विकासन्युज

एलआइसी नेपालले ल्यायो ‘धनवृष्टी’ जीवन बीमा योजना

काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआइसी जीवन बीमा कम्पनीले ‘धनवृष्टी’नामक जीवन बीमा योजनाको सुरुवात गरेको छ । कम्पनीले जीवन बीमाको साथमा धनवृष्टी ३–३ बर्षमा भन्ने योजनाको सुरुवात गरेको हो । नयाँ वर्षको आगमनमा ल्याइएको सो बीमा योजनालार्ई बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिहीबार सार्वजनिक गरेका हुन् । ‘धन वृष्टी’बीमा योजनामा १३ वर्ष देखी ६० वर्ष सम्मका बिमितले सहभागी हुन सक्ने छन् । सो योजनामा न्यूनतम बीमाङ्क रकम १ लाख कायम गरिएको छ । यस्तै, अधिकतम बीमाङ्क भने बीमा अन्डरराइटीङ नियमानुसार चाहेजति लिन सकिन्छ । यसमा बीमा योजनाको अवधि भने १० वा १५ वर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ बर्षमा बीमाङकको ३३ प्रतिशत रकम फिर्ता हुन्छ । १५ वर्षे अवधिमा हरेक ३ बर्षमा बीमाङकको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ । बीमा परिपक्कतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जन गरिएको रकम समेत एक साथ प्रदान गरिने छ । तर, बीमा अवधिमा नै बिमीतको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम नकाटी पूरै बीमाङ् रकमको साथ आर्जीत रकम इच्छाएको व्यक्तीलाई प्रदान गरिन्छ । यस योजनामा ७५ लाखसम्मको दुर्घटना लााभ र स्थायी अशक्तता लाभ समेत उपलब्ध छन् । २ बर्षको बीमाशुल्क भुक्तानी पश्चात बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्ने छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपि दास भन्छन्-‘यस बीमा सेवाले विभिन्न क्षेत्रका तथा पेशामा आवद्ध रहेका बिमीतलाई सेवा प्रदान गर्नेछ ।’ दासले आफू सानो हुँदाका परिवेश र अहिलेका पुस्ताले भोगेका भिन्नतामा समेत प्रकाश पारेका थिए । उनले दैनिक जोखिम बढ्दो रुपमा रहेका बीमाको अपरिहार्यतामा प्रकाश पारेका थिए ।

नयाँ वर्षमा टेलिकमको अफरः ‘२ सय रुपैयाँमा ३ जीबी टाडा, २ सय मिनेट भ्वाइस कल’

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर-२०७६ ल्याएको छ । सो अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ । उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ सम्म खरिद गर्न सकिने छ ।प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

ग्लोबल आइएमईले ल्यायो “सबै नेपालीको बचत खाता” योजना

काठमाडौं । नयाँ वर्षमा ग्लोबल आइएमई बैंकले बचत सम्बन्धी नयाँ योजना ल्याएको छ । ग्लोबल आइएमई बैंकले ‘समृद्धसँग जोडौं नाता’ सबै नेपालीको बैंक खाता’ अभियान अन्र्तगत “सबै नेपालीको बचत खाता” शिर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो । नेपाल सरकारले शुरु गर्न लागेको अभियानलाई सघाउने उद्धेश्यले बैंक खाता नहुने नागरिकहरुलाई लक्षित गरि ग्लोबल आइएमई बैंकले नयाँ बचत खाता शुरु गरेको हो । आगामी बैशाख १ गतेदेखि खोल्न सकिने यो बचत खाता अन्र्तगत खाता खोल्ने ग्राहकहरुलाई ग्लोबल आइएमई बैंक लि.ले रु. १ सय रुपैयाँ बोनस स्वरुप खातामा जम्मा गरिदिनेछ । उक्त खाता ग्लोबल आइएमई बैंकका सबै १३६ शाखा तथा ९ वटा एक्सटेन्सन काउण्टर मार्फत सहजरुपमा नागरिकता, राहदानी, फोटो सहितको मतादाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतीपत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटो सहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिनेछ ।

नयाँ वर्षमा घुमफिरः यी हुन् सातै प्रदेशका लायक गन्तव्य, काठमाडौंमा कुन कुन ?

