एनआईबिएल एस क्यापिटलमा डिम्याट खाता निःशुल्क
काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल सरकारको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन नयाँबर्ष २०७६ बैशाख १ गतेदेखि सीमित अवधिका लागि निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने भएको छ । एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंक लि. को पूर्ण स्वामितवमा रहेको नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त सहायक कम्पनी हो । यस अभियानबाट बिशेषतः पूँजीबजार भन्दाबाहिर रहेका गृहणी महिला, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाईदा पुग्ने र सर्वसाधारणहरुमा डिम्याट खाताको पहुँच बुद्धि हुने विश्वास समेत कम्पनीको रहेको छ । यो सुबिधा एनआईविएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट लगायत कम्पनीको लालदरवार, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र वुटवल स्थित शाखा कार्यालयहरु तथा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि प्राप्त गर्न सकिने जनाइएको छ ।
नेपाल बङ्गलादेश बैंकको रजत बचत खाता सञ्चालनमा, २५ रुपैयाँमै खोल्न सकिने
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले समृद्धिसँग जोडौ नाता, सबै नेपालीको बैंक खाताको नारा सहित रजत बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता मात्र २५ रुपैयाँमा खाता खोल्न सकिने छ । साथै, बैंकद्वारा १०० रुपैयाँ थप प्रदान गरिने, बचतकर्ता र इच्छाएको व्यक्तिलाई १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुबिधा र नेपाल भरिका अस्पतालहरुमा उपचार सेवा जस्ता आकर्षक सुविधाहरु रहेका छन् । यस सुविधा अन्तर्गत बचतकर्ता र निजको इच्छाएको व्यक्तिले नेपाल भरीका अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा १ लाख रुपैयाँमा नबढ्ने गरि वार्षिक औषत निक्षेप रकमको २५ प्रतिशत वा अस्पतालको बिल रकम मध्ये जुन न्यूनतम हुन्छ सो रकम बराबर दावी प्राप्त गर्न सक्नेछन् । संयुक्त बचतकर्ताको हकमा दुबै बचतकर्तालाई यो सुविधा प्राप्त हुनेछ । यस प्रकारको सुविधा वर्षमा २ पटक प्राप्त गर्न सकिनेछ । विभिन्न १५० थरिका रोगको उपचार तथा सल्यक्रियाका निम्ति पनि यो सुविधा प्राप्त हुनेछ । उक्त बचत खाता सुरुवात समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको सकारात्मक प्रयासलाई बैंकको तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्धता गरेका छन् ।
अब टिभिएसका बाईक र स्कुटर दराजमा पनि पाईने, १० हजार छुट
काठमाण्डौं । नयाँ बर्षमा टिभिएस किन्न ईच्छुक ग्राहकहरुलाई खुशीको खबर छ । १० अप्रिलमा जगदम्बा मोटर्स प्रालिका भाईस प्रेसिडेन्ट दीपक अग्रवाल र दराज अनलाईनका व्यवस्थापकीय निर्देशक लिनो एलेरिङ् बीच भएको एउटा सम्झैता अनुसार अब दराज अनलाईनबाट टिभिएसका मोटरसाईकल र स्कुटरहरु खरिद गर्न सकिने छ । नयाँ बर्षको सुरुवातमा ल्याईएको यस अफरमा काठमाडौँ ग्राहकहरुले दराजबाट कुनै पनि टिभिएसका बाईक वा स्कुटर किन्दा रु १० हजारको छुट पाउने छन । समित अबधिको लागि दिईएको छुट पहिलो १०० जना ग्राहकहरुका लागि मात्र लागू हुनेछ । अनलाईन ब्यापारको माहोल राम्रो बन्दै गएको नेपालमा बाईकहरु पनि अनलाईनबाट किन्न पाउनु नौलो प्रयोग हुनेछ। यसको व्यापकता आउनेदिनहरुले देखाउने नै छन । जगदम्बा मोटर्स, दुइ तथा तिन पाङ्ग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपालभरिकै एकमात्र अधिकृत विक्रेताहो । नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार प्रणालीको विकासमा नेतृत्वदायी भूमिकामा रहेको दराज ग्रुप, दक्षिण एसियाका देशहरुपाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ ।
