबी, पहेंलो र हरियो शुभ रङ्ग हो भने १, ३, ५, र ९ शुभ अङ्क हो । कन्या यो वर्ष समग्रमा कन्या राशीका जातकहरूका लागि राम्रै रहनेछ । रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । वाहन सुख पनि मिल्नेछ । फेन्सी तथा पहिरनको व्यापार फस्टाउनेछ । सेयर कारोवारको लगानी भने सुझबुझमा भरपर्छ । फाल्गुन ४ गते सम्म अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झन आई अन्तिम समयमा काम नबन्ने र नराम्रा विचारपनि मनमा आउनेछ तर वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । घरजग्गाको कारोवारमा मन्दि आउनेछ । विज्ञान तथा इञ्जिनियरिङ्ग विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । भाद्र र कार्तिक महिनामा लगानी गर्नुपूर्व राम्ररी विचार गर्नुहोला अत: लगानी डुब्ने भय छ । यो वर्षकोलागि हरियो, नीलो, रातो र कालो शुभ रङ्ग हो भने शुभ अङ्क १,५ र ६ शुभ अङ्क हो । तुला २०७६ साल तुला राशीका जातकहरूका लागि शुभ/अशुभ मिश्रीत फल मिल्नेछ । जागिरमा प्रमोसनको सम्भावना कम भएपनि जागिर भन्दा व्यापार नै राम्रो हुनेछ तर शत्रु पछि पर्नाले सरकारी निकायको भयभने रहि रहनेछ । शेयर बजार तथा ढुकुटीबाट सफलता मिल्नेछ । धातुको लगानीबाट लाभ मिल्नेछ । बैंकिंग क्षेत्रमा गरिएको लगानी बाटपनि राम्रै प्रतिफल पाईनेछ । कान तथा आँखामा समस्या देखा पर्नेछ । वैशाख र श्रवन महिनामा धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । आर्थिक दृष्टिले श्रावण, पुष र चैत्र माहिना शुभ फलदाई रहनेछ । वृद्ध तथा रोगीलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ । यो वर्षकोलागि सेतो, पहेंलो, खैरो र हल्कानिलो शुभ रङ्ग हो भने ४, ५, ६ र ८ शुभ अङ्क हो । वृश्चिक वृश्चिक राशी हुनेहरूको लागि २०७६ साल राम्रो रहनेछ । व्यापार व्यावसायबाट चमत्कारी लाभ मिल्नेछ । शेयर बजारबाट पनि मनग्य आम्दानी गर्नेछन् । धातुजन्य व्यावसायबाट अधिक सफलता मिल्नेछ । भाद्र र आश्विन महिनामा केहि संघर्षको सामना गर्नु परेपनि अरु समयमा सफलता मिल्नेछ । विपरीत वर्गप्रती आकर्षण बढ्ने योग छ । टाढा रहेका साथीबाट भरपूर सहयोग मिल्नेछ । नयाँ ठाउँमा नयाँ रोजगारको अवसर सिर्जना हुनेछ । आर्थिक दृष्टिले भाद्रा, आश्विन, माघ महिनामा लाभदायक परिणाम प्राप्त हुनेछ तर लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो सुस्ती हुन सक्नेछ । दान-पुण्य गर्नाले मानशिक चिन्ता कम हुनेछ र मनमा शान्ति छाउनेछ । यसपालिकोलागि सेतो, पहेंलो, गुलाबी र रातो शुभ रङ्ग हो भने १, २, ३ र ९ शुभ अङ्क हो । धनु २०७६ साल धनु राशी भएका व्याक्तिहरुलाई व्यापार व्यावसायमा उतार चाडाव आउनेछ । वृहस्पतिले शुभ फल दिन खोजेपनि शनिग्रहको कारणले वर्ष भरि शनिको मध्य र अन्त्य साढेसाती रहेको कारण विविध समस्या झेल्नुपर्नेछ । ऋणपनि खप्टीने भय छ । कसैलाई नगदी सापटी दिंदा पैसा फस्ने तथा धनमाल हराउने योग भएकाले अलि बढी सजग रहनुहोला । शेयर बजार सामान्य नै रहनेछ । पहिरन तथा सजावटीमा गरेको लगानीबाट भने सफलता मिल्नेछ । आर्थीक दृष्टिले असार र फाल्गुन महिना शुभ रहनेछ । ध्ययनको शिलशिलामा विदेशको यात्रा हुनेछ । सोमबार र शुक्रवार क्रमशः शिवजी र दुर्गाजीको दर्शन/पूजा गर्नले ग्रहपिडा कमभई भाग्य वृद्धि हुनेछ । गुलाबी, खैरो, घ्यूरंग र सुन्तलारङ्ग शुभ रङ्ग हो भने ३, ५, ७ र ९ शुभ अङ्क हो । मकर आर्थिक दृष्टिले २०७६ साल मकर राशी हुनेहरूकालागि यो वर्ष मध्यम नै रहनेछ । धेरै मिहनेत गरेर थोरै मात्र प्रतिफल पfईनेछ । वर्ष भरिनै बृहस्पतिले बुद्धिलाई भने तीक्ष्णता प्रदान गर्नेछ । आभूषण तथा कपडाको व्यापार फस्टाउनेछ । सेयर कारोवारको लगानी भने कमजोर रहनेछ । घरजग्गाको कारोवारमा समस्या