काठमाडौं । २०७५ लाई बिदाई गर्दै ०७६ लाई स्वागत गर्ने तयारीमा सम्पूर्ण नेपालीहरु जुटेका छन् । बितेको वर्षको नराम्रो कुरालाई बिर्सिदै सकारात्मक सोचलाई अघि बढाउने नयाँ वर्षमा मानिसहरु केहि न केहि गर्न रुचाउँछन् । विशेषगरी नयाँ वर्षमा इष्टमित्र, साथीभाई जम्मा भएर रमाइलो गर्ने र नयाँ स्थानमा घुम्ने संस्कार नेपाली समाजमा बढ्दै गएको छ । नयाँ स्थानको भ्रमणले निश्चयनै मासिमा नयाँ चेतनाको विकास हुन्छ । अझ भनौं नयाँ ज्ञानको मुहान फुट्छ । नयाँ वर्षमा घुम्नका लागि लामो दुरी भन्दा पनि छोटो दुरीको स्थल उपयुक्त हुन्छ किनभने यसमा घुम्ने भन्दा पनि बढी रमाइलो गर्ने प्रचलन रहेको छ । रमाईलोको लागि निम्न स्थानहरु छान्नुभयो भने सहि हुनेछ । एक नम्बर प्रदेश भेडेटार प्रदेश नम्बर १ को उत्कृष्ठ पर्यटन गन्तव्यका रुपमा स्थापित छ भेडेटार । धरानबाट १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा छ । तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न भेडेटार विख्यात छ । भेडेटारको भ्यू टावर अर्थात चाल्र्स प्वाइन्ट यस्तो स्थान हो जहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्न सकिन्छ । बिराटनगर, इटहरी, धरान लगायतका शहरी बासिन्दाका लागि भेडेटार नयाँ बर्ष मनाउने उत्कृष्ठ थलो हुन सक्छ । इलामको कन्याम पूर्वी नेपालको उत्कृष्ठ पर्यटन गन्तव्य हो इलामको कन्याम । इलामको सूर्योदय नगरपालिकामा पर्ने कन्याम नेपालकै उत्कृष्ठ चिया बगान भित्र पर्छ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । झापा, मोरङ्ग, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो संख्यामा मानिसहरु घुम्न र वनभोज गर्न कन्याम आउँछन् । पर्यटनका लागि कन्याममा पिकनिक स्पट, दृष्यावलोकन, घोडचढी लगायतका सेवाहरू उपलब्ध रहेका छन् । पूर्वी नेपाल अर्थात एक नम्बर प्रदेशका लागि कन्याम नयाँ बर्ष मनाउने राम्रो ठाउँ हो । २ नम्बर प्रदेश जनकपुरधाम प्रदेश नम्बर २ का लागि नयाँ बर्ष मनाउने उत्कृष्ठ गन्तव्य भनेको जनकपुरधाम नै हो । सिताको जन्मभूमि भएकाले पनि हिन्दु धर्मावलम्बीहरुका लागि जानकी मन्दिरले बिशेष महत्व राख्छ । त्यस बाहेक मिथिला संस्कृतिको केन्द्र बिन्दुका रुपमा समेत स्थापीत छ जनकपुर । भारतको टीकमगढकी राजकुमारी कुमारी वृषभानुद्वारा निर्माण गरिएको जानकी मन्दिर छ । ९ लाख रुपैंयाँ खर्चेर मुगल शैलीमा बनाईएको मन्दिरलाई नौलाख मन्दिर समेत भन्ने गरिएको छ । जनकपुरधामको बारेमा एउटा उखान नै छ–‘५२ कुटी, ७२ कुण्डा, सुरमुनि सब नावहि मुण्डा ।’ बिहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अंगराज सर, सूर्य कुण्ड, गंगा सागर, धनुष सागर, दसरथ तलाउ, पापमोचिनि सर, परशुराम कुण्ड, जनक सरोवर, गोपाल सर, रुक्मिनी सर, मुरली सर, विडाल सर, राम सर, कपाल मोचिनि सर, महाराज सागर, पाकवति सर, धौत–पाप सर आदि हुन् कुण्डहरुले जनकपुरलाई रमणीय बनाएको छ । ३ नम्बर प्रदेश नगरकोट काठमाडौंबाट ३२ किलोमिटर दूरिमा रहको नगरकोट नयाँ वर्षको आकर्षक गन्तव्य हो । यो क्षेत्र विशेषगरी ‘सुर्याेदय’ हेर्नका लागि प्रख्यात रहेको छ । नगरकोटबाट अन्नपुर्ण, मनास्लु, गणेश हिमाल, लाङटाङ, जुगल, रोल वालिङ, सगरमाथा लगायत हिमश्रङखला देख्न सकिन्छ । राजधानीका युवायुवतीहरु यस क्षेत्रमा भ्रमण गर्न निकै रुचाउँछन् । सुन्दरीजल हाइकिङ गर्न रुचाउनेका लागि सुन्दरीजल अर्को आकर्षक गन्तव्य हो । जंगलको बाटो हुदैं झरना हेर्न सकिने यस यस स्थलको विशेषता हो । समुन्द्र सतहदेखि १२ सय मिटरको दुरिमा रहेको यो स्थलमा सुन्दरीजलबाट सुरु भएर ओखेरी र चाँगुनारायणबाट सुन्दरीजल आउने प्रमुख रुट हो । चन्द्रागिरी समुन्द्री सतहबाट १४ सय मिटरको उचाईमा रहेको काठमाडौं खाल्डोबाट १५ मिनेट केबलकारको यात्रा गरेपछि पुगिन्छ, चन्द्रागीरी डाँडो जहाँ छ भालेश्वर मन्दिर । यो त्यहि ठाउँ हो जहाँबाट पृथ्वीनारायण शाहले काठमाडौंलाई पहिलो पटक नियालेका थिए र सोही पहिलो नजरबाटै यहाँको राजा हुने सपना देखेका थिए । पृथ्वीनारायण शाहले सपना देखेको त्यहि चन्द्रगिरि डाँडोमा बसेर यतिबेला बर्षेनी लाखौं आगन्तुकले सपना देखिरहेका छन् । काठमाडौं उपत्यका आसपासका लागि नयाँ वर्ष मनाउने उत्कृष्ठ गन्तव्य बन्न सक्छ चन्द्रागीरी ।   सौराहा नयाँ वर्षका लागि चितवनको सौराह पनि घुम्न लायक एउटा गन्तव्य हो । जंगल सफारी र थारु संस्कृति हेर्न पाइने सौराहमा प्रकृतिको छुट्टै आनन्द लिन पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको सौराहाको जंगल सफारीमा हात्ति, गैँडा, बाघ, भालु, चितुवा, मयुर जस्ता जंगली जनावरहरुको अवलोकन गर्न सकिन्छ । आफ्नै मौलिकताले भरिएको थारु संस्कृतिलाई नजिकबाट नियाल्न पाइन्छ । गण्डकी प्रदेश पोखरा नेपालको दोस्रो ठूलो शहरको रुपमा परिचित पोखरा घुम्नको लागि उत्कृष्ट गन्तव्य हो । समुन्द्र सतहदेखि २७ सय १३ फिट उचाइमा रहेको यो शहरमा घुम्नको लागि प्रसस्त स्थानहरुको रहेका छन् । पोखरामा फेवाताल, बिन्दावासेनी मन्दिर, बेगनास ताल, महेन्द्र गुफा, डेभिट फल्स, विश्व शान्ती स्तुप, साराङकोट लगायत सुन्दर स्थलहरु रहेका छन् । सारङकोटबाट साहसिक रुपमा गर्न सकिने प्याराग्लाइडिङ, जिपफ्लायर समेत रहेका