ओपोको नयाँ एफ११ प्रोमा राईजिङ क्यामेरा, सेल्फी फङ्सनलाई नयाँ उचाई दिने लक्ष्य
काठमाडौँ । ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन एफ११ प्रोमा कम्पनीले नयाँ क्यामेरा प्रणालीको प्रयोग गरेको छ । नयाँ क्यामेरा प्रणाली अन्तर्गत फोनको अघिल्तिर राइजिङ क्यामेरा र रियर क्यामेराको रुपमा ४८एमपी क्षमताको क्यामेरा उपलब्ध गरिएका छन् । एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फङ्सनका साथै नयाँफोनमा उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोग अनुभव दिने सोचका साथ यसमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइन र पानारोमिक स्क्रिनपनि उपलब्ध गरिएका छन् । स्मार्टफोनको डिजाइन अनुकुलन गरी फोनको माथिल्लो मध्यभागमा १६एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ । आवश्यकता अनुसार राइज हुने(निस्कने) र प्राकृतिक देखिने सेल्फी लिन सघाउने यो राईजिङ क्यामेराले फोनको बेजल घटाउन सघाएको छ । १६एमपी फ्रण्ट कयामेरा लुकाउन सघाउने, स्लाइडिङ प्रणाली अवलम्बनगरिएको यो प्रविधिले नोचलाई विस्थापनगर्न सघाएको छ साथै यसको पारदर्शी डिजाइनले सटिक टचप्रदान गर्छ । फोनको शानदारपानारोमिक स्क्रिन डिजाइनले फ्रण्ट क्यामेरा लुकाएर फोनलाई नोच लेस बनाउनुका साथै फुल स्क्रिन अनुभवपनिप्रदान गर्छ । परम्परागतमोबाइलसंग तुलनात्मकरुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमातस्विर र दृष्यपस्किने छ । यसले मोबाइल गेमर्स तथामूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने निश्चित रहेको कम्पनीले जनाएको छ ।
आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु, विजेताले ३ लाख पाउने
काठमाडौं । आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गतवर्ष देखि हुँदै आएको प्रतियोगितामा यसपटक पोखरा बुटवल लगायत देशका अन्य स्थानबाट १ सय ११ जनप्रतिष्पर्धीहरू सहभागी हुने छन् । तीनलाख छब्बीस हजार पुरस्कार राशिको उक्त एकल प्रतियोगिताको आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्यक्ष गोपालदास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र टेनिस संघका पूर्व अध्यक्ष हेम लामाले संयुक्त रुपमा सोमबार दशरथ रङ्गशालामा उद्घाटन गरे । ८ वर्षदेखि १४ वर्षसम्मका वालबालिकाहरुले भाग लिने उक्त प्रतियोगिता शनिबारसम्म संचालन हुनेछ ।
स्मार्ट डोकोमा ‘नयाँवर्षको अफर’, ७० प्रतिशत सम्मको छुट