आउनसक्छ । वैदेशिक लगानीको अवसर मिल्नेछ । शनि ग्रह कमजोर हुने जातकहरुकालागि यो वर्ष आद्य र मध्य साढेसाती रहेको कारण झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्बहुने तथा चोटपटकको भयपनि रहनेछ । हरेक मंगलवार हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । यो वर्षकोलागि पहेंलो, हरियो, खैरो र गुलाबी शुभ रङ्ग हो भने शुभ अङ्क ३, ५, ६, ७ र ८ शुभ अङ्क हो । कुम्भ यस वर्ष कुम्भ राशी हुनेहरूकालागी नयाँ कार्यको थालनी हुनेछ । आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । पेसा वा रोजगारमा श्रमको उचित मूल्यांकनभई ईनाम र प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा चौपयामा गरेको लगानी फस्टाउनेछ । सेयर बजार अन्तर्गत विमाक्षेत्र राम्रो हुनेछ । होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक हुने देखिन्छ । फाल्गुन ४ गतेबाट व्यापारमा अपेक्षाकृत लाभ नहुने र आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । पारिवारिको स्वस्थय उपचारमा अधिक खर्चपनि बढ्नेछ । आर्थिक दृष्टिले बैशाख, सावान र पुष महिना शुभ रहनेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यो वर्ष निलो, हरियो, पहेंलो र घ्यूरङ्ग शुभ रङ्ग हो भने ३, ५, ६, र ८ शुभ अङ्क हो । मीन मीन राशिका लागि २०७६ साल राम्रो रहनेछ । बृहस्पति र शनि ग्रहको शुभ दृष्टिले शुभ फल मिल्नुका साथै अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ र घरमा मांगलिक कार्यको योग समेत रहेको छ । प्रतिस्पर्धामा उत्तीर्ण भई नयाँ जागिरको अवसर सिर्जना हुनेछ । बैदेशिक लगानीका लागि समय राम्रो छ । सेयर बजारमा भने केहि उतारचढाव हुनेछ । टेक्निकल क्षेत्रमा उच्च सफलता पाईनेछ । बैंकिङ्ग, फेन्सी तथा सजावटी क्षेत्रबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । दृष्टिले असार, भाद्र र पुष महिना लाभ मिल्नेछ भने कार्तिक हानिकारक हुनसक्छ । निमुखा प्राणीहरूलाई आहार दिने र घरमा केराको वृक्ष लगाउनालेपनि भाग्यमा वृद्धि हुनेछ । यो वर्षकोलागि रातो, पहेंलो, गुलाबी र सुन्तलारङ्ग शुभ रङ्ग हो भने १, ३, ७ र ९ शुभ अङ्क हो । [email protected]
नयाँ वर्षमा स्काईवर्थको बम्पर अफर, ३० प्रतिशतसम्म छुट
काठमाडौं । स्मार्ट एपलायन्सेस् प्रा.लि- के एल दुगड ग्रुप अन्तर्गतको कम्पनीले स्काइवर्थ ग्राण्ड ७६ स्किम ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर स्काईवर्थले “नयाँ वर्ष दमदार बनाऔँ, स्काईवर्थ डिस्काउन्टको लाभ उठाऔँ” नारा सहित योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७६ को विशेष अवसरमा कम्पनीले स्काईवर्थ टिभीका एआई टिभी, एन्ड्रोईड टिभी, एन्ड्रोईड स्मार्ट टिभी र एलईडी टिभीमा ३०५ सम्मको छुट दिने भएको छ । स्काईवर्थका टिभीहरु २४ इन्चदेखि ६५ इन्चसम्मको स्क्रीनमा उपलब्ध रहेको छ । स्मार्ट एपलायन्सेस्ले गुगल एन्ड्रोईड टिभीको नविनतम एन्ड्रोईड ओरियो ८.१ सिस्टम प्रदान गर्दछ । यस टिभीमा उत्कृष्ट विशेषता भएको गुगल एसिस्टेन्ट र क्रोमकास्ट छ जसले प्रयोगकर्ताको आवाजलाई स्मार्ट एन्ड्रोईड रिमोटको माध्यमबाट नियन्त्रण गर्नुका साथै एन्ड्रोईड स्मार्टफोनलाई टिभीसँग सिङ्गक्रोनाइज गर्छ । यस टिभीमा भएको इन–बियुल्ट प्ले स्टोर एपले टिभीमै आफ्नो रोजाइका एप डाउनलोड गर्न मद्दत गर्छ । स्काईवर्थ टेलिभिजन सेगमेन्टको विश्वमै उत्कृष्ट ब्राण्ड हो । टेलिभिजन बाहेक स्काईवर्थले कयौँ दशकदेखि विश्वव्यापी रुपमा विभिन्न उत्पादन जस्तै वासिङ्ग मेसिन, फ्रिज, माइक्रोवेभ ओभन्, चेस्ट फ्रिजर, राइस कुकर लगायतका उत्पादनहरु बिक्री बितरण गर्दै आइरहेको छ । स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । स्काईवर्थले ग्राहकहरुलाई नयाँ वर्षलाई विशेष बनाउँन र यस ब्राण्डसँग नयाँ अनुभव बटुल्ने अवसर प्रदान गरेको छ । त्यसबाहेक, ग्राहकहरुले स्काईवर्थको हरेक टिभी खरिद गर्दा २ वर्षसम्मको वारेन्टी पाउने छन् । स्काईवर्थले ८ अप्रिल देखि १८ अप्रिलसम्म विश्वव्यापी रुपमा “स्काईवर्थ ग्लोबल ४०८ टिभी फेस्टिवल” मनाइरहेको छ । स्मार्ट एपलायन्सेस्ले पनि यस उत्सवलाई “स्काईवर्थ ग्राण्ड ७६ दमदार अफर” का साथमा १० अप्रिलदेखि निश्चित अवद्धिका लागि मनाइरहेको छ ।