छन् । साराङकोटबाट अन्नपूर्ण, धौलागिरी, मनस्लु, माछापुच्छ्रे लगायत हिमश्रृङखलाहरु देख्न सकिन्छ । साथै सनराइजको दृष्य पनि साराङकोटबाट हेर्न सकिन्छ । पोखराको प्रकृतिक सुन्दरता मात्र नभएर मौसमको हिसाबले समेत उत्कृष्ट रहेको छ । मनकामना धार्मिक आस्थावन व्यक्तिका मनकामना उत्कृष्ट गन्तव्य बन्न सक्छ । समुन्द्र सतहदेखि ४ हजार २ सय ७२ फिटमा अवस्थित मनकामना मन्दिर गोर्खा जिल्लाको पवित्र स्थल हो । मनले सोचेको र आँटेको पुग्ने धार्मिक विश्वास रहेको छ । नयाँ वर्षमा मनकामना गएर इच्छाएको काम गर्न प्रण गरे पूरा हुने विश्वास आस्थितक नेपालीमा देखिन्छ । काठमाडौं, पोखरा, चितवन लगायत सहरी क्षेत्रबाट एकै दिनमा मन्दिर पुगेर फर्कन सक्ने, २ हजार ७ सय मिटर केबुलकारको यात्रा गरेर आनन्द लिन सकिने भएकोले मानिसहरु ठूलो संख्यामा मनकामना पुग्ने गरेको छन् । लमजुङ घलेगाँउ स्मार्ट भिलेजको रुपमा परिचित लम्जुङ घलेगाँउ होमस्टेको एक सफल गाँउ हो । गुरुङ समुदायको बाहुल्यता भएको यस गाउँ नयाँ वर्षको दिन घुम्नको लागि उपयुक्त गन्तव्य हो । ३२ घरमा सञ्चालित घलेगाँउ होमस्टे समुन्द्र सतहदेखि २१ सय मिटरमा अवस्थित रहेको छ । विशेषगरी खशीको सुकुटी, लोकल कुखुराको मासु, ढिडो, अर्गायानिक तरकारी यस ठाउँको खानेकुराको विशेषता हो । यस गाउँबाट सुर्योदय, विभन्नि हिमालको दृष्य हेर्न सकिन्छ । घलेगाँउबाट करिब १ घण्टा पैदल बाटो हुँदै पुग्न सकिने अर्को भुजुङ गाउँ निकै रमणीय रहेको छ । परबाट हेर्दा घरमाथि घर खापिएको देखिने यस गाउँमा पनि होमस्टे रहेको छ । भिरमा अडिएको गाँउ तल टारी खेत र झरना यस गाउँको मुख्य आकर्षण हो । ५ नम्बर प्रदेश लुम्बिनी लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो । यहाँ इसापर्व २४९ मा मौर्य सम्राट अशोकले स्तम्भ बनाउका थिए । सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा मौर्य सम्राट अशोकद्वारा राखिएको अशोक स्तम्भ र त्यसमा रहेको अभिलेख भेटियो । उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनि भनेर उल्लेख गरिएको पाइन्छ । यस अभिलेखको प्राप्तीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान भएको हो भने त्यसबेलादेखि विश्वभर गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीका रुपमा स्थापीत भएको हो । विश्व सम्पदा सूचिमा समावेश भएको लुम्बिनी नयाँ बर्षका लागि घुम्न सकिने एउटा राम्रो गन्तव्य हो । कर्णाली प्रदेश बुलबुले ताल कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको बुलबुले ताल एक रमणिय पर्यटन गन्तव्य हो । सुर्खेत उपत्यका