काठमाडौँ । २०७६ नयाँवर्षको अवसरमा स्मार्ट डोकोले इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ७०५ सम्मको छुट सहित ‘नयाँवर्षको अफर’ अभियान, बैशाख २ गते देखि १० सम्म लागु गर्ने भएको छ । स्मार्ट डोकोले रिंग रोड भित्रआफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ । दिउँसोको १ बजे भन्दा अगाडि अर्डर गरिएका सामानहरु त्यही दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ । यो नयाँवर्षको अवसरमा एडिडास, स्यामसुङ, टोनिमोलि, लुमिनार्क, गोल्डस्टार, साइनेक्स्, वर्डपुल इत्यादि ब्राण्डहरुमा भारी छुट दिदैछ । स्मार्ट डोकोका १८ विभिन्न उत्पादन र उपउत्पादनहरु छन् । मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पियपदार्थ इत्यादि रहेका छन् । स्मार्टडोकोले नेपालकामुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर,नारायणघाट,बिरगञ्ज, इटहरी, धरान, दांग, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुबिधादिने भएकाले अब खरिदारी रमाइलो र सजिलो हुनेछ ।
३ मेगावाटको सालमुनि ‘हाइड्रो पावर’ को काम अन्तिम चरणमा
डोटी । बडिकेदार गाउँपालिका–९ विपीनगरस्थित कापडी गाडमा निर्माणाधिन सालमुनि हाइड्रो पावरको काम अन्तिमचरणमा पुगेको छ । उक्त विद्युत् पावर हाउसको विद्युत् उत्पादन क्षमता ३.३३ मेगावाट छ । करीब एक अर्बको लगानीमा निर्माणाधिन सो विद्युत् गृहमा अहिलेसम्म करीब रु ८० करोड खर्च भएको विद्युत् आयोजनाका टनेल ईन्चार्ज मीन पोख्रेलले बताए । उनले भने, “ सबै काम अन्तिम चरणमा पुगेको छ, आशा गरौँ तोकिएकै समयमा काम सकिने छ ।” सनमानदेवी हाइड्रो पावर तथा स्वयम्भू कन्ट्रक्सनले सो आयोजनाको निर्माणकार्य थालेको हो । यही वैशाख अन्तिम सम्ममा निर्माणकार्य सक्ने लक्ष्यअनुसार उक्त विद्युत् गृहको काम तीव्र गतिमा भइरहेको छ । विद्युत्गृहको भवन बनिसकेको छ । हाल सो विद्युत गृहको एक हजार २०० मिटर सुरुङ खन्ने कार्य सकिएको छ । स्वयम्भू कन्ट्रक्सन र नेपाल सरकारबीच उक्त सालमुनी हाईड्रोपावरबाट उत्पादन गरिएको विद्युत् राष्ट्रिय प्रशासरण लाइनमा जोड्ने र पछि नेपाल सरकारले नै उक्त विद्युत् आवश्यक क्षेत्रमा बिक्री वितरण गर्ने सम्झौता भएको छ । सम्झौतानुसार ३० वर्षसम्म उक्त विद्युत् बिक्रीबाट आएको रकम निर्माण गर्ने कम्पनीले लिने छ । टनेल इन्चार्ज पोख्रेलले भने, “शुरुमा रु ८०-९० करोड लाग्ने सोचेपनि अहिले एक अर्ब नै लाग्ने देखिएको छ, काम निर्धारित समयमै गर्छौँ ।” विद्युत् उत्पादन हुने भएपछि स्थानीयवासी निकै खुशी भएको स्थानीय रोजबहादुर कलेलले बताए । उनले भने, “बत्ती नभएर अध्यारो भएको हाम्रो ठाउँमा केही समयमै झिलिमिली हुने भयो हामी त्यसैमा खुशी छौं ।” गाउमै रोजगारी पाएपछि कामका लागि भारत जानेक्रममा केही कमी आएको स्थानीय लोकेन्द्रबहादुर छेडालले बताए । उनले भने, “विद्युत् निर्माणले सबैलाई खुशीनै बनाएको छ, घरको खाना खाएर काम गर्न जान्छन्, रोजगारी मिलेको छ,यो भन्दा अरु के नै चाहियो । ”उक्त क्षेत्रमा विद्युत् आपूर्तिका लागि सव स्टेशन धमाधम निर्माण भइरहेको छ । रासस
एक हजार पाँच सय कर्मचारी परे छड्केमा, कारवाहीको सिफारिस
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी दिए । उनका अनुसार ३२ जिल्लाका ५१९ कार्यालयमा छड्के अनुगमन गर्दा समय पालना नगर्ने एक हजार १३५ र तोकिएको पोशाक नलगाउने ३९९ कर्मचारी रहेका छन् । निजामती सेवा ऐन, २०४९ को दफा ५२ अनुसार ती कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने भएको छ । दुई पटकसम्म चेतावनी परिसकेका कर्मचारीलाई विभागीय कारवाही गर्ने व्यवस्था रहेको छ । यसैगरी केन्द्रमा अहिलेसम्म छड्के अनुगमन गर्दा कारवाहीका लागि सिफारिस गरिएकामध्ये ७९९ कर्मचारीलाई कारवाही गरिएको जानकारी प्राप्त भएको उनले जानकारी दिए ।