महालेखाले भन्यो-२४ बाणिज्य बैंकको लाभांश अनुचित
काठमाडौं । २४ वटा बाणिज्य बैंकहरुको लाभांश माथी महालेखा परिक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ । महालेखाको ५६ औं बार्षिक प्रतिवेदनमा २४ वटा बाणिज्य बैंकहरुलाई लाभांश वितरण गर्न दिने नेपाल राष्ट्र बैंकको निर्णय अनूचित भएको उल्लेख छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ देखि बाणिज्य बैंकहरुमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड(एनएफआरएस) लागु गरेको थियो । तर २८ वटै बाणिज्य बैंकहरुले एनएफआरएस अनुसार वित्तिय विवरण पेश गर्न असफल भएका थिए । नेपाल चाटर्ड अकाउन्टेण्ट संस्थाले एनएफआरएस अनुसार बैंकहरुले वित्तिय प्रतिवेदन तयार नपरेको कैफियत दिएको थियो । तर नेपाल राष्ट्र बैंकले भने सो कैफियतलाई नजर अन्दाज गर्दै २४ वटा बाणिज्य बैंकहरुलाई लाभांश वितरण गर्न अनुमति दिएको हो । महालेखाले प्रतिवेदनमा लेखेको छ–‘कम्पनी ऐन, २०६३ को दफा १०८(२) मा कम्पनीहले प्रचलित कानुन बमोजिम अधिकार प्राप्त निकायले लागु गरेको लेखामान पालना गर्नुपर्ने व्यवस्था रहेको देखिन्छ । नेपाल चाटर्ड एकाउन्टेन्ट संस्थाको निर्णय बमोजिम बाणिज्य बैंकहरुले नेपाल वित्तिय प्रतिवेदन मान प्रयोग गर्ने व्यवस्था छ । सञ्चालनमा रहेका २८ वटा बाणिज्य बैंकहरुमध्ये २४ वटा बाणिज्य बैंकहरुले सो अनुसार वित्तिय विवरणहरु तयार नगरेका कारण लेखा परिक्षकले टिप्पणीसहितको राय दिएको पाईयो । उपरोक्त स्थितिमा समेत नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई लाभांश प्रदान गर्न अनुमति प्रदान गरेको उचित लेखिएन । कानुन पालना गराउन अनुगमन व्यवस्था प्रभावकारी बनाउनु पर्दछ ।’
एनसीसी बैंकद्धारा ‘नेपाली नागरिक बचत खाता’ सञ्चालनमा
काठमाडौं । एनसीसी बैंकले एनसीसी नेपाली नागरिक बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल सरकारको ‘समृद्धिसँग जोडौ नाता : सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ लाई पूर्ण सफल बनाउनको लागि ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको हो । २०७६ वैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट रु १ सय खातामा जम्मा गरिदिने जनाएको छ । मुलुकभर बैंकका १२२ वटा शाखा र ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
राष्ट्र बैंकका उच्च पदस्थलाई २२० प्रतिशत भत्ता, एकै बर्ष बाँडे १ अर्ब ३२ करोड
काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीहरुले तलबको २२० प्रतिशतसम्म भत्ता लिने गरेको तथ्य उजागर भएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं बार्षिक प्रतिवेदनमा केन्द्रिय बैंकका उच्च पदस्थ कर्मचारीहरुले २२० प्रतिशत भत्ता लिने गरेको तथ्य उजागर भएको हो । महालेखाका अनुसार राष्ट्र बैंकका तल्लो तहका कर्मचारीहरुले तलब बाहेक कर्मचारी सञ्चय कोष, औषधी उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषका अलवा अन्य ८ वटा भत्ता पाउँछन् । तर उच्च पदस्थ कर्मचारीहरुले भने थप ११ वटा अन्य भत्ता तथा सुविधा लिने गरेका छन् । यसरी वितरण गरिएका भत्ता वापत गत बर्ष मात्रै १ अर्ब ३२ करोड खर्च भएको छ ।