बासीका लागि नयाँ बर्ष मनाउने यो राम्रो गन्तव्य हुन सक्छ । जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको हो । यो ताल समुन्द्र सतहबाट लगभग ६५७ मिटर (२१५७ फिट)को उचाइमा अवस्थित छ । बुलबुले ताल र कांक्रेबिहार एकै उपत्यकामा पर्नुको साथै निकै नजिक अबस्थित छ । काँक्रे बिहार प्रदेश नम्बर ६ सुर्खेत बिरेन्द्र नगर पालिका ९ मा पर्ने काँक्रेबिहार १ सय ७५ हेक्टर जमिनमा फैलिएको छ । काँक्रे बिहार भित्र प्राचिनकाल देखी निमाण गरिएका बिभिन्न मोडलका देवल, मूर्ति, कुवा, ईनार ढुंगाबाट बनाईएका देबी देउताका मूर्तिहरु लगाएत पुरातात्विक महत्वका वस्तु हेर्न पाइन्छ । सन् १३२५ मा सिंजा जुम्लाका राजा अशोक मल्लले कांक्रेबिहार बनाएको अभिलेखमा उल्लेख छ । काँक्रे बिहारलाई हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा गन्तव्यका रुपमा लिइन्छ । सुदुरपश्चिम प्रदेश कर्णाली पुल कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ । यो पूर्व–पश्चिम राजमार्गको भाग हो । कर्णाली पुल सुदुर पश्चिम प्रदेशमा पर्छ । सन् १९९३ मा निर्माण सम्पन्न गरिएको यो पुल सदुरपश्चिम तराईको महत्वपूर्ण पर्यटन गन्तव्य हो । यो तार पुल हो जसको बिचमा ठूलो खम्बा हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रसलाई अड्याइएको हुन्छ । यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ । बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ । यो पुलको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ । यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो । गोडाघोडी ताल कैलाली जिल्लाको वनबहेडा र सुखडको बिचमा जंगलमा पर्छ । यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ । योगी नरहरिनाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरू पत्ता लगाएर यो ताल महाभारत काल भन्दा पनि पहिलेबाट नै एक पवित्र तिर्थस्थल थियो भन्ने सावित गरेका थिए । यो तालको इतिहास थारू समुदायसँग गाँसिएको छ । स्थानीय किम्बदन्ती अनुसार यो ताल सातवटा थारू जातिको बसोबास रहेको गाउँ डुबेर बनेको मानिन्छ र यस तालको आकर मानिसको हात जस्तै छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने धनगढी बजारबाट करिब ५३ किलोमिटर पूर्वमा समुन्द्री सतहदेखि २०५ मिटर उचाइमा रहेको छ । करिब ४ मिटर औसत गहिराई भएको घोडाघोडी तालको क्षेत्रफल करिब १३८ हेक्टर छ । यो ताल १९ वटा औंला भएको हत्केला आकारको छ । यो ताल सुदुरपश्चिम क्षेत्रका लागि नयाँ बर्ष मनाउने आकर्षक पर्यटकिय गन्तव्य हो ।

एक्कासी सुन प्रतितोला ६ सयले घट्यो, ५९ हजार ६ सयमा कारोबार

काठमाडौं । सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । बिहिबारको प्रतितोला ६० हजार २ सय रुपैयाँले कारोबार भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ६ हजार रुपैयाँले कारोबार भईरहेको छ । बिहिबारको तुलनामा तेजावी सुनको मूल्य ६ सय रुपैयाँ घटेर प्रतितोला ५९ हजार ३ सय रुपैयाँका कारोबार भईरहेको छ । भने चाँदी शुक्रबार प्रतितोला ७२० रुपैयाँमा बिक्री भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुँदै, वैशाखभित्र गाउँमा बिजुली

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हुँदैछ । वैशाखभित्र गाउँमा बिजुली झिलीमिली गर्ने गरी निर्माणाधीन विद्युतको कामलाई तीव्रता दिइएको छ । आर्थिक वर्ष २०७१/७२ बाट विद्युत्को निर्माणकार्य शुरु गरिएको हो । लाम्रीगाउँकी स्थानीय रामतुला बुढाले भने, “घरमा बिजुली बालौँला भन्दै अहिले तीन वर्ष बित्यो, अझै वैशाखमा बल्ने भन्ने छ तर काम बाँकी छ । यो भन्दा पहिला दियालोबाट दिन गुजारियो, हाम्रा दिन अँध्यारोमै बिते, अब बालबच्चालाई पढ्न लेख्न सहज होस् भनेर सबै हामी स्थानीयवासी लागिपरेका छौँ ।” रकम अभावले लम्बिएको विद्युत् निर्माणकार्यले वैशाखभित्र पूर्णता पाउने साना लद्युजलविद्युत् विउरेनी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताए । उनले भने, “एक नहर ९कुलो०बाट विद्युत् उत्पादन पनि हुने र त्यसैबाट सिँचाइको काम पनि हुने गरी आयोजना निर्माण गरिएको हो ।” रु तीन करोड लागतको प्राविधिक अनुमानमा निर्माणकार्य थालनी गरिएको बहुउद्देश्यीय आयोजना साढे दुई वर्षमा निर्माणकार्य सम्पन्न हुनुपर्ने भएपनि बजेट अभावका कारण अहिलेसम्म लम्बिएको उनको भनाइ छ । उपभोक्ता समितिले बजेट जुटाउँदै काम गरेको उनले बताए । तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रमअन्तर्गत रु २० लाख बजेटबाट विद्युत् र सिँचाइ हुने गरी काम शुरु गरिएको हो । सांसद विकास कोषबाट रु ३० लाख, गैरसरकारी संस्था सूर्य सामाजिक सेवा सङ्घ (फोरएस) जुम्लाबाट रु २० लाख, पातारासी गाउँपालिकाबाट रु ७५ लाख बजेट गरी रु एक करोड ४० लाख बजेट जुटाएर काम भएको उपभोक्ता समितिका अध्यक्ष बुढाले बताउनुभयो । तिर्खु लाम्री, डिल्लीचौर जम्न गरी चार गाउँको करीव ५०० घरधुरीमा बिजुली पु¥याउने आयोजनाको उद्देश्य रहेको छ । बजेट अभावले ट्रान्समिटर र अन्य केही विद्युत् सामग्री खरीद गर्न बाँकी नै छ । गाउँपालिकाले आयोजना निर्माणका लागि लगानी गर्ने आश्वासन दिएको छ । त्यसै रकमबाट बाँकी विद्युत् सामग्री खरीद गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष बुढाको भनाइ छ । रासस

४ अर्ब ७५ करोड राख्न नागरिक लगानी कोषले खोज्यो बैंक, बैशाख ३ गतेसम्म प्रस्ताव आह्वान

काठमाडौँ । नागरिक लगानी कोषले ४ अर्ब ७५ करोड रुपैयाँ १ वर्षसम्म राख्नका लागि बैंक खोजी गरेको छ । कोषले शुक्रबार सूचना प्रकाशित गरी कोषमा जम्मा भएको रकम मुद्दति निक्षेपमा लगानी गर्न बैंकको खोजी गरेको जनाएको छ । निक्षेपमा लगानी गर्न नेपाल राष्ट्र बैंकबाट ‘क’ प्लस वर्गमा सूचीकृत बैंकले मात्र आवेदन दिन सक्ने कोषको लगानी महाशाखाले जानएको छ । बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम, ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी बैशाख ३ गते दिउँसो १ बजे भित्र शिलबन्दी प्रस्ताव बुझाउन कोषले आह्वान गरेको छ ।

ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीद्वारा दाबी भुक्तानी

काठमाडौँ । ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीले एनआइसी एशिया बैंक बैकास्योरेन्स मार्फत पुस ३ मा बीमालेख जारी गरेका दिनेश खड्गीको मृत्यु भएकोमा उनले इच्छाएको ब्यक्तीलाई दाबी भुक्तानी गरिएको छ । उनकी श्रीमती सुमित्रा खड्गीले बीमालेख अन्र्तगत दाबी भुक्तानीको लागी आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गरेकी थिइन् । कम्पनीले आफ्नो दाबी प्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी २०७५ चैत्र २८ गते एनआईसी एशिया बैंकको केन्द्रीय कार्यालय, थापाथलीमा बैंकका सहायक कार्यकारी प्रमुख सन्तोष राठीले श्रीमती खड्गीलाई दावी रकम हस्तान्तरण